Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कांग्रेसबाट धरानको मेयरमा तिलक राईको उम्मेद्वारी

१४ कात्तिक, धरान । नेपाली कांग्रेसले धरानको मेयरमा तिलक राईलाई उठाउने भएको छ । यसअघि उम्मेवारी घोषणा गरेका सुजेन्द्र तामाङले तिलक राईलाई छाडिदिने घोषणा गरेपछि उनी उम्मेदवार बन्ने बाटो खुलेको हो । ‘मैले मेयरमा उठ्नका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिरबाट राजीनामासमेत दिइसकेको थिएँ,’ कांग्रेस सुनसरीका कोषाध्यक्षसमेत रहेका तामाङले अनलाइनखबरसँग भने, ‘तर, सर्वसम्मत होस् […]

फोन गर्न रुख चढ्नुपर्ने बाध्यता

१४ कात्तिक, जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका-६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन् । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनी दैनिक कोठाना जाने गरेको बताउँछन् । उनी भन्छन्, ‘मजस्तै यहाँका […]

यी हुन् टी-२० विश्वकपका लागि छनोट भएका टिम

१४ कात्तिक, काठमाडौं । सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेटका लागि ग्लोबल छनोटबाट जाने ६ टिमको टुंगो लागेको छ । बुधबार राति ओमानले हङकङलाई १२ रनले पराजित गरेसँगै विश्वकपमा प्रवेश गरेका ६ टिमको टुंगो लागेको हो । विश्वकपमा पुग्ने टिमहरुमा टेष्ट राष्ट्र आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, पपुवा न्युगिनी, स्कटल्यान्ड र ओमान रहेका छन् । […]

चेल्सीलाई हराउँदै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा

१४ कात्तिक, काठमाडौं । म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दुबै गोल गरे । चेल्सीका लागि मिची बाटसुएयीले गोल फर्काएका थिए । खेलको २५औं मिनेटमा राष्फोर्डले पेनाल्टीबाट गोल गर्दै युनाटेडलाई १-० गोलको अग्रता दिलाएका […]

आर्सनललाई पेनाल्टीमा हराउँदै लिभरपुल क्वाटरफाइनलमा

१४ कात्तिक, काठमाडौं । लिभरपुलले आर्सनललाई पेनाल्टीमा पराजित गर्दै काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा आर्सनललाई पेनाल्टीमा ५-४ ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुग्न सफल भएको हो । निर्धारित समयसम्म ५-५ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो । पेनाल्टी हुनुअघि खेलको छैटौं मिनेटमा नै आर्सनलका सकड्रन मुस्ताफीले […]

गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

१४ कात्तिक, तम्घास । गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । बुधबार साँझ […]

लेगानेसविरुद्ध रियल मड्रिडको ५ गोल

१४ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसमाथि फराकिलो जित हात पारेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले आफ्नै मैदानमा लेगानेसलाई ५-० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा सिल्भा डि गोयज, टोनी क्रुस, सर्जियो रामोस, करिम बेन्जिमा र लुका जोभिचले गोल गरे । खेलको सातौं मिनेटमा नै गोयजले गोल […]

गुल्मीमा जीप दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

१३ कात्तिक, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरका पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । बुधबार साँझ पाँणथोकबाट ददल्का जाँदै गरेको […]

प्रधानमन्त्रीको डायलासिस गरियो, केहीदिन अस्पतालमै रहने

१३ कात्तिक, काठमाडौं । ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ । भर्ना भएकै दिन अर्थात बुधबार साँझ नै डायलासिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको स्रोतले बताएको छ । यद्यपि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह […]

नेपाल क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

१३ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए […]

पिपरामा चुनावी रन्को ! मन्त्रीले आचारसंहिता मिचेको आरोप

१३ कात्तिक, काठमाडौं । आगामी मंसिर १४ गते हुने उपचुनावका लागि निर्वाचन आयोगले कात्तिक ८ गतेदेखि नै निर्वाचन आचार संहिता लागू हुने घोषणा गरिसकेको छ । तर, गाउँपालिका अध्यक्षका लागि उपचुनाव हुन लागेको महोत्तरीको पिपरा गाउँपालिकामा बुधबार नेकपाले आयोजना गरेको कार्यक्रममा दुईजना बहालवाला मन्त्रीले सहभागिता जनाएका छन् । मन्त्रीको सहभागितालाई लिएर निर्वाचन आचारसंहिता सम्बन्धी प्रश्न […]

