Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सामाजिक सुरक्षा योजनाको दुई वर्ष : भयो त नयाँ युगको सुरुआत ?

११ मंसिर, काठमाडौं । ११ मंसिर २०७५ मा काठमाडौंका बिजुलीका पोल–पोलमा झुण्ड्याइएको प्रधानमन्त्रीको फोटोमुनी लेखिएको थियो– एउटा नयाँ युगको सुरुआत । सरकारले त्यस्तो तामझमका साथ ‘सामाजिक सुरक्षा योजना’ सार्वजनिक गरेको थियो । निजी क्षेत्रमा कार्यरत सबै मजदुरलाई सामाजिक सुरक्षा तथा बुढेसकालमा पेन्सन दिन सो योजना ल्याइएको थियो । त्यसका लागि मजदुर र रोजगारदाताले ‘सामाजिक सुरक्षा […]

महामारीका बेला विद्यालय खोल्ने कि नखोल्ने ?

१० मंसिर, काठमाडौं । २० कात्तिकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा स्वीकृत गरेपछि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गर्न दिने निर्णय गरे । कार्यढाँचामा प्रदेश सरकार तथा स्थानीय सरकारहरूलाई विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गरेर विद्यालय खोल्न सकिने भनिएको छ । मन्त्रालयले कार्यढाँचा जारी गरेको […]

‘अदालतले हत्या आरोपीलाई नछोडेको भए गुलाब बाँच्ने थिइन्’

११ मंसिर, काठमाडौं । पूर्व–पश्चिम राजमार्गको बर्दिवास खण्डबाट करिब पाँच सय मिटर दक्षिणतर्फ छ, गुलाब साह खातुनको घर । ६ वर्षीया गुलाब बर्दिवास नगरपालिका वडा नम्बर १४ स्थित घरमा ७ मंसिर बिहानसम्म हाँसी खुसी आँगनमा खेलिरहेकी थिइन् । त्यसदिन पनि गुलाब कहिले अम्मा चकलेट किन्दिनु त कहिले बिस्कुट किन्दिनु भन्दै खेलीरहेकी थिइन् । दिउँसो एकाएक […]

किन हुन्छ जनप्रतिनिधि–प्रशासकीय अधिकृतबीच विवाद ?

११ मंसिर, काठमाडौं । ३ मंसिरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई हस्ताक्षर गराएको १६ बुँदे प्रतिबद्धताको एउटा बुँदामा भनिएको छ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय जनप्रतिनिधि र स्थानीय नागरिकप्रति जिम्मेवार र जवाफदेही रही आफ्नो कार्यसम्पादन गर्नेछु । ‘खटिएको स्थानमा कम्तीमा एक वर्ष सेवा गर्नेछु’ प्रतिबद्धता पत्रको […]

कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु

११ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । काठमाडौंका ४, ललितपुरका ३, मोरङ र कास्कीका २/२, काभ्रेपलाञ्चोक, मकवानपुर, लमजुङ, रुपन्देही र दाङका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जानकारी दिएका छन् । लेटाङ नगरपालिका–२, मोरङका ७० वर्षका पुरुषको बिहीबार विराटनगरको नोबेल मेडिकल कलेज […]

हत्या आरोपी वडा अध्यक्ष धरौटीमा छुटे, घर फर्कदा अबिर जात्रा

११ मंसिर, विराटनगर । हत्या आरोपी विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष बलदेव यादव धरौटीमा छुटेका छन् । विराटनगर– १४ कै ५५ वर्षीय समानन्द यादवको हत्या आरोपी यादव जिल्ला अदालत मोरङमा हाजिर भएकै दिन धरौटी बुझाएर छुटेका हुन् । हत्या आरोपी यादव किटानी जाहेरी परेपछि डेढ वर्षयता फरार थिए । बिहीबार जिल्ला अदालत मोरङ हाजिर […]

शरणार्थीमा लक्षण भए निःशुल्क कोरोना परीक्षण र उपचार

११ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा रहेका शरणार्थीहरुलाई पनि नेपाली नागरिक सरह कोभिड–१९ को परीक्षण तथा उपचार गर्न निर्देशन दिएको छ । कोभिड–१९ को लक्षण देखिएकाहरुलाई सरकारी प्रयोगशालामा निःशुल्क परीक्षण र सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय छ । विभिन्न देशमा आएर नेपालमा शरणार्थी भई बसेकाहरुलाई शरणार्थी परिचय पत्रका आधारमा कोभिड(१९ को […]

सीमा नाका आवतजावत : कतै सास्ती, कतै मस्ती

११ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका), रौतहटले बिहीबारदेखि गौर नाकाबाट नेपाली नागरिकलाई भारततर्फ जान अनुमति दिने निर्णय गर्‍यो । स्थानीयले दुई साता लामो धर्ना दिएपछि जिप्रका यो निर्णयमा पुगेको हो । नौ महिनादेखि बन्द नेपाल भारत सीमा नाकामा आवागमन खुला गर्नुपर्ने माग गर्दै रौतहटको गौरमा स्थानीयले थाल ठटाएर प्रर्दशन गरेका थिए । नागरिक […]

