Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पिपराको कार्यक्रमबारे प्रचण्डको प्रष्टीकरण – चुनाव प्रचार गरेको छैन

१४ कात्तिक, काठमाडौं । बुधबार महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाले आयोजना गरेको कार्यक्रममा दुई मन्त्री सहभागी भएको विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रष्टिकरण दिएका छन् । छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम भनिए पनि गाउँपालिका अध्यक्षको उपनिर्वाचनमा नेकपा उम्मेदवारलाई भोट मागिएको भन्दै उक्त कार्यक्रममा मन्त्रीहरु योगेश भट्टराई र गिरिराजमणि पोखरेलको सहभागीतामाथि प्रश्न उठेको थियो । सरकारलाई […]

२५ हजार धरौटी तिरेर छुटे पत्रकार देउजा

१४ कात्तिक, वीरगञ्ज । पत्रकार सन्तोष देउजा २५ हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले न्युनतम २५ हजार धरौटी लिएर तारेखमा छोड्ने आदेश दिएको हो । उनी बिहीबार नै धरौटी बुझाएर छुटेका छन् । वीरगञ्जकी डा. दाम्पती निलमकुमार साह–राजेशकुमार साहको विषयमा भिडियो अन्तर्वार्ता गरेको विषयलाई लिएर पत्रकार देउजाविरुद्ध […]

६ वर्षमा पनि नबनेको १९२ मिटरको एउटा पुल

१४ कात्तिक, काठमाडौं । धादिङको गल्छी गाउँपालिका–१ का वडा अध्यक्ष पूर्णप्रसाद खतिवडा आफ्नै वडामा बन्दै गरेको पक्की पुल हेर्न हप्ताको एक–पटक फोस्रेटार पुग्छन् । आफ्नो वडा र गल्छी–रसुवागढी राजमार्ग जोड्ने त्रिशूली नदी माथिको १९२ मिटर लामो निमार्णधिन पुल छिटो बनेमा त्यस भेगका जनतालाई सुविधा हुन्थ्यो भन्ने व्यग्रता छ उनलाई । तर ठेक्का सम्झौता भएको ६ वर्षमा […]

सिर्सिया नदीको प्रदुषण रोक्न वीरगञ्जवासी जागरुक बन्दै

१४ कात्तिक, वीरगञ्ज । औधोगिक प्रदुषणका कारण विषालु बनेको सरिसवा (सिर्सिया) नदी बचाउन वीरगञ्जका सरोकारवाला जागरुक भएका छन् । सिर्सिया नदी एवं वीरगञ्ज प्रदुषण मुक्त अभियान पर्सामा आवद्ध विभिन्न व्यक्ति तथा संस्थाले नदी प्रदुषणबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् । अभियानकर्मीहरुले सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेत र वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई भेटेर ध्यानाकर्षण […]

श्रम समझदारी कार्यान्वयनबारे छलफल गर्न यूएईको टोली आउँदै

१४ कात्तिक, काठमाडौं । नेपाल र यूएईबीच भएको श्रम समझदारी कार्यान्वयन प्रभावकारी बनाउन दुवै देश छलफलमा बस्ने भएका छन् । समझदारीपछि श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको पहिलो बैठक कात्तिक १७ र १८ गते काठमाडौंमा बस्ने भएको छ । वैठकमा सहभागी हुन युएईको प्रतिनिधिमण्डल कात्तिक १६ गते नेपाल आइपुग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी […]

माथिल्लो त्रिशुली-१ मा जुट्यो ५० अर्बको विदेशी लगानी

१४ कात्तिक, काठमाडौं । कोरियन कम्पनीले निर्माण गर्ने २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ आयोजनामा लगानी जुटेको छ । कम्पनी र लगाकनीकर्ता अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबीच शुक्रबार लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा लगानी सम्बन्धी सम्झौता हुन लागेको हो । यो परियोजनामा […]

