समाचार
१२ कात्तिक, काठमाडौं । दाजुभाइ दिदी बहिनी नहुनेहरुले आज काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाउँदैछन् । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पका कारण भत्किएको र पुनर्निर्माण सम्पन्न नभइसकेकाले मन्दिरको मूर्ति बाहिरै टीका लगाइँदै छ । मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ […]
१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली आइतबार अजरबैजानबाट फर्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच सोमबार भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको अध्यक्ष ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले जानकारी दिए । प्रधानमन्त्री […]
काठमाडौं । यसपालीको तिहारमा उप-सभामुख डा. शिवमाया तुम्बाहाम्फेको निधार खाली हुनेछ । उनको निधार खाली हुँदा सांसद विजय शुब्बाको निधार पनि भरी हुने छैन । उप-सभामुख भएपछिका शिवमायाको दुईवटा तिहार फूलटीकाविहीन बन्यो । अघिल्लो वर्ष उनी तिहारमा देश बाहिर थिइन्, यो वर्ष भाउजु खस्नुभयो । यी दाजुबहिनीले यसअघिका भाइटीकाहरुको सम्झना गर्नेछन्, यो पटक । तीन दाइ […]
१२ कात्तिक, काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो टी–२० क्रिकेट खेल अष्ट्रेलियाका बलर मिचेल स्टार्कले गुमाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अनुसार व्यक्तिगत कारण देखाउँदै स्टार्कले दोस्रो खेल नखेल्ने भएका हुन् । आफ्नो भाइ ब्राण्डनको विहेमा व्यस्त हुने हुँदा श्रीलंकाविरुद्धको दोस्रो खेल नखेल्ने भएका हुन् । अष्ट्रेलियाले यही बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । यससअघि […]
१२ कात्तिक, काठमाडौं । नेवार समुदायका केही व्यक्तिले आज पनि म्हः पूजा गर्दैछन् । नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । तर, नेवार समुदायका कतिपय व्यक्तिले भने भाइटीकाको अघिल्लो दिन नै म्हः पूजा गर्ने आफूहरुको परम्परा रहेको भन्दै सोमबार नै म्हः पूजा गरेका छन् । कतिपयले भने पञ्चांग निर्णायक […]
१२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा तिहारका अवसरमा सखिया नाच युवा क्लबको आयोजनामा ‘दाङ्से बुर्हान’ नामक नाटक मञ्चन गरिएको छ । थारू समुदाय थातथलो दाङबाट बुर्हान अर्थात् तराई बसाइँसराइ गर्नुपर्नाको कारण नाटकमा प्रस्तुत गरिएको छ । तीन दिनसम्म मञ्चन हुने उक्त नाटकमा स्थानीय थारू कलाकारहरुले अभिनय गरेका छन् । दाङमा जमिन्दारले जग्गा खोसेपछि […]
१२ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै छ । यस दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान […]
११ कात्तिक, काठमाडौं । कीर्तिपुरमा स्काई लाइट बालेर नेपाल सम्वत ११४० को स्वागत तथा भ्रमण वर्षको प्रचार गरिएको छ । नेपालको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वतको नयाँ वर्ष भोलि हो । नयाँ वर्षको अघिल्लो साँझ कीर्तिपुरस्थित उमा महेश्वर मन्दिर प्रागणमा नेपाल सम्वतको दीप बालिएको थियो । स्थानीय समुदायसँग मिलेर पर्यटन बोर्डले गरेको कार्यक्रममा नेपाल भ्रमण […]
११ कात्तिक, सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आगलागी भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्किँदा स्थानीयवासी रुपा नेवारको छ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । आगलागीबाट लक्ष्मीपूजाका लागि राखिएको नगद एक लाख ५० हजार, पाँच तोला सुन, १० तोला चाँदी, पाँच […]
११ कात्तिक, कैलाली । जिल्लाको पुर्वी क्षेत्र टीकापुरमा बन्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका ५ मनिकापुरमा सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरो प्रहार गर्दा ३२ वर्षका मोतीराम चौधरीको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । टाउकोमा वञ्चरो प्रहारबाट गम्भीर घाइते चौधरीलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल पुर्याए […]
११ कात्तिक,भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले सोमबार दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुनेछ बताएका हुन् । सभापति देउवाले […]
