समाचार
१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३१ का नेपाली कांग्रेस इकाइ सभापति उज्ज्वल कोइरालाको निधन भएको छ । पुरानो बानेश्वर निवासी कोइराला सुगर सम्बन्धी समस्याबाट पीडित थिए । उनको शनिबार बिहान सिभिल अस्पतालमा निधन भएको हो । कोइरालालाई कोरोना संक्रमण पनि भएको थियो । तर उनी कोरोना संक्रमणमुक्त भएको तीन साताभन्दा बढी भइसकेको […]
१३ मंसिर, काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित […]
१३ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि […]
१२ मंसिर, विराटनगर । भोजपुरको हतुवागडी–४ कि शान्ति राईका बुबालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर आएका उनलाई ८ मंसिर मा कोरोना पुष्टि भयो । चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्ने सुझाव दिएपछि उनले सुरुमा सरकारी अस्पतालमै सोधीखोजी गरिन्। तर कतै खाली नभएको पाएपछि बुबालाई नोबेल मेडिकल कलेजमा लगिन् । तर अस्पतालले भर्ना […]
१२ मंसिर, काठमाडौं । केही घण्टाका लागि मंसिर ५ मा धुम्बाराही जानुबाहेक दश दिनयता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमै बिताए । निवासमै भेट्न आउनेहरुसँग कुराकानी त गरे, तर कुनै औपचारिक/अनौपचारिक कार्यक्रम वा भेटवार्ताका लागि बाहिर निस्किएनन् । प्रधानमन्त्रीनिवास बालुवाटार त जाँदै गएनन् । नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री […]
१२ मंसिर, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताले सुनसरीको इटहरीमा भेला गरेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का आफू निकट नेताको भर्चुअल भेला गरेको केही दिनपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताले सुटुक्क भेला गरेका हुन् । ‘इटहरी ब्याङकेट’मा […]
१२ मंसिर, चितवन । भरतपुर कारागारको पर्खालको उचाइ करीव १५ फिट अग्लो छ । तर, यही पर्खाल नाघेर जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका एक कैदी बिहीबार साँझ भागे । कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ कारागारबाट भागेपछि उनको खोजी भइरहेको छ । जिल्ला कारागार प्रमुख कमलप्रसाद काफ्लेले बिहीबार साँझ संख्या गन्ने बेलामा […]
१२ मंसिर, काठमाडौं । कतारमा नयाँ श्रमिक पठाउन बाटो खुलेको छ । कतारस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेपछि अब विदेशबाट म्यानपाव कम्पनीरले श्रमिकको नयाँ डिमान्ड ल्याउन सक्ने भएका छन् । कतारमा मागपत्र प्रमाणीकरण सुरु नहुँदै काठमाडौंमा म्यानपावर कम्पनीले अन्तरवार्ता लिन थालेको भेटिएको थियो । यही बेला नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको हो । […]
१२ मंसिर, काठमाडौं । सरकारले एक वर्षको अवधिमा ३ अर्ब ८० करोड रुपैयाँ कर फिर्ता गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा कुल ६ अर्ब ६८ करोड रुपैयाँ कर फिर्ताको माग दाबी परेको थियो । त्यसबाट आन्तरिक राजस्व विभागले ३ अर्ब ८० करोड रुपैयाँ कर फिर्तायोग्य रकम ठहर गरेको हो । यसमध्ये कूटनीतिक नियोग, कुटनीतिज्ञ […]
१२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खेलबाड गरेको भेटिएको छ । मन्त्रालयले हरेक दिन पहिचान भएका संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्दै आएको छ । शुक्रबार १७०३ जनामा संक्रमण पुष्टि भएको र २३ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । तर मृतकको संख्यामा भदौ/असोजमै […]
१२ मंसिर, काठमाडौं । एक वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई) गएका ४० युवा अहिले न्याय माग्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् । ओशो रिक्रुटमेन्टले ड्राइभिङका लागि भन्दै अढाईदेखि ३ लाख रुपैयाँसम्म असुलेर यूएईमा पुर्याएका उनीहरुमध्ये धेरैले कामै पाएनन् । काम पाएकाले पनि भनेअनुसार तलब, कमिसन र वर्किङ आवरसहितका सेवा सुविधा पाएनन् । कोरोना महामारी सुरु […]