जनकपुरको फोहोरले शीर निहुर्‍याएको छ : उपप्रधानमन्त्री यादव

१४ कात्तिक, जनकपुरधाम । नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन अभियान जनकपुरबाट सुरु भएको छ । प्रदेश २ को राजधानी जनकपुरधामबाट संघय तथा प्रदेश सरकारका मन्त्रीहरुले संयुक्त रुपमा प्रवर्द्धन अभियान सुरु गरेका हुन् । धनुषाको तिरहुतिया गाछीमा आयोजना कार्यक्रममा संघीय सरकारका उप-प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, पर्यटन मन्त्री योगेश भट्टराई, प्रदेशका मुख्यमन्त्री लालबाबु […]

काठमाडौंको साँखुमा बस दुर्घटना, ३ जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । काठमाडौंको साँखुमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, अरु ५० भन्दा बढी घाइते भएका छन् । बिहीबार सिन्धुपाल्चोकको गोर्खुभञ्ज्याङबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस साँखुको जंगलमा दुर्घटना हुँदा मिठु विकसहित ३ जनाको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । त्यस्तै घाइतेमध्ये एक […]

‘लैङ्गिक हिंसा न्यूनीकरण गर्न मन्त्री थापाले जनप्रतिनिधिसँग छलफल गर्ने

१४ कात्तिक, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसंग लैंगिक हिंसा न्यूनीकरणका विषयमा छलफल गर्ने भएकी छिन् । लैङ्गकि हिंसा विरुद्धको वर्ष २०७६ को अभियान अन्तर्गत मन्त्री थापाले आफै सहभागी भएर हिंसा न्यूनिकरणका विषयमा छलफल गर्ने भएकी हुन् । १८ कात्तिकबाट प्रदेश नं १ बाट छलफल सुरु हुनेछ […]

नेकपाले उपनिर्वाचनमा नखट्ने कार्यकर्ताको अभिलेख राखेर कारबाही गर्ने

१४ कात्तिक,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ मा हुने उपनिर्वाचनमा नखट्ने र असहयोग गर्ने नेता कार्यकर्ता जो भए पनि कडा कारवाहीको चेतावनी दिएको छ । उपनिर्वाचन अभियानमा खटिने कार्यकर्ताको अभिलेख राख्नसमेत मातहत कमिटीहरुलाई सर्कुलर गरिएको छ । नेकपा प्रदेश ३ कमिटीले कार्यकर्ताका लागि जारी गरेको सर्कुलरमा निर्वाचन अभियानमा खट्ने कार्यकर्ताको अभिलेख राख्ने […]

जुवाडेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई भएन, अब थुनामै रहने

१४ कात्तिक, काठमाडौं । तिहारअघि जुवा खालबाट पक्राउ परेका २५ जना जुवाडेलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले सुनुवाई गर्न आवश्यक ठानेन । तिहार विदामा अदालत बन्द हुने समयमा जुवा खालबाट पक्राउ परेकाहरुले आफूहरुलाई गैरकानूनी थुनामा […]

कपिलवस्तु घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कपिलवस्तुको कृष्णनगरमा गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमित रुपमा सञ्चालन गर्न/ गराउन नेपाल सरकारलगायत सम्बन्धित सबै पक्षसँग आयोगले आग्रह गरेको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई […]

ब्राउन सुगरसहित सिराहाबाट ४ जना पक्राउ

१४ कात्तिक, जनकपुरधाम । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले सिराहाबाट ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले जिल्लाको नरह गाउँपालिका-३ बाट १ किलो १८० ग्राम ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार नगरपालिका १० बस्ने २० बर्षीय रोशनकुमार यादव, सोही उमेरका संजीतकुमार यादव, १८ बर्षीय संजीत मुखिया […]

