Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

स्थानीय जनप्रतिनिधिले सेवा–सुविधा पाउनुपर्छ : जनमोर्चा

१० कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय सरकारका जनप्रतिनिधिले तलब सुविधा लिन पाउनु पर्नेमा जोड दिएको छ । स्थानीय जनप्रतिनिधिले तलब लिन नपाइने भन्ने सर्वोच्च अदालतको आदेशबारे आफ्नो धारणा सार्वजनिक गर्दै जनमोर्चाले भनेको छ, ‘स्थानीय जनप्रतिनिधिहरूले पनि सेवावापत सुविधा पाउनु पर्दछ ।’ ‘वर्षौंसम्म निशुल्क रुपमा नै सेवा गर्नुपर्दछ भन्ने सोचाइ व्यवहारिक छैन र त्यसलाई हामीले […]

बेइजिङ उड्यो हिमालय एयरलाइन्सको जहाज

१० कात्तिक, काठमाडौं । चीनको राजधानी बेइजिङमा पहिलो पटक नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उडान थालेको छ । आइतबार बिहान ९ बजे काठमाडौंबाट बेइजिङका लागि जहाज उडेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो उडानमा ६० यात्रु लिएर एयरबस ३२० जहाज बेइजिङ उडेको हो । नेपाली हवाई इतिहासमै पहिलो पटक नेपालमा […]

तपाईंको गणित मिलेन, दूरी बढेको छैन : प्रधानमन्त्री ओली

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको खबरहरु आएका छन् । तर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले भने त्यसलाई अस्वीकार गरे । असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश […]

साढे ६ करोडको लगानीमा तिलोत्तमामा कपडा उद्योग सञ्चालन

१० कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमामा पश्चिम क्षेत्रकै पहिलो उच्च प्रविधि जडित कपडा उद्योग सञ्चालनमा आएको छ ।  तिलोत्तमा नगरपालिका-३ का ५ जना युवाको साढे ६ करोडको संयुक्त लगानीमा लिडास फेसन निटवेयर उधोग सञ्चालन गरिएको हो । उद्योगमा प्रत्यक्ष रुपमा ७० जनाले रोजगारी पाएका छन् । विदेशमा १५ वर्ष बसेर स्वदेश आएका ईन्द्र खड्का अध्यक्ष […]

मृतकका गहना चोरेको भन्दै हबल्दारले कुटे कर्मचारी

१० कात्तिक, चितवन । भरतपुर अस्पतालको पोस्टमार्टम कक्षमा कार्यरत कर्मचारीलाई प्रहरीले कुटेर हात नै भाँचिदिएका छन् । प्रहरीको कुटपिटबाट अस्पतालमा कार्यरत कर्मचारी ६० वर्षीय पूर्ण विकको हात भाँचिएको हो । सोही कक्षमा काम गर्ने अर्का एक कर्मचारी ४९ वर्षका देव आनन्द राईलाई पनि निर्घात कुटिएका छन् । घाइते राईको शरीरभरी निलडाम छ । दुवै जनालाई […]

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ

१० कात्तिक, सप्तरी । १० वर्षअघि भ्रष्टाचार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका एक जना फरार प्रतिवादीलाई सप्तरीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका-२ निवासी ६९ वर्षीय अशोक झा रहेका छन् । जिल्ला अदालतले २०६७ साल जेठ १६ गते भ्रष्टाचार मुद्दामा झालाई १ वर्ष ६ महिनाको कैद सजाय सुनाएको थियो । झालाई राजविराजको […]

सप्तरीमा ७ फिट लामो अजिंगर फेला

१० कात्तिक, सप्तरी । सप्तरीको खाँडो नदीमा अजिंगर फेला परेको छ । जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिका स्थित १ खाँडो खोलामा अजिंगर फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ७ फिट लामो र १२ किलो तौल भएको अजिंगरलाई नेपाल तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई जिल्ला वन कार्यालयको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गोरखामा अपाङ्गता भएकाहरुलाई ह्विलचियर

१० कात्तिक, गोरखा । अपाङ्गता भएका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिहरुलाई गोरखामा ह्विलचियर वितरण गरिएको छ । जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी २० जनालाई ह्विलचियर वितरण गरिएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ह्विलचियरको नापजाँच समेत गरिएको गोरखा नेत्रहिन संघका अध्यक्ष पवन बस्नेतले बताए । ‘यस अघि वितरण भएका ह्विलचियरहरु मापदण्ड अनुसार थिए की […]

प्रदेश ५ मा फोहोर व्यवस्थापनको खोजी : सेनिटरी ल्याण्डफिल्ड साइट उपयुक्त हुने सुझाव

१० कार्तिक, बुटवल । शहरी फोहोरमैला व्यवस्थापनका लागि फ्रान्सेली प्रविधिको सेनिटरी ल्याण्डफिल्ड साइट उपयुक्त हुने स्वास्थ्य क्षेत्रसँग सम्बन्धित एक संस्थाले प्रदेश ५ सरकारलाई सुझाएको छ । स्थानीयको अवरोध र राजनीतिक खिचातानीले रूपन्देहीमा मात्र नभई प्रदेशभर नै जटिल बन्दै गएको फोहोरमैला व्यवस्थापनको समस्यालाई समाधान गर्न गौतमबुद्ध स्वास्थ्य सेवा सहकारी संस्थाले ‘जिरो वेस्ट म्यानेजमेन्ट’ (शून्य फोहोर व्यवस्थापन) […]

तीन वर्षअघिको त्यो लक्ष्मी पूजा, जहाँबाट मेटियो ‘अँध्यारो युग’ !

