Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पहिलो त्रैमासमा कस्ता देखिए अर्थतन्त्रका सूचक ?

१० मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा धेरैजसो अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे त्रैमासिक रिपोर्ट सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकहरु धेरै सकारात्मक नै रहेको बताएको हो । कोरोना महामारीकाबीच पनि अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक नै देखिएको राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग […]

नागढुङ्गा–कलङ्की सडकखण्डमा सीसी क्यामरा जडान   

१० मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सीसी क्यामरा जडान गरेको छ । काठमाडौँ उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामरा जडान गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको रु एक करोड लागतमा अत्याधुनिक प्रविधिको […