Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

घुस लिएको आरोपमा सई र प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

१५ मंसिर, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बाँकेको खुर्दस्थित इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) लुद्रबहादुर केसी र प्रहरी हवल्दार राजेशबहादुर द्वालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सई केसी र प्रहरी हवल्दार राजेशले चिरान मिल र ईंट्टा भट्टामा आँप प्रजातिको काठ लैजान सहजीकरण गरिदिने भन्दै […]

पाटनको ऐतिहासिक अग्निशालाको स्वरूप फेरिँदै

१५ मंसिर, काठमाडौं । ललितपुरको ऐतिहासिक अग्निशालाको अब स्वरुप बदलिने भएको छ । विश्वसम्पदामा सुचीकृत गर्ने पहल अघि बढाउन समस्या भएपछि अहिले ललितपुर महानगरपालिकाले यसको पुनर्निमाण गर्न लागेको हो । वि.सं. १९९० सालसम्म झिँगटीको छानो रहेको यो अग्निशालामा १९९० मा गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको थियो । त्यसपछि बेलायत सरकारको सहयोगमा जस्ताको छानो लगाइएको थियो […]

‘सरकारले भत्काएको घर सम्झेर निन्द्रा लाग्दैन’

१५ मंसिर, काठमाडौं । ७१ वर्षीय मैना तामाङ नोवेल कोरोना भाइरस महामारीका बेला पनि दिनहुँ लोलाङबाट रिले अनशन बस्न बालाजु बाइपास पुग्छिन् । उनी २०७० सालसम्म बालाजुस्थित घरमा चिया पसल चलाउँथिन् । २०२६ सालदेखि बस्दै आएको घर सडक विस्तारको नाममा सरकारले भत्काईदिएपछि उनी बेघर भइन् र लोलाङमा भाडामा बस्न थालिन । काठमाडौं उपत्यका विकास प्राधिकरणले […]

एफएनसीसीआईको कोषाध्यक्ष चयनका लागि मतदान सुरु

१५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न मतदान सुरु भएको छ । निर्वाचित केन्दि्र सदस्यहरुबाट एक जनालाई कोषाध्यक्षमा मनोनयन गर्नुपर्ने व्यवस्था भए पनि सर्वसम्मत हुन नसकेपछि मतदान सुरु भएको हो । कोषध्यक्षका लागि अध्यक्ष शेखर गोल्छा समूहबाट सकुन्तला हिराचन र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहबाट डिबी बस्नेत उम्मेदवार छन् । उनीहरुमध्ये एक […]

लगानी प्रवर्द्धन, उत्पादन वृद्धि र रोजगारी सिर्जनाबाट अर्थतन्त्र उकासिन्छ : अर्थमन्त्री

१५ मंसिर, काठमाडौं । अर्थमन्त्री विण्णु पौडेलले कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणमा लगानी अभिवृद्धि, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका उपाय अपनाइने बताएका छन् । अर्थतन्त्र अहिले जुन अवस्थामा छ, त्यहीँबाट चलायमान बनाउनुपर्ने उनको भनाइ छ । यसका लागि निजी क्षेत्र र विज्ञहरुसँगको सहकार्य महत्वपूर्ण हुने उनले उल्लेख गरे । नेपाल आर्थिक पत्रकार […]

प्रधानमन्त्री ओली पनि टिकटकमा

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्‍चालनमा आएको छ । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् । यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई २६ सय जनाले फलो गरेका छन् । […]

गोरखामा अवैध क्रसर उद्योग बन्द गर्न प्रशासनको पत्राचार

१५ मंसिर, गोरखा । जिल्लामा सञ्चालित अवैध क्रसर उद्योगहरु बन्द गराउन जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई पत्राचार गरेको छ । आइतबार कार्यालयले पत्र लेखी आ–आफ्नो स्थानीय तहमा सञ्चालित अवैध क्रसरहरु बन्द गराउन भनेको हो । ‘पालिकाभित्र सञ्चालित क्रसर उद्योगहरु कानून बमोजिम गर्नुपर्ने नवीकरण तथा प्रक्रिया नपुगेको देखिएकाले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा रणनीतिक आयोजनालाई सामग्री […]

यी महिला, जसले आफ्नै घरमा ‘चोरी’ गरिन् !

१५ मंसिर, काठमाडौं । ललितपुरको महालक्ष्मी–१ का सानुकान्छा पोडे र उनकी श्रीमती कान्छी पोडे आइतबार दिउँसो ललितपुर प्रहरी परिसर, जावलाखेलमा वादविवाद गरिरहेका थिए । कान्छीले आफूमाथि घरेलु हिंसा भएको बताउँदै प्रहरीमा उजुरी दिएपछि एकजना प्रहरी निरीक्षकले उनीहरुबीच छलफल गराइरहेका थिए । साँझ उनै पोडेको घरमा २६ लाख रुपैयाँ नगद र सुनचाँदीका गरगहना चोरी भएको खबर […]

राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन

१५ मंसिर, काठमाडौं । काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए । त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए । […]

जोर-बिजोरमा ट्राफिक नीति : बिहान केही मोटरसाइकल समात्ने, दिनभर छाड्दिने !

