Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

छिमेकीको बन्चरो प्रहारबाट युवकको मृत्‍यु

११ कात्तिक, कैलाली । जिल्लाको पुर्वी क्षेत्र टीकापुरमा बन्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका ५ मनिकापुरमा सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरो  प्रहार गर्दा  ३२ वर्षका मोतीराम चौधरीको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । टाउकोमा वञ्चरो प्रहारबाट गम्भीर घाइते चौधरीलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल पुर्‍याए […]

उपनिर्वाचनमा अन्तर्घात भए सह्य हुँदैन : सभापति देउवा

११ कात्तिक,भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले सोमबार दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुनेछ बताएका हुन् । सभापति देउवाले […]

प्रसव पीडामा रहेकी महिलाको नगरप्रमुखले गरे उद्धार   

११ कात्तिक, बाजुरा । सुत्केरी हुन नसकी प्रसव पीडामा रहेकी एक महिलाको उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–७ की कल्धरी विकको नगरप्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरिएको हो । सात महीनाको गर्भ रहेकै अवस्थामा महिलाको शनिबार रातिदेखि अत्यधिक रक्तस्राव भएको थियो । जिल्ला अस्पताल बाजुरामा पुगाइएकी उनलाई जिल्ला अस्पताल मार्तडीमा उपचार हुन नसकेपछि नगर प्रमुख […]

शिक्षकले चलाउँछन् वडा कार्यालय

११ कात्तिक, मनाङ । मनाङ जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकाका सबै वडा शिक्षकले नै चलाउँदै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्न लाग्दासमेत स्थानीय निकायमा कर्मचारी अभाव देखिएको छ । यही अभावलाई टार्नका लागि र जनताको काममा असर नपरोस् भनी गाउँपालिकाले शिक्षकलाई नै वडा कार्यालयमा खटाएको चामे गाउँपालिकाको अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए […]

पोषण सम्मेलनमा नेपालले आफ्नो सफलता सुनाउने

११ कात्तिक, काठमाडौँ । यही कात्तिक १८ गतेदेखि २१ गतेसम्म काठमाडौँमा ‘पोषणसम्बन्धी सेवाहरुको विस्तारका लागि विश्व सम्मेलन’ आयोजना हुने भएको छ । उक्त सम्मेलनमा नेपालले पोषणका क्षेत्रमा प्राप्त सफलता र आगामी कार्यक्रमका बारेमा विश्वलाई जानकारी दिनेछ । सो पाँचौँ विश्व सम्मेलन दक्षिण एशियामा पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । नेपालले पछिल्लो समय पोषणका […]

तामा खानी बन्द भए, सुरुङ मोटरबाटोले पुरियो

११ कात्तिक, रामेछाप । एक समय जिल्लामा दर्जनभन्दा बढी तामा खानी सञ्चालनमा थिए । स्थानीय उपकरण र प्रविधिकै प्रयोग गरी खानीबाट तामाको धाउ निकालिन्यो र गाउँमै भाँडा वर्तनहरु बनाउने गरिन्थ्यो । सुरुङ् बनाएर भित्र पसेको र धाउ निकाल्ने बुढापाकाहरु अहिले पनि सुनाउँछन् । उनीहरुका अनुसार स्थानीयस्तरमा बनाइएका छिनोले पहरो खोपेर तामाखानीको धाउ भएको ठाउँसम्म पुग्ने […]

जुवाडेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई भएन, भाइटीका हिरासतमै

११ कात्तिक, काठमाडौं । शनिबार राति महाराजगञ्जको एक घरबाट जुवा खेल्दाखेल्दै पक्राउ परेका ६ जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा भाईटीकाको भोलिपल्टमात्र सुनुवाई हुने भएको छ । सोमबार दिउँसो ३ बजेसम्म प्रहरीले उनीहरुलाई सर्वोच्च अदालतमा उपस्थित नगराएपछि अदालत बन्द भई सुनुवाई बुधबारका लागि सरेको हो । सोमबार अदालत बन्द हुने समय ३ बजेसम्म प्रहरीले बन्दीलाई […]

