Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सी चिनफिङ बने मनोज गजुरेल !

१० कात्तिक, काठमाडौं । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिनय गरिसकेका हास्य कलाकार मनोज गजुरेलले यसपालि चिनियाँ राष्ट्रपति सी चिनफिङको अभिनय गरेका छन् । तिहारको उपलक्ष्यमा सिस्नो पानी नेपालले आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा हास्य कलाकार गजुरेल चिनियाँ राष्ट्रपतिको भेषमा उपस्थित भएका हुन् । चिनियाँ राष्ट्रपतिका रुपमा आफूलाई […]

मुस्लिम मन्त्रीको निधारमा दशैँ–तिहारको टीका

मिति– २०७६ कात्तिक ८ गते । स्थान– शहरी विकास मन्त्रालय । मन्त्री महम्मद इश्तियाक राई हतार मुद्रामा छन् । कामको चाङ बोकेर कर्मचारी, सांसद उनीसँग आइरहेका छन् । १२ बजिसक्यो । अझै बिहानको खाना खाइसकेका छैनन् । आजै नेपालगञ्ज पुग्नुपर्नेछ । त्यसअघि १ बजे नमाज पढ्नका लागि घण्टाघरको मस्जिद पुग्नु छ । मन्त्रीले कार्यकक्षमै खाना […]

यूएन मिसनमा नेपाली कुकुर

१० कात्तिक, काठमाडौं । मान्छेभन्दा कुकुरको भत्ता बढी ! झट्ट सुन्दा पत्यार नलाग्न सक्छ । अझ नेपाली कुकुर संयुक्त राष्ट्र संघमार्फत द्वन्द्वग्रस्त मुलुकको शान्ति मिसनमा पनि खटिन्छन् भन्ने सुन्दा अचम्म लाग्ला । तर, नेपाली सेनाको भैरव बाहन गुल्ममा कार्यरत सैनिक कुकुरको वास्तविकता हो यो । गुल्मका सह-सेनानी मनोज राउतका अनुसार यहाँका ९३ कुकुरको दैनिक रासन […]

प्रचण्डसँग दूरी बढेको छैन, तपाईंको गणित मिलेन : प्रधानमन्त्री ओली

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको खबरहरु आएका छन् । तर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले भने त्यसलाई अस्वीकार गरे । असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश […]

सरकारलाई बदनाम गर्ने प्रयास भयो, प्रतिवाद गर्नुस् : प्रचण्ड

१० कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकारलाई बद्नाम गर्ने प्रयास भइरहेको भन्दै प्रतिवाद गर्न अपिल गरेका छन् । नेपाल सम्बतको अवसरमा आयोजित प्रचण्डले परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको बताए । उनले भने, ‘रातदिन उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम […]

राजपुर विस्फोट प्रकरण : भुस झिकेर हेरौं भन्दै आलमका भाइले झम्टिए

१० कात्तिक, काठमाडौं । १२ वर्षअघि भएको बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा सांसद मोहम्मद अफ्ताब आलम प्रहरी हिरासतमा छन् । उनीमाथि अनुसन्धान गरिरहेको प्रहरी प्रमाण जुटाउन प्रयासरत छ । तर सबैजसो प्रमाण नष्ट भइसकेपछि थालिएको अनुसन्धानले के परिणाम हात लाग्छ भन्न गाह्रो छ । किनकी प्रहरीसँग भएको सबैभन्दा ठूलो प्रमाण भनेको […]

नारायणीमा हामफालेका युवकको शव भेटियो, बालक बेपत्ता

१० कात्तिक, चितवन । चितवनमा नारायणी नदीको पुलबाट हाम फालेका दुईजनामध्ये एक जनाको  शव भेटिएको छ, एक जना वेपत्ता भएका छन् । आइतबार अपरान्ह ४ बजे नारायणीको पुलबाट नदीमा हामफालेका ३०/३१ वर्षका युवकको शव भेटिएको इलाका प्रहरी कार्यालय नारायणगढले जनाएको छ । उनीसँगै हामफालेका भनिएका अर्का व्यक्ति बालक रहेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयले खबर […]

