समाचार
१५ मंसिर, चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन् । सरकारले सोमबार एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दा स्वास्थ्यमन्त्री ढकाल चितवनमा अस्पताल भवन शिलान्यास गर्न पुगेका हुन् । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच […]
१५ मंसिर, काठमाडौं । काठमाडौंको मैतिदेवीबाट सालकको खपेटासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी नगरपालिका–४ का ३२ वर्षीय राम मिजार र सोही ठाउँका २७ वर्षीय नवराज मिजार रहेका छन् । गोप्य सूचनाको आधारमा सोमबार दिउँसो काठमाडौं महानगरपालिका–२९ स्थित मैतिदेवी पेट्रोल पम्प नजिकै गुडिरहेको बा.अ २ ज ६५७ नम्बरको भाडाको ट्याक्सी खानतलासी […]
१५ मंसिर, काठमाडौं । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल थियो । छलफलमा सांसदहरुले विधेयकमा रहेको संघीय र प्रादेशिक कारागारसम्बन्धी व्यवस्थामा प्रश्न उठाए । प्रस्तावित विधेयकमा संघीय सरकार र प्रदेश सरकार मातहत रहने गरी दुई किसिमको कारागारको परिकल्पना गरिएको छ । तर सांसदहरुले दुईथरि […]
१५ मंसिर, डोटी । डोटी जिल्लामा इन्जिनियरिङ क्याम्पस स्थापन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ्ग अध्ययन संस्थाले प्रदेशस्तरीय आंगिक क्याम्पस अध्ययन गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । क्याम्पसको सम्भाव्यता अध्ययनका लागि सोमबार डोटी पुगेका संस्थानको टोलीले भौतिक पूर्वाधार, विद्यार्थीहरुको उपलब्धता, स्थानीयवासीहरुको प्रतिवद्धता र मानवीय स्रोतका उपलव्धताका विषयमा अध्ययन गरिरहेको टोलीका प्रमुख प्रा.डा. त्रिरत्न […]
१५ मंसिर, बुटवल । रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गर्दै बुटवलमा क्यान्सर स्क्रिनिङ सेन्टर सहित चारवटा परियोजना सुरु गरेको छ । क्लवले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा करिब १० करोड रुपैयाँ लागतमा क्यान्सर स्क्रिनिङ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना गर्न लागेको हो । रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्ट अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टरका लागि यो […]
१५ मंसिर, काठमाडौं । कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक […]
१५ मङ्सिर, काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले […]
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्ता संघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लामो समयसम्म संसद बन्द राखेको आरोप लगाएका छन् । महामारीको समयमा पनि संसद बन्द गरेर सत्तारुढ दलले आफ्नो पार्टी भित्रको सत्ता संघर्षको खेल व्यवस्थापन गर्न लागिरहेको उनले दावी गरे । नेपाल सांस्कृतिक संघका पदाधिकारीहरुसँको अन्तर्क्रियामा महतले पाँच […]
१५ मंसिर, काठमाडौं । अमेरिकी सरकारको परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का सन्दर्भमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मत बाझिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूले पूर्ववर्ती सरकारले गरेको एमसीसी सम्झौता कार्यान्वयन मात्रै गरेको बताएका छन् । गत शनिबार प्रचण्डलाई सम्बोधन गरिएको जवाफीपत्रमा उनले […]
मंसिर १५, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका-५ ग्वालसैनमा प्रदेशस्तरीय सरुवा रोग सम्बन्धी अस्पताल निर्माण कार्य प्रारम्भ भएको छ । ५० शैय्या क्षमताको उक्त अस्पतालको सोमबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरेका हुन । योसँगै सुदूरपश्चिम प्रदेशमा सोमबार ५५ अस्पतालहरु शिलान्यास भएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले प्रदेशका ५४ स्थानीय […]
१५, मंसिर, चितवन । सेवा सुविधामा असन्तुष्टि जनाउँदै मजदुरले आन्दोलन गरेपछि नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ । सडक आयोजनाको बुटबल दाउन्ने सडकखण्डका मजदुरहरुले १४ बुँदे माग गरेर काम बन्द गरेका हुन् । उनीहरुले रजहरमा रहेको नारायणगढ बुटबल रोड प्रोजेक्टको कार्यालय गेट अगाडि धर्नासमेत दिएका छन् । मजदुरले नेपालका श्रम कानुन अनुसारको सुविधा, बिमा, […]
