Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सयपत्री मालाको बिक्रीमा मनपरी, नर्सरीमा भन्दा दोब्बर मूल्य 

१० कात्तिक, बुटवल । भाइटीकामा नभइ नहुने सयपत्री फूलको मालाको बिक्रीमा व्यापारीहरुले मनपरी मूल्य लिने गरेका छन् । मौकाको फाइदा छोप्दै व्यापारीहरुले लागत भन्दा दोब्बर बढी मूल्यमा माला बिक्री गरिरहेका छन् । बुटवल बजारको सडक पेटीमा सयपत्री फूलको एउटा मालाको मूल्य न्यूनत्तम एक सय पचास रुपैयाँ कायम गरिएको छ । ग्राहक हेरी व्यापारीले दुई सय […]

चितवनमा नेकपाले वडाध्यक्षका उम्मेदवार टुंगो लगायो

१० कात्तिक, काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले उम्मेदवार टुंगो लगाएको छ । नेकपाले उपनिर्वाचन हुने भरतपुर महानगरपालिका वडानम्बर १६, खैरहनी नगरपालिकाको ४ र वडा ५ मा वडाअध्यक्षको उम्मेदवार टुंगो लगाएको हो । भरतपुर- १६ मा भक्तराज हमाल, खैरहनी-४ मा वेदबहादुर अधिकारी र खैरहनी-५ मा पुननारायण प्रधानलाई […]

कालिज मार्न गएकाहरु भरुवा बन्दुकसहित पक्राउ

१० कात्तिक, काठमाडौं । प्रहरीले कालिज मान्न भरुवा बन्दुकसहित गएका दुई जनालाई पक्राउ गरेको छ । शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बजिनी जंगलबाट भरुवा बन्दुक १ थान सहित २ जनालाई शनिबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बस्ने ३३ वर्षीय जीवन बहादुर तामाङ र २४ वर्षीय कृष्ण बहादुर तामाङ पक्राउ परेका हुन् […]

तरुण दलको गुटमा रमाए कांग्रेस नेताहरु

१० कात्तिक, काठमाडौं । नेपाल तरुण दलले ६६ औं स्थापना दिवस मनाएको छ, तर गुटमा विभाजित भएर । अध्यक्ष जीतजंग बस्नेत समूहले कांग्रेस पार्टी कार्यालय सानेपामा कार्यक्रम गरेको छ भने महासचिव भुपेन्द्रजंग शाही समूहले सामखुसीमा । बस्नेत समूहको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा आफैं सहभागी भए । उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार लगायतका संस्थापन पक्षका […]

समयमै अस्पताल पुग्दा हृदयघातबाट जोगिएँ : मदनकृष्ण श्रेष्ठ

१० कात्तिक, काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ मुटुको उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् । छातीको समस्या लिएर बिहिबार ग्राण्डी अस्पताल पुग्दा उनको मुटुको दुई भल्वमा ब्लकेज देखिएको थियो । दुई दिन अस्पताल बसेका श्रेष्ठको एन्जियोप्लास्टी प्रविधिबाट बिहीबार सफल उपचार गरिएको हो । अहिले आफ्नो स्वास्थ्यमा सुधार आएको श्रेष्ठले अनलाइनखबरलाई बताए । ‘बिहान […]

चितवन मेडिकल कलेज तोडफोड गर्नेले तिरे ११ लाख क्षतिपूर्ति

१०, कात्तिक, चितवन । उपचारको क्रममा बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाले ११ लाख रुपैयाँ क्षतिपूर्ति तिरेका छन् । गत कात्तिक ३ गते कलेज तोडफोड गर्ने ११ जना पक्राउ परेका थिए । पक्राउ परेका प्रत्येकले एक/एक लाख क्षतिपूर्ति कलेजलाई तिरेका छन् । कलेजले १४ लाख बराबरको क्षति भएको भन्दै जिल्ला […]

सरकारले लोकतान्त्रिक अधिकारलाई संकुचित बनाउन खोज्यो : देउवा

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप लगाएका छन् । अभिव्यक्ति स्वतन्त्रतालाई समेत सरकारले संकुचित गर्ने प्रयास भइरहेको भन्दै उनले यस्ता षडयन्त्रलाई निस्तेज पार्ने गरी तयारी अवस्थामा रहन तरुण तथा विद्यार्थीहरुलाई निर्देशन दिए । नेपाल तरुण दलले आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा […]

