Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

यो साता तोलामै ३ हजारले सस्तियो सुन, मूल्य अझै घट्ला ?

१३ मंसिर, काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ ओरालो ट्रेण्डमा रह्यो । साताको पहिलो दिन ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताको अन्त्यमा तीन हजार रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा झर्यो । एक साता अवधिमा चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको गिरावट देखियो । घट्दो मूल्य र विवाहको […]

निजगढ विमानस्थलको लगानी मोडालिटी तय गर्न अर्थसँग छलफल

१३ मंसिर, काठमाडौं । निजगढ विमानस्थल निर्माणका लागि लगानी बोर्डबाट लगानी जुट्ने अवस्था नदेखिएपछि पर्यटन मन्त्रालयले लगानीको मोडालिटीबारे अर्थ मन्त्रालयसँग छलफल गर्ने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा शुक्रबार बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर निकाय समन्वय, सहजीकरण एवम् आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिले अर्थ मन्त्रालयसँग मोडालिटी […]

भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

१३ मंसिर, काठमाडौं । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीर भएको गोली हानाहानमा मृत्यु भएको छ । पाकिस्तानतर्फबाट चलेको गोली लागेर नायक प्रेमबहादुर खत्री र राइफल्यान सुखवीर सिंहको शुक्रबार मृत्यु भएको भारतीय सेनाले जनाएको छ । रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा मृत्यु भएका खत्री दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी हुन् । १३ वर्षदेखि भारतीय सेनामा कार्यरत […]

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा

१३ मंसिर, काठमाडौं । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने औपचारिक जानकारी दिएको छ । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् । उनी […]

काठमाडौं–३१ का कांग्रेस नेता कोइरालाको निधन

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३१ का नेपाली कांग्रेस इकाइ सभापति उज्ज्वल कोइरालाको निधन भएको छ । पुरानो बानेश्वर निवासी कोइराला सुगर सम्बन्धी समस्याबाट पीडित थिए । उनको शनिबार बिहान सिभिल अस्पतालमा निधन भएको हो । कोइरालालाई कोरोना संक्रमण पनि भएको थियो । तर उनी कोरोना संक्रमणमुक्त भएको तीन साताभन्दा बढी भइसकेको […]

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

१३ मंसिर, काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित […]

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

१३ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि […]

उपचार खर्च धान्न सक्दैनौं भन्दै मुख्यमन्त्रीसामु धुरुधुरु रोए बिरामीका आफन्त

१२ मंसिर, विराटनगर । भोजपुरको हतुवागडी–४ कि शान्ति राईका बुबालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर आएका उनलाई ८ मंसिर मा कोरोना पुष्टि भयो । चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्ने सुझाव दिएपछि उनले सुरुमा सरकारी अस्‍पतालमै सोधीखोजी गरिन्। तर कतै खाली नभएको पाएपछि बुबालाई नोबेल मेडिकल कलेजमा लगिन् । तर अस्पतालले भर्ना […]

प्रचण्ड पढ्न व्यस्त, ओली समूह लेख्न !

१२ मंसिर, काठमाडौं । केही घण्टाका लागि मंसिर ५ मा धुम्बाराही जानुबाहेक दश दिनयता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमै बिताए । निवासमै भेट्न आउनेहरुसँग कुराकानी त गरे, तर कुनै औपचारिक/अनौपचारिक कार्यक्रम वा भेटवार्ताका लागि बाहिर निस्किएनन् । प्रधानमन्त्रीनिवास बालुवाटार त जाँदै गएनन् । नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री […]

इटहरीमा प्रचण्ड-नेपाल पक्षको छुट्टै भेला

१२ मंसिर, विराटनगर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताले सुनसरीको इटहरीमा भेला गरेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का आफू निकट नेताको भर्चुअल भेला गरेको केही दिनपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताले सुटुक्क भेला गरेका हुन् । ‘इटहरी ब्याङकेट’मा […]

१५ फिट अग्लो पर्खाल नाघेर भरतपुर कारागारबाट कसरी भागे कैदी ?

१२ मंसिर, चितवन । भरतपुर कारागारको पर्खालको उचाइ करीव १५ फिट अग्लो छ । तर, यही पर्खाल नाघेर जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका एक कैदी बिहीबार साँझ भागे । कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ कारागारबाट भागेपछि उनको खोजी भइरहेको छ । जिल्ला कारागार प्रमुख कमलप्रसाद काफ्लेले बिहीबार साँझ संख्या गन्ने बेलामा […]

कतारबाट श्रमिकको नयाँ मागपत्र ल्याउन खुल्यो बाटो

१२ मंसिर, काठमाडौं । कतारमा नयाँ श्रमिक पठाउन बाटो खुलेको छ । कतारस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेपछि अब विदेशबाट म्यानपाव कम्पनीरले श्रमिकको नयाँ डिमान्ड ल्याउन सक्ने भएका छन् । कतारमा मागपत्र प्रमाणीकरण सुरु नहुँदै काठमाडौंमा म्यानपावर कम्पनीले अन्तरवार्ता लिन थालेको भेटिएको थियो । यही बेला नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको हो । […]

