Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

साझा पार्टीले भक्तपुरमा सुरज प्रधानलाई उम्मेदवार बनाउने

१४ कात्तिक, काठमाडौं । साझा पार्टीले मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर–१ (क) बाट सुरज प्रधानलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाउने भएको छ । पार्टीको भक्तपुर जिल्ला संयोजक रहेका २८ वर्षीय प्रधानलाई उम्मेदवार बनाउने निर्णय भएको साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए । नेकपाबाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि उपनिर्वाचन हुन लागेको यो क्षेत्रमा २०७४ […]

१७ दलले जनाए आचार संहिता पालना गर्ने प्रतिवद्धता

१४ कात्तिक, काठमाडौं । प्रमुख राजनीतिक दलले मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार निर्वाचन आयोगले बोलाएको बैठकमा विभिन्न १७ दलका प्रतिनिधिले मन, वचन र कर्मले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदमा हुने उपनिर्वाचनको समयमा आचार संहिता पालनाको […]

यस्तो बन्नेछ ग्रिनरीसहितको मुग्लिन–पोखरा सडक

१४ कात्तिक, काठमाडौं । मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने सुनिश्चित भएको छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण पारित गरेपछि यो खण्ड विस्तारको काम अघि बढ्ने भएको हो । सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयका उपआयोजना निर्देशक सौरभ बज्राचार्यका अनुसार अबको एक हप्ताभित्रै मुग्लिन पोखरा सडकको आँबुखैरेनी–पोखरा […]

२५ जुवाडेलाई ७ दिन थुनामा राख्न अनुमति

१४ कात्तिक, काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेसनमा पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई जुवाडेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो । तिहारको समयमा महाराजगञ्जको एक घरमा जुवा खेलिरहेका वेला दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ […]

कोइराला परिवारबाटै सभापति बन्न सक्छ : शेखर कोइराला

१४ कात्तिक, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवारबाटै पार्टी सभापति बन्न सक्ने बताएका छन् । डा. शेखरले लोकतन्त्र खतरामा परेकोले रक्षाका लागि कोइराला परिवार चुप लागेर बस्न नसक्ने बताउँदै आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारबाटै हुने संकेत गरे । बिहीबार नवलपरासीको कावासोतीमा प्रेस युनियन नवलपुरले आयोजना गरेको कार्यक्रममा उनले भने, […]

भुटानका कारण रोकियो नेपाल-बंगलादेश बससेवा

१४ कात्तिक, काठमाडौं । बंगलादेशको ढाकाबाट ०७५ साल वैशाख १० गते छुटेका श्यामोली परिवहनका दुईवटा बस वैशाख १२ गते काँकडभिट्टा नाका हुँदै पहिलोचोटि नेपाल छिरेका थिए । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनको सन्देश लिएर ती बसहरु बंगलादेशको राजधानी ढाकाबाट छुटेका थिए । बंगलादेशको बंगलाबन्ध-फूलवारी मार्ग हुँदै भारतको सिलगुढी र […]

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

१४ कार्तिक, कैलाली । कैलालीको पूर्व पश्चिम राजमार्गमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत घोडाघाडी नगरपालिका-२ साडेपानीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा सोही वडाका मोटरसाइकलमा सवार ५० वर्षीय देवीराम आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए […]

नेकपा नेताहरुले प्रधानमन्त्रीलाई भेट्न पाएनन्

१४ कात्तिक, काठमाडौं । ग्राण्डी अस्पताल पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाएनन् । प्रधानमन्त्री ओली बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावल बिहीबार मध्याहृन अस्पताल पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीलाई भेट्न पाएनन् । डाक्टरहरुलाई भेटेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका छन् […]

काठमाडौंमा यसरी हुँदैछ छठ पूजाको तयारी (फोटो फिचर)

१४ कात्तिक, काठमाडौं । तराईबासी नेपालीको ठूलो पर्व छठ यस वर्ष कात्तिक १६ गते परेको  छ । हिजोआज काठमाडौंमा पनि छठ मनाउनेहरुको ठूलो संख्या छ । उनीहरुले यहीँको जलासयमा गई छठी माताको पूजा गर्ने, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । छठ पर्वका लागि काठमाडौंको बागमती नदीका विभिन्‍न ठाउँ र अन्य पोखरी र कुण्डहरुमा […]

धादिङमा जीप दुर्घटना हुँदा २४ जना घाइते   

१४ कात्तिक, काठमाडौं । दक्षिणी धादिङको गजुरी गाउँपालिका-२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बिहीबार बिहान भएको बलेरो जीप दुर्घटनामा २४ जना घाइते भएका छन् । ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो अनियन्त्रित भई करिब १५ मिटर तल खोलामा खस्दा जीपमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) […]

