Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेपालमा भेटिएको कोरोना भाइरसको प्रजाति भारतको सँग मिल्दो

१२ मंसिर, काठमाडौं । नेपालमा भेटिएको कोरोना भाइरसको प्रकृति भारत र साउदी अरबमा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले (एनएचआरसी) जनाएको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालसंग सहकार्य गरेर एनएचआरसीले गत अगस्टमा जिन सिक्वेन्सिङ अध्ययन सुरु गरेको थियो । सीएमडीएनका निर्देशक तथा अनुसन्धानकर्ता डाक्टर समिरमणि दीक्षितका अनुसार १५ वटा नमुना संकलन […]

थप १७०३ जनामा कोरोना भाइरस संक्रमण

१२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना […]

सडक विस्तार गर्ने क्रममा ढुंगा खस्दा एकजनाको मृत्यु

१२ मंसिर, गुल्मी । गुल्मीमा सडक विस्तार गर्ने क्रममा खसेको ढुँगाले लागेर एकजनाको मृत्यु भएकाे छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडेमा लु १ क १३०३ नम्बरको जेसीबीले सडक विस्तार गर्ने क्रममा खसेको ढुंगाले लागेर स्थानीय ३५ वर्षकी श्यामकुमारी मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो घाँस काटी रहेको बेलामाथिबाट खसेको ढुंगाले लाग्दा […]

गोरखा पुगेर श्रृंगलाले भने : ऐतिहासिक भूमिमा आउन पाउँदा हर्षित छु

१२ मंसिर, गोरखा । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृगंला शुक्रबार गोरखा पुगेका छन् । भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका तीन वटा विद्यालय भवनको उद्घाटन गर्न उनी गोरखा आएका हुन् । गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माविको नवनिर्मित भवन उद्घाटन गर्दै उनले आधुनिक नेपाल स्थापना गर्ने राजा पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा आफू हर्षित […]

सस्तोमा धान बेच्न बाध्य छन् कैलालीका किसान

१२ मंसिर, कैलाली । धनगढी उपमहानगरपालिका–१ का किसान कनैया चौधरीले केही दिनको अन्तरालमा २ पटकसम्म धान बेचे । पहिलो पटक ६ क्वीन्टल धान बेच्दा प्रतिक्वीन्टल २ हजार रुपैयाँ पाएका उनले दोस्रो पटक १२ क्वीन्टल बिक्री गर्दा प्रतिक्वीन्टल २ हजार ३ सय रुपैयाँ पाए । ‘धान पाकिसकेपछि हामीलाई बेच्न हतार हुन्छ । घरमा धेरै राख्ने ठाउँ […]

डीएसपी सम्पर्कविहीन प्रकरण : मालाखेतीमा नयाँ इञ्चार्ज पठाइयो

१२ मंसिर, काठमाडौं । इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज सम्पर्कबिहीन भएको प्रकरणपछि उनको ठाउँमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) पठाइएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले डीएसपी प्रेमबहादुर शाहीलाई त्यहाँ काज सरुवा गरेको हो । उनी लागूऔषध नियन्त्रण ब्युरो, बबरममहलमा कार्यरत थिए । मालाखेतीका डीएसपी भरतराज चौधरी मंगलबार राति ९ बजेपछि सम्पर्कविहीन भएका थिए । […]

लम्बोदर न्यौपानेलाई थप एक हप्ता हिरासतमा राख्न अनुमति

१२ मंसिर, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई थप एक हप्ता हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीमाथि अनुसन्धानका लागि एक हप्ता थुनामा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको हो । उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको सीआईबीका निर्देशक […]

देशभरका तीन हजार किमी सडक आवधिक मर्मत गरिने

१२ मंसिर, काठमाडौं । सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो । आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा […]

विद्युत प्राधिकरण हेटौंडाका प्रमुख जैसवालविरुद्ध भ्रष्टाचार मुद्दा

१२ मंसिर, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवालविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा जैसवालले निर्माणाधिन सो प्रसारण लाइन भित्रपर्ने रुखहरु […]

बाराबाट १० जुवाडे पक्राउ

१२ मंसिर, वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय राजेन्द्र उप्रेती, ३९ वर्षकै दिपक भट्टराई, वडा नं ९ बस्ने ३७ वर्षीय प्रल्हाद दुलाल, वडा नं ७ ४८ वर्षीय राजेश गिरी, ४५ वर्षीय श्याम सिंह, वडा नं १ बस्ने ४२ वर्षीय रोबिन दहाल, बाराको निजगढ […]

३ लाख ३२ हजारसहित १४ जना जुवाडे पक्राउ

१२ मंसिर, काठमाडौं । मकवानपुरमा ३ लाख ३२ हजार ८९२ रुपैयाँ नगदसहित बिहीबार राति ९ बजे १४ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौंडा उपमहानगरपालिका-४ पारिजात पथस्थित दिलबहादुर मोक्तानको घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुबाट नगदसहित १२ बुक तास र ३१ वटा कौडासमेत […]