११ कात्तिक, बाजुरा । सुत्केरी हुन नसकी प्रसव पीडामा रहेकी एक महिलाको उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–७ की कल्धरी विकको नगरप्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरिएको हो । सात महीनाको गर्भ रहेकै अवस्थामा महिलाको शनिबार रातिदेखि अत्यधिक रक्तस्राव भएको थियो । जिल्ला अस्पताल बाजुरामा पुगाइएकी उनलाई जिल्ला अस्पताल मार्तडीमा उपचार हुन नसकेपछि नगर प्रमुख […]
११ कात्तिक, मनाङ । मनाङ जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकाका सबै वडा शिक्षकले नै चलाउँदै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्न लाग्दासमेत स्थानीय निकायमा कर्मचारी अभाव देखिएको छ । यही अभावलाई टार्नका लागि र जनताको काममा असर नपरोस् भनी गाउँपालिकाले शिक्षकलाई नै वडा कार्यालयमा खटाएको चामे गाउँपालिकाको अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए […]
११ कात्तिक, काठमाडौँ । यही कात्तिक १८ गतेदेखि २१ गतेसम्म काठमाडौँमा ‘पोषणसम्बन्धी सेवाहरुको विस्तारका लागि विश्व सम्मेलन’ आयोजना हुने भएको छ । उक्त सम्मेलनमा नेपालले पोषणका क्षेत्रमा प्राप्त सफलता र आगामी कार्यक्रमका बारेमा विश्वलाई जानकारी दिनेछ । सो पाँचौँ विश्व सम्मेलन दक्षिण एशियामा पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । नेपालले पछिल्लो समय पोषणका […]
११ कात्तिक, रामेछाप । एक समय जिल्लामा दर्जनभन्दा बढी तामा खानी सञ्चालनमा थिए । स्थानीय उपकरण र प्रविधिकै प्रयोग गरी खानीबाट तामाको धाउ निकालिन्यो र गाउँमै भाँडा वर्तनहरु बनाउने गरिन्थ्यो । सुरुङ् बनाएर भित्र पसेको र धाउ निकाल्ने बुढापाकाहरु अहिले पनि सुनाउँछन् । उनीहरुका अनुसार स्थानीयस्तरमा बनाइएका छिनोले पहरो खोपेर तामाखानीको धाउ भएको ठाउँसम्म पुग्ने […]
११ कात्तिक, काठमाडौं । शनिबार राति महाराजगञ्जको एक घरबाट जुवा खेल्दाखेल्दै पक्राउ परेका ६ जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा भाईटीकाको भोलिपल्टमात्र सुनुवाई हुने भएको छ । सोमबार दिउँसो ३ बजेसम्म प्रहरीले उनीहरुलाई सर्वोच्च अदालतमा उपस्थित नगराएपछि अदालत बन्द भई सुनुवाई बुधबारका लागि सरेको हो । सोमबार अदालत बन्द हुने समय ३ बजेसम्म प्रहरीले बन्दीलाई […]
११ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आगामी कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको मिति केही दिन तलमाथि हुन सक्ने बताएको छ । राष्ट्रपति हमिदको भ्रमणबारे परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उताबाट प्रस्तावित मिति नोभेम्बर ११- १४ हो, तर यो मिति केही दिन तलमाथि हुन […]
११ कात्तिक, कैलाली । अवैध लागूऔषध चरेस ओसारपसारमा संलग्न भएको आरोपमा बझाङबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा शुक्लाफाटा नगरपालिका-८ कञ्चनपुरका दिनेश जप्रेल रहेका छन् । बझाङको सदरमुकाम चैनपुरबाट ना६ख १६७४ नम्बरको बसमा धनगढीतर्फ आउँदै गर्दा चेकजाँचका क्रममा प्रहरी चौकी स्याडी, बझाङको टोलीले दिनेशलाई पक्राउ गरेको हो । उनको साथबाट दुईवटा झोलामा […]
११ कात्तिक, काठमाडौं । सरकारले सर्वसाधारणको गुनासो सुन्न सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढी जनगुनासोको चाङ लागेको छ । हेल्लो सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक सञ्जालमार्फत चालू आर्थिक वर्षको हालसम्म जम्मा १ हजार ८७ वटा गुनासो हेलो सरकारमा आएको जानकारी दिइन् । त्यसमध्ये १५६ वटा जनगुनासो मात्रै […]
११ कात्तिक, झारखण्ड । काठमाडौंस्थित पशुपतिनाथझैं भारतको झारखण्डस्थित रावणेश्वर महादेव मन्दिर पनि विश्वका हिन्दूहरुको ठूलो तीर्थस्थल हो । यहाँ हरेक दिन श्रद्वालुहरुको घुइँचो रहन्छ । नेपाली हिन्दूहरुको श्रद्वाको केन्द्र यो पनि एउटा हो । बिहारको सुल्तानगञ्जस्थित गंगा नदीबाट जल भरेर यो मन्दिरमा रिसाल गर्न नेपालको मेचीदेखि महाकालीसम्मका हिन्दू धर्माम्बलीहरु त्यहाँ पुग्ने गर्दछन् । सुल्तानगञ्जमा उत्तरतिरबाट […]
११ कात्तिक, काठमाडौं । प्रहरीले विभिन्न जिल्लामा जुवातास खेल्ने १ सय २ जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिका, गुल्मीको गुल्मी, बर्दिया, चितवन, दाङलगायतका जिल्लाबाट जुवाडेहरु पक्राउ परेका हुन् । सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने रामचन्द्र खतिवडाको घरमा जुवातास खेलिरहेको अवस्थामा खतिवडासमेत ८ जना सोमबार विहान पक्राउ परेका छन् । उनीहरुको साथबाट २ […]
from समाचार – Online Khabar https://ift.tt/2pWmfh9
via IFTTT