समाचार
११ मंसिर, काठमाडौं । नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय बैठक बिहीबार दिउँसो सुरु भएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले गरेका छन् भने भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले गरेका छन् । परराष्ट्र सचिवस्तरीय बैठकका लागि भारतीय विदेश सचिव बिहीबार नै काठमाडौं आएका हुन् ।
११ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनलाई नेपालको सन्देश ‘मिलेर अगाडि बढ्न चाहन्छौं’ भन्ने हुने बताएका छन् । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौंमा छन् भने आइतबार चिनियाँ रक्षामन्त्री आउँदैछन् । यसलाई लिएर संसदीय सुनुवाई समितिमा भारतीय वा चिनियाँ कार्ड खेल्न खोजेको हो कि प्रश्न उठेको थियो । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले त्यसलाई […]
११ मंसिर, काठमाडौं । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको वलात्कार भएको घटनाको भर्त्सना गरेको छ । राष्ट्रसंघले विहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै तत्काल सबै कानुनी प्रक्रिया अबलम्बन गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । सो घटना घरेलु हिंसा विरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा भएको भन्दै राष्ट्रसंघले […]
११ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएको छ । अनलाइनखबरमा बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता शीर्षकको समाचार प्रकाशित भएको भोलिपल्ट बुधबार जसपाले भत्ता फिर्ताको आग्रह गरेर संसद सचिवालयलाई पत्र लेखेको हो । जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीको […]
११ मंसिर, बर्दिवास । महोत्तरीको बर्दिवासस्थित पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध भएको छ । ६ वर्षीय बालिका हत्या र बालिका हत्याको विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्युको विरोध गर्दै स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध बनाएका हुन् । स्थानीयवासीले प्रदर्शनसमेत गरेका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ । बालिका हत्याको विरोध प्रदर्शनको […]
११ मंसिर, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले भेटवार्ता सुरु भएको छ । बिहीबार विहान काठमाडौं आएका उनी अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा छन् । होटल याक एण्ड यतीमा जारी वार्ता सकिएपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन् । त्यसक्रममा उनले दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम छ […]
११ मंसिर, पोखरा । प्रदेश मुख्यमन्त्रीको सपथ खाएलगत्तै पृथ्वीसुब्बा गुरुङले योजना सुनाएका थिए, ‘प्रदेशले आफ्नै विश्वविद्यालय बनाउँछ । राजनीतिभन्दा पर जुन अनुसन्धानमा आधारित प्राविधिक र गुणस्तरीक्ष प्राज्ञिक थलो बन्ने छ ।’ मुख्यमन्त्रीको योजनाअनुसारै गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन सञ्चालन गर्न बनेको ऐन संसदबाट गत वर्ष असोज ८ गते पारित भएर कानुन पनि बन्यो । विश्वविद्यालयलाई राजनीति […]
११ मंसिर, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवर प्रहरी प्रवक्ता चयन भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार एसएसपी कुँवरलाई प्रवक्ता तोकेको हो । यसअघिका प्रहरी प्रवक्ता कुवेर कडायत प्रहरी युक्ति तालिम महाविद्यालय (जर्गाह, नवलपरासी) सरुवा भएका छन् ।
११ मंसिर, विराटनगर । मोरङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लेटाङ र रतुवामाई घर भएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि मंसिर ९ गते मंगलबार उनी मेडिकल […]
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । उनी बिहीबारका लागि बोलाइएको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा नगएका हुन् । समितिले सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताको विषयमा छलफल गर्न प्रधानमन्त्री […]
