Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

उपचार खर्च धान्न सक्दैनौं भन्दै मुख्यमन्त्रीसामु धुरुधुरु रोए बिरामीका आफन्त

१२ मंसिर, विराटनगर । भोजपुरको हतुवागडी–४ कि शान्ति राईका बुबालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर आएका उनलाई ८ मंसिर मा कोरोना पुष्टि भयो । चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्ने सुझाव दिएपछि उनले सुरुमा सरकारी अस्‍पतालमै सोधीखोजी गरिन्। तर कतै खाली नभएको पाएपछि बुबालाई नोबेल मेडिकल कलेजमा लगिन् । तर अस्पतालले भर्ना […]

प्रचण्ड पढ्न व्यस्त, ओली समूह लेख्न !

१२ मंसिर, काठमाडौं । केही घण्टाका लागि मंसिर ५ मा धुम्बाराही जानुबाहेक दश दिनयता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमै बिताए । निवासमै भेट्न आउनेहरुसँग कुराकानी त गरे, तर कुनै औपचारिक/अनौपचारिक कार्यक्रम वा भेटवार्ताका लागि बाहिर निस्किएनन् । प्रधानमन्त्रीनिवास बालुवाटार त जाँदै गएनन् । नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री […]

इटहरीमा प्रचण्ड-नेपाल पक्षको छुट्टै भेला

१२ मंसिर, विराटनगर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताले सुनसरीको इटहरीमा भेला गरेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का आफू निकट नेताको भर्चुअल भेला गरेको केही दिनपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताले सुटुक्क भेला गरेका हुन् । ‘इटहरी ब्याङकेट’मा […]

कतारबाट श्रमिकको नयाँ मागपत्र ल्याउन खुल्यो बाटो

१२ मंसिर, काठमाडौं । कतारमा नयाँ श्रमिक पठाउन बाटो खुलेको छ । कतारस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेपछि अब विदेशबाट म्यानपाव कम्पनीरले श्रमिकको नयाँ डिमान्ड ल्याउन सक्ने भएका छन् । कतारमा मागपत्र प्रमाणीकरण सुरु नहुँदै काठमाडौंमा म्यानपावर कम्पनीले अन्तरवार्ता लिन थालेको भेटिएको थियो । यही बेला नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको हो । […]

एक वर्षमा ३ अर्ब ८० करोड कर फिर्ता

१२ मंसिर, काठमाडौं । सरकारले एक वर्षको अवधिमा ३ अर्ब ८० करोड रुपैयाँ कर फिर्ता गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा कुल ६ अर्ब ६८ करोड रुपैयाँ कर फिर्ताको माग दाबी परेको थियो । त्यसबाट आन्तरिक राजस्व विभागले ३ अर्ब ८० करोड रुपैयाँ कर फिर्तायोग्य रकम ठहर गरेको हो । यसमध्ये कूटनीतिक नियोग, कुटनीतिज्ञ […]

कोरोनाबाट भएको मृत्युको तथ्यांकमा स्वास्थ्य मन्त्रालयको खेलबाड

१२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खेलबाड गरेको भेटिएको छ । मन्त्रालयले हरेक दिन पहिचान भएका संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्दै आएको छ । शुक्रबार १७०३ जनामा संक्रमण पुष्टि भएको र २३ जनाको मृत्यु भएको  तथ्यांक  सार्वजनिक गरेको छ । तर मृतकको संख्यामा भदौ/असोजमै […]

रोजगारीका लागि भिजिट भिसाको ‘जुवा’

१२ मंसिर, काठमाडौं । एक वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई) गएका ४० युवा अहिले न्याय माग्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् । ओशो रिक्रुटमेन्टले ड्राइभिङका लागि भन्दै अढाईदेखि ३ लाख रुपैयाँसम्म असुलेर यूएईमा पुर्‍याएका उनीहरुमध्ये धेरैले कामै पाएनन् । काम पाएकाले पनि भनेअनुसार तलब, कमिसन र वर्किङ आवरसहितका सेवा सुविधा पाएनन् । कोरोना महामारी सुरु […]

बिजुली आपूर्ति सुधार्न एडीबीले नेपाललाई १८ अर्ब ४७ कराेड ऋण दिने

१२ मंसिर, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको पावर ट्रान्समिसन र वितरणको स्तरोन्नतिको लागि १५ करोड ६० लाख डलर ( करिक १८ अर्ब ४७ कराेड रूपैयाँ)  ऋण स्वीकृत गरेको छ । नेपालको अधिकांश मानिसको पहुँच ग्रिडबाट आपूर्ति हुने विद्युतमा रहेको अवस्थामा यसको क्षमता वितार, विद्युत् वितरण नेटवर्कको वर्तमान र भविष्यमा बढ्नसक्ने मागलाई धान्न सक्ने […]

दुई दिनमा दुई थरी नागरिक अपील

१२ मंसिर, काठमाडौं । सरकार, भ्रष्टाचार, राजनीतिक दल र नेतृत्व लगायतका विषयमा दुई दिनमा दुई थरीका अपील जारी भएका छन् । बिहीबार जारी अपीलमा संवैधानिक स्थायित्व, कार्यपालिकाको नियन्त्रण र सन्तुलन, सत्तारुढ दलको दायित्व, भूराजनीतिक चिन्ता, नेतृत्व पुस्तान्तरण, राजकाज र भागबन्डामा केन्द्रित छ । १३ जनाद्वारा हस्ताक्षरित अपीलमा भनिएको छ, ‘नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि संसद्मा दुई […]

१५ फिट अग्लो पर्खाल नाघेर भरतपुर कारागारबाट कसरी भागे कैदी ?