बंगलादेशका राष्ट्रपति नेपाल आउँदै, दुई देशीय व्यापार सम्झौताका लागि बंगलादेशको आग्रह

११ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आगामी कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको मिति केही दिन तलमाथि हुन सक्ने बताएको छ । राष्ट्रपति हमिदको भ्रमणबारे परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उताबाट प्रस्तावित मिति नोभेम्बर ११- १४ हो, तर यो मिति केही दिन तलमाथि हुन […]

बझाङमा १३ किलो चरेससहित एकजना पक्राउ

११ कात्तिक, कैलाली । अवैध लागूऔषध चरेस ओसारपसारमा संलग्न भएको आरोपमा बझाङबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा शुक्लाफाटा नगरपालिका-८ कञ्चनपुरका दिनेश जप्रेल रहेका छन् । बझाङको सदरमुकाम चैनपुरबाट ना६ख १६७४ नम्बरको बसमा धनगढीतर्फ आउँदै गर्दा चेकजाँचका क्रममा प्रहरी चौकी स्याडी, बझाङको टोलीले दिनेशलाई पक्राउ गरेको हो । उनको साथबाट दुईवटा झोलामा […]

हेलो सरकारमा उजुरीका चाङ

११ कात्तिक, काठमाडौं । सरकारले सर्वसाधारणको गुनासो सुन्न सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढी जनगुनासोको चाङ लागेको छ । हेल्लो सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक सञ्जालमार्फत चालू आर्थिक वर्षको हालसम्म जम्मा १ हजार ८७ वटा गुनासो हेलो सरकारमा आएको जानकारी दिइन् । त्यसमध्ये १५६ वटा जनगुनासो मात्रै […]

तास  र कौडासहित १ सय २ जुवाडे पक्राउ

११ कात्तिक, काठमाडौं । प्रहरीले विभिन्न जिल्लामा जुवातास खेल्ने १ सय २ जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिका, गुल्मीको गुल्मी, बर्दिया, चितवन, दाङलगायतका जिल्लाबाट जुवाडेहरु पक्राउ परेका हुन् । सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने रामचन्द्र खतिवडाको घरमा जुवातास खेलिरहेको अवस्थामा खतिवडासमेत ८ जना सोमबार विहान पक्राउ परेका  छन् । उनीहरुको साथबाट २ […]

जीपबाट खस्दा किशोरको मृत्यु

११ कात्तिक, धनगढी । बैतडीमा चलिरहेको जिपबाट खस्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ७ किम्तोलीका १५ वर्षीय सुवास चन्दको जीपबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शनिबार साँझको भएको प्रहरीले जानकारी दिएको छ । किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज १६८ नम्बरको जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्दको […]

फास्ट ट्र्याक प्रयोग गर्न पाए अमलेखगञ्ज–काठमाडौं पाइपलाइनबाट निगम पछि हट्ने

११ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं तराई फास्ट ट्र्याक (द्रुतमार्ग) बाट इन्धन ढुवानी गर्न पाए अमलेखगञ्जबाट काठमाडौंसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने योजना सञ्चालन नगर्ने संकेत गरेको छ । द्रुत मार्ग भएर काठमाडौंसम्म पेट्रोलियम पाइपलाईन बिछ्याउन नेपाल आयल निगमले पहिलो चरणको अध्ययन गरेको थियो । पुल्चोक इन्जिनियरिङ कलेजका प्रा.डा..श्रीरत्न बज्राचार्य नेतृत्वको कार्यदलले गरेको अध्ययनमा द्रुतमार्ग […]

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

११ कात्तिक, सप्तरी । सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु  भएको छ । दुई जना घाइते भएका छन् । जिल्लाको सप्तकोशी नगरपालिका र रुपनी गाउँपालिकामा भएको दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तकोशी नगरपालिका ५ गंगाजली टोलस्थित कञ्चनपुर फत्तेपुर सडक खण्डमा कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को ३३ […]

