समाचार
१४ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।
१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलरको वेई फेङहेको नेपाल भ्रमण सैन्य भ्रमण/सहयोग आदान प्रदान,आर्थिक सहकार्य र कोभिड- १९ सँग सम्बन्धीत सहकार्यमा विषयमा केन्द्रित रहेको चीनले जानकारी दिएको छ । चिनियाँ रक्षा मन्त्रालयले नेपाली नेता र अधिकारीहरुसँगको कुराकानीमा यि विषयमा कुराकानी गरेको संक्षिप्त जानकारी दिएको छ । चिनियाँ रक्षामन्त्री एक दिने भ्रमण सकेर […]
१४ मंसिर, काठमाडौं । गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्षको रुपमा पदभार ग्रहण गरेका छन् । वर्तमान अध्यक्ष भवानी राणाले आइतबार साँझ गोल्छा नेतृत्वको समितिलाई कार्यभार सुम्पिएकी हुन् । गोल्छा साढे ३ वर्ष अघिको निर्वाचनमा किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष बनेका थिए । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने […]
१४ मंसिर, काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेई फेङ्हेले नेपाली सेनालाई थप सहयोग गर्ने बचन दिएका छन् । कोभिड-१९ भाइरसको महामारी नियन्त्रणको सन्दर्भमा नेपाली सेनामार्फत नेपाललाई सहयोग गर्न तयार रहेको फेङ्हेले बताएका हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगीअड्डामा दुईपक्षीय भेटवार्ता गर्दै फेङ्हेले भनेका छन्, ‘कोरोना महामारीविरुद्धको प्रतिकार्यमा चीन नेपाललाई थप सहयोग गर्न […]
१४ मंसिर, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनको तयारी पूरा गरेको संसद सचिवालयले सांसदहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने योजना बनाएको छ । सबै सांसदको निःशुल्क कोरोना परीक्षण गर्ने तयारी छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘सांसदहरुको पुनः एक पटक कोरोना परीक्षण निशुल्क गर्ने विषयमा संसद सचिवालय, स्वास्थ्य मन्त्रालय र शुक्रराज ट्रपिकल तथा […]
१४ मंसिर, काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० अस्वीकार्य भएको बताएको छ । यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको सरकारको दाबी छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको उल्लेख गरिएको छ । तर सरकारले भने ट्रान्सपरेन्सीको यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट […]
१४ मंसिर, काठमाडौं । भारतको बरौनीबाट पेट्रोल लिएर दुईवटा ट्यांकर ३ मंसिरमा नेपाल आयल निगमको थानकोट डिपो आइपुगे । वीर बेताल आर्शिवाद कम्पनीको ना ७ ख ३९९६ र ना७ख २९९५ नम्बरको ती ट्यांकरले सधैंझैं निगमको भण्डारण केन्द्रमा पेट्रोल खन्याए । बरौनीबाट नेपालका जुनकुनै डिपोमा आउने ट्यांकरले २० हजार लिटर पेट्रोल बोक्छन् । यसमा केही नोक्सानी […]
१४ मंसिर, काठमडौं । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ । बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए । हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको जानकारी आएको लामाले बताए । […]
१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीच भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री फेङ्हेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । भेटका क्रममा प्रधानमन्त्रीले सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा […]
१४ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । कास्कीका २ जना, धनुषा, महोत्तरी, काठमाडौं, ललितपुर र धादिङका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् । मिथिला बिहारी नगरपालिका-१, धनुषाका ४६ वर्षीया महिलाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको छ । […]
१४ मंसिर, रौतहट । रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाकी अमृताकुमारी साहको हत्या उनकै बाबुले लाख रुपैयाँ खर्चिएर गराएको खुलेको छ । साहको २६ कात्तिकमा सुतिरहेको अवस्थामा अमृताको दाहिने कञ्चटमा गोली हानेर हत्या भएको थियो । तीन साता लगाएर घटनाको अनुसन्धान गरेको प्रहरीले साहको हत्यामा अभिभावककै संलग्नता रहेको निश्कर्ष निकालेको छ । र, मृतकका बुबा रामअयोध्या साह, […]