कास्की २ मा नेकपाको उम्मेदवार सूचीमा दुई नाम थपियो

११ कात्तिक, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले कास्की २ को प्रतिनिधिसभा सदस्यका लागि थप दुई उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले विद्या भट्टराईको नाम पत्र पठाएको थियो । भट्टराई १५ फागुनमा हेलिकोप्टर दुर्घनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् र, उनी यही क्षेत्रबाट तीन पटक सांसदमा निर्वाचित भएका […]

म आफैंले आन्दोलन गर्ने अवस्था नआओस् : प्रचण्ड

१३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् । महोत्तरीको पिपरामा बुधबार छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन । ‘जनकपुर-पिपरा-जलेश्वर-भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ आगामी मंसिरमा हुन लागेको […]

एउटै कलमको मूल्य एक लाख !

१३ कात्तिक, सप्तरी । प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष एक लाख १०५ रुपैयाँमा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवान्को पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट एक लाख १०५ रुपैयाँमा बिक्री गरेको जनाएको छ । राजविराजस्थित चित्रगुप्त मन्दिरमा आज आयोजित समारोहमा कलम किन्न तयार हुने राजविराज […]

६ लाख ६० हजारसहित २० जुवाडे पक्राउ

१३ कात्तिक, विराटनगर । ६ लाख ६० हजार रुपैयाँसहित विराटनगरमा जुवाको खालबाट प्रहरीले २० जना जुवाडेलाई पक्राउ गरेको छ । सोमबार र मंगलबार राति विराटनगर– ३ र ८ नम्बर वडाबाट २० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार विराटनगर – ३ पीपलचोकबाट एक सेट कौडा र ४ लाख ४९ […]

गौरमा गोली चल्यो, भारतीय नागरिक घाइते

१३ कात्तिक, रौतहट । जिल्लाको गौर नगरपालिका–३ मा बुधबार साँझ गोली चलेको छ । विद्युत प्राधिकरणको कार्यालयनजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन् । ४० वर्षीय विजय गुप्ताको पेटमा गोली लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ ।

रूखबाट लडेर युवकको मृत्यु

१३ कात्तिक, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटारमा रूखबाट लडेर बुधबार एक युवकको मृत्यु भएको छ । घरनजिकै रहेको बारीमा दबदबेको रूखमा घाँस झार्न चढेका अन्दाजी ३७ वर्षीय रामजी दराईको लडेर मृत्यु भएको वडा सदस्य राजाराम दराईले जानकारी दिए । रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडासदस्य दराईले बताए  । ‘आज बिहान उनी […]

एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई कास्य पदक

१३ कात्तिक, काठमाडौं । रोमानियामा सम्पन्न चौबिसौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले कास्य पदक जित्न सफल भएको छ । नेपालमा सम्पन्न छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीमध्ये पाँच जना विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रममा नेपालका तर्फबाट नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईको नेतृत्वमा सात जनाको समूह सहभागी भएको थियो । यसैगरी […]

युवक मृत्यु प्रकरणमा चार जना प्रहरी नियन्त्रणमा

३ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो । अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना […]

नारायणी नदीमा स्टिमर सरर…

१३ कात्तिक, चितवन । चितवन भन्नासाथ सौराह नै सम्झिने धेरै छन् । तर, नाराणगढसँगैको नारायणी नदी क्षेत्रबाट पनि पछिल्लो समय पर्यटकहरुको लागि नयाँ घुम्ने ठाउँका रुपमा विकास हुँदैछ । यहाँबाट सूर्योदय र सूर्यास्त कम्ती मनोरम देखिँदैन । नदीको छेउामा विहान र साँझ शान्त यो स्थलमा समय विचरण गर्न र मात्रै हैन, नदीमा चलेका मोटरबोटमा चढेर […]

वाह ! निर्धारित समय अगावै आयोजना सम्पन्न

१३ कात्तिक, काठमाडौं । बुधबार दाङबाट एउटा ‘नौलो’ समाचार सञ्चारमाध्यममा आयो– देउखुरीको राप्ती नदीमाथि ‘नेपालकै दोस्रो लामो’ पुल निर्धारित समयभन्दा अघि नै बन्यो । समाचार नौलो यस अर्थमा थियो कि, हामी निर्माण कार्यमा ढिलाइ भएको समाचार मात्रै पढ्न र सुन्न अभ्यस्त छौं । तोकिएको समयमा काम नहुने परिपाटी विपरीत राप्ती गाउँपालिकाको छोट्की सिसहनिया र गढवा […]



from समाचार – Online Khabar https://ift.tt/2C03Z9o
via IFTTT
Powered by Blogger.