१५ मंसिर, काठमाडौं । आजभोलि बबरमहलस्थित कला परिषद् छेउमा हरेक दिन बिहान केही मोटरसाइकल साइड लगाइएको देखिन्छ । पुल्चोक, भद्रकाली र कोटेश्वरमा पनि उस्तै दृश्य देखिन्छ । यसरी थन्क्याइएका मोटरसाइकल तथा स्कुटर जोर-बिजोरको नियम नमानेको ट्राफिक प्रहरीले रोकेको हो। बिहान केही सवारीसाधनलाई रोकेर राखेपछि ट्राफिक प्रहरीको कोटा पुग्छ र त्यसपछि दिनभर कुनै पनि सवारीसाधनलाई चेकजाँच […]

ठोरी अस्पतालको शिलान्यास

१५ मंसिर, ठोरी । पर्साको ठोरी गाउँपालिका–२ मा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । गौतमनगरस्थित ठोरी स्वास्थ्य चौकी परिसरमा सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ठोरी अस्पतालको शिलान्यास गरेका हुन् । पर्साको सुदूरपश्चिममा रहेको यस गाउँपालिकामा अस्पताल नहुँदा उपचारका लागि सर्वसाधरणहरु जिल्ला सदरमुकाम वीरगञ्ज, चितवनको भरतपुरका साथै भारतमा जानुपर्ने बाध्यता थियो । […]

रौतहटमा पुरुषको शव भेटियो

१५ मंसिर, रौतहट । रौतहटमा एकजना व्यक्तिको शव फेला परेको छ । माधवनारायण नगरपालिका-४ बिसुनपुर्वा मानपुरमा ४५ वर्षीय पुरुषको शव फेला परेको हो । गाँउघरमा देखाइने नाच प्रोगाममा काम गर्ने माधवनारायण ५ मिठुअवाका ४५ वर्षीय दशै रामको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा मुखबाट रगत बगेकोले कुटपिट वा अन्य कारणले मृत्यु […]

अरुभन्दा किन महत्वपूर्ण बन्नेछ अक्सफोर्डको कोरोना खोप ?

१५ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि खोपको प्रतीक्षा विश्वभर छ । खोप आएपछि महामारी विस्तारै नियन्त्रण हुँदै जाने अपेक्षा छ । खोप विकास गरेका केही कम्पनीले खोप प्रभावकारी रहेको र अबको केही समयमा नै विश्व बजारमा आउने दाबी गरेका छन् । अहिलेसम्म फाइजर, मोडेर्ना र अक्सफोर्ड युनिभर्सिटीले आफ्नो खोपको अन्तिम […]

पोखरामा ४ जना कोरोना संक्रमितको मृत्यु

१५ मंसिर, काठमाडौं । कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना र चरक मेमोरिय अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूषको […]

साझा र विवेकशीलको एकता : रवीन्द्र अध्यक्ष र मिलन संयोजक बन्ने ‘समझदारी’

१५ मंसिर, काठमाडौं । साझा र विवेकशील पार्टीबीचको एकता प्रक्रिया टुंगोमा पुग्न आँटेको छ । प्राय विषयहरुमा सहमति भएर एकता घोषणाको अन्तिम तयारी भइरहेको दुवै दलका नेताहरुले बताएका छन् । एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी गत असारदेखि फेरि एकता प्रयासमा फर्केका थिए । साझाले केन्दि्रय कमिटीबाट एकता प्रस्ताव पारित गरेको छ […]

पोखरामा भेन्टिलेटर जुटाउँदै निजी क्षेत्र

१५ मंसिर, पोखरा । गण्डकी प्रदेश सरकारले ३१ वटा भेन्टिलेटर किन्न भनेर बजेट विनियोजन गर्‍यो । तर, अझै १३ वटामात्र खरिद गरेको छ । गण्डकीमा सरकारी तथा निजीमा गरेर ६२ वटा भेन्टिलेटर रहेको हिसाब सरकारसँग छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड उपचार केन्द्रमा २ वटामात्र भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको छ । […]

अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १७ घाइते

१५ मंसिर, कैलाली । अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको हो । दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा उनको […]

कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१५ मङ्सिर, कैलाली । कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका-४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मङ्सिर ८ गते श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना भएको पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । उनको […]

शयन कक्षबाटै सगरमाथा नियाल्दा (फोटो फिचर)

१५ मंसिर, काठमाडौं । शयन कक्षबाटै देखिने विश्वको सर्वोच्च शिखर सगरमाथा । लहरै हिम श्रृंखला । नीलो आकाश । स्वच्छ हावा । शान्त वातावरण । आहा ! यस्तो वातावरणमा एकैछिन मात्र भए पनि बस्ने मन कसलाई पो नहोला र । तर अलिकति समय छुट्याउने हो भने यस्तै वातावरणमा रमाउन जो कोही पनि सक्छ । र, […]

ट्रान्सपरेन्सीको प्रश्न : सरकारको अनुहारमा दाग छ, ऐना फुटाउने ?

१५ मंसिर, काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले आइतबार नेपाली कागजमा दुईपन्ने प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार गर्दछ ।’ रोचक त के छ भने सरकारले अस्वीकार गर्ने बताएको ‘ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले भ्रष्टाचारसम्बन्धी इन्डेक्समा नेपाललाई केही सकारात्मकरुपमा समेत प्रस्तुत गरेको छ । उदाहरणका लागि- […]

तोलामा ७०० ले घट्यो सुनको भाउ

१५ मंसिर, काठमाडौं । सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कायम भएको हो । सोमबार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमरको कारोबारका लागि छापावाल सुनको भाउ ९० हजार […]



from समाचार – Online Khabar https://ift.tt/2VjNKgN
via IFTTT
Powered by Blogger.