Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बायर्न बुन्डेस लिगाको शीर्ष स्थानमा

१० कात्तिक, काठमडौं । बायर्न म्युनिख बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले युनियन बर्लिनलाई २–१ गोलअन्तरले पराजित गर्दै जर्मनीको बुन्डेस लिगाको शीर्ष स्थानमा पुगेको हो । बायर्नको जितमा बेन्जामिन पाभार्ड र रोबेर्ट लेवान्डोवस्कीले गोल गरे । युनियन बर्लिनका लागि भने सेबस्टाइन पोल्टरले गोल गरे । खेलको १३औं […]

छापामा आज : तत्काल सरकार छाड्न उपेन्द्रलाई चर्को दबाव

१० कात्तिक, काठमाडौं । पहिलो पृष्ठमा तिहारको झल्काउने तस्वीर छापेका आजका अखबारहरूले फरक–फरक विषयलाई समाचारको रूप दिएका छन् । कुनैले कांग्रेस सभापतिको विभाग थप गर्ने प्रस्तावलाई मुख्य समाचार बनाएका छन् भने केहीले कूटनीति, रौतहट बम विस्फोटमाथि भइरहेको अनुसन्धानलगायत विषय उठाएका छन् । नागरिकले सत्यनिरूपण र बेपत्ता छानबिन आयोगले नेतृत्व नपाउँदा द्वन्द्वकालीन मुद्दा अलपत्र परेको लेखेको […]

म्यानमारका विद्रोहीद्वारा ४० सुरक्षाकर्मीको अपहरण

१० कात्तिक, काठमाडौं । म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीको अपहरण गरेका छन् । जातीय युद्ध लड्दै आएका विद्रोहीले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूको अपहरण गरेको सैनिक प्रवक्ता जा मिनतुनले बताएका छन् । ‘विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई अपहरण गरी लगेका छन्’, उनले सुरक्षाकर्मी अपहरणमा […]

आज तिहारको तेस्रो दिन, कुकुर पूजा गरिँदै

१० कात्तिक, काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन अर्थात, कुकुर तिहार । कुकुरको पूजा तथा मीठामीठा खानेकुरा खान दिई मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार […]

बढाइएको शुल्क फिर्ता लिन नौ विद्यार्थी संगठनको माग

९ कात्तिक, काठमाडौं । नौ विद्यार्थी संगठनले एमबीबीएस अध्ययनका लागि बढाइएको शुल्क तत्काल खारेज गर्न माग गरेका छन् । साथै शुल्क फिर्ता नभएसम्म परीक्षा स्थगित गर्न समेत आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघसहित नौ विद्यार्थी संगठनले पाँचबुँदे संयुक्त व्यक्तव्य जारी गर्दै चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि बढाएको शुल्क खारेजको माग गरेका हुन् […]

कुमार बस्नेतहरुलाई पनि समाउने कि सरकार ?

९ कात्तिक, काठमाडौं । सरकारले तीन दिनमा दुई कलाकार पक्राउ गर्‍यो । मंगलबार दुर्गेश थापा र बिहीबार र्‍यापर भिटेन । उनीहरुमाथि सरकारको अभियोग थियो- संस्कृतिमाथि प्रहार गरेको । अश्लील गीत गाएको । दुर्गेशले तिहार गीत सार्वजनिक गरेको तीन महिनापछि सरकारलाई लाग्यो- यसले बितायो ! भिटेनले ७ जून २०१९ मै युट्युवमा गीत राखेका थिए- हामी यस्तै […]

पन्तको स्पष्टीकरणः लाप्राकको वस्ती निर्माणबाट एनआरएनए पन्छिन मिल्दैन

९ कात्तिक, गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष कुमार पन्तले लाप्राकको एकीकृत नमूना वस्ती निर्माणको जिम्मेवारीबाट नपन्छिने बताएका छन् । उनीभन्दा अघिल्ला अध्यक्ष भवन भट्टले आफ्नो कार्यकालको अन्तिम दिन लाप्राक बस्ती निर्माणबाट हात झिक्ने निर्णय गरेका थिए । त्यसअनुसार उनले पुनर्निर्माण प्रधिकरण र धार्के गाउँपालिकासँग सहमति पनि गरेका छन् । तर नयाँ अध्यक्ष […]

बर्दिबास र जुगेडीमा सरकारी तौलपुल स्थापना गर्ने तयारी

९ कात्तिक, काठमाडौं । सरकारले मालबाहक सवारीको तौल जाँच तौल पुल स्थापना गर्ने भएको छ । तौलपुल स्थापनाका लागि प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । गत वर्षबाटै प्रक्रिया थालिने भनिएपनि सम्झौता गरेको कम्पनीले धोका दिएपछि काम अघि बढेको थिएन । अब पुनः टेन्डर आहृवान गरेर तौलपुल स्थापनाको प्रक्रिया सुरु गरिएको विभागका निर्देशक […]

सुरु भयो विराटचौक-घिनाघाटो सडकको विस्तार

९ कात्तिक, विराटनगर । प्रादेशिक सडक विराटचौक-घिनाघाटो निर्माण सुरु भएको छ । पूर्वका जिल्लाहरुलाई प्रदेश राजधानी विराटनगरसँग जोडने यो सडकको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत भदौमा शिलान्यास गरेका थिए । प्रदेश सरकारको लगानीमा दुई लेनको सडकलाई चार लनेमा विस्तार गर्न लागिएको हो । २२.५ किलोमिटर लम्बाईको सडकलाई चार लेन बनाउने प्रदेश सरकारको १ […]

तिहार बिदामा पनि निगमको डिपो खुल्ला रहने   

९ कात्तिक , काठमाडौं ।   नेपाल आयल निमगले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुल्ला राख्ने भएको छ । चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले निगमले डिपो खुला राख्ने भएको हो । इन्धनको अभाव हुन नदिइ आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकताअनुसार खुल्ने निगमले […]