भ्रमण वर्षभर विदेशी पाहुनालाई होटलमा ३० प्रतिशत छुट

१४ कात्तिक, काठमाडौं । होटेल व्यवसायीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यित गर्दै छुट योजना सार्वजनिक गरेका छन् । होटल संघ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गरी नेपाल आउने सबै विदेशी पाहुनाका लागि छुट दिने घोषणा गरेको हो । हानका महासचिव साजन शाक्यका अनुसार अब एक वर्षभर होटेलले आफ्नो रुमको मूल्यमा ३० प्रतिशत छुट […]

नेकपाले टुंग्यायो पाँचथरका गाउँपालिका र वडा अध्यक्ष उम्मेदवार

१४ कात्तिक, पाँचथर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँचथरमा उपनिर्वाचन हुने तीनवटै तहका उम्मेदवारको नाम टुंगो लगाएको छ । नेकपाले फाल्गुनन्द गाउँपालिका अध्यक्षमा वीरबहादुर कुरुम्बाङलाई उम्मेदवार बनाउने भएको छ । जिल्ला सचिवालयको बैठकले सोही गाउँपालिका इन्चार्जसमेत रहेका पूराना नेता कुरुम्बाङलाई अध्यक्षको एकल उम्मेदवार तय गरेको हो । उनी २०७४ को स्थानीय तह निर्वाचनमा […]

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप

१४ कात्तिक, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ । ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सुरक्षा कोषले बिहीबारसूचीकरण हुनका लागि एक महिनाको समयावधि थप भएको सूचना प्काशित गरेको छ । सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग-प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा […]

कुटपिटबाट बर्दियामा एक युवकको मृत्यु   

१४ कात्तिक, धम्बोझी । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्षीय सतराम थारुलाई युवाहरुको समूहले कुटपिट गरी घाइते बनाएका थिए । थारुको उपचारका क्रममा भारतको लखनउमा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले […]

अस्पतालमा प्रधानमन्त्रीलाई भेटेर फर्किए उपप्रधानमन्त्री पोखरेल

१४ कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार दिउँसो ग्राण्डी अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । बिहीबार विहान प्रधानमन्त्रीलाई भेटेर फर्किएका उनले स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषणपछि डिस्चार्ज गर्ने जानकारी चिकित्सकहरुले दिएको बताए । सघन उपचार कक्षमा रहेका ओलीलाई उपप्रधानमन्त्री पोखरेलसहित सीमित व्यक्तिले मात्र भेट्न पाएका छन् । नेकपाका […]

कपिलवस्तुमा प्रहरीको गोली लागी एक जनाको मृत्यु

१४ कात्तिक, काठमाडौैं । कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले कृष्णनगर क्षेत्र तनावग्रस्त बनेपछि स्थिति नियन्त्रण लिन भन्दै प्रहरीले चलाएको गोली लागेर सुरजकुमार पाण्डेको मृत्यु भएको हो । प्रहरीले झडप नियन्त्रण लिन बुधबार विहान ५० सेल अश्रुग्यास हानेको छ । स्थानीय वासिन्दाबीचको विवाद […]

तारे होटलमा व्यापारिक घरानाको नालीबेली

१४ कात्तिक, काठमाडौं । एक दशक अगाडिसम्म होटेल व्यवसायमा आवद्ध व्यवसायीको पृष्ठभूमि जेरीपुरी–समुसा पसल, पेडा, सेकुवासँग जोडिएको थियो । सानो व्यवसायबाट प्रारम्भ भएको उनीहरुको विजनेश जब बिस्तार भयो, त्यसपछि क्रमशः ठूला होटेल र रेष्टुराँतिर हात हाले । होटेल संघ नेपाल (हान) का पूर्वअध्यक्ष अमरमान शाक्य सम्झन्छन्, पहिले होटेल वा रेष्टुराँमा मानिसले आफ्नो ढुकुटीमा जम्मा गरेको […]

छिमेकीको पर्खालमा ठोक्किएर एक जनाको मृत्यु   

१४ कात्तिक,  भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । “बढी मात्रामा मादक पदार्थ सेवन गरेकाले पर्खालमा ठोक्किएर निधारमा गहिरो चोट लागेको प्रारम्भिक […]

कपिलवस्तुको कृष्णनगर तनावग्रस्त, अनिश्चितकालीन कर्फ्यु

१४ कात्तिक, काठमाडौैं । कपिलवस्तुको कृष्णनगर तनावग्रस्त बनेको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको छ । झडपमा केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दीप शमशेर राणाले बताए । बुधबार साँझदेखि […]

पाकिस्तानमा गुडिरहेको रेलमा आगो लाग्यो, ७३ जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । करीब ४० घाइते छन् । राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो । पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् […]

मुग्लिन–पोखरा सडक चार लेन बनाउन एडीबीको साढे १९ करोड डलर ऋण

१४ कात्तिक, काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख डलर (करिब २२ अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रूपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने […]



from समाचार – Online Khabar https://ift.tt/320I4tb
via IFTTT
Powered by Blogger.