समाचार
१४ मंसिर, काठमाडौं । साविक विजेता लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिए पनि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार भएको खेल भिएआर रेफ्रीले लिभरपुलको दुई गोललाई मान्यता नदिँदा ब्रायटनसँग १-१ को बराबरीमा रोकिएको हो । ब्राइटनले घरेलु मैदानमा लिभरपुललाई पहिलो हाफमा बराबरिमा रोकेको थियो । तर डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । […]
१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आज नेपाल आउँदैछन् । केही घण्टाका लागि काठमाडौं आउन लागेका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपयले अर्थपूर्ण ठानेका छन् । परराष्ट्र मन्त्रालयले उनले राष्ट्रपति विद्यादेवी भण्डारी, […]
१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३१ शंखमुलमा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । शनिबार बेलुकी करिब सात बजेतिर शंखपुलबाट दोभान पुलतर्फ गइरहेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकल आपसमा […]
१४ मंसिर, काठमाडौं । चन्द्रप्रसाद ढकालले आइतबार विहान नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष जिते। अब उनले शेखर गोल्छापछि महासंघको अध्यक्ष बन्ने पक्का गरेका छन् । बाग्लुङको बलेवा, अमलाचौरका जन्मिएका चन्द्रको भुइँबाट उठेर सफलताको यो उचाइसम्म आइपुगेका व्यक्ति हुन् । उनको जीवन कथा थाहा पाउन विगतमै फर्किनुपर्छ । बाग्लुङको एक विकट गाउँका एक किशोर चन्द्र […]
१४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताएका छन् । विहान चुनाव जितेपछि सञ्चारमाध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको बताए । उनले अब गोल्छाकै नेतृत्वमा महासंघलाई एक ढिक्का बनाएर अघि बढाउने बताए । ‘चुनाव हारे पनि आदरणीय […]
१४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर […]
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघई विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी शौरभ ज्याेतिलाई २१ मतान्तरले हराए । एसोसियटतर्फको उपाध्यक्षमा संघई चन्द्र ढकाल समूहबाट र सौरभ ज्योति किशोर प्रधान समूहबाट भिडेका थिए । यसअघि महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा पनि प्रधान समूहकै अन्जन श्रेष्ठ र जिल्लानगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ […]
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा जिल्लानगरतर्फको मतगणना सकिएको छ । जिल्ला-नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा पनि प्रधान प्यानलको वर्चस्व छ । जिल्ला नगरतर्फको उपाध्यक्षमा प्रधान समूहबाट दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देव कुमार श्रेष्ठ, […]
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला-नगरतर्फको उपाध्यक्ष पदमा दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई ११ मतान्तरले हराए । वस्तुगततर्फको उपाध्यक्षमा तिवारी चन्द्र ढकाल समूहबाट र श्रेष्ठ किशोर प्रधान समूहबाट भिडेका थिए । दिनेशले ५८ मत ल्याउँदा गुणनिधि ४७ मतमा सीमित भए । श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको […]
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले हराए । वस्तुगततर्फको उपाध्यक्षमा चन्द्र ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट अन्जन श्रेष्ठ भिडेका थिए । अन्जनले ६२ मत ल्याउँदा उमेश ३७ मतमा सीमित भए । वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य […]
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतगणना चलिरहेको छ । वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै प्यानलका ७–७ जना निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाल प्यानलबाट समान संख्यमा वस्तुगततर्फबाट सदस्य निर्वाचित भएका हुन् । वस्तुगततर्फको उपाध्यक्षमा ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र प्रधान समूहबाट अन्जन श्रेष्ठ […]