धनुषा प्रशासनद्वारा छठ पर्वमा माछा, मासु र रक्सीमा प्रतिबन्ध

१४ कात्तिक, जनकपुरधाम । छठ पर्वलाई लक्षित गरी प्रदेश २ को राजधानी जनकपुरधाममा माछा, मासु र रक्सी प्रयोग तथा बिक्री बितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै छठ पर्वलाई लक्षित गर्दै तीन दिनका लागि माछा, मासु र रक्सी प्रयोग तथा बिक्री बितरणमा रोक लगाइएको जनाएको छ । […]

केयूकेएलले गर्‍यो १ सय ५० ठाउँमा खानेपानी चुहावटको मर्मत

१४ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले उपत्यकाभित्रका मुख्य ठाउँहरुमा पुराना पाइपहरुबाट भईरहेको खानेपानी चुहावटको मर्मत कार्य सम्पन्न गरेको छ । नौ दिनको अवधिमा उपत्यकाका विभिन्न ठाउँहरुको १ सय ५० ठाउँमा चुहावट (लिकेज) मर्मत कार्य सम्पन्न भएको महाप्रबन्धक मिलन शाक्यले जानकारी दिए । ‘रातिको समय पारेर नौ दिनसम्ममा मुख्य ठाउँहरुमा भईरहेको चुहावट […]

महराविरुद्ध करणी उद्योगमा डेढ गुणा बढी सजाय माग

१४ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । महराले संसद सचिवालयकी एक कर्मचारीलाई करणीको उद्योग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले महराले सरकारी ओहोदामा बसेर कसूर गरेकाले उनलाई हुने सजायको डेढ गुणा बढी सजायको माग दावी […]

सतिराम थारु हत्याको आरोपमा ८ जना पक्राउ

१४ कात्तिक, बर्दिया । कुटपिट गरी हत्या गरेको आरोपमा बर्दिया प्रहरीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले बर्दिया ठाकुरवावा नगरपालिका-८ का  ३४ वर्षीय  सतिराम थारुलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही नगरपालिका-७ कै ८ जना युवालाई पक्राउ गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा  २७ वर्षीय सन्तोष रोकाय, ३६ […]

३ लाखसहित पोखरामा १० जुवाडे पक्राउ

१४ कात्तिक, पोखरा । वडा प्रहरी कार्यालय बैदामले बिहीबार जुवा खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको छ । उनीहबाट ३ लाख ५७ हजार रुपैयाँ बरामद गरिएको वडा प्रहरी कार्यालउ प्रमुख कोमल शाहले जानकारी दिए । पोखरा-८ आलुमाइलाचोकस्थित धर्मेन्द्र श्रेष्ठको घरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका जुवाडेलाई बिहीबार नै म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि […]

गाउँका सिंहदरबारको मासिक भाडा दुई लाख ८२ हजार

१४ कात्तिक, डोटी । स्थानीय तहको पुनर्संरचना हुँदा ‘सिंहदरबारको अधिकार गाउँ गाउँमा’ भन्ने नारा लगाइएको थियो । स्थानीय तहको निर्वाचन भएको पनि अढाइ वर्ष बित्नै लागेको छ । तर, सिंहदरबार भनिएका स्थानीय तहहरु भने भाडाकै झुप्रामा बस्न वाध्य छन् । डोटीका स्थानीय तहहरुले घरभाडावापत मासिक दुई लाख ८२ हजार सात सय रुपैयाँ खर्च गर्ने गरेका […]

प्रधानमन्त्रीको डायलासिस भयो, अहिले ठीक छ : प्रचण्ड

१४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको पुष्टि गरेका छन् । प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनको निजी सचिवालय र अस्पतालले नियमित स्वास्थ्य परीक्षण मात्र भएको दाबी गर्दै आएको थियो । तर बुधबार र बिहीबार दुई पटक उनको मिर्गौलाको डायलासिस गरिएको […]

महराले रगत दिन मानेनन्, डीएनए परीक्षण भएन

१४ कात्तिक, काठमाडौं । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् । रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको थियो । अपराधस्थल भनिएको सुविधानगरस्थित […]



from समाचार – Online Khabar https://ift.tt/2No2UgM
via IFTTT
Powered by Blogger.