१० कात्तिक, काठमाडौं । चारवर्ष अघिसम्म तिहारको बेलामा बेलुकी बत्ती बाल्न पाउने फिडरका उपभोक्ताहरु आफूलाई भाग्यमानी सम्झिन्थे, जसले बाल्न पाउँदैन थिए, उनीहरु त्यसलाई सहजै स्वीकार्थे । त्यतिबेला सबैको बुझाई थियो,’लोडसेडिङ नेपाली जनताको नियति हो, जुन कहिलेबाट अन्त्य हुन्छ भन्ने अनुमान गर्न सकिँदैन।’ तीनवर्ष पहिले ०७३ को तिहारमा अच्चमै भयो ! नेपाल विद्यत् प्राधिकरणले ‘झिलिमिली बत्ती […]

असंलग्न राष्ट्रको सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली आइतबार बिहान स्वदेश फर्किएका हुन् । कतार एयरवेजको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपा नेता सुवास नेम्वाङलगायतले विमानस्थलमा […]

सरकारलाई बदनाम गर्ने प्रयास भयो, प्रतिवाद गर्नुस् : प्रचण्ड

१० कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकारलाई बद्नाम गर्ने प्रयास भइरहेको भन्दै प्रतिवाद गर्न अपिल गरेका छन् । नेपाल सम्बतको अवसरमा आयोजित प्रचण्डले परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको बताए । उनले भने, ‘रातदिन उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम […]

तरुण दलले ६६औँ स्थापना दिवस मनाउँदै

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ । तरुण दलले आज बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए । २०१० कात्तिक १० गते […]

वीरगञ्जको प्लास्टिक गोदाममा आगलागी हुँदा ४ लाखको क्षति

१० कात्तिक, वीरगञ्ज । वीरगञ्जको प्लाष्टिक गोदाममा गएराति आगलागी हुँदा ४ लाख मूल्य बराबरको क्षति भएको छ । वीरगञ्ज महानगरपालिका–१६, नगवास्थित राजेन्द्र जयसवालको गोदाममा आगलागी भएको हो । बिजुलीको तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीको छ। महानगरको दमकल, स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा तुरून्तै आगो नियन्त्रणमा आएकोले थप क्षति हुन नपाएको डीएसपी गौतम थापाले जानकारी […]

साउल र अल्भारोको गोलमा एथ्लेटिको मड्रिडको जित

१० कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको विल्बाओलाई पराजित गरेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–० गोलअन्तरले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको जितमा साउल निगुएज र अल्भारो मोरटाले गोल गरे । खेलको २८ औं मिनेटमा नै साउलले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता […]

पलिसिकको ह्याट्रिकमा चेल्सीको जित

१० कात्तिक, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्नेलीलाई उसैको मैदानमा ४-२ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टियन पलिसिकले ह्याट्रिक गोल गरे । त्यस्तै, एक गोल विलियमको नाममा रह्यो । बर्नेलीका लागि जेय रोड्रिगुएज र डवाइट म्याकनिलले गोल गरे । पहिलो […]

बायर्न बुन्डेस लिगाको शीर्ष स्थानमा

१० कात्तिक, काठमडौं । बायर्न म्युनिख बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले युनियन बर्लिनलाई २–१ गोलअन्तरले पराजित गर्दै जर्मनीको बुन्डेस लिगाको शीर्ष स्थानमा पुगेको हो । बायर्नको जितमा बेन्जामिन पाभार्ड र रोबेर्ट लेवान्डोवस्कीले गोल गरे । युनियन बर्लिनका लागि भने सेबस्टाइन पोल्टरले गोल गरे । खेलको १३औं […]

वीरगञ्जका अग्नि नियन्त्रकलाई गोली हानेर मारेको पुष्टि

१० कात्तिक, पर्सा । वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्या भएको पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी चौरसियाको शव ८ कात्तिकमा नगवा पोखरीको डिलमा तन्नामा बेरिएको अवस्थामा भेटिएको थियो । नारायणी अस्पतालमा पोष्टमार्टम गर्दा उनको शरीरभित्र चिकित्सकहरुले गोली भेटेका छन् । योसँगै उनको गोली हानेरै हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । […]

महाराजगञ्जस्थित जुवाखालबाट २५ पक्राउ, साढे २ करोड बढी बरामद

१० कात्तिक, काठमाडौं । महाराजगञ्ज प्रहरीलाई शनिबार राति सूचना आयो, महाराजगञ्जको होटल साम्बालाको पछाडिको घरमा जुवाको खाल छ । त्यसपछि प्रहरीले आवश्यक तयारी गरी आइतबार बिहान करिब २ बजेतिर छापा मार्‍यो । छापा मार्ने टोलीमा संलग्न प्रहरीहरु त्यतिबेला छक्क परे, जतिबेला जुवा खाल भनिएको ठाउँ मिनी क्यासिनो जस्तै थियो । उच्च व्यापारिक घराना र प्रतिष्ठित […]

म्यानमारका विद्रोहीद्वारा ४० सुरक्षाकर्मीको अपहरण

१० कात्तिक, काठमाडौं । म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीको अपहरण गरेका छन् । जातीय युद्ध लड्दै आएका विद्रोहीले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूको अपहरण गरेको सैनिक प्रवक्ता जा मिनतुनले बताएका छन् । ‘विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई अपहरण गरी लगेका छन्’, उनले सुरक्षाकर्मी अपहरणमा […]

बाकुबाट स्वदेश फर्कंदै प्रधानमन्त्री ओली

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्दैछन् । असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकु पुगेका प्रधानमन्त्री ओली सम्मेलन सकाएर आज स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्री ओली कतार एयरवेजको नियमित उडानमार्फत दोहा हुँदै आइतबार बिहान १०ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]



from समाचार – Online Khabar https://ift.tt/32Rlgxg
via IFTTT
Powered by Blogger.