१४ मंसिर, काठमाडौं । सरकारले जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा रहेकाहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको हो । हेर्नुहोस् मन्त्रिपरिषदका निर्णयहरु
१४ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक पुगेर गृहसचिव महेश्वर न्यौपानेले जिम्मेवारी निर्वाहमा खरो भएर उत्रिन सरुवा भएर जान लागेका बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् । बिहीबार सरुवा भएका ५ वटा बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई हलचोकमा निर्देशन दिँदै न्यौपानेले बाहिनीपतिका रुपमा खटिएपछि मातहतका इकाइबाट भएका कामको सही मूल्यांकन गर्दै इमान्दारितापूर्वक जिम्मेवारीमा […]
१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेर उनी स्वदेश फर्किएका हुन् । आइतबार बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणमा आएका उनको स्वागतमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका […]
१४ मंसिर, वीरगञ्ज । पर्सामा बालिकालाई बलात्कार गरेको अभियोगमा दुईजना युवा पक्राउ परेका छन् । सखुवाप्रसौनी–२ का १९ वर्षीय देश शंकर चौधरी र विन्दवासिनी–४ अमरपट्टीका २६ वर्षीय उमेश ठाकुर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार, देश शंकरलाई गत शुक्रबार गाउँकै ४ वर्षीया बालिकालाई करणी गरेको […]
१४ मंसिर, काठमाडौं । पेट्रोल ट्यांकरमा फल्स च्याम्बर बनाएर ठगी गरेको अभियोगमा दुइृ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका अजय लामा र विकेश लामा छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इण्डियन आयल कर्पोरेल बरौनी, भारतबाट पेट्रोल ल्याउँदा फल्स च्याम्बर बनाएर इन्धन चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको हो । ब्युरोका अनुसार […]
१४ मंसिर, जनकपुरधाम । धनुषामा थप एकजना कोराना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिका वडा नम्बर-१ भुतहीका ४६ वर्षीय पुरुष छन् । उनको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । एक्कासी बिरामी भएपछि ती पुरुषलाई गत मंसिर १२ गते अस्पताल भर्ना गरिएको थियो […]
१४ मंसिर, वीरगञ्ज । बाराको भरवलियास्थित एक राइस मिलमा आगलागी हुँदा करिब १ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । फेटा गाउँपालिका–१ भरवलिया टोल बस्ने सुधिर पटेलले सञ्चालन गरेको नितेश राइस मिलमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । खरले […]
१४ मंसिर,सुर्खेत । सल्यानलाई प्रदेश राजधानी सुर्खेत जोड्ने खलंगा-बालुवासंग्रही सडकको स्तरोन्नतीसहित कालोपत्रे गर्न सुुरु गरिएको छ । सडकको ट्रयाक खोलेको तीन दशकपछि कालोपत्रे गर्न सुरु गरिएको हो । ३३ वर्ष पहिले तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले २०४५ सालमा सल्यान सदरमुकाम खलंगाबाट बनगाडक्षेत्र जोड्ने उक्त सडकको उद्घाटन गरेका थिए । अझै पनि यो सडकमा बाह्रै महिना सवारी […]
१४ मंसिर, वीरगञ्ज । प्रहरीले बाराबाट १२ लाख मूल्य बराबरको अलैंची बरामद गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा सवारी चेकजाँचको क्रममा सो मूल्य बराबरको अलैंची बरामद भएको हो । नारायणगढबाट काँकडभिट्टाका लागि छुटेको बसको छतमाथि कागज पत्र नभएको २६ बोरामा रहेको ६ सय किलो अलैंची बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी […]
१४ मंसिर, वीरगञ्ज । बारामा अवैध लागूऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–१६ बस्ने दुर्गाबहादुर मोक्तान र रवी बहादुर सिंजाली मगर पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जमा प्राप्त विशेष सूचनाको आधारमा प्रहरीले कोल्हबी नगरपालिका–६ प्रसौना बजारस्थित चोकबाट उनीहरुलाई पक्राउ गरेको थियो । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय […]
from समाचार – Online Khabar https://ift.tt/2HQjhUH
via IFTTT