समाचार
१२ मंसिर, चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उनका अनुसार बिहीबार साँझ ५:३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । […]
१२ मंसिर, जलेश्वर । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गएराति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते […]
१२ मंसिर, काठमाडौं । सुनको मूल्य ओरालो लाग्नेक्रम शुक्रबार पनि जारी छ । अघिल्लो कारबार दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजकालागि सुनको छापावल प्रतितोला भाउ ९१ हजार तीन सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ भने ९० हजार ८ […]
१२ मंसिर, विराटनगर । कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । १७ दिनकी सुत्केरी महिलाको बिहीबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । श्वास फेर्न गाह्रो भएपछि १० मंसिरमा महिलालाई […]
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९० विरुद्धको खोप अबको केही समयमै विश्व बजारमा आउने अपेक्षा छ । फाइजर, मोडेर्ना र एक्स्ट्राजेनेकाले आफूले विकास गरेको खोपको अन्तिम चरणको नतिजा सार्वजनिक गरिसकेका छन् । तीनै खोपले आगामी केही सातामा अनुमति पाउन सक्ने अपेक्षा गरिएको छ । अनुमति पाएसँगै खोपहरुको वितरण विश्वभर हुनसक्ने कम्पनीहरुले बताएका छन् । यद्यपि एसियाली […]
१२ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको बताएका छन् । एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा श्रृखलाले दुई देशबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताए। कोरोना महामारीमा पनि दुवै देशसँगै रहेको र मिलेर लड्नुपर्नेमा उनले जोड दिएका छन् । भारतले […]
१२ मंसिर,बुटवल । नियम विपरीत काम गरेका कपिलवस्तुका दुईवटा पेट्रोल पम्पलाई नेपाल आयल निगमले सिल गरेको छ । तौलिहवास्थित चिन्नीलाल कान्दु पेट्रोल पम्प र डंगरीस्थित आदि शक्ति माता आयल सप्लायर्स बिहीबार सिल गरिएको हो । चिन्नीलालले डिजेल बिक्रीको अनुमति लिएर पेट्रोल पनि बिक्री गरेको तथा एक पेट्रोल पम्पले अर्को पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ बिक्री गर्न […]
१२ मंसिर, काठमाडौं । दोलखाको भिमेश्वर मन्दिरभित्र रहेको भीमसेनको अश्वेत मूर्ति बेलाबखत देशब्यापी चर्चामा आउने गर्छ । चर्चाको विषय एउटै हुन्छ– मूर्तिमा ‘पसिना’ आएको । पछिल्लोपटक गत मंगलबार उक्त मूर्तिमा पसिना आएको खबर फैलियो । यससँगै सरकारी निकायसमेतको संलग्नतामा विभिन्न परम्परागत विधी, अनुष्ठानहरु भए । दोलखा भीमसेनलाई पसिना आउँदा देशमा ‘अनिष्ट’ हुन्छ भन्ने पुरातन विश्वास […]
१२ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरुबीच प्रशिक्षणको कमी रहेको बताएका छन् । पार्टीभित्र लोकतन्त्रको पनि राम्रो अभ्यास नभएको बताउँदै उनले प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउनुपर्नेमा जोड दिए । शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले सो धारणा […]
१२ मंसिर, गुल्मी । गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर-४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु् भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी […]
१२ मंसिर, काठमाडौं । गत सोमबार पोखरामा यात्रुसहित प्याराग्लाइडिङ दुर्घटना भयो । दुर्घटनामा पाइलट राजु गैरेको निधन भयो । यात्रु शीला श्रेष्ठ घाइते भइन् । पोखरामा प्याराग्लाइडिङको इतिहास करिब दुई दशक लामो छ । यसबीचमा दुई दर्जनभन्दा बढी दुर्घटना भएका छन् । यात्रुसहित प्याराग्लाइडिङ दुर्घटना भएर मानवीय क्षति निम्तिएको चाहिँ यो पहिलो घटना हो । […]
१२ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पेटसम्बन्धी समस्या देखिएपछि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । चिकित्सकले नेता पन्तलाई केही दिन अस्पतालमा राखिने उपचार गर्नुपर्ने बताएको छ ।
१२ मंसिर, काठमाडौं । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला भएको बताएकी छन् । यसबारेमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि कुराकानी भएको उनले जानकारी दिइन् । शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘कति गते […]
१२ मंसिर, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको विहान सवा पाँच बजे र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको हो । भरतपुर–१७ का वृद्ध यही मंसिर ५ […]
१२ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगला बिहीबार नेपाल आएलगत्तै उच्चस्तरीय भेटघाटमा व्यस्त रहे । शुक्रबार काठमाडौंको सोल्टी होटल, गोरखा र मनाङका कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किंदैछन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा काठमाडौं आएका उनले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र परराष्ट्रसचिव […]
१२ मंसिर, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत ७६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । मोरङको बेलबारी घर भएका ती पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । डायबिटिज र ब्लड प्रेसरको समस्या रहेका ती पुरुष यही मंसिर २ गते अस्पताल भर्ना भएका थिए […]
१२ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्री स्तरीय बैठकको निम्तो दिएका छन् । बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो साता बैठक गर्ने विषयमा दुवै पक्षको बिचमा कुराकानी भइरहेको छ । मन्त्री ज्ञवालीसँगको शिष्टाचार भेटमा भारतीय विदेश सचिवले बैठकका […]
१२ मंसिर, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जीपमा सवार २ जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी […]
१२ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी थिए । विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न विहीबार साँझ सभापति देउवा निवासमा पुगेका थिए । करिब आधा घण्टा चलेको भेटवार्ता […]
१२ मंसिर, काठमाडौं । काठमाडौंको चोभारमा बन्दै गरेको सुख्खा बन्दरगाहको भौतिक प्रगति ५५ प्रतिशत सकिएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । यद्यपि आगामी जेठसम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको दाबी समितिले गरेको छ । कोभिडका बाबजुद पनि आयोजनाको काम तीव्र गतिमा अघि बढेको र ५५ प्रतिशतभन्दा बढी काम भइसकेको नेपाल इन्टरमोडल विकास […]
१२ मंसिर, बागलुङ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी […]
from समाचार – Online Khabar https://ift.tt/3maKVL2
via IFTTT