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन

१२ मङ्सिर, भीमेश्वर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् । हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको […]

कोरोना संक्रमित वृद्धाको गण्डकी मेडिकल कलेजमा मृत्यु

१२ मंसिर, काठमाडौं । कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–७ की ७६ वर्षीया वृद्धाको शुक्रबार बिहान ७ः३० बजे मृत्यु भएको हो । उनीमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार […]

प्रधानले ढकाललाई भने-सेकेन्ड लाइनमा बस्नुस्, ढकालको जवाफ-अरुको एजेन्डा नबोक्नुस्

१२ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले आफ्ना प्रतिस्पर्धी चन्द्र ढकाललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । महासंघको ५४ औं साधारणसभाको बन्द शत्रमा बोल्दै उनले प्रधानले यसपटक आफूलाई छाडिदिन र अर्को पटक नेतृत्व लिनका लागि ढकालसँग आग्रह गरे । ‘तपाईंलाई असल र सरल व्यक्तिको रुपमा मैले पाएको छु, […]

कतारको रोजगारीमा सिन्डिकेटको कालो बादल

१२ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभागले सोमबार दुई र मंगलबार एक म्यानपावरमा छापा मार्‍यो । कतार पठाउने नाममा श्रमस्वीकृति नलिई कामदारसँग अन्तर्वार्ता लिइरहेको सूचना विभागमा पुगेको थियो । होप इन्टरनेसनल ओभरसिज, डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा विभागले छापा मारेर कागजपत्र जफत गरेर स्पष्टीकरण सोधेको छ । यि तीनवटै म्यानपावर कम्पनीले ‘कतारी पुलिस’मा […]

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम अनुमोदन

१२ मंसिर, काठमाडौं । संसदीय सुनुवाई समितिको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । समितिको शुक्रबार बसेको बैठकबाट श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन भएको हो । संसदीय अनुमोदनसँगै श्रेष्ठको चार वर्षका लागि परिषद् सदस्य बन्ने बाटो खुलेको छ । संसदीय समितिमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । सांसदहरूले […]

पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

१२ मंसिर, काठमाडौं । कास्कीको पोखरामा थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना महिला  र चरक मेमोरियल अस्पतालमा एकजना पुरूषको मृत्यु भएको हो । प्रतिष्ठानमा पोखरा महानगरपालिका–३२ का ६६ वर्षीया महिलाको शुक्रबार मृत्यु […]

कञ्चनपुरमा दुई दिनमा दुई जनाको शव भेटियो

१२ मंसिर, कैलाली । कञ्चनपुरमा दुई दिनको अवधिमा दुई जनाको शव फेला परेको छ । शुक्रबार बिहान भीमदत्त नगरपालिका – ४ स्थित महेन्द्रनगर बजारमा बेदकोट नगरपालिका ४ का २४ वर्षीय कमल दमाई मृत फेला परेका छन् । टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । […]

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१२ मंसिर, काठमाडौं । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–१७ का ५१ वर्षीय पुरूषको बिहीबार राति ८ः२७ बजे मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार राति उपचारका लागि ल्याइए पनि मेडिकल कलेज आइपुग्नु पूर्व नै उनको मृत्यु भइसकेको पाइएको मेडिकल कलेजका निर्देशक प्रा. […]

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१२ मंसिर, बुटवल । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिलाको भिम अस्पताल भैरहवामा मत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार उनी बिहीबार राति १२ बजे अस्पताल भर्ना भएकी थिइन् । उपचारको क्रममा बिहीबार राति १२ः४० बजे उनको मृत्यु भएको पोख्रेलले बताए । […]

कहाँ चुक्यो सरकार ? सरकारी संयन्त्रले काम गरिदिएन !

१२ मंसिर, पोखरा । श्वासप्रश्वासमा समस्या आएपछि चार वटा अस्पताल पुर्‍याउँदा पनि काठमाडौं घर भइ अन्नपूर्ण गाउँपालिका–३, कास्कीमा बस्दै आएका राजेश कार्कीको ज्यान बचेन । तीन वटा अस्पतालले भर्ना नलिइएपछि मणिपाल पुर्‍याइएका कार्कीको समयमा उपचार नपाएरै ज्यान गुम्यो । मेट्रोसिटी अस्पताल, लेकसेटी, फिस्टेल अस्पताल लगायतले आईसीयू र भेन्टिलेटर नभएको भन्दै पठाएपछि कार्कीले पनि स्याङ्जाकी धनमाया […]



from समाचार – Online Khabar https://ift.tt/3la0vVW
via IFTTT
Powered by Blogger.