Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गृहमन्त्रीको छोराको डीएनए परीक्षण गर्नुपर्छ : तरुण दल

१० कात्तिक, काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृह मन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने बताएका छन् । कांग्रेसको भातृसंगठन तरुण दलले आफ्नो ६६ औं स्थापना दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित कार्यक्रममा बोल्दै […]

फेसबुकमा गरिने विज्ञापनको पनि आधिकारिकता खोजिने

१० कात्तिक, काठमाडौं । सरकारले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, भाइबर)बाट गरिने विज्ञापनको समेत आधिकारिकता खोज्ने भएको छ । यससम्बन्धी ब्यवस्था गर्न बनेको विज्ञापन नियमन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । विधेयकको दफा १२ मा विद्युतीय अनलाइन, सामाजिक सन्जाल, छापा वा सञ्चार माध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभई विज्ञापन गर्न नहुने व्यवस्था छ । […]

रामेछापमा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

१० कात्तिक, रामेछाप । रामेछापमा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला सुरक्षा समिति रामेछापको बैठकले १० बजेसम्म मात्रै खेल्न पाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डेले जानकारी दिइन् । सुरक्षा समितिले तिहारको बेलामा पटका, आतासबाजी जस्ता विष्फोटक र प्रज्वोलशील बस्तुको बिक्री, ओसारपसार तथा प्रयोगमा पनि रोक लगाएको छ । यसैगरी […]

रामेछापमा बजार अनुगमनमा कडाई

१० कात्तिक, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले उपभोक्ताहरुको अधिकार संरक्षणमा तदारुकता देखाएको छ । उपभोक्तालाई ठगी गर्ने व्यवसायीहरुमाथि कारबाही गरी कार्यालयले उपभोक्ताको अधिकार संरक्षणमा तदारुकता देखाएको हो । उपभोक्ताको अधिकार संरक्षको लागि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तथा अनुगमनको क्रममा बढी मुल्य लिने र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने म्याद नाघेका उपभोग्य सामान बिक्री […]

तीन महिनामा आफन्तबाटै ८ जनाको हत्या

१० कात्तिक, विराटनगर । चालु आर्थिक वर्षको तीन महिनामा प्रदेश १ मा आफन्तबाटै ८ जनाको हत्या भएको छ । गत साउनदेखि असोजसम्ममा आफन्त र परिवारका निकट सदस्यबाट ८ जनाको हत्या भएको प्रहरीले बताएको छ । जसमा ६ महिला र दुई पुरुष रहेका छन् । उदयपुरमा २, सुनसरी, मोरङ, संखुवासभा, खोटाङ, इलाम र भोजपुरमा एक÷एक जनाको […]

….अनि जोनीले लगायो बेष्ट डगको मेडल

१० कात्तिक, काठमाडौं । झण्डै एक वर्षसम्म पूर्वराजदूत केशवराज झाको हत्या प्रकरण नेपाल प्रहरीको असफताको मानक जस्तै बन्यो । ४ भदौ २०७५ मा बबरमहलस्थित घरमै भएको हत्यामा संलग्नलाई पक्राउ गर्न नसक्दा प्रहरी आलोचित भयो । एक वर्षपछि २ भदौमा प्रहरीले झाकै घरमा काम गर्ने भान्से सानुकान्छा तामाङलाई पक्राउ ग¥यो । र, उनले नै चक्कु हानेर […]

लामोसाँघुको विद्युत सबस्टेशनमा आगलागी

१० कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्वल महर्जनले बताए । सबस्टेशनमा रहेको तेलमा समेत आगलागी भएकोले नियन्त्रणमा कठिनाइ भएको उनले बताए । सबस्टेशनको ३० एमभीए क्षमताको […]

