Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सप्तरीमा ७ फिट लामो अजिंगर फेला

१० कात्तिक, सप्तरी । सप्तरीको खाँडो नदीमा अजिंगर फेला परेको छ । जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिका स्थित १ खाँडो खोलामा अजिंगर फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ७ फिट लामो र १२ किलो तौल भएको अजिंगरलाई नेपाल तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई जिल्ला वन कार्यालयको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गोरखामा अपाङ्गता भएकाहरुलाई ह्विलचियर

१० कात्तिक, गोरखा । अपाङ्गता भएका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिहरुलाई गोरखामा ह्विलचियर वितरण गरिएको छ । जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी २० जनालाई ह्विलचियर वितरण गरिएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ह्विलचियरको नापजाँच समेत गरिएको गोरखा नेत्रहिन संघका अध्यक्ष पवन बस्नेतले बताए । ‘यस अघि वितरण भएका ह्विलचियरहरु मापदण्ड अनुसार थिए की […]

प्रदेश ५ मा फोहोर व्यवस्थापनको खोजी : सेनिटरी ल्याण्डफिल्ड साइट उपयुक्त हुने सुझाव

१० कार्तिक, बुटवल । शहरी फोहोरमैला व्यवस्थापनका लागि फ्रान्सेली प्रविधिको सेनिटरी ल्याण्डफिल्ड साइट उपयुक्त हुने स्वास्थ्य क्षेत्रसँग सम्बन्धित एक संस्थाले प्रदेश ५ सरकारलाई सुझाएको छ । स्थानीयको अवरोध र राजनीतिक खिचातानीले रूपन्देहीमा मात्र नभई प्रदेशभर नै जटिल बन्दै गएको फोहोरमैला व्यवस्थापनको समस्यालाई समाधान गर्न गौतमबुद्ध स्वास्थ्य सेवा सहकारी संस्थाले ‘जिरो वेस्ट म्यानेजमेन्ट’ (शून्य फोहोर व्यवस्थापन) […]

तीन वर्षअघिको त्यो लक्ष्मी पूजा, जहाँबाट मेटियो ‘अँध्यारो युग’ !

१० कात्तिक, काठमाडौं । चारवर्ष अघिसम्म तिहारको बेलामा बेलुकी बत्ती बाल्न पाउने फिडरका उपभोक्ताहरु आफूलाई भाग्यमानी सम्झिन्थे, जसले बाल्न पाउँदैन थिए, उनीहरु त्यसलाई सहजै स्वीकार्थे । त्यतिबेला सबैको बुझाई थियो,’लोडसेडिङ नेपाली जनताको नियति हो, जुन कहिलेबाट अन्त्य हुन्छ भन्ने अनुमान गर्न सकिँदैन।’ तीनवर्ष पहिले ०७३ को तिहारमा अच्चमै भयो ! नेपाल विद्यत् प्राधिकरणले ‘झिलिमिली बत्ती […]

असंलग्न राष्ट्रको सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली आइतबार बिहान स्वदेश फर्किएका हुन् । कतार एयरवेजको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपा नेता सुवास नेम्वाङलगायतले विमानस्थलमा […]

सरकारलाई बदनाम गर्ने प्रयास भयो, प्रतिवाद गर्नुस् : प्रचण्ड

१० कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकारलाई बद्नाम गर्ने प्रयास भइरहेको भन्दै प्रतिवाद गर्न अपिल गरेका छन् । नेपाल सम्बतको अवसरमा आयोजित प्रचण्डले परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको बताए । उनले भने, ‘रातदिन उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम […]

तरुण दलले ६६औँ स्थापना दिवस मनाउँदै

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ । तरुण दलले आज बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए । २०१० कात्तिक १० गते […]

वीरगञ्जको प्लास्टिक गोदाममा आगलागी हुँदा ४ लाखको क्षति

१० कात्तिक, वीरगञ्ज । वीरगञ्जको प्लाष्टिक गोदाममा गएराति आगलागी हुँदा ४ लाख मूल्य बराबरको क्षति भएको छ । वीरगञ्ज महानगरपालिका–१६, नगवास्थित राजेन्द्र जयसवालको गोदाममा आगलागी भएको हो । बिजुलीको तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीको छ। महानगरको दमकल, स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा तुरून्तै आगो नियन्त्रणमा आएकोले थप क्षति हुन नपाएको डीएसपी गौतम थापाले जानकारी […]

महाराजगञ्जस्थित जुवाखालबाट २५ पक्राउ, साढे २ करोड बढी बरामद

१० कात्तिक, काठमाडौं । महाराजगञ्ज प्रहरीलाई शनिबार राति सूचना आयो, महाराजगञ्जको होटल साम्बालाको पछाडिको घरमा जुवाको खाल छ । त्यसपछि प्रहरीले आवश्यक तयारी गरी आइतबार बिहान करिब २ बजेतिर छापा मार्‍यो । छापा मार्ने टोलीमा संलग्न प्रहरीहरु त्यतिबेला छक्क परे, जतिबेला जुवा खाल भनिएको ठाउँ मिनी क्यासिनो जस्तै थियो । उच्च व्यापारिक घराना र प्रतिष्ठित […]

बाकुबाट स्वदेश फर्कंदै प्रधानमन्त्री ओली

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्दैछन् । असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकु पुगेका प्रधानमन्त्री ओली सम्मेलन सकाएर आज स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्री ओली कतार एयरवेजको नियमित उडानमार्फत दोहा हुँदै आइतबार बिहान १०ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]

