समाचार
११ कात्तिक, चितवन । चितवन प्रहरीले कौडा खेलिरहेका ३२ जनालाई झण्डै ६ लाख नगदसहित पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१४ मा पर्ने महेन्द्र चोकबाट १२ जना र खैरहनी नगरपालिका-१ सिमलघारीबाट २० जनालाई प्रहरीले पक्रेको हो । महेन्द्र चोकको महिनी पार्टी प्यालेसमा आइतबार राति करिब सवा एक बजे जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले छापा मारेको थियो […]
११ कात्तिक, विराटनगर । मोरङ पथरी शनिश्चरे नगरपालिका- ५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु भएको छ । आइतबार राति करिब साढे १० बजे कोठेबारीका युवराज गिरीको घरमा आगलागी हुँदा उनका चार वर्षीय छोरा युसनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । घरमा सुतिरहेका युसनको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको […]
११ कात्तिक, कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घाइते अन्य तीन जनामध्ये एकजनाको अवस्था गम्भीर छ । आइतबार साँझ ५ बजेतिर ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोक्किँदा मोटरसाइकल चालक नवलपरासीको कावासोती-५ निवासी २२ वर्षीय कृष्ण कुमालको […]
११ कात्तिक, कावासोती । नवलपरासीको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराति छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको साथबाट ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीले जनाएको छ । यसैगरी गुल्मीको गुल्मी दरबार गाउँपालिका-७ गलाममा जुवा खेलिरहेका १७ जना पनि […]
११ कात्तिक, गुल्मी । देउसी भैलो टोली सवार ट्याक्टर गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ मा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । आइतबार राति बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी […]
११ कात्तिक, काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग (पिक डिमाण्ड) १०८९ मेगावाट पुगेको छ । यसवर्ष संघीय राजधानी काठमाडौं उपत्यकाको मात्रै पिक डिमाण्ड ३३१ मेगावाट रेकर्ड गरिएको छ । प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ साढे ६ बजे पिक डिमाण्ड रेकर्ड गरेको थियो । यो गत वर्षको तुलनामा १६ मेगावाटले कम […]
११ कात्तिक, काठमाडौं । म्हः पूजा कहिले गर्ने भन्नेमा नेवार समुदाय विभाजित भएका छन् । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरी मंगलबार भाइटीका लगाउने तयारी गरेका छन् । तर यस वर्ष नेपाल पञ्चांग निर्णायक समितिले भने भाइटीकाको दिन मंगलबार म्हः पूजा गर्नुपर्ने निर्णय गरेको छ । हिन्दु तथा बौद्ध दुवै समुदायका नेवार समुदायले […]
११ कात्तिक, काठमाडौं । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले टोटनहृयामलाई २-१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र जोर्डन हेन्डरसनले गोल गरे । टोटनहृयामका लागि भने हृयारी केनले गोल गरे । खेलको पहिलो मिनेटमा नै हृयारी केनले गोल […]
११ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाले आज गाई पूजा गर्नु पर्ने नेपाल पञ्चाङ्ग […]
११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणको क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले गरेको आग्रह पाकिस्तानले अस्वीकार गरेको छ । आइतबार पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले भारतको आग्रहलाई अस्वीकार गरेको जानकारी दिएका हुन् । उनले भने, ‘२७ अक्टुबर कश्मीरको लागि कालो दिन हो । हामीले कश्मीरमा भएको मानवअधिकार उल्लंघनलाई हेरेर […]
१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानबाट फर्केकै दिन आइतबार साँझ प्रज्ञा प्रतिष्ठानमा प्रज्ञा-सिस्नोपानी देउसी कार्यक्रम सुन्न सपरिवार पुगेका थिए । मन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, सरकारी कर्मचारी र सिंगो मुलुकका गन्नेमान्नेहरु उपस्थित रहेको देउसी कार्यक्रममा सिस्नोपानीका कलाकारले प्रधानमन्त्री ओलीको हुर्मत लिन गरी व्यंग्य गरे । हुन त कलाकारहरुले कांग्रेस, मधेसकेन्दि्रत […]