हरिबोधनी एकादशीमा तोरणले सिंगारियो पशुपतिनाथ (फोटो फिचर)

११ मंसिर, काठमाडौं । कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ । वैदिक […]

महोत्तरीमा गोली चलाएकोबारे छानबिन गर्न समिति गठन

११ मंसिर, काठमाडौं । महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानविन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका थिए, जसमध्ये बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो । मन्त्रालयले […]

सर्वोच्चको आदेश : सुधीर बस्नेतलाई तत्काल पक्राउ नगर्नू

११ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ कसूरको आरोप लागेका व्यवसायी सुधीर बस्नेतलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । बैंकबाट ऋण लिँदा कर्जा सुरक्षणबापत राखेको धितो बैंकले लिलाम गरे पनि त्यसविरुद्ध उक्त मुद्धा ऋण असुली न्यायाधीकरणमा विचाराधीन रहेकाले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मंसिर ९ […]

गोरखामा २ लाख ७१ हजारसहित ३ जना जुवाडे पक्राउ

११ मंसिर, गोरखा । गण्डकी गाउँपालिका-४ फुजेलबाट तीनजना जुवाडे पक्राउ परेका छन् । स्थानीय जनक भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पक्राउ पर्नेमा घरधनी भण्डारी, धादिङको ज्वालामुखी गाउँपालिका-२ का २२ वर्षीय राजकुमार थापा र वडानम्बर ३ का ६३ वर्षीय खुमबहादुर अर्याल रहेका छन् । […]

भूमि आयोगले नियमावली बिनै काम थाल्यो

११ मंसिर, काठमाडौं । गत चैतमा गठन भएको भूमि सम्बन्धी समस्या समाधान आयोगले पर्याप्त कानुन बिनै काम अघि बढाएको छ । नियमावली पारित नहुँदै २७ कात्तिकमा १४ वटा पालिकासँग सम्झौता गरेर लगत संकलन सुरू गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकै अधिकारीहरूले नियमावली नबन्दै काम थाल्नु अर्थहिन हुने बताएका छन् । आयोगले […]

तिलोत्तमामा १५ शैय्याको अस्पताल शिलान्यास

११ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार अस्पतालको शिलान्यास […]

कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई दिने भारतको आश्वासन

११ मंसिर, काठमाडौं । भारतले कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई प्रदान गर्न तयार रहेको बताएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीसँगको भेटपछि भारत विश्वको सबैभन्दा धेरै भ्याक्सीन उत्पादन गर्ने मुलुक भएको समेत बताए । उनले भने, ‘जब भ्याक्सिन तयार हुन्छ, नेपालको आवश्यकता हाम्रो लागि एक प्राथमिकता […]

कृषि विश्वविद्यालयको वन संकायमा विवाद मिल्यो, धमाधम विद्यार्थी भर्ना

११ मंसिर, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तर्गत वन संकाय हेटौंडाको विवाद मिलेपछि विद्यार्थी भर्ना लिन थालिएको छ । वन संकायको आंगिक क्याम्पस कटारी र हेटौंडा संकायमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता मिचिएपछि उत्पन्न विवादका कारणले विद्यार्थी भर्ना रोकिएको थियो । १३ जना विद्यार्थीले सर्वोच्च अदालतमा दिएको मुद्धा फिर्ता लिन लगाएर सहमति कायम गरी विश्वविद्यालयको […]

प्रधानमन्त्री र भारतीय विदेशसचिवबीच भेटवार्ता

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन्  । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । बिहीबार काठमाडौं आएदेखि उनी निरन्तर भेटघाटमा छन् । उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी  हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि  भेटवार्ता […]

उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

११ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । अध्यक्ष भवानी राणाको विधान अनुसारको कार्यकाल सकिएपछि साधारणसभा गर्न लागिएकाले यो अवैधानिक रहेको भन्दै शिवशंकर साहले सर्वोच्चमा रिट दिएका थिए । महासंघका प्रदेश २ का अध्यक्ष साहले पदावधी सकिएपछिको कार्यसमितिले […]

उपसभामुख चयनमा प्रतिपक्षले पहल लिनुपर्‍यो : मन्त्री ज्ञवाली

११ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपसभामुख चयनका लागि प्रमुख प्रतिपक्षी दलहरुले पहल लिनुपर्ने बताएका छन् । सभामुख सत्तारुढ दलको तर्फबाट भएका कारण सत्तारुढ दलले उपसभामुख लिन नपाउने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै उनले प्रतिपक्षी दलले नै उपसभामुखको विषयलाई अगाडि बढाउनुपर्ने धारणा राखे । बिहीबार संघीय संसद संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली […]

थप १६१४ जनामा कोरोना भाइरस संक्रमण

११ मंसिर काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १४३७ रहेको […]

हिजो झैं आज न सडक बालबालिका छन्, न भिख मागुवाहरू छन् : प्रधानमन्त्री

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन्। तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र […]



from समाचार – Online Khabar https://ift.tt/3meIFCn
via IFTTT
Powered by Blogger.