Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना संक्रमित योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

११ मंसिर, चितवन । कोरोना भाइरसबाट संक्रमित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ । उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान चार बजे निधन भएको हो । उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए । उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् ।

यो वर्ष जाडो कम हुने, पानी पनि कम पर्ने आँकलन

११ मंसिर, काठमाडौं । यो वर्षको हिउँदयाम सरदरभन्दा सुक्खा हुने र जाडो पनि कम हुने आँकलन मौसमविदहरुले गरेका छन् । जाडो अवधि (डिसेम्बर, जनवरी र फेब्रुअरी महिना)मा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले अनलाइनखबरसँग भनिन्, ‘समग्रमा भन्नुपर्दा सरदरभन्दा […]

कोरोना बीमा भुक्तानी : मन्त्रीलाई तत्काल, जनतालाई आलटाल

११ मंसिर, काठमाडौं । २४ असोजमा कोरोना संक्रमण भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई कात्तिक दोस्रो साता संक्रमणमुक्त भए । संक्रमणमुक्त भएको एक महिना नपुग्दै मन्त्री भट्टराईलाई कोरोना बीमावापतको एक लाख रुपैयाँ बीमा कम्पनीले भुक्तानी गरेको छ । भट्टराई स्वयंले कोरोना बीमाबापतको रकम पाएको बताएका छन् । उक्त रकम असहायहरुका कोरोना बीमाकै […]

‘सीमालगायत सबै द्विपक्षीय विषयमा छलफल गर्न भारत तयार’

११ मंसिर, काठमाडौं । आजबाट शुरु हुने विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको नेपाल भ्रमणको समयमा सीमा विवादलगायत सबै द्विपक्षीय विषयमा वार्ता गर्न भारत खुला रहेको एक उच्च भारतीय अधिकारीले बताएका छन् । दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव श्रृंगला बिहीबार काठमाडौं आउँदैछन् । अनलाइनखबरसँग कुराकानी गर्दै ती अधिकारीले सीमाका सम्बन्धमा छलफल गर्न तयार रहेको तर […]

पिकअप भ्यान दुर्घटना : दुई जनाको शव भेटियो, एक जनाको खोजी जारी

११ मंसिर, चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएकी ३३ वर्षीया जमुना रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसीको शव फेला परेको हो । उनीहरुको शव पिकअप भ्यानभित्रै […]

रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु

११ मंसिर, बुटवल । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । गत कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजे मृत्यु भएको […]

२१ जिल्लामा ३१ जनप्रतिनिधिका पद रिक्त

११ मंसिर, काठमाडौं । बिभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त छ । यसका अलावा डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको […]

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट सुरु हुँदै, शनिबार चुनाव

११ मंसिर, काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजबाट सुरु हुँदै छ । साधारणसभाको उदघाटन विहान साढे ११ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट हुने महासंघले जनाएको छ । बन्दसत्र १२ गते […]

बिरामी बोकेको पिकअप भ्यान त्रिशूलीमा खस्यो, ३ जना बेपत्ता

११ मंसिर, चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एक जना नदीमा पौडिएर निस्किन सफल भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशूलीमा नदीमा खसेको […]

भारतीय विदेश सचिव नेपाल आउँदै, उच्चस्तरीय भेटवार्ता आजै

११ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आउँदैछन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला खुल्यो, ललितपुरको सम्पर्क कार्यालय खारेज

११ मंसिर, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोधमा प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी गरेको थियो । प्रतिष्ठानमा दुई जना डीन नियुक्त गरिसकेका उपकुलपतिवाग्लेले कार्यकारी परिषद्को बैठकको निर्णयविना […]

चर्चित फुटबलर म्याराडोनाको निधन

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा […]

मन्त्रिपरिषदको निर्णय : कतारको कार उपहारदेखि बुढीगण्डकीको मुआब्जासम्म

१० मंसिर, काठमाडौं । बुधबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूचीमा हेरफेर गर्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानीकर्तालाई सजिलो हुने गरी ऐनको अुनुसूचीमा हेरफेर गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो । यसैवीच, कतार सरकारले परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारलाई […]

‘भाइलाई जति कठोर सजाय दिए पनि फरक पर्दैन’

१० मंसिर, गौशाला । विधिशास्त्रको सिद्धान्तले भन्छ- कुनै व्यक्तिले फौजदारी अपराध गर्‍यो भने त्यसको भागिदार पारिवारका अन्य नातेदारले हुनुपर्दैन, जसले अपराध गरेको हो, ऊ मात्र दोषी ठहरिन्छ । तर, व्यवहारमा यो विधिशास्त्रले काम गर्दैन । परिवारको कुनै सदस्यले जघन्य अपराध गर्‍यो भने परिवारका अरु सदस्यहरुले समेत समाजमा लज्जित हुनुपर्ने र नाकै देखाउन नसकिने स्थिति आउँदोरहेछ […]

दिल्लीका दुईदिने पाहुनासँग कति भर पर्ने ?