११ मंसीर, जनकपुरधाम । धनुषामा एकजना महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका-७ बेलाकुटीमा कोठा भाडा लिएर बस्दै आएकी महिला बिहीबार मध्यान्ह मृत फेला परेको प्रहरीले जनाएको छ । मृत महिलाको नाम रेखा रहेको र थप विवरण खुल्न नसकेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्रकुमार मिश्रले बताए । अन्दाजी २३ वर्षीया महिला श्रीमानसँगै […]
११ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले विहीबार काठमाडौं उत्रेपछि विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिए । नेपाली भाषा बोल्न सक्ने भारतीय विदेश सचिवका रुपमा उनको चर्चा पहिल्यैदेखि थियो । तर, विहीबार उनले यसको प्रमाण प्रस्तुत गरे । आफू पहिले पनि नेपाल आएको तर विदेश सचिवका रुपमा पहिलोचोटि आएको श्रृंगलाले बताए । नेपाल आउँदा […]
११ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा मंसिर ९ गते ६ वर्षीया बालिका गुलाब खातुनको हत्या र त्यसको विरोधमा भएको प्रदर्शनमा गोली चलाउने घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ । बालिकाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमाथि प्रहरीले गोली चलाउनु राज्य आतंक भएको राष्ट्रिय जनमोर्चाले बताएको छ । ‘पीडितलाई न्याय दिनुको सट्टा […]
११ मंसिर, काठमाडौं । कास्कीको पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका– १३ का ६६ वर्षीया महिलाको बुधबार […]
११ मंसिर, काठमाडौं । कोशी नदीको पानी मेची नदीमा पुर्याएर आफ्नो भूमि सिँचाइ गर्ने भारतको महत्वाकांक्षी परियोजना एक कदम अगाडि बढेको छ । लामो समयदेखि चर्चामा रहेको सो परियोजना कोशी–मेची रिभर इन्टरलिनिङ प्राजेक्ट हो । जस अनुसार वर्षायाममा कोशीमा जम्मा गरेको पानी हिउँदमा भारतमा पर्ने मेची नदीमा खसालिनेछ र भारतका सुख्खा खेतमा सिँचाइको लागि उपयोग […]
११ मंसिर, काठमाडौं । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो । त्यसबेला १ हजार ८ सय ८१ अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से परिसूचक त्यस भन्दा माथि भने पुग्न सकेन । त्यसबेलादेखि ओरालो […]
११ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन् । श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल आउँदा खुसी लगेको बताए । यसअघि पनि नेपाल आएको तर परराष्ट सचिवको […]
११ मंसिर, चितवन । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोरोना (कोभिड–१९) को संक्रमणका कारण ७६ वर्षका उमेरमा बिहीबार निधन भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान ४ बजे उनको निधन भएको हो । उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए । उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् ।
११ मंसिर, काठमाडौं । यो वर्षको हिउँदयाम सरदरभन्दा सुक्खा हुने र जाडो पनि कम हुने आँकलन मौसमविदहरुले गरेका छन् । जाडो अवधि (डिसेम्बर, जनवरी र फेब्रुअरी महिना)मा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले अनलाइनखबरसँग भनिन्, ‘समग्रमा भन्नुपर्दा सरदरभन्दा […]
११ मंसिर, काठमाडौं । २४ असोजमा कोरोना संक्रमण भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई कात्तिक दोस्रो साता संक्रमणमुक्त भए । संक्रमणमुक्त भएको एक महिना नपुग्दै मन्त्री भट्टराईलाई कोरोना बीमावापतको एक लाख रुपैयाँ बीमा कम्पनीले भुक्तानी गरेको छ । भट्टराई स्वयंले कोरोना बीमाबापतको रकम पाएको बताएका छन् । उक्त रकम असहायहरुका कोरोना बीमाकै […]
११ मंसिर, काठमाडौं । आजबाट शुरु हुने विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको नेपाल भ्रमणको समयमा सीमा विवादलगायत सबै द्विपक्षीय विषयमा वार्ता गर्न भारत खुला रहेको एक उच्च भारतीय अधिकारीले बताएका छन् । दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव श्रृंगला बिहीबार काठमाडौं आउँदैछन् । अनलाइनखबरसँग कुराकानी गर्दै ती अधिकारीले सीमाका सम्बन्धमा छलफल गर्न तयार रहेको तर […]
from समाचार – Online Khabar https://ift.tt/3q2cwjQ
via IFTTT