फूल उत्पादनमा रमाउँदै जनयुद्धका पूर्वलडाकु

९ कात्तिक, हेटौंडा । तत्कालीन माओवादीको सशस्त्र जनयुद्धका क्रममा मोर्चा सम्हालेका मकवानपुरका दुई पूर्वलडाकु मौसमी उत्पादन फूल खेतीमा रमाउन थालेका छन् । ०५४ सालबाटै युद्धमा होमिएका हेटौंडा ६ चौघडाका बालकृष्ण चौलागाई र हेटौंडा १२ का वडा अध्यक्षसमेत रहेका ललित घलान व्यवसायिक फूल खेतीमा लागेका हुन् । पछिल्लो समय प्रदेश सरकारले भारतबाट भित्रीएका सयपत्री फूललाई निरुत्साहित […]

मन्त्रीको गुनासोः काठमाडौं भन्दै विहारको भत्किएका सडक देखाइयो

९ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्वाधार विकासमा लक्ष्यभन्दा बढी नै काम भएको दाबी गरेका छन् । सञ्चार माध्यमहरमा सडकमा खासै प्रगति नभएको खबरहरु आएपनि एक वर्षमा हजार किलोमिटर त सडक मात्र बनेको उनले बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री महासेठले पूर्वाधार विकास र त्यसमा पनि सडकको काम भइरहेको उनले […]

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास   

९ कात्तिक, पर्सा । मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी औपचारिकरूपमा सो कार्य प्रारम्भ गरे । मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवन पेट्रेलियम पाइपलाइनको विस्तारसमेत हुने भएको छ । अमलेखगञ्जबाट चितवनको लोथरसम्म करीब ६२ किलोमिटर पाइपलाइन […]

स्वदेशी विजुलीबाट देशभर तिहार उज्यालो बनाउँदै प्राधिकरण   

९ कात्तिक, काठमाडौं ।  तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो । घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे । […]

सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोज्योः देउवा

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको बताएका छन् । लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने उनको जोड छ । कांग्रेस काठमाडौं क्षेत्र६ ले आयोजना गरेको ‘शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले भने, ‘सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ ।’ सरकारले […]

एक मधेश एक प्रदेश हुन सक्दैनः उपसभापति गच्छदार

९ कात्तिक, ललितपुर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’ सम्भव नभएको बताएका छन् । कांग्रेसबाट निर्वाचित गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ गच्छदारले भने, ‘म भन्दा ठूलो पार्टी हो, पार्टीभन्दा मधेश । र, मधेशभन्दा देश ठूलो भएकाले यसलाई विभाजन गरेर हासिल गर्न सक्किन्न ।’ आफू थारु […]

भरतपुर बन्यो सडक मानवमुक्त महानगर

९ कात्तिक, चितवन । भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । शनिबार एक कार्यक्रम गरी भरतपुरलाई देशकै पहिलो सडक मानवमुक्त महानगरका घोषणा गरिएको हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले घोषणा प्रतिवद्धता पत्र पढेर सुनाएका थिए भने भरतपुरकी मेयर रेनु दाहालले सामूहिक प्रतिवद्धता गराएकी थिइन् । घोषणाका लागि घोषणा नगरिएको भन्दै […]

बिराटनगरमा १० बजेपछि देउसी खेल्न नपाइने

९ कात्तिक, काठमाडौं । बिराटनगरमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला सुरक्षा समिति मोरङको हालै बसेको बैठकले तिहारमा देउसी भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाय राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो । यस्तै जुवाजन्य क्रियाकलाप गर्ने तथा मदिरा सेवन गरी शान्ति सुरक्षामा खलल पुर्‍याउनेलाई कारबाही गर्ने बैठकको […]

साह हत्या बिरोधमा पेट्रोल पम्पहरु बन्द

९ कात्तिक, काठमाडौं । जनकपुरधामका पेट्रोल पम्प संचालक मनोज साहको हत्या भएको बिरोधमा शनिबार (आज) प्रदेश २ भरिकै पेट्रोल पम्प बन्द गरिएको छ । आफ्ना सदस्य साहको हत्या बिरोधमा पेट्रोलियम डिलर्स एशोसिएशनको आह्वानमा पेट्रोल पम्प बन्द गरिएको छ । धनुषाका पेट्रोल पम्पहरु विहानैदेखि बन्द रहेका छन् भने धनुषाबाहेकका सात जिल्लाका पम्पहरु दुई घण्टाका लागि बन्द […]

श्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

९ कात्तिक, जनकपुरधाम । श्रोत नखुलेको नेपाली र भारतीय रकमसहित महोत्तरीको छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ परेका छन् । दुवै जना चेकजाँचका क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । जलेश्वर नगरपालिका ३ स्थित भिठामोडबाट रु ५ लाख ७५ हजारसहित जनकपुरधाम उप-महानगरपालिका निवासी ३२ वर्षीय विजय महासेठलाई पक्राउ गरिएको छ । यस्तै जिल्लाको मटिहानी नगरपालिका ६ […]

भरतमोहन अधिकारीको बैंक खातामा रहेको रकमबाट अक्षयकोष

९ कात्तिक, काठमाडौं । पूर्वउपप्रधान र अर्थमन्त्री तथा दिवंगत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । अधिकारीको प्रथम वाषिर्कीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोष घोषणा गरिने भरतमोहन अधिकारी फाउण्डेशनले जनाएको छ । फाउण्डेशनको तेश्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जिवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको […]



from समाचार – Online Khabar https://ift.tt/2JqBrK4
via IFTTT
Powered by Blogger.