समाचार
१४ मंसिर, बेनी । म्याग्दीको मङ्गला गाउँपालिका-२ बावियाचौरको काफलचौरमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २-०३००१ च ०२५२ नम्बरको बोलेरो जिप आइतबार बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनमा परेर जिपमा सवार ११ वर्षीया बालिका करिस्मा […]
१४ मंसिर, बुटवल । ७५० मिटर सडक ७ वर्षमा पनि निर्माण सम्पन्न नभएपछि रुपन्देहीको बेलहिया गाउँका स्थानीय आन्दोलित भएका छन् । स्थानीयले बेलहियामा आइतबार बिहान चक्काजाम गरेर विरोध प्रदर्शन गरेका छन् । बेलहिया गाउँ समाजको अगुवाइमा आइतबार बिहान स्थानीयले चक्काजाम गरी विरोध प्रदर्शन गरेको स्थानीय अगुवा राम बस्नेतले बताए । इलाका प्रहरी कार्यालय बेलहिया कार्यालयदेखि बाइपास […]
१४ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् । भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो । रक्षामन्त्री फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च […]
१४ मंसिर, काठमाडौं । गत ९ माघ २०७६ मा भएको निर्वाचनबाट राष्ट्रिय सभामा सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) का तर्फबाट १८ जना आए । संघीय संसद सचिवालयले नेकपाको एउटै खाता नभएका कारण पूर्व पार्टी (एमाले र पूर्वमाके) मध्ये कुन तर्फका हुन भन्ने आफैँ छुट्याएर तलब पठायो । लेवी पनि सोही अनुसार कटाएर पठायो । ‘तर, […]
१४ मंसिर, गोरखा । पालुङटार नगरपालिका–२ स्थित ऐतिहासिक थलो लिगलिगकोट घुम्न आउने पर्यटलाई लक्षित गरेर होम स्टे सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय लिगलिगकोट घुम आउनेको संख्या बढेको तर खाने बस्ने समस्या रहेकाले होम स्टे राखेको लिगलिगकोट होम स्टे समितिकी अध्यक्ष प्रेमकुमारी थापाले बताइन् । होम स्टे सञ्चालनका लागि सात वटा घर निर्माण गरिएको छ […]
१४ मंसिर, कैलाली । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बेदकोट नगरपालिका-१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ भिमदत्त नगरपालिका अन्तर्गत रहेको झोलुङ्गे प्रहरी चौकीमा कार्यरत २४ वर्षीय राम बहादुर बिष्टको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार […]
१४ मंसिर, काठमाडौं । प्रदेश-१ का प्रदेशसभा सदस्य राजन राईले गोर्खा भर्ती जाने पुर्खाहरुको सम्झनामा लेखेको गीत ‘एउटा तक्मा’ सार्वजनिक भएको छ । डाक्टर किराँतको संगीत रहेको गीतमा कनकाइष्ट राईले स्वर दिएका छन् । राजनीतिसँगै गीत लेख्दै आएका राजन राईले एउटा तक्मामा गोर्खा भर्ती जाने पुर्खाहरुले पाएको कष्ट, दुख र विवशता समेटेका छन् । गीतमा […]
१४ मंसिर, काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा गृहमन्त्री रामबहादुर थापाले स्वागत गरे । यसअघि विदेशी पाहुनासँग हात मिलाएर स्वागत गर्ने प्रचलन रहे पनि आइतबार भने गृहमन्त्री थापा र चिनियाँ रक्षामन्त्री फेङ्हेले कुहिनो जोडेर शिष्टाचार आदान प्रदान गरे । कोरोना […]
१४ मंसिर, राँझ । बाँकेको नरैनापुर गाउँपालिकामा आइतबारदेखि माध्यमिक तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । कोरोना महामारी संक्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार आइतबारदेखि विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनका अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर पहिलो […]
१४ मंसिर, काठमाडौं । चैतयता बन्द रहेको माउन्टेन फ्लाइट अब सञ्चालन हुने भएको छ । निजी क्षेत्रका दुई ठूला कम्पनी बुद्ध एयर र यति एयरले माउण्टेन उडानको मिति तय गरेका छन् । शनिबार बुद्धले लकडाउनयता परीक्षणका रुपमा पहिलो उडान गरेको छ । अब हरेक शनिबार नियमित माउन्टेन फ्लाइट हुने कम्पनीले जनाएको छ । बुद्ध एयरका […]
१४ मंसिर, गोरखा । पालुङटार नगरपालिका-२ स्थित ऐतिहासिक थलो लिगलिग कोट घुम्न आउने पर्यटकले स्थानीय परिकारको स्वाँद लिदै स्थानीय संस्कृति हेर्न पाउने भएका छन् । पर्यटकलाइ लक्षित गरी लिगलिगकोटको खोल्ली बजारमा ‘होम स्टे’ सञ्चालन भएको छ । ‘लिगलिग कोट घुम्न भनेर धेरै पर्यटकहरु आउनुहुन्छ तर खाने बस्ने ठाउँ छैन,’ लिगलिग कोट हामे स्टे समितिकी अध्यक्ष […]
१४ मंसिर, काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै […]
१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहेको नेपाल भ्रमणका क्रममा पूर्वघोषित ३ सय मिलियन आरएमबी सैन्य सहयोग हस्तान्तरणको प्रगतिबारे छलफल हुने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले असार पहिलो साता गरेको चीन भ्रमणका क्रममा १५० आरएमबी सैन्य सहयोग गर्ने घोषणा भएको थियो । त्यसको तीन महिनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको […]
१४ मंसिर, विराटनगर । झापा, मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । आइतबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । को २१ प ५९९१ मोटरसाइकललाई समान दिशामा गइरहेको प्रदेश १–०१–००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान […]
१४ मंसिर, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । शुक्रवार गाउँपालिकाको वडा नम्बर–४ को हुल भन्ने स्थानमा भएको जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको शोकमा आज सार्बजनिक बिदा दिइएको हो । गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरु र शैक्षिक संस्थाहरुमा बिदा दिन निर्देशन दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत नारायण महतले जानकारी […]
१४ मंसिर, डोटी । ‘संविधानको अनुसूची–८ को ८ नं. बुँदामा आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भनिएको छ । सोही अनुसार हामीले शिक्षा ऐन बनाउन खाज्यौं । तर शिक्षक संघ–महासंघहरुले संघीय ऐन नआई बनाउन नपाइने भन्दै विरोध गरे, हामीले ऐन बनाउन सकेनौं ।’ डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका कानुन अधिकृत गोविन्दराज जोशीको भनाइ हो […]
१४ मंसिर, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आइतबार विहान २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानको सूचना […]
१४ मंसिर कैलाली । कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ । छतबाट खसेर गम्भीर घाइते भएका ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी […]
१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् । भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ […]
१४ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी बाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएको भन्दै अब चाहेमा समस्या पनि समाधान गर्न सकिने बताएका छन् । एक जना सदस्यले बैठक बसाल्न माग गर्दा पनि महासचिवले अध्यक्षसँग परामर्श गरेर बैठक बोलाउनुपर्ने बताउँदै गौतमले बैठक बस्न हुँदैन भन्ने विचारलाई पार्टी महासचिवले साथ दिन नहुनेसमेत […]
१४ मंसिर, बुटवल । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आइतबार (आज) देखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द गरिएको छ । राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । डिभिजन प्रमुख मुकुन्दराज अधिकारीका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म र […]
from समाचार – Online Khabar https://ift.tt/2J8U74l
via IFTTT