माछा मार्ने क्रममा डुबेर युवक वेपत्ता

११ कात्तिक, कैलाली । कैलालीको टीकापुर नगरपालिका ९ पायल गाँउका एक युवक माछा मार्ने क्रममा मोहना नदीमा डुबेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार २५ वर्षीय रामु हुडके माछा मार्ने क्रममा आइतबार साँझ साढे पाँच बजेतिर मोहना नदीमा डुबेर बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरकले उनको खोजी जारी राखेको छ । घट्ना भएलगत्तै […]

भारतको मन्दिरमा जंगबहादुरका पूजारी

११ कात्तिक, झारखण्ड । काठमाडौंस्थित पशुपतिनाथझैं भारतको झारखण्डस्थित रावणेश्वर महादेव मन्दिर पनि विश्वका हिन्दूहरुको ठूलो तीर्थस्थल हो । यहाँ हरेक दिन श्रद्वालुहरुको घुइँचो रहन्छ । नेपाली हिन्दूहरुको श्रद्वाको केन्द्र यो पनि एउटा हो । बिहारको सुल्तानगञ्जस्थित गंगा नदीबाट जल भरेर यो मन्दिरमा रिसाल गर्न नेपालको मेचीदेखि महाकालीसम्मका हिन्दू धर्माम्बलीहरु त्यहाँ पुग्ने गर्दछन् । सुल्तानगञ्जमा उत्तरतिरबाट […]

तिहारमा पनि खुल्ला छन् यी बैंक

११ कात्तिक, काठमाडौं । सिंगै देश तिहारको माहोलमा झुमिरहेका बेला अधिकांस सरकारी र निजी कार्यालयहरु बन्द छन् । सरकारले तिहारका लागि ४ दिन सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा भएकाले प्राय बैंक तथा वित्तिय संस्था पनि चार दिन खुल्दैनन् । तर, यो बेला कसैलाई अभर पर्न सक्छ । बंैकमा रहेको पैसा आजै निकाल्नुप¥यो भने […]

पशुपतिमा गाई पूजा (फोटो फिचर)

११ कात्तिक, काठमाडौं । आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाई पूजा गरेका छन् । घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने गर्दछन् । आज पशुपति क्षेत्रमा पनि सामुहिकरुपमा विधि पुर्‍याएर गाई पूजा गरिएको छ । हरेक वर्ष यहाँ यसरी नै सामूहिकरुपमा गाई पूजा गर्ने प्रचलन छ […]

नेपालको बक्यौता नतिरी फर्किए २० विदेशी एयरलाइन्स

११ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले २३६ भन्दा बढी बिभिन्न निकायबाट बक्यौता उठाउन सकेको छैन । सरकारी तथा निजी यी निकायबाट प्राधिकरणले २ अर्ब १० करोड ८८ लाख बक्यौता उठाउन बाँकी छ । बक्यौता रकम नतिर्ने २० विदेशी एयरलाइन्स छन्, जसले नेपाललाई करोडौं रुपैयाँ नतिरी आफ्नो उडान नेपालमा बन्द गरेका छन् । प्राधिकरणका […]

‘भीआईपी’ जुवाखालबाट समातिएका बलेसहित ६ जनाले गुहारे अदालत

११ कात्तिक, काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना प्रहरीविरुद्ध अदालत पुगेका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले छापा हानेर पक्राउ गरेकामध्ये ६ जना जुवाडेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको हो । रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी […]

सडकका बेवारिसे गाईबाच्छा पाल्ने रामबहादुरको कथा

पशुपतिस्थित आर्यघाट । बिहानै भए पनि मन्दिर छिर्ने मुख्य गेटदेखि आर्यघाटसम्म मानिसहरुको चहल-पहल चर्को छ । घाटको पारिपट्टी बसेर एक हुल केटाहरु चुरोटको धुवा उडाइरहेका छन् । तल आर्यघाटमा केही लासहरु धुँवा बनेर उडिरहेका छन् । मन्दिर परिसरमै बसेर बाबाजीहरु ‘जय शम्भो’ भनिरहेका छन् । फूल बेच्नेहरु फूल बेचिरहेका छन् । भिख माग्नहेरु कचौरा थापिरहेकै। […]



from समाचार – Online Khabar https://ift.tt/31QxO6D
via IFTTT
Powered by Blogger.