समाचार
११ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपसभामुख चयनका लागि प्रमुख प्रतिपक्षी दलहरुले पहल लिनुपर्ने बताएका छन् । सभामुख सत्तारुढ दलको तर्फबाट भएका कारण सत्तारुढ दलले उपसभामुख लिन नपाउने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै उनले प्रतिपक्षी दलले नै उपसभामुखको विषयलाई अगाडि बढाउनुपर्ने धारणा राखे । बिहीबार संघीय संसद संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली […]
११ मंसिर काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १४३७ रहेको […]
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन्। तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र […]
११ मंसिर, विराटनगर । मोरङका ६ वटा पालिकाले एकसाथ विद्यालय खोल्ने निर्णय गरेका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण चैतदेखि बन्द विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर १५ मंसिरदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् । कानेपोखरी र बुढीगंगाले भने यसअघि नै विद्यालय सञ्चालन गर्दै आएका थिए । विज्ञहरूले भने संक्रमणको जोखिम कायम […]
११ मङ्सिर, कैलाली । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा बुधबार राति एक महिलामाथि सामूहक बलात्कार भएको छ । स्थानीय ३० वर्षकी महिलामाथि मेला हेरेर फर्किएका युवाहरुले सामूहिक बलात्कार गरेको उजुरी परेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । ‘मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिलामाथि बलात्कार गरेको भन्ने उजुरी आएको छ’ उनले […]
११ मंसिर, काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सकिएको छ । वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सहभागी थिए । दुईपक्षीय औपचारिक वार्ता अगाडि दुई सचिवको बीचमा वान अन वान वार्ता भएको थियो । वार्तापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले भने, ‘छलफलको राम्रो शुरुवात भएको […]
११ कात्तिक, काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक तथा सेयर कारोबार रकममले समेत नयाँ रेकर्ड राखेको हो । बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासमै […]
११ मंसिर, रौतहट । हिन्दु राष्ट्र तथा राजसंस्था स्थापनाको माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा बिहीबार प्रदर्शन गरेको छ । रौतहटको गौरमा मोटरसाइकल र्याली सहित सुरु भएको प्रर्दशनमा सहभागीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था सहितको प्रजातन्त्र स्थापना हुनुपर्ने लगायतका नारा लगाएका थिए । राजनीतिक दलका नेताहरुका कारण मुलुकमा भ्रष्टाचार बढेको र जनताले दुःख मात्रै पाएको […]
११ मंसिर, काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले महोत्तरीमा प्रदर्शनकारीमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ । एम्नेस्टी इन्टरनेसनल, नेपालले बिहीबार यो घट्नाबारे प्रतिक्रिया जनाउँदै भनेको छ, ‘नेपालमा प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीहरूद्वारा मृत्यु र गम्भीर घाइते हुनेगरी प्रदर्शनकारीमाथि बलको अत्यधिक प्रयोग गरेको यो अर्को घट्ना एकदमै चिन्ताजनक छ ।’ महोत्तरीको बर्दिबास–६ की ६ वर्षीया […]
११ मंसिर, काठमाडौं । ३ मंसिरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई हस्ताक्षर गराएको १६ बुँदे प्रतिबद्धताको एउटा बुँदामा भनिएको छ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय जनप्रतिनिधि र स्थानीय नागरिकप्रति जिम्मेवार र जवाफदेही रही आफ्नो कार्यसम्पादन गर्नेछु । ‘खटिएको स्थानमा कम्तीमा एक वर्ष सेवा गर्नेछु’ प्रतिबद्धता पत्रको […]
११ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनलाई नेपालको सन्देश ‘मिलेर अगाडि बढ्न चाहन्छौं’ भन्ने हुने बताएका छन् । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौंमा छन् भने आइतबार चिनियाँ रक्षामन्त्री आउँदैछन् । यसलाई लिएर संसदीय सुनुवाई समितिमा भारतीय वा चिनियाँ कार्ड खेल्न खोजेको हो कि प्रश्न उठेको थियो । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले त्यसलाई […]