राहदानी विधेयक प्रमाणीकरण, सर्भिस राहदानी प्रचलनमा

१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६’ प्रमाणीकरण गरेपछि नेपालमा पहिलो पटक सर्भिस राहदानी प्रचलनमा आएको छ । सरकारले विदेशमा काम गर्ने सरकारी कमर्चारीका लागि सर्भिस राहदानी दिने कानुनी ब्यवस्था गरेको हो । राहदानी ऐन २०२४ लाई खारेज गरी नयाँ ‘राहदानी ऐन २०७६’ जारी गर्न […]

गृहमन्त्रीको छोराको डीएनए परीक्षण गर्नुपर्छ : तरुण दल

१० कात्तिक, काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृह मन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने बताएका छन् । कांग्रेसको भातृसंगठन तरुण दलले आफ्नो ६६ औं स्थापना दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित कार्यक्रममा बोल्दै […]

सैनिक जवानभन्दा कुकुरको भत्ता बढी !

१० कात्तिक, काठमाडौं । मान्छेभन्दा कुकुरको भत्ता बढी ! झट्ट सुन्दा पत्यार नलाग्न सक्छ । अझ नेपाली कुकुर संयुक्त राष्ट्र संघमार्फत द्वन्द्वग्रस्त मुलुकको शान्ति मिसनमा पनि खटिन्छन् भन्ने सुन्दा अचम्म लाग्ला । तर, नेपाली सेनाको भैरव बाहन गुल्ममा कार्यरत सैनिक कुकुरको वास्तविकता हो यो । गुल्मका सह-सेनानी मनोज राउतका अनुसार यहाँका ९३ कुकुरको दैनिक रासन […]

फेसबुकमा गरिने विज्ञापनको पनि आधिकारिकता खोजिने

१० कात्तिक, काठमाडौं । सरकारले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, भाइबर)बाट गरिने विज्ञापनको समेत आधिकारिकता खोज्ने भएको छ । यससम्बन्धी ब्यवस्था गर्न बनेको विज्ञापन नियमन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । विधेयकको दफा १२ मा विद्युतीय अनलाइन, सामाजिक सन्जाल, छापा वा सञ्चार माध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभई विज्ञापन गर्न नहुने व्यवस्था छ । […]

रामेछापमा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

१० कात्तिक, रामेछाप । रामेछापमा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला सुरक्षा समिति रामेछापको बैठकले १० बजेसम्म मात्रै खेल्न पाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डेले जानकारी दिइन् । सुरक्षा समितिले तिहारको बेलामा पटका, आतासबाजी जस्ता विष्फोटक र प्रज्वोलशील बस्तुको बिक्री, ओसारपसार तथा प्रयोगमा पनि रोक लगाएको छ । यसैगरी […]

रामेछापमा बजार अनुगमनमा कडाई

१० कात्तिक, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले उपभोक्ताहरुको अधिकार संरक्षणमा तदारुकता देखाएको छ । उपभोक्तालाई ठगी गर्ने व्यवसायीहरुमाथि कारबाही गरी कार्यालयले उपभोक्ताको अधिकार संरक्षणमा तदारुकता देखाएको हो । उपभोक्ताको अधिकार संरक्षको लागि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तथा अनुगमनको क्रममा बढी मुल्य लिने र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने म्याद नाघेका उपभोग्य सामान बिक्री […]

मुस्लिम मन्त्रीको निधारमा दशैँ–तिहारको टीका

मिति– २०७६ कात्तिक ८ गते । स्थान– शहरी विकास मन्त्रालय । मन्त्री महम्मद इश्तियाक राई हतार मुद्रामा छन् । कामको चाङ बोकेर कर्मचारी, सांसद उनीसँग आइरहेका छन् । १२ बजिसक्यो । अझै बिहानको खाना खाइसकेका छैनन् । आजै नेपालगञ्ज पुग्नुपर्नेछ । त्यसअघि १ बजे नमाज पढ्नका लागि घण्टाघरको मस्जिद पुग्नु छ । मन्त्रीले कार्यकक्षमै खाना […]