साउल र अल्भारोको गोलमा एथ्लेटिको मड्रिडको जित

१० कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको विल्बाओलाई पराजित गरेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–० गोलअन्तरले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको जितमा साउल निगुएज र अल्भारो मोरटाले गोल गरे । खेलको २८ औं मिनेटमा नै साउलले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता […]

पलिसिकको ह्याट्रिकमा चेल्सीको जित

१० कात्तिक, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्नेलीलाई उसैको मैदानमा ४-२ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टियन पलिसिकले ह्याट्रिक गोल गरे । त्यस्तै, एक गोल विलियमको नाममा रह्यो । बर्नेलीका लागि जेय रोड्रिगुएज र डवाइट म्याकनिलले गोल गरे । पहिलो […]

बायर्न बुन्डेस लिगाको शीर्ष स्थानमा

१० कात्तिक, काठमडौं । बायर्न म्युनिख बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले युनियन बर्लिनलाई २–१ गोलअन्तरले पराजित गर्दै जर्मनीको बुन्डेस लिगाको शीर्ष स्थानमा पुगेको हो । बायर्नको जितमा बेन्जामिन पाभार्ड र रोबेर्ट लेवान्डोवस्कीले गोल गरे । युनियन बर्लिनका लागि भने सेबस्टाइन पोल्टरले गोल गरे । खेलको १३औं […]

वीरगञ्जका अग्नि नियन्त्रकलाई गोली हानेर मारेको पुष्टि

१० कात्तिक, पर्सा । वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्या भएको पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी चौरसियाको शव ८ कात्तिकमा नगवा पोखरीको डिलमा तन्नामा बेरिएको अवस्थामा भेटिएको थियो । नारायणी अस्पतालमा पोष्टमार्टम गर्दा उनको शरीरभित्र चिकित्सकहरुले गोली भेटेका छन् । योसँगै उनको गोली हानेरै हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । […]

म्यानमारका विद्रोहीद्वारा ४० सुरक्षाकर्मीको अपहरण

१० कात्तिक, काठमाडौं । म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीको अपहरण गरेका छन् । जातीय युद्ध लड्दै आएका विद्रोहीले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूको अपहरण गरेको सैनिक प्रवक्ता जा मिनतुनले बताएका छन् । ‘विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई अपहरण गरी लगेका छन्’, उनले सुरक्षाकर्मी अपहरणमा […]

आज तिहारको तेस्रो दिन, कुकुर पूजा गरिँदै

१० कात्तिक, काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन अर्थात, कुकुर तिहार । कुकुरको पूजा तथा मीठामीठा खानेकुरा खान दिई मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार […]

बढाइएको शुल्क फिर्ता लिन नौ विद्यार्थी संगठनको माग

९ कात्तिक, काठमाडौं । नौ विद्यार्थी संगठनले एमबीबीएस अध्ययनका लागि बढाइएको शुल्क तत्काल खारेज गर्न माग गरेका छन् । साथै शुल्क फिर्ता नभएसम्म परीक्षा स्थगित गर्न समेत आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघसहित नौ विद्यार्थी संगठनले पाँचबुँदे संयुक्त व्यक्तव्य जारी गर्दै चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि बढाएको शुल्क खारेजको माग गरेका हुन् […]

पन्तको स्पष्टीकरणः लाप्राकको वस्ती निर्माणबाट एनआरएनए पन्छिन मिल्दैन

९ कात्तिक, गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष कुमार पन्तले लाप्राकको एकीकृत नमूना वस्ती निर्माणको जिम्मेवारीबाट नपन्छिने बताएका छन् । उनीभन्दा अघिल्ला अध्यक्ष भवन भट्टले आफ्नो कार्यकालको अन्तिम दिन लाप्राक बस्ती निर्माणबाट हात झिक्ने निर्णय गरेका थिए । त्यसअनुसार उनले पुनर्निर्माण प्रधिकरण र धार्के गाउँपालिकासँग सहमति पनि गरेका छन् । तर नयाँ अध्यक्ष […]

बर्दिबास र जुगेडीमा सरकारी तौलपुल स्थापना गर्ने तयारी

९ कात्तिक, काठमाडौं । सरकारले मालबाहक सवारीको तौल जाँच तौल पुल स्थापना गर्ने भएको छ । तौलपुल स्थापनाका लागि प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । गत वर्षबाटै प्रक्रिया थालिने भनिएपनि सम्झौता गरेको कम्पनीले धोका दिएपछि काम अघि बढेको थिएन । अब पुनः टेन्डर आहृवान गरेर तौलपुल स्थापनाको प्रक्रिया सुरु गरिएको विभागका निर्देशक […]

सुरु भयो विराटचौक-घिनाघाटो सडकको विस्तार

९ कात्तिक, विराटनगर । प्रादेशिक सडक विराटचौक-घिनाघाटो निर्माण सुरु भएको छ । पूर्वका जिल्लाहरुलाई प्रदेश राजधानी विराटनगरसँग जोडने यो सडकको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत भदौमा शिलान्यास गरेका थिए । प्रदेश सरकारको लगानीमा दुई लेनको सडकलाई चार लनेमा विस्तार गर्न लागिएको हो । २२.५ किलोमिटर लम्बाईको सडकलाई चार लेन बनाउने प्रदेश सरकारको १ […]

तिहार बिदामा पनि निगमको डिपो खुल्ला रहने   

९ कात्तिक , काठमाडौं ।   नेपाल आयल निमगले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुल्ला राख्ने भएको छ । चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले निगमले डिपो खुला राख्ने भएको हो । इन्धनको अभाव हुन नदिइ आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकताअनुसार खुल्ने निगमले […]



from समाचार – Online Khabar https://ift.tt/2PqyUDx
via IFTTT
Powered by Blogger.