एक वर्षमा ३ अर्ब ८० करोड कर फिर्ता

१२ मंसिर, काठमाडौं । सरकारले एक वर्षको अवधिमा ३ अर्ब ८० करोड रुपैयाँ कर फिर्ता गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा कुल ६ अर्ब ६८ करोड रुपैयाँ कर फिर्ताको माग दाबी परेको थियो । त्यसबाट आन्तरिक राजस्व विभागले ३ अर्ब ८० करोड रुपैयाँ कर फिर्तायोग्य रकम ठहर गरेको हो । यसमध्ये कूटनीतिक नियोग, कुटनीतिज्ञ […]

कोरोनाबाट भएको मृत्युको तथ्यांकमा स्वास्थ्य मन्त्रालयको खेलबाड

१२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खेलबाड गरेको भेटिएको छ । मन्त्रालयले हरेक दिन पहिचान भएका संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्दै आएको छ । शुक्रबार १७०३ जनामा संक्रमण पुष्टि भएको र २३ जनाको मृत्यु भएको  तथ्यांक  सार्वजनिक गरेको छ । तर मृतकको संख्यामा भदौ/असोजमै […]

रोजगारीका लागि भिजिट भिसाको ‘जुवा’

१२ मंसिर, काठमाडौं । एक वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई) गएका ४० युवा अहिले न्याय माग्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् । ओशो रिक्रुटमेन्टले ड्राइभिङका लागि भन्दै अढाईदेखि ३ लाख रुपैयाँसम्म असुलेर यूएईमा पुर्‍याएका उनीहरुमध्ये धेरैले कामै पाएनन् । काम पाएकाले पनि भनेअनुसार तलब, कमिसन र वर्किङ आवरसहितका सेवा सुविधा पाएनन् । कोरोना महामारी सुरु […]

बिजुली आपूर्ति सुधार्न एडीबीले नेपाललाई १८ अर्ब ४७ कराेड ऋण दिने

१२ मंसिर, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको पावर ट्रान्समिसन र वितरणको स्तरोन्नतिको लागि १५ करोड ६० लाख डलर ( करिक १८ अर्ब ४७ कराेड रूपैयाँ)  ऋण स्वीकृत गरेको छ । नेपालको अधिकांश मानिसको पहुँच ग्रिडबाट आपूर्ति हुने विद्युतमा रहेको अवस्थामा यसको क्षमता वितार, विद्युत् वितरण नेटवर्कको वर्तमान र भविष्यमा बढ्नसक्ने मागलाई धान्न सक्ने […]

दुई दिनमा दुई थरी नागरिक अपील

१२ मंसिर, काठमाडौं । सरकार, भ्रष्टाचार, राजनीतिक दल र नेतृत्व लगायतका विषयमा दुई दिनमा दुई थरीका अपील जारी भएका छन् । बिहीबार जारी अपीलमा संवैधानिक स्थायित्व, कार्यपालिकाको नियन्त्रण र सन्तुलन, सत्तारुढ दलको दायित्व, भूराजनीतिक चिन्ता, नेतृत्व पुस्तान्तरण, राजकाज र भागबन्डामा केन्द्रित छ । १३ जनाद्वारा हस्ताक्षरित अपीलमा भनिएको छ, ‘नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि संसद्मा दुई […]

उद्योग वाणिज्य महासंघको चुनावमा को को छन् उम्मेदवार ?

१२ मंसिर, काठमाडौं । निजी क्षेत्रको ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । महासंघको वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ६३ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको […]

शीतलहरको जोखिम न्यूनिकरणबारे छलफल

१२ मंसिर, वीरगञ्ज । शीतलहरबाट हुने जोखिम न्यूनिकरणका लागि बारामा पूर्व तयारी थालिएको छ । बाराको कोल्हबी नगरपालिकामा जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकमा शीतलहरबाट हुने जोखिम न्यूनिकरणका लागि थाल्नु पर्ने पूर्व तयारीका बारेमा छलफल भएको छ । बैठकले शीतलहरको पूर्व तयारी गर्ने लगायत विभिन्न निर्णय गरेको जिल्ला समन्वय समिति बाराका सभापति नवल किशोर सिंहले […]

सप्तरीमा बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा वृद्ध पक्राउ

१२ मंसिर, जनकपुरधाम । बालिकामाथि यौन दुव्र्यबहारको घटनामा उन्मुक्ति पाएका वृद्धले सप्तरीमा फेरि त्यस्तै घटना दोहोर्‍याएको पाइएको छ । तिरहुत गाउँपालिका–५ लोहजारामा ७ वर्षकी बालिकालाई स्थानीय ७६ वर्षका लक्ष्मी महतोले बलात्कार प्रयास गरेको उजुरी प्रहरीकामा पुगेको छ । गाउँकै बालिकालाई घरमा बोलाएर दूधभात खान दिएर उनले बलात्कारको प्रयास गरेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी […]

लयमा फर्कंदै पर्यटकीय केन्द्र ठमेल

१२ मङ्सिर, काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । […]



from समाचार – Online Khabar https://ift.tt/2J8SljI
via IFTTT
Powered by Blogger.