समाचार
१४ मंसिर, काठमाडौं । कर प्रशासनले निर्धारण गरेको कर रकममा चित्त नबुझाएर मुद्दा मामिलामा जाँदा राजस्व असुलीमा ठूलो रकम बक्यौता बस्न थालेको छ । यसले सरकारको वाषिर्क राजस्व संकलन लक्ष्य समेत प्रभावित बनेको छ । आन्तरिक राजस्व विभागका अनुसार अहिले मुद्दा-मामिलाका कारण बेरुजु र कर बक्यौता रकम १ खर्ब ४९ अर्ब अर्ब ९६ करोड पुगेको […]
१४ मंसिर,काठमाडौं । भारतले आफ्नो मुलुकबाट हुने प्याजको निर्यातमा रोक लगाएपछि चीनबाट प्याजको आयात हुन थालेको छ । पछिल्लो दुई महिनामा चीनबाट ६ लाख किलो प्याज नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । भारतले भदौ २९ गते देखि लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चीनबाट प्याज आयात सुरु भएको हो । चालु आर्थिक […]
१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङहे राष्ट्रपति कार्यालय, शितल निवास पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आधा घन्टा औपचारिक भेटवार्ता गरेपछि उनी शितलनिवास पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले आधा घन्टा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको शितल निवास स्रोतले बतायो । भण्डारीसँगको भेटपछि फेङ्हे सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । […]
१४ मंसिर, काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई स्वागत गर्न भन्दै त्रिभुवन विमानस्थलतर्फ जाँदै गर्दा विमानस्थलको गेटबाट पक्राउ परे । स्वागत ब्यानरसमेत बोकेर पुगेका नेपाललाई विमानस्थलको मुलगेटमा उत्रिनासाथ प्रहरीले पक्राउ गरेर भ्यानमा हाल्यो । पक्राउपछि महानगरीय प्रहरी वृत्त गौशालामा पुर्याइएका उनलाई तीन घन्टापछि छाडियो । रिहा भएपछि नेपालले आफूलाई चिनेरै […]
१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा ३६ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कारोना संक्रमणका कारण पछिल्लो समय ग्राण्डी इन्टरनेस्नलमा उपचाररत विश्वकर्मालाई आइतबार अपराहान्न अस्पतालले डिस्चार्ज गरेको हो । कोरोना संक्रमणका कारण ६ दिन अचेत भएका विश्वकर्मालाई सात दिन भेन्टिलेटर र २१ दिन आईसीयूमा राखिएको थियो । […]
१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ । आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन् । प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा […]
१४ मंसिर, काठमाडौं । कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभावको न्यूनीकरणमा संयुक्त प्रयास गर्ने उद्देश्यले संयुक्त संयन्त्र बनाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् । अर्थमन्त्रीले पछिल्लो समय निजी क्षेत्रका प्रतिनिधिसँग भेट बाक्लो पारेका छन् । यस क्रममा सरकार र निजी क्षेत्रका प्रतिनिधि सम्मिलित एक संयुक्त संयन्त्र निर्माण गरी सोही संयन्त्र […]
१४ मंसिर, काठमाडौं । अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं. २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रमा लगाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम -सञ्चालन कार्यविधि ) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठक निर्वाचन क्षेत्र नं. २, रुपन्देहीका संयोजक अर्थमन्त्री […]
१४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । उनीहरुमध्ये २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् […]
१४ मंसिर, वीरगञ्ज । वीरगञ्जका अरमान आलमको सीमावर्ती भारतीय बजार रक्सौलमा किराना पसल छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि वीरगञ्ज–रक्सौल नाका बन्द हुनुअघि उनलाई आउजाउ गर्न कुनै समस्या थिएन । अहिले नाकाबाट आउजाउ गर्न नपाउँदा समस्या भएको अरमान सुनाउँछन् । उनी भन्छन्, ‘रक्सौलमा पसल बन्द गरेर आउँदा रातिको ८–९ बज्छ, साइडमा खेतको […]
१४ मंसिर, सुर्खेत । वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क निर्माण कार्य थालिएको ९ वर्षपछि सञ्चालनमा आउने भएको छ । अदालतसम्म पुगेको विवाद सुल्झिएपछि मंसिर १५ (सोमबार)देखि बसपार्क सञ्चालनमा आउने भएको हो । २०६८ सालदेखि निर्माण कार्य थालिएको सिटी बसपार्क दुई वर्षमै सम्पन्न हुनेगरी सम्झौता भएको थियो । तर बसपार्क निर्माणको जिम्मा पाएको कम्पनीले राम्रोसँग काम गर्न […]
१४ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्ष मिलेपछि भइगयो भन्ने बुझाइकै कारण पार्टीभित्र समस्या बढ्दै गएको बताएका छन् । उनले अहिलेको समस्यालाई दुई अध्यक्षबीचको मात्रै भनेर नबुझ्न समेत आग्रह गरेका छन् । शनिबारको सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) मिल्नुपर्ने […]
१४ मंसिर, कैलाली । बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा बैतडीमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाको सिगास गाउँपालिका-३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउदलाई पक्राउ गरेको हो । १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते […]
१४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनेर चिनिने कृष्णदास गिरीलाई थुनामा नै राख्न आदेश दिएको छ । एक अनुयायीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई २०७६ माघ ९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो […]
१४ मंसिर, काठमडौं । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ । बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए । हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको जानकारी आएको लामाले बताए । […]
१४ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलाे दिन आइतबार भएकाे कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । आइतबार नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा […]
१४ मंसिर, काठमाडौं । स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सडक विभागले कलंकी–चाबहिल सडक विस्तारको क्रममा विश्वसम्पदामा सूचिकृत संरचना भत्काउन लागेको भन्दै अभियानले दीप प्रज्वलन, मौन र्याली, हस्ताक्षर संकलन लगायतका कार्यक्रम सार्वजनिक गरेको हो । ‘विश्वसम्पदामा सूचीकृत स्ययम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने […]
१४ मंसिर, काठमाडौं । ४२ दिनसम्म आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै वीर अस्पतालका आन्दोलनरत कर्मचारीहरुले अस्पताल पधाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका छन् । कोभिड १९ जोखिम भत्ता लगायत अन्य माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले यसअघि पधाधिकारीको बाटो छेक्ने काम गरेका थिए । ४२ दिनदेखि हरेक दिन दैनिक १ घण्टा आन्दोलन गर्दा मागको बारेमा सुनुवाई […]
१४ मंसिर, बेनी । म्याग्दीको मङ्गला गाउँपालिका-२ बावियाचौरको काफलचौरमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २-०३००१ च ०२५२ नम्बरको बोलेरो जिप आइतबार बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनमा परेर जिपमा सवार ११ वर्षीया बालिका करिस्मा […]
१४ मंसिर, बुटवल । ७५० मिटर सडक ७ वर्षमा पनि निर्माण सम्पन्न नभएपछि रुपन्देहीको बेलहिया गाउँका स्थानीय आन्दोलित भएका छन् । स्थानीयले बेलहियामा आइतबार बिहान चक्काजाम गरेर विरोध प्रदर्शन गरेका छन् । बेलहिया गाउँ समाजको अगुवाइमा आइतबार बिहान स्थानीयले चक्काजाम गरी विरोध प्रदर्शन गरेको स्थानीय अगुवा राम बस्नेतले बताए । इलाका प्रहरी कार्यालय बेलहिया कार्यालयदेखि बाइपास […]
१४ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् । भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो । रक्षामन्त्री फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च […]
from समाचार – Online Khabar https://ift.tt/2VfQJqI
via IFTTT