१२ मंसिर, चितवन । भरतपुर कारागारको पर्खालको उचाइ करीव १५ फिट अग्लो छ । तर, यही पर्खाल नाघेर जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका एक कैदी बिहीबार साँझ भागे । कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ कारागारबाट भागेपछि उनको खोजी भइरहेको छ । जिल्ला कारागार प्रमुख कमलप्रसाद काफ्लेले बिहीबार साँझ संख्या गन्ने बेलामा […]

उद्योग वाणिज्य महासंघको चुनावमा को को छन् उम्मेदवार ?

१२ मंसिर, काठमाडौं । निजी क्षेत्रको ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । महासंघको वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ६३ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको […]

शीतलहरको जोखिम न्यूनिकरणबारे छलफल

१२ मंसिर, वीरगञ्ज । शीतलहरबाट हुने जोखिम न्यूनिकरणका लागि बारामा पूर्व तयारी थालिएको छ । बाराको कोल्हबी नगरपालिकामा जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकमा शीतलहरबाट हुने जोखिम न्यूनिकरणका लागि थाल्नु पर्ने पूर्व तयारीका बारेमा छलफल भएको छ । बैठकले शीतलहरको पूर्व तयारी गर्ने लगायत विभिन्न निर्णय गरेको जिल्ला समन्वय समिति बाराका सभापति नवल किशोर सिंहले […]

सप्तरीमा बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा वृद्ध पक्राउ

१२ मंसिर, जनकपुरधाम । बालिकामाथि यौन दुव्र्यबहारको घटनामा उन्मुक्ति पाएका वृद्धले सप्तरीमा फेरि त्यस्तै घटना दोहोर्‍याएको पाइएको छ । तिरहुत गाउँपालिका–५ लोहजारामा ७ वर्षकी बालिकालाई स्थानीय ७६ वर्षका लक्ष्मी महतोले बलात्कार प्रयास गरेको उजुरी प्रहरीकामा पुगेको छ । गाउँकै बालिकालाई घरमा बोलाएर दूधभात खान दिएर उनले बलात्कारको प्रयास गरेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी […]

लयमा फर्कंदै पर्यटकीय केन्द्र ठमेल

१२ मङ्सिर, काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । […]

लागूऔषधसहित एकजना पक्राउ

१२ मंसीर, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा लागूऔषध बिक्री गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरिएको छ । सोही नगरपालिकाको वडा नम्बर १० इनर्वा बस्ने ३२ वर्षीय राजीव मण्डललाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । मण्डलले आफ्नै घरमा बिभिन्न किसिमको लागूऔषध राखेर बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय […]

सैनामैनामा साढे तीन करोड लागतमा ‘स्मार्ट रिफ्रेस सेन्टर’ बन्दै

१२ मंसिर, बुटवल । लुम्बिनी प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा स्मार्ट रिफ्रेस सेन्टर बन्ने भएको छ । सैनामैना–९ पिपलडाँडा (सालझण्डी नजिक) करिब एक बिघा क्षेत्रफलमा साढे तीन करोड लगानीमा स्मार्ट रिफ्रेस सेन्टर बन्न लागेको हो । लामो दुरीका सवारी चालक र यात्रुलाई विश्राम र आरामका लागि प्रदेशका पाँचवटा जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर […]

थप १७०३ जनामा कोरोना भाइरस संक्रमण

१२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना […]

विप्लवका गतिविधि बढेपछि हुम्लाका गाउँगाउँमा सुरक्षा गस्ती

१२ मंसिर, सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका गतिविधि बढेपछि हुम्लाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन गरिएको छ । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दैै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले ३० जना सुरक्षाकर्मीको टोली गाउँगाउँमा परिचालन गरेको हो । पछिल्लो समय हुम्लाको तल्लो भेगमा राज्यबाट विप्लव समूहका गतिविधि बढेपछि तीनवटै सुरक्षा […]

एक दिनको अन्तरमा दाजु–भाइको मृत्यु

१२ मंसिर, विराटनगर । मोरङमा २४ घण्टाको अन्तरमा दाजुभाइको मृत्यु भएको छ । लेटाङ नगरपालिका–२ का ७० वर्षीय गोपाल कोइराला र ६३ वर्षीय ईश्वरीप्रसाद कोइरालाको मृत्यु एक दिनको अन्तरमा मृत्यु भएको हो । दुवै जनाको मृत्यु नोबेल शिक्षण अस्पताल विराटनगरमा भएको हो । अस्पतालको आइसोलेसनमा कोरोनाको उपचार हुँदाहुँदै दाजु गोपालको बिहीबार बिहान मृत्यु भयो । […]

ढुक्क भएर होटल व्यवसायमा लगानी गर्नुस् : जितेन्द्र सोनाल

१२ मंसिर, वीरगञ्ज । प्रदेश–२ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ढुक्क भएर होटल व्यवसायमा लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । स्तरीय होटल खोल्दा प्रदेशकै पर्यटनको विकासमा टेवा पुग्ने भएकोले प्रदेश सरकारले आवश्यक सुरक्षाको बन्दोबस्त गर्ने उनले बताए कलैयामा शुक्रबार सुबिधा सम्पन्न होटेल करण राज प्यालेसको उद्घाटन गर्दै मन्त्री सोनलले निर्धक्क भएर लगानी […]

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त

१२ मंसिर, काठमाडौं । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । खड्का दैलेख नारायण नगरपालिका-८ निवासी हुन् । पुण्यप्रसाद रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा नियुक्त […]



from समाचार – Online Khabar https://ift.tt/2VcxDBC
via IFTTT
Powered by Blogger.