स्थानीय जनप्रतिनिधिले सेवा–सुविधा पाउनुपर्छ : जनमोर्चा

१० कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय सरकारका जनप्रतिनिधिले तलब सुविधा लिन पाउनु पर्नेमा जोड दिएको छ । स्थानीय जनप्रतिनिधिले तलब लिन नपाइने भन्ने सर्वोच्च अदालतको आदेशबारे आफ्नो धारणा सार्वजनिक गर्दै जनमोर्चाले भनेको छ, ‘स्थानीय जनप्रतिनिधिहरूले पनि सेवावापत सुविधा पाउनु पर्दछ ।’ ‘वर्षौंसम्म निशुल्क रुपमा नै सेवा गर्नुपर्दछ भन्ने सोचाइ व्यवहारिक छैन र त्यसलाई हामीले […]

बेइजिङ उड्यो हिमालय एयरलाइन्सको जहाज

१० कात्तिक, काठमाडौं । चीनको राजधानी बेइजिङमा पहिलो पटक नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उडान थालेको छ । आइतबार बिहान ९ बजे काठमाडौंबाट बेइजिङका लागि जहाज उडेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो उडानमा ६० यात्रु लिएर एयरबस ३२० जहाज बेइजिङ उडेको हो । नेपाली हवाई इतिहासमै पहिलो पटक नेपालमा […]

तपाईंको गणित मिलेन, दूरी बढेको छैन : प्रधानमन्त्री ओली

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको खबरहरु आएका छन् । तर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले भने त्यसलाई अस्वीकार गरे । असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश […]

साढे ६ करोडको लगानीमा तिलोत्तमामा कपडा उद्योग सञ्चालन

१० कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमामा पश्चिम क्षेत्रकै पहिलो उच्च प्रविधि जडित कपडा उद्योग सञ्चालनमा आएको छ ।  तिलोत्तमा नगरपालिका-३ का ५ जना युवाको साढे ६ करोडको संयुक्त लगानीमा लिडास फेसन निटवेयर उधोग सञ्चालन गरिएको हो । उद्योगमा प्रत्यक्ष रुपमा ७० जनाले रोजगारी पाएका छन् । विदेशमा १५ वर्ष बसेर स्वदेश आएका ईन्द्र खड्का अध्यक्ष […]

मृतकका गहना चोरेको भन्दै हबल्दारले कुटे कर्मचारी

१० कात्तिक, चितवन । भरतपुर अस्पतालको पोस्टमार्टम कक्षमा कार्यरत कर्मचारीलाई प्रहरीले कुटेर हात नै भाँचिदिएका छन् । प्रहरीको कुटपिटबाट अस्पतालमा कार्यरत कर्मचारी ६० वर्षीय पूर्ण विकको हात भाँचिएको हो । सोही कक्षमा काम गर्ने अर्का एक कर्मचारी ४९ वर्षका देव आनन्द राईलाई पनि निर्घात कुटिएका छन् । घाइते राईको शरीरभरी निलडाम छ । दुवै जनालाई […]

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ

१० कात्तिक, सप्तरी । १० वर्षअघि भ्रष्टाचार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका एक जना फरार प्रतिवादीलाई सप्तरीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका-२ निवासी ६९ वर्षीय अशोक झा रहेका छन् । जिल्ला अदालतले २०६७ साल जेठ १६ गते भ्रष्टाचार मुद्दामा झालाई १ वर्ष ६ महिनाको कैद सजाय सुनाएको थियो । झालाई राजविराजको […]

सप्तरीमा ७ फिट लामो अजिंगर फेला

१० कात्तिक, सप्तरी । सप्तरीको खाँडो नदीमा अजिंगर फेला परेको छ । जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिका स्थित १ खाँडो खोलामा अजिंगर फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ७ फिट लामो र १२ किलो तौल भएको अजिंगरलाई नेपाल तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई जिल्ला वन कार्यालयको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रधानमन्त्री फर्किँदा उड्न ठीक्क परेको जहाज रोकियो, यात्रुको विरोध

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा पनि केहीबेर उडान अवतरण बन्द गरिएको छ । प्रधानमन्त्री ओली ७ कात्तिकमा अजरबैजान जाँदा पनि उडान अवतरण बन्द गरिएको थियो । आइतबार बिहान प्रधानमन्त्री ओली काठमाडौं विमानस्थलमा ओर्लिंदा आन्तरिक टर्मिनलका हवाई यात्रुहरुसमेत मर्कामा परे । यात्रुहरु राखेर रनवेतर्फ जाँदै गरेको एक […]

