Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बालगृहका बालिकाको हातबाट पर्यटकका निधारमा सप्तरंगी टीका

१२ कात्तिक, पोखरा । निधारभरि सप्तरंगी टीका । गलाभरि मखमली र सयपत्रीका माला । देशभर यसरी हिन्दु धर्मनलम्बीहरूले तिहार मनाए । तर पोखरामा भने फरक दृश्य देखियो । विभिन्न देशबाट पोखरा घुम्न आएका विदेशी भाइटीका लगाएर रमाएका छन् ।नेपाली ढाका टोपी, सप्तरंगी टीका र गलाभरि थरिथरीका फूल लगाएर मंगलबार पोखरामा पर्यटक रमाएका हुन् । पश्चिमाञ्चल […]

पूर्वराजाको चेतावनीः परिवर्तनकारी शक्तिलाई नै अप्ठ्यारो पर्नसक्छ

१२ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरु नै अप्ठ्यारोमा पर्न सक्ने बताएका छन् । कुनै पनि परिवर्तनपछि प्रगति र विकास महत्वपूर्ण हुने भन्दै उनले सर्वसाधारणले सजिलोसँग त्यो अनुभव गर्न नपाए परिवर्तनकर्ताहरु आफैं अप्ठ्यारोमा पर्ने बताएका हुन् । मंगलबार बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका […]

७ महिनामा सबैभन्दा अग्ला १४ हिमाल चढेर निर्मलले बनाए कीर्तिमान

१२ कात्तिक, काठमाडौं । नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् । ३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ मा आरोहण गरेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण गरेका हुन् । […]

बी एण्ड आर क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

१२ कात्तिक, काठमाडौं । बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू-१९ टिम घोषणा भएको छ । डोली भट्टलाई कप्तानीको जिम्मेवारी दिइएको छ । टोलीमा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, रवि पोद्दार, राजमति ऐरी, इश्वरी विष्ट र लक्ष्मी साउद छन् । यस्तै सुशी डंगोल, हिसिला लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षत्री, […]

तिहारमा सिङ्गो गाउँ शोकमा

१२ कात्तिक, बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो […]

मिथिला क्षेत्रमा मनाइयो भरदुतीया पर्व

१२ कात्तिक, जनकपुरधाम । तिहारको पाँचौ तथा अन्तिम दिन मंगलबार मिथिला क्षेत्रका जिल्लामा भरदुतीया पर्व मनाइएको छ । दाजुभाई आफ्ना दिदी बहिनीको घरमा पुगी न्यौता लिदैं भरदुतिया पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल पक्षको द्वितीया तिथिका दिन मनाइने यो पर्वमा भाइ बहिनीको प्रेम, स्नेह झल्किन्छ । भरदुतीयासहित भ्रातृद्वितीया, भाइदुजको नामले पनि मनाउने गरिन्छ । यो पर्वमा […]

सरकारको विरोधका नाममा जनतालाई भ्रम फैलाइयोः उपप्रधानमन्त्री पोखरेल

१२ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको भावनालाई कुल्चेर नभई उनीहरुको भावनालाई बुझेर अगाडि बढ्ने बताएका छन् । नेपाल संवत् ११४० को अवसरमा आज मध्यपुरथिमिमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण कार्यक्रममा उहाँले सरकारले गरेका सकारात्मक कामलाई भ्रम फैलाउनेहरु सक्रिय रहेको बताए । उपप्रधानमन्त्री पोखरेलले […]

रानीपोखरी गेटमा सर्वसाधारणको भाइटीका, हेर्नुस् ७ तस्वीर

१२ कात्तिक, काठमाडौं । रानीपोखरीमा रहेको बालगोपाल मन्दिर अगाडि सर्वसाधारण भाइटीका लगाएका छन् । भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको मध्य भागमा रहेको बालगोपाल मन्दिरमा १२ वैशाख २०७२ मा गएको भूकम्पले क्षति गरेपछि अहिलेसम्म बन्द छ । त्यसैले सर्वसाधारणले रानीपोखरीको गेट छेऊमा बसेर टीका लगाएका हुन् । रानीपोखरीबाहिर दिदीबहिनी नहुनेले टीका लगाउने गरेका छन् ।  

जुनारमा किरा लागेपछि रामेछापका किसान चिन्तित

१२ कात्तिक, रामेछाप । पाक्ने बेला जुनार झर्न थालेपछि रामेछापका किसान चिन्तित भएका छन् । किरा लागेपछि पाक्ने बेलाको जुनार र्झन थालेको हो । यसअघि यहाँको जुनार सडक नपुगेका कारण बिक्री नभएर किसान चिन्तित थिए । सडक पुग्यो तर अहिले रोग देखा परेको छ । पछिल्लो समय बोट नै मर्ने, फलमा किरा लाग्ने रोग देखा […]

प्रधानमन्त्रीले लगाए ५ बहिनीको हातबाट भाइटीका

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री ओलीलाई बहिनीहरु विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाइटीका लगाइदिएका हुन् । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भएपनि प्रधानमन्त्री ओलीले १ बजेर ३८ मिनेट जाँदा टीका लगाएका हुन् ।