१० मंसिर, काठमाडौं । दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला भोलि (बिहीबार) काठमाडौँ आउँदैछन् । यो एउटा सामान्य कूटनीतिक भ्रमण भए पनि एक वर्षदेखि सीमा विवादका कारण सम्बन्ध चिसिएको पृष्ठभूमिमा यसलाई महत्वका साथ हेरिएको छ । भारतीय विदेश सचिवको भ्रमणका बेला नेपालले यी विषय उठाउने तयारी गरे पनि भारतले भने सीमा भन्दा […]

रुग्ण प्रसारणलाइन : अर्बौंको बिजुली फालेर हर्जना तिर्नपर्ने जोखिम

१० मंसिर, काठमाडौं । गत वर्ष काठमाडौं उपत्यकामा विद्युतको उच्चतम् माग ४५० मेगावाट पुग्यो । काठमाडौंको वितरण लाइनको क्षमता भने करिब ५०० मेगावाट मात्र हो । यो वर्षको जाडोयाममा त्यसकै हाराहारीमा माग आउने अनुमान छ । वितरण क्षमता बराबर नै बिजुलीको माग पुग्न लाग्दा पनि विद्युत प्राधिकरणले प्रसारण तथा वितरण प्रणालीको क्षमता बढाएको छैन । […]

मध्यराति सम्पर्कविहीन भएका डीएसपीमाथि छानबिन

१० मंसिर, काठमाडौं । कैलाली सुरक्षाका दृष्टिकोणले संवेदनशील जिल्ला मानिन्छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका तत्कालीन इञ्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउद तस्कर समूहबाट मारिएपछि जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । यस्तो अवस्थाका बीच मंगलबार राति ९ बजेपछि इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज भरतराज चौधरी सम्पर्कविहीन भए । जिल्लाका अधिकारीलाई कुनै […]

सगरमाथाको उचाइ बढ्यो

१० मंसिर, काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको एक मन्त्रीले जानकारी दिए । बैठकमा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति माग्दै ठाडो प्रस्ताव […]

बलात्कारमा मिलापत्र : पीडितलाई एक तोला सुन दिने कपाली तमसुक !

१० कात्तिक, कैलाली । बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र हुन थालेपछि सरकारले मिलापत्र गराउनेहरुलाई अपराध कानुनको दायरामा ल्याउन गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्बाट पास भएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । काठमाडौंमा यो अध्यादेशबारे बहस भइरहेका बेला सुदूरपश्चिममा भने पीडित युवतीलाई एक तोला सुन दिने कपाली तमसुक गरेर बलात्कारको घटना लुकाइएको खुलेको […]

निर्वाचनको परिणामबाटै जवाफ दिन्छौं : चन्द्र ढकाल

१० मंसिर, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक सं‌स्था नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष चयनका लागि मंसिर १३ गते निर्वाचन हुँदैछ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुँदैछन् भने वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय किशोर प्रधान र चन्द्र ढकाल आ–आफ्ना प्यानलसहित चुनावमा होमिएका छन् । सर्वसम्मत नेतृत्व चयनको विषय उठे पनि सहमतिको सम्भावना […]

मेरो पक्षमा माहोल बनिसक्यो, चुनाव जित्छु : किशोर प्रधान

१० मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकालबीच प्रतिस्पर्धा हुँदैछ । महासंघको अधिवेशन शुक्रबार उदघाटन भएर शनिबार नेतृत्वका लागि मतदान हुँदैछ । अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाअनुरूप शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष हुँदैछन् । अब प्रधान र ढकालमध्ये जो वरिष्ठ उपाध्यक्षमा विजयी […]



from समाचार – Online Khabar https://ift.tt/2HIDzPW
via IFTTT
Powered by Blogger.