१० कात्तिक, काठमाडौं । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिनय गरिसकेका हास्य कलाकार मनोज गजुरेलले यसपालि चिनियाँ राष्ट्रपति सी चिनफिङको अभिनय गरेका छन् । तिहारको उपलक्ष्यमा सिस्नो पानी नेपालले आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा हास्य कलाकार गजुरेल चिनियाँ राष्ट्रपतिको भेषमा उपस्थित भएका हुन् । चिनियाँ राष्ट्रपतिका रुपमा आफूलाई […]
मिति– २०७६ कात्तिक ८ गते । स्थान– शहरी विकास मन्त्रालय । मन्त्री महम्मद इश्तियाक राई हतार मुद्रामा छन् । कामको चाङ बोकेर कर्मचारी, सांसद उनीसँग आइरहेका छन् । १२ बजिसक्यो । अझै बिहानको खाना खाइसकेका छैनन् । आजै नेपालगञ्ज पुग्नुपर्नेछ । त्यसअघि १ बजे नमाज पढ्नका लागि घण्टाघरको मस्जिद पुग्नु छ । मन्त्रीले कार्यकक्षमै खाना […]
१० कात्तिक, काठमाडौं । मान्छेभन्दा कुकुरको भत्ता बढी ! झट्ट सुन्दा पत्यार नलाग्न सक्छ । अझ नेपाली कुकुर संयुक्त राष्ट्र संघमार्फत द्वन्द्वग्रस्त मुलुकको शान्ति मिसनमा पनि खटिन्छन् भन्ने सुन्दा अचम्म लाग्ला । तर, नेपाली सेनाको भैरव बाहन गुल्ममा कार्यरत सैनिक कुकुरको वास्तविकता हो यो । गुल्मका सह-सेनानी मनोज राउतका अनुसार यहाँका ९३ कुकुरको दैनिक रासन […]
१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुले फूलको माला मात्र होइन, जुत्ताको मालासमेत ब्यहोर्न सक्नुपर्ने बताएका छन् । नेताहरुले आफूमाथि हुने आलोचनालाईै पचाउन सक्नुपर्ने नेता पौडेलको भनाइ छ । आइतबार साँझ काठमाडौंमा आयोजित प्रज्ञा सिस्नुपानी देउसी कार्यक्रममा व्यंग्यात्मक देउसी सुनिसकेपछि संक्षिप्त मन्तव्य दिँदै कांग्रेस नेता पौडेलले भने– ‘नेतालाई गाली गरेवापत कलाकार […]
१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिस्नोपानी नेपालका हास्य कलाकारहरुको व्यंग्यात्मक देउसी सुनिसकेपछि केही असन्तोष प्रकट गरेका छन् । कलाकारले गरेका केही व्यंग्यको जवाफ प्रधानमन्त्री ओलीले मञ्चबाटै फर्काएका छन् । दुई तिहाईको सरकारले काम गर्न नसकेको भन्दै कलाकारले देउसी भट्याउँदा प्रधानमन्त्री ओली अगाडि बसेर सुनिरहेका थिए । सिस्नोपानीलाई अलिअलि बजारको हल्लाले पनि प्रभाव […]
१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको खबरहरु आएका छन् । तर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले भने त्यसलाई अस्वीकार गरे । असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश […]
१० कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकारलाई बद्नाम गर्ने प्रयास भइरहेको भन्दै प्रतिवाद गर्न अपिल गरेका छन् । नेपाल सम्बतको अवसरमा आयोजित प्रचण्डले परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको बताए । उनले भने, ‘रातदिन उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम […]
१० कात्तिक, काठमाडौं । १२ वर्षअघि भएको बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा सांसद मोहम्मद अफ्ताब आलम प्रहरी हिरासतमा छन् । उनीमाथि अनुसन्धान गरिरहेको प्रहरी प्रमाण जुटाउन प्रयासरत छ । तर सबैजसो प्रमाण नष्ट भइसकेपछि थालिएको अनुसन्धानले के परिणाम हात लाग्छ भन्न गाह्रो छ । किनकी प्रहरीसँग भएको सबैभन्दा ठूलो प्रमाण भनेको […]
१० कात्तिक, चितवन । चितवनमा नारायणी नदीको पुलबाट हाम फालेका दुईजनामध्ये एक जनाको शव भेटिएको छ, एक जना वेपत्ता भएका छन् । आइतबार अपरान्ह ४ बजे नारायणीको पुलबाट नदीमा हामफालेका ३०/३१ वर्षका युवकको शव भेटिएको इलाका प्रहरी कार्यालय नारायणगढले जनाएको छ । उनीसँगै हामफालेका भनिएका अर्का व्यक्ति बालक रहेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयले खबर […]
ओं आः हुं तिष्ठ बज्रासने हुं ।। अर्थात आफ्नो शरीरको प्रतिनिधि काय (शरीर), वाक (वचन) र चित्त (मन) एकाग्र गरी शरीरका यी तीन संयोजनलाई मण्डपमा विराजमान गराई गरिने पूजा नै म्ह पूजा हो । काय, वाक र चित्तको परिशुद्धि र एकाग्रताले व्यक्तिमा उत्पन्न हुने नराम्रो विचार र भावनाको अन्त हुन गई कुशल(सक्षम) विचार वा चित्त […]
from समाचार – Online Khabar https://ift.tt/2PlZX2K
via IFTTT