गोरखामा अपाङ्गता भएकाहरुलाई ह्विलचियर

१० कात्तिक, गोरखा । अपाङ्गता भएका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिहरुलाई गोरखामा ह्विलचियर वितरण गरिएको छ । जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी २० जनालाई ह्विलचियर वितरण गरिएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ह्विलचियरको नापजाँच समेत गरिएको गोरखा नेत्रहिन संघका अध्यक्ष पवन बस्नेतले बताए । ‘यस अघि वितरण भएका ह्विलचियरहरु मापदण्ड अनुसार थिए की […]

‘भीआईपी’ जुवाको खाल, जहाँ बरामद भएको पैसा गन्न तीन घन्टा लाग्यो

१० कात्तिक, काठमाडौं । महाराजगञ्ज प्रहरीलाई शनिबार राति सूचना आयो, महाराजगञ्जको होटल साम्बालाको पछाडिको घरमा जुवाको खाल चलिरहेको छ । प्रहरीले आइतबार बिहान करिब २ बजेतिर छापा मार्‍यो । तर यो सामान्य जुवाको खाल नभई मिनी क्यासिनो नै रहेछ । उच्च व्यापारिक घराना र प्रतिष्ठित भनिएका व्यक्तिहरु पनि लाखौं रकम दाउमा राखेर जुवा खेल्न मस्त […]

प्रदेश ५ मा फोहोर व्यवस्थापनको खोजी : सेनिटरी ल्याण्डफिल्ड साइट उपयुक्त हुने सुझाव

१० कार्तिक, बुटवल । शहरी फोहोरमैला व्यवस्थापनका लागि फ्रान्सेली प्रविधिको सेनिटरी ल्याण्डफिल्ड साइट उपयुक्त हुने स्वास्थ्य क्षेत्रसँग सम्बन्धित एक संस्थाले प्रदेश ५ सरकारलाई सुझाएको छ । स्थानीयको अवरोध र राजनीतिक खिचातानीले रूपन्देहीमा मात्र नभई प्रदेशभर नै जटिल बन्दै गएको फोहोरमैला व्यवस्थापनको समस्यालाई समाधान गर्न गौतमबुद्ध स्वास्थ्य सेवा सहकारी संस्थाले ‘जिरो वेस्ट म्यानेजमेन्ट’ (शून्य फोहोर व्यवस्थापन) […]

तीन वर्षअघिको त्यो लक्ष्मी पूजा, जहाँबाट मेटियो ‘अँध्यारो युग’ !

१० कात्तिक, काठमाडौं । चारवर्ष अघिसम्म तिहारको बेलामा बेलुकी बत्ती बाल्न पाउने फिडरका उपभोक्ताहरु आफूलाई भाग्यमानी सम्झिन्थे, जसले बाल्न पाउँदैन थिए, उनीहरु त्यसलाई सहजै स्वीकार्थे । त्यतिबेला सबैको बुझाई थियो,’लोडसेडिङ नेपाली जनताको नियति हो, जुन कहिलेबाट अन्त्य हुन्छ भन्ने अनुमान गर्न सकिँदैन।’ तीनवर्ष पहिले ०७३ को तिहारमा अच्चमै भयो ! नेपाल विद्यत् प्राधिकरणले ‘झिलिमिली बत्ती […]

असंलग्न राष्ट्रको सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली आइतबार बिहान स्वदेश फर्किएका हुन् । कतार एयरवेजको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपा नेता सुवास नेम्वाङलगायतले विमानस्थलमा […]

सरकारलाई बदनाम गर्ने प्रयास भयो, प्रतिवाद गर्नुस् : प्रचण्ड

१० कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकारलाई बद्नाम गर्ने प्रयास भइरहेको भन्दै प्रतिवाद गर्न अपिल गरेका छन् । नेपाल सम्बतको अवसरमा आयोजित प्रचण्डले परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको बताए । उनले भने, ‘रातदिन उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम […]



from समाचार – Online Khabar https://ift.tt/2MQW2cB
via IFTTT
Powered by Blogger.