११ मंसिर, काठमाडौं । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको वलात्कार भएको घटनाको भर्त्सना गरेको छ । राष्ट्रसंघले विहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै तत्काल सबै कानुनी प्रक्रिया अबलम्बन गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । सो घटना घरेलु हिंसा विरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा भएको भन्दै राष्ट्रसंघले […]
११ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएको छ । अनलाइनखबरमा बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता शीर्षकको समाचार प्रकाशित भएको भोलिपल्ट बुधबार जसपाले भत्ता फिर्ताको आग्रह गरेर संसद सचिवालयलाई पत्र लेखेको हो । जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीको […]
११ मंसिर, बर्दिवास । महोत्तरीको बर्दिवासस्थित पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध भएको छ । ६ वर्षीय बालिका हत्या र बालिका हत्याको विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्युको विरोध गर्दै स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध बनाएका हुन् । स्थानीयवासीले प्रदर्शनसमेत गरेका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ । बालिका हत्याको विरोध प्रदर्शनको […]
११ मंसिर, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले भेटवार्ता सुरु भएको छ । बिहीबार विहान काठमाडौं आएका उनी अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा छन् । होटल याक एण्ड यतीमा जारी वार्ता सकिएपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन् । त्यसक्रममा उनले दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम छ […]
११ मंसिर, पोखरा । प्रदेश मुख्यमन्त्रीको सपथ खाएलगत्तै पृथ्वीसुब्बा गुरुङले योजना सुनाएका थिए, ‘प्रदेशले आफ्नै विश्वविद्यालय बनाउँछ । राजनीतिभन्दा पर जुन अनुसन्धानमा आधारित प्राविधिक र गुणस्तरीक्ष प्राज्ञिक थलो बन्ने छ ।’ मुख्यमन्त्रीको योजनाअनुसारै गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन सञ्चालन गर्न बनेको ऐन संसदबाट गत वर्ष असोज ८ गते पारित भएर कानुन पनि बन्यो । विश्वविद्यालयलाई राजनीति […]
११ मंसिर, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवर प्रहरी प्रवक्ता चयन भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार एसएसपी कुँवरलाई प्रवक्ता तोकेको हो । यसअघिका प्रहरी प्रवक्ता कुवेर कडायत प्रहरी युक्ति तालिम महाविद्यालय (जर्गाह, नवलपरासी) सरुवा भएका छन् ।
११ मंसिर, विराटनगर । मोरङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लेटाङ र रतुवामाई घर भएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि मंसिर ९ गते मंगलबार उनी मेडिकल […]
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । उनी बिहीबारका लागि बोलाइएको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा नगएका हुन् । समितिले सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताको विषयमा छलफल गर्न प्रधानमन्त्री […]
११ मंसीर, जनकपुरधाम । धनुषामा एकजना महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका-७ बेलाकुटीमा कोठा भाडा लिएर बस्दै आएकी महिला बिहीबार मध्यान्ह मृत फेला परेको प्रहरीले जनाएको छ । मृत महिलाको नाम रेखा रहेको र थप विवरण खुल्न नसकेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्रकुमार मिश्रले बताए । अन्दाजी २३ वर्षीया महिला श्रीमानसँगै […]
११ मंसिर, काठमाडौं । कोशी नदीको पानी मेची नदीमा पुर्याएर आफ्नो भूमि सिँचाइ गर्ने भारतको महत्वाकांक्षी परियोजना एक कदम अगाडि बढेको छ । लामो समयदेखि चर्चामा रहेको सो परियोजना कोशी–मेची रिभर इन्टरलिनिङ प्राजेक्ट हो । जस अनुसार वर्षायाममा कोशीमा जम्मा गरेको पानी हिउँदमा भारतमा पर्ने मेची नदीमा खसालिनेछ र भारतका सुख्खा खेतमा सिँचाइको लागि उपयोग […]
from समाचार – Online Khabar https://ift.tt/33eNHYb
via IFTTT