१५ मंसिर, जनकपुरधाम । बाद्यवादनसहितको भजनकीर्तन भइरहेको छ । चारैतिर मान्छे बसिरहेका छन् । बीचमा एउटी महिला कपाल खोलेर बसिरहेकी छन् । भजनकीर्तन सुरु भएको १० मिनेटमै महिलाले आफ्नो कपाल नचाउन थाल्छिन् । र, हल्लिन थाल्छिन् । ‘ए, ओइ’, ‘जय महाराज’सहितका आवाज उनको मुखबाट निस्किन थाल्छ । यतिकैमा बाद्यवादन बजाउनेहरु जोर-जोरले बजाउन थाल्छन् । नदी […]
१५ मंसिर, काठमाडौं । श्रीमतीसँग रक्सी खाएको भेटेपछि बुढानीलकण्ठमा एक जना व्यक्तिमाथि खुकुरी प्रहार भएको छ । घटनामा सिन्धुपाल्चोकको चौतारा–४ घर भइ बुढानिलकण्ठ नगरपालिका–५ बस्दै आएका ३५ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका छन् । बाँसबारी अस्पतालमा प्रारम्भिक उपचारपछि हाल उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको छ । तामाङलाई खुकुरी प्रहार गर्ने बुढानीलकण्ठ –३, […]
१५ मंसिर, विराटनगर । सुनसरीको दुहबी नगरपालिका–२ का सुजननारायण चौधरीको हत्या आरोपमा उनकै साथी पक्राउ परेका छन् । बुधबारयता सम्पर्कविहीन भएका १७ वर्षीय चौधरीको हत्या आरोपमा छिमेकी र साथी २० वर्षीय सुमन झा पक्राउ परेका हुन् । सोमबार बिहान सुजनको शव दुहबी– २ मा शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा फेला परेको थियो । जिल्ला प्रहरी […]
१५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या […]
१५ मंसिर, काठमाडौं । कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पुर्याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका एकजना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको रुविभ्याल्ली गाउँपालिका–१ घर भएका खम्ब घले छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको एसपी ईश्वर कार्कीले बताए । उनका अनुसार करिब ५ करोड रुपैयाँ रकम चोरिएको […]
१५ मंसिर, काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कम्तीमा ११० निर्दोष किसानको बर्बर हत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । शनिबार दिउँसो युद्धग्रस्त बोर्नो राज्यको राजधानी मैडुगुरीको नतिजा जेरे क्षेत्रको ग्रामीण कोशोबे र अन्य ग्रामीण क्षेत्रका किसानको हत्या गरिएको हो । नाईजेरियास्थित संयुक्त राष्ट्रसंघका मानविय सहायता संयोजक एडवार्ड कालोनले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, […]
१५ मंसिर, काठमाडौं । झापाको मेचीनगरमा आइतबार राति एक जनाको हत्या भएको छ । मेचीनगर नगरपालिका- ४ का ५० वर्षका पूर्णबहादुर प्रधानलाई एक समूहले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । स्थानीय आमडाँगी मोडमा प्रधानले प्रेम भन्ने दोर्जी तामाङमाथि गरेको कुटपिटको विषयलाई लिएर तामाङसहितको समूहले प्रधानमाथि आक्रमण गरेको थियो । त्यसपछि प्रधानलाई उपचारका […]
१५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत ल्याउँदै हिराचन कोषाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याए । महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीका अनुसार कुल ७२ मत मध्येमा ७१ मत खसेको थियो । हिराचन किशोर प्रधान […]
१५ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हुम्लाको सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर पुगेका छन् । सोमबार बिहान मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गरेर गएका सर्केगाड गएका हुन् । गाउँपालिकाको रकमबाट हेलिकप्टरको भाडा व्यहोर्ने गरी मन्त्री रावल अस्पतालको शिलान्यास […]
१५ मंसिर, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बाँकेको खुर्दस्थित इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) लुद्रबहादुर केसी र प्रहरी हवल्दार राजेशबहादुर द्वालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सई केसी र प्रहरी हवल्दार राजेशले चिरान मिल र ईंट्टा भट्टामा आँप प्रजातिको काठ लैजान सहजीकरण गरिदिने भन्दै […]
from समाचार – Online Khabar https://ift.tt/3lnETFF
via IFTTT