तीन महिनामा आफन्तबाटै ८ जनाको हत्या

१० कात्तिक, विराटनगर । चालु आर्थिक वर्षको तीन महिनामा प्रदेश १ मा आफन्तबाटै ८ जनाको हत्या भएको छ । गत साउनदेखि असोजसम्ममा आफन्त र परिवारका निकट सदस्यबाट ८ जनाको हत्या भएको प्रहरीले बताएको छ । जसमा ६ महिला र दुई पुरुष रहेका छन् । उदयपुरमा २, सुनसरी, मोरङ, संखुवासभा, खोटाङ, इलाम र भोजपुरमा एक÷एक जनाको […]

…अनि जोनीले लगायो बेष्ट डगको मेडल

१० कात्तिक, काठमाडौं । झण्डै एक वर्षसम्म पूर्वराजदूत केशवराज झाको हत्या प्रकरण नेपाल प्रहरीको असफताको मानक जस्तै बन्यो । ४ भदौ २०७५ मा बबरमहलस्थित घरमै भएको हत्यामा संलग्नलाई पक्राउ गर्न नसक्दा प्रहरी आलोचित भयो । एक वर्षपछि २ भदौमा प्रहरीले झाकै घरमा काम गर्ने भान्से सानुकान्छा तामाङलाई पक्राउ ग¥यो । र, उनले नै चक्कु हानेर […]

लामोसाँघुको विद्युत सबस्टेशनमा आगलागी

१० कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्वल महर्जनले बताए । सबस्टेशनमा रहेको तेलमा समेत आगलागी भएकोले नियन्त्रणमा कठिनाइ भएको उनले बताए । सबस्टेशनको ३० एमभीए क्षमताको […]

स्थानीय जनप्रतिनिधिले सेवा–सुविधा पाउनुपर्छ : जनमोर्चा

१० कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय सरकारका जनप्रतिनिधिले तलब सुविधा लिन पाउनु पर्नेमा जोड दिएको छ । स्थानीय जनप्रतिनिधिले तलब लिन नपाइने भन्ने सर्वोच्च अदालतको आदेशबारे आफ्नो धारणा सार्वजनिक गर्दै जनमोर्चाले भनेको छ, ‘स्थानीय जनप्रतिनिधिहरूले पनि सेवावापत सुविधा पाउनु पर्दछ ।’ ‘वर्षौंसम्म निशुल्क रुपमा नै सेवा गर्नुपर्दछ भन्ने सोचाइ व्यवहारिक छैन र त्यसलाई हामीले […]

बेइजिङ उड्यो हिमालय एयरलाइन्सको जहाज

१० कात्तिक, काठमाडौं । चीनको राजधानी बेइजिङमा पहिलो पटक नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उडान थालेको छ । आइतबार बिहान ९ बजे काठमाडौंबाट बेइजिङका लागि जहाज उडेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो उडानमा ६० यात्रु लिएर एयरबस ३२० जहाज बेइजिङ उडेको हो । नेपाली हवाई इतिहासमै पहिलो पटक नेपालमा […]

तपाईंको गणित मिलेन, दूरी बढेको छैन : प्रधानमन्त्री ओली

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको खबरहरु आएका छन् । तर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले भने त्यसलाई अस्वीकार गरे । असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश […]

साढे ६ करोडको लगानीमा तिलोत्तमामा कपडा उद्योग सञ्चालन

१० कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमामा पश्चिम क्षेत्रकै पहिलो उच्च प्रविधि जडित कपडा उद्योग सञ्चालनमा आएको छ ।  तिलोत्तमा नगरपालिका-३ का ५ जना युवाको साढे ६ करोडको संयुक्त लगानीमा लिडास फेसन निटवेयर उधोग सञ्चालन गरिएको हो । उद्योगमा प्रत्यक्ष रुपमा ७० जनाले रोजगारी पाएका छन् । विदेशमा १५ वर्ष बसेर स्वदेश आएका ईन्द्र खड्का अध्यक्ष […]



from समाचार – Online Khabar https://ift.tt/31Q6NjN
via IFTTT
Powered by Blogger.