नेवार समुदायको म्ह पूजा राष्ट्रिय गौरवको पर्व   

ओं आः हुं तिष्ठ बज्रासने हुं ।। अर्थात आफ्नो शरीरको प्रतिनिधि काय (शरीर), वाक (वचन) र चित्त (मन) एकाग्र गरी शरीरका यी तीन संयोजनलाई मण्डपमा विराजमान गराई गरिने पूजा नै म्ह पूजा हो । काय, वाक र चित्तको परिशुद्धि र एकाग्रताले व्यक्तिमा उत्पन्न हुने नराम्रो विचार र भावनाको अन्त हुन गई कुशल(सक्षम) विचार वा चित्त […]

सुनसरीबाट ४ लाख २५ हजारको कपडा तथा जुत्ता बरामद

१० कात्तिक, काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट करिब ४ लाख २५ हजार रुपैयाँ मुल्य बराबरको भन्सार छलीका कपडा तथा जु्त्ताचप्पल आइतबार बरामद गरेको छ । सुनसरीको कोशी गाउँपालिका-८ स्थित पूर्व–पश्चिम लोकमार्गमा विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४०३६ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्नेक्रममा नक्कली बील बनाई अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सो मूल्य बराबरको […]

त्रिभुवन विमानस्थलले भन्यो : तीन महिनाभित्र समस्या समाधान हुन्छ

११ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आगामी तीन महिनाभित्र विमानस्थल भित्रका समस्या समाधान हुने बताएको छ । अहिले जहाज आकाशमा होल्ड हुने, मैदानमै डिले हुने तथा उडान नै रद्द भई देशभर यात्रुले विमान कम्पनीविरुद्ध आक्रोश पोखिरहेका छन् । खासगरी त्रिभुवन विमानस्थलमा धावनमार्ग र ट्याक्सी वेको पुनरुत्थानको काम जारी रहेको र २ वटा अन्तर्राष्ट्रिय स्तरका […]

सयपत्री मालाको बिक्रीमा मनपरी, नर्सरीमा भन्दा दोब्बर मूल्य 

१० कात्तिक, बुटवल । भाइटीकामा नभई नहुने सयपत्री फूलको मालाको बिक्रीमा व्यापारीहरुले मनपरी मूल्य लिने गरेका छन् । मौकाको फाइदा छोप्दै व्यापारीहरुले लागत भन्दा दोब्बर बढी मूल्यमा माला बिक्री गरिरहेका छन् । बुटवल बजारको सडक पेटीमा सयपत्री फूलको एउटा मालाको मूल्य न्यूनत्तम एक सय पचास रुपैयाँ कायम गरिएको छ । ग्राहक हेरी व्यापारीले दुई सय […]

चितवनमा नेकपाले वडाध्यक्षका उम्मेदवार टुंगो लगायो

१० कात्तिक, काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले उम्मेदवार टुंगो लगाएको छ । नेकपाले उपनिर्वाचन हुने भरतपुर महानगरपालिका वडानम्बर १६, खैरहनी नगरपालिकाको ४ र वडा ५ मा वडाअध्यक्षको उम्मेदवार टुंगो लगाएको हो । भरतपुर- १६ मा भक्तराज हमाल, खैरहनी-४ मा वेदबहादुर अधिकारी र खैरहनी-५ मा पुननारायण प्रधानलाई […]

कालिज मार्न गएकाहरु भरुवा बन्दुकसहित पक्राउ

१० कात्तिक, काठमाडौं । प्रहरीले कालिज मान्न भरुवा बन्दुकसहित गएका दुई जनालाई पक्राउ गरेको छ । शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बजिनी जंगलबाट भरुवा बन्दुक १ थान सहित २ जनालाई शनिबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बस्ने ३३ वर्षीय जीवन बहादुर तामाङ र २४ वर्षीय कृष्ण बहादुर तामाङ पक्राउ परेका हुन् […]

राजपुर विष्फोटः तत्कालीन अनुसन्धान अधिकृतसँग सोधपुछ थालियो

१० साउन, काठमाडौं । रौतहटको राजपुर–४ मा १२ वर्षअघि भएको विष्फोटका वेला राजपुर क्षेत्रमा खटिएका प्रहरी निरीक्षक इन्द्र सुवेदीसँग प्रहरीले सोधपुछ गरेको छ । हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवेदीले जिल्ला प्रहरी कार्यालय, रौतहतका अनुसन्धान अधिकृतलाई घटना भएको दिनबारे जानकारी गराएका हुन् । जिल्ला प्रहरी कार्यालय, रौतहटका एक अधिकृतका अनुसार […]