१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालयमा ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा पेश गरिएको प्रस्तावमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ कात्तिकमा पेश गरेको प्रस्तावमाथि आफूमाथि उठाएका प्रश्नहरुको जवाफ मात्र दिएका छैनन्, प्रचण्डमाथि नै प्रतिपश्नहरु गरिएको छ […]
१३ मंसिर, काठमाडौं । लिखितरुपमा एक-अर्कावीच आरोप प्रत्यारोप लगाइरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच अचेल एक्लाएक्लै सम्वाद हुन छाडेको छ । शनिबार बालुवाटारमा भएको सचिवालय बैठकमा उनीहरुवीच स्वाभाविक भेट भयो । तर, आपसमा घोचपेच भयो । सचिवालय बैठक एक बजे बोलाइए पनि केही ढिलो गरी शुरु भएको थियो, जहाँ […]
१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पेश गरेको ३८ पृष्ठ लामो डकुमेन्टको अन्त्यमा पार्टीभित्रको समस्या समाधान कसरी गर्ने भन्ने बाटो बताएका छन् । केपी ओली नै मुलुकको कार्यकारी प्रमुख रहेको र पार्टीको प्रथम अध्यक्षसमेत भएकाले समस्या समाधानको प्रस्ताव पनि उनैले ल्याउनुपर्ने सो पार्टीका नेताहरुले बताउँदै […]
१३ मंसिर, काठमाडौं । यदि राजुका बाबाले दलित (परियार) आमा बिहे गर्दैनथे भने ? आज ‘राजु अधिकारी’ हुँदैनथे, सायद । भैहालेको भए ? कम्तिमा सडकमा पुग्दैनथे । उसोभए कहाँ हुन्थे ? बा–आमाकै न्यानो काखमा हुन्थे कि ! तर, यी राजुको भने सम्झनाको कुनै कुनामा आफ्ना बा–आमाको ममतामयी काख याद बसेको छैन । बरु सडकका चिसो […]
१३ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंमा चलेको सभामुख र उपसभामुखहरूको भेलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने निष्कर्ष निकालेको छ । राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरिरहेका बेला दुई दिने भेलाले यस्तो निचोड निकालेको हो । ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो । लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन,’ भेलाको निश्कर्ष सुनाउँदै संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ […]
१३ मंसिर, काठमाडौं । २०४४ को वैशाख महिना । काठमाडौं उपत्यकामा वसन्त ऋतुको बहार भए पनि राजनीतिक परिस्थिति बेहाल थियो । पञ्चायत विरोधि गतिविधि रोक्न प्रशासनले जनजीवन कडाइ गरेको थियो । सार्वजनिक गतिविधिमा सेन्सर गरिन्थ्यो । नेपाल राष्ट्र बैंकमा कार्यरत युवा रामप्रसाद पन्तलाई यहीबेला पत्रिका निकाल्ने हुटहुटी चल्यो । रामप्रसाद साहित्यमा रुचि राख्थे । तर, […]
१३ मंसिर, काठमाडौं । छिप्पिएको रातलाई चिरागको ज्वालाले उज्यालो छरिरहेको छ । सुनसान दरबार क्षेत्रलाई ब्युँझाउनका लागि खिँ, ता, झ्याली जस्ता बाजाको स्वर बिस्तारै चर्किँदैछ । दैत्य गुरु नाच, हिरण्यकश्यपु नाच र प्रल्हाद नाच सकिइसक्दा सबैको प्रतीक्षाको घडीले पनि छिटोछिटो कुद्न थाल्छ । पाँचवटा चिरागको आगो बिस्तारै कम हुँदैजाँदा संग्रहालयको द्वारबाट एउटा फरक आकृतिको स्वरुप […]
१३ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको दुई दिने भ्रमणले लामो समयदेखि थाती रहेका द्विपक्षीय विषयहरुमा छलफल गर्न र उच्चस्तरको भ्रमण आदान–प्रदानको लागि सकारात्मक वातावरण बनाएको छ । एक वर्षदेखि चिसिएको सम्बन्ध, चरम आपसी अविश्वास र आरोप–प्रत्यारोपको पृष्ठभूमिमा भएको सो भ्रमणकै क्रममा विवादित विषयमा ठोस सहमतिको सम्भावना र अपेक्षा थिएन । भ्रमणले अगाडि […]
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतपरिणाम सार्वजनिक हुन थालेको छ । प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रदेश-२ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । उनले १२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै मत ल्याउन सकेनन् । गण्डकीबाट बाबुराम गिरी ९ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत […]
१३ मंसिर, विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अधिकारीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमूना परिक्षण गराउँदा ७२ वषर्ीय प्रमुख अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ । प्रमुख अधिकारीसँगै ६४ वर्षीया श्रीमती जानुका अधिकारी […]
from समाचार – Online Khabar https://ift.tt/2HNGRBr
via IFTTT