बलात्कार आरोपमा आरआर कलेजका विद्यार्थी नेता पक्राउ

१२ कात्तिक, काठमाडौं । प्रहरीले बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई पक्राउ गरेको छ । राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । उनी वीएड् तेस्रो वर्षमा अध्ययनरत् छन् । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले उनलाई मंगलबार विहान ६ बजे पक्राउ गरेको हो । पीडितले दिएको किटानी जाहेरीको […]

उपसभामुखको भाइटीका सम्झना

काठमाडौं । यसपालीको तिहारमा उप-सभामुख डा. शिवमाया तुम्बाहाम्फेको निधार खाली हुनेछ । उनको निधार खाली हुँदा सांसद विजय शुब्बाको निधार पनि भरी हुने छैन । उप-सभामुख भएपछिका शिवमायाको दुईवटा तिहार फूलटीकाविहीन बन्यो । अघिल्लो वर्ष उनी तिहारमा देश बाहिर थिइन्, यो वर्ष भाउजु खस्नुभयो । यी दाजुबहिनीले यसअघिका भाइटीकाहरुको सम्झना गर्नेछन्, यो पटक । तीन दाइ […]

न्यू दया भिन्तुना

काठमाडौं । नेपाल संवत १०४० आजबाट सुरु भएको छ । नेपालको मौलिक संवतका रुपमा रहेको नेपाल सतको पहिलो दिन काठमाडौंका विभिन्न स्थानमा भिन्तुना र्‍याली निकालिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले यस […]

रानीपोखरीमा पनि भाइटीका, साँझ साढे सात बजेसम्म पूजा

१२ कात्तिक, काठमाडौं । दाजुभाइ दिदी बहिनी नहुनेहरुले आज काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाउँदैछन् । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पका कारण भत्किएको र पुनर्निर्माण सम्पन्न नभइसकेकाले मन्दिरको मूर्ति बाहिरै टीका लगाइँदै छ । मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ […]

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली आइतबार अजरबैजानबाट फर्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच सोमबार भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको अध्यक्ष ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले जानकारी दिए । प्रधानमन्त्री […]

स्टार्कले श्रीलंकाविरुद्धको दोस्रो खेल नखेल्ने

१२ कात्तिक, काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो टी–२० क्रिकेट खेल अष्ट्रेलियाका बलर मिचेल स्टार्कले गुमाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अनुसार व्यक्तिगत कारण देखाउँदै स्टार्कले दोस्रो खेल नखेल्ने भएका हुन् । आफ्नो भाइ ब्राण्डनको विहेमा व्यस्त हुने हुँदा श्रीलंकाविरुद्धको दोस्रो खेल नखेल्ने भएका हुन् । अष्ट्रेलियाले यही बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । यससअघि […]

नेवार समुदायले आज पनि म्हः पूजा गर्दै

१२ कात्तिक, काठमाडौं । नेवार समुदायका केही व्यक्तिले आज पनि म्हः पूजा गर्दैछन् । नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । तर, नेवार समुदायका कतिपय व्यक्तिले भने भाइटीकाको अघिल्लो दिन नै म्हः पूजा गर्ने आफूहरुको परम्परा रहेको भन्दै सोमबार नै म्हः पूजा गरेका छन् । कतिपयले भने पञ्चांग निर्णायक […]

‘दाङ्से बुर्हान’ नाटक मञ्चन

१२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा तिहारका अवसरमा सखिया नाच युवा क्लबको आयोजनामा ‘दाङ्से बुर्हान’ नामक नाटक मञ्चन गरिएको छ । थारू समुदाय थातथलो दाङबाट बुर्हान अर्थात् तराई बसाइँसराइ गर्नुपर्नाको कारण नाटकमा प्रस्तुत गरिएको छ । तीन दिनसम्म मञ्चन हुने उक्त नाटकमा स्थानीय थारू कलाकारहरुले अभिनय गरेका छन् । दाङमा जमिन्दारले जग्गा खोसेपछि […]

भाइटीका लगाउँदा कता फर्किने ? कुन-कुन रंग प्रयोग गर्ने ?

१२ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै छ । यस दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान […]

यम पञ्चकको पाँचौं दिन भाइटीका, कसरी गर्ने पूजा ?

यम पञ्चकको पाँचौं दिन देश तथा विदेशमा भाइटीका मनाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो पर्वको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयाको दिन यो पर्व मनाउने गरिन्छ । यो दिनको महत्वलाई बुझाउन विभिन्न किसिमका पौराणिक किंवदन्ती एवं ऐतिहासिक कथाहरु सुन्ने गरिएको छ । एउटा पौराणिक कथा अनुसार परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको […]

स्काई लाइट बालेर नेपाल सम्वतको स्वागत (फोटो फिचर)

११ कात्तिक, काठमाडौं । कीर्तिपुरमा स्काई लाइट बालेर नेपाल सम्वत ११४० को स्वागत तथा भ्रमण वर्षको प्रचार गरिएको छ । नेपालको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वतको नयाँ वर्ष भोलि हो । नयाँ वर्षको अघिल्लो साँझ कीर्तिपुरस्थित उमा महेश्वर मन्दिर प्रागणमा नेपाल सम्वतको दीप बालिएको थियो । स्थानीय समुदायसँग मिलेर पर्यटन बोर्डले गरेको कार्यक्रममा नेपाल भ्रमण […]



from समाचार – Online Khabar https://ift.tt/323D2w8
via IFTTT
Powered by Blogger.