तरुण दलको गुटमा रमाए कांग्रेस नेताहरु

१० कात्तिक, काठमाडौं । नेपाल तरुण दलले ६६ औं स्थापना दिवस मनाएको छ, तर गुटमा विभाजित भएर । अध्यक्ष जीतजंग बस्नेत समूहले कांग्रेस पार्टी कार्यालय सानेपामा कार्यक्रम गरेको छ भने महासचिव भुपेन्द्रजंग शाही समूहले सामखुसीमा । बस्नेत समूहको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा आफैं सहभागी भए । उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार लगायतका संस्थापन पक्षका […]

समयमै अस्पताल पुग्दा हृदयघातबाट जोगिएँ : मदनकृष्ण श्रेष्ठ

१० कात्तिक, काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ मुटुको उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् । छातीको समस्या लिएर बिहिबार ग्राण्डी अस्पताल पुग्दा उनको मुटुको दुई भल्वमा ब्लकेज देखिएको थियो । दुई दिन अस्पताल बसेका श्रेष्ठको एन्जियोप्लास्टी प्रविधिबाट बिहीबार सफल उपचार गरिएको हो । अहिले आफ्नो स्वास्थ्यमा सुधार आएको श्रेष्ठले अनलाइनखबरलाई बताए । ‘बिहान […]

चितवन मेडिकल कलेज तोडफोड गर्नेले तिरे ११ लाख क्षतिपूर्ति

१०, कात्तिक, चितवन । उपचारको क्रममा बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाले ११ लाख रुपैयाँ क्षतिपूर्ति तिरेका छन् । गत कात्तिक ३ गते कलेज तोडफोड गर्ने ११ जना पक्राउ परेका थिए । पक्राउ परेका प्रत्येकले एक/एक लाख क्षतिपूर्ति कलेजलाई तिरेका छन् । कलेजले १४ लाख बराबरको क्षति भएको भन्दै जिल्ला […]

सरकारले लोकतान्त्रिक अधिकारलाई संकुचित बनाउन खोज्यो : देउवा

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप लगाएका छन् । अभिव्यक्ति स्वतन्त्रतालाई समेत सरकारले संकुचित गर्ने प्रयास भइरहेको भन्दै उनले यस्ता षडयन्त्रलाई निस्तेज पार्ने गरी तयारी अवस्थामा रहन तरुण तथा विद्यार्थीहरुलाई निर्देशन दिए । नेपाल तरुण दलले आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा […]

राहदानी विधेयक प्रमाणीकरण, सर्भिस राहदानी प्रचलनमा

१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६’ प्रमाणीकरण गरेपछि नेपालमा पहिलो पटक सर्भिस राहदानी प्रचलनमा आएको छ । सरकारले विदेशमा काम गर्ने सरकारी कमर्चारीका लागि सर्भिस राहदानी दिने कानुनी ब्यवस्था गरेको हो । राहदानी ऐन २०२४ लाई खारेज गरी नयाँ ‘राहदानी ऐन २०७६’ जारी गर्न […]

गृहमन्त्रीको छोराको डीएनए परीक्षण गर्नुपर्छ : तरुण दल

१० कात्तिक, काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृह मन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने बताएका छन् । कांग्रेसको भातृसंगठन तरुण दलले आफ्नो ६६ औं स्थापना दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित कार्यक्रममा बोल्दै […]

फेसबुकमा गरिने विज्ञापनको पनि आधिकारिकता खोजिने

१० कात्तिक, काठमाडौं । सरकारले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, भाइबर)बाट गरिने विज्ञापनको समेत आधिकारिकता खोज्ने भएको छ । यससम्बन्धी ब्यवस्था गर्न बनेको विज्ञापन नियमन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । विधेयकको दफा १२ मा विद्युतीय अनलाइन, सामाजिक सन्जाल, छापा वा सञ्चार माध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभई विज्ञापन गर्न नहुने व्यवस्था छ । […]



from समाचार – Online Khabar https://ift.tt/2MQzrwL
via IFTTT
Powered by Blogger.