१२ मंसिर, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको पावर ट्रान्समिसन र वितरणको स्तरोन्नतिको लागि १५ करोड ६० लाख डलर ( करिक १८ अर्ब ४७ कराेड रूपैयाँ) ऋण स्वीकृत गरेको छ । नेपालको अधिकांश मानिसको पहुँच ग्रिडबाट आपूर्ति हुने विद्युतमा रहेको अवस्थामा यसको क्षमता वितार, विद्युत् वितरण नेटवर्कको वर्तमान र भविष्यमा बढ्नसक्ने मागलाई धान्न सक्ने […]
१२ मंसिर, काठमाडौं । सरकार, भ्रष्टाचार, राजनीतिक दल र नेतृत्व लगायतका विषयमा दुई दिनमा दुई थरीका अपील जारी भएका छन् । बिहीबार जारी अपीलमा संवैधानिक स्थायित्व, कार्यपालिकाको नियन्त्रण र सन्तुलन, सत्तारुढ दलको दायित्व, भूराजनीतिक चिन्ता, नेतृत्व पुस्तान्तरण, राजकाज र भागबन्डामा केन्द्रित छ । १३ जनाद्वारा हस्ताक्षरित अपीलमा भनिएको छ, ‘नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि संसद्मा दुई […]
१२ मंसिर, काठमाडौं । निजी क्षेत्रको ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । महासंघको वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ६३ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको […]
१२ मंसिर, वीरगञ्ज । शीतलहरबाट हुने जोखिम न्यूनिकरणका लागि बारामा पूर्व तयारी थालिएको छ । बाराको कोल्हबी नगरपालिकामा जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकमा शीतलहरबाट हुने जोखिम न्यूनिकरणका लागि थाल्नु पर्ने पूर्व तयारीका बारेमा छलफल भएको छ । बैठकले शीतलहरको पूर्व तयारी गर्ने लगायत विभिन्न निर्णय गरेको जिल्ला समन्वय समिति बाराका सभापति नवल किशोर सिंहले […]
१२ मंसिर, जनकपुरधाम । बालिकामाथि यौन दुव्र्यबहारको घटनामा उन्मुक्ति पाएका वृद्धले सप्तरीमा फेरि त्यस्तै घटना दोहोर्याएको पाइएको छ । तिरहुत गाउँपालिका–५ लोहजारामा ७ वर्षकी बालिकालाई स्थानीय ७६ वर्षका लक्ष्मी महतोले बलात्कार प्रयास गरेको उजुरी प्रहरीकामा पुगेको छ । गाउँकै बालिकालाई घरमा बोलाएर दूधभात खान दिएर उनले बलात्कारको प्रयास गरेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी […]
१२ मङ्सिर, काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । […]
१२ मंसीर, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा लागूऔषध बिक्री गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरिएको छ । सोही नगरपालिकाको वडा नम्बर १० इनर्वा बस्ने ३२ वर्षीय राजीव मण्डललाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । मण्डलले आफ्नै घरमा बिभिन्न किसिमको लागूऔषध राखेर बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय […]
१२ मंसिर, बुटवल । लुम्बिनी प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा स्मार्ट रिफ्रेस सेन्टर बन्ने भएको छ । सैनामैना–९ पिपलडाँडा (सालझण्डी नजिक) करिब एक बिघा क्षेत्रफलमा साढे तीन करोड लगानीमा स्मार्ट रिफ्रेस सेन्टर बन्न लागेको हो । लामो दुरीका सवारी चालक र यात्रुलाई विश्राम र आरामका लागि प्रदेशका पाँचवटा जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर […]
१२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना […]
१२ मंसिर, सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका गतिविधि बढेपछि हुम्लाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन गरिएको छ । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दैै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले ३० जना सुरक्षाकर्मीको टोली गाउँगाउँमा परिचालन गरेको हो । पछिल्लो समय हुम्लाको तल्लो भेगमा राज्यबाट विप्लव समूहका गतिविधि बढेपछि तीनवटै सुरक्षा […]
from समाचार – Online Khabar https://ift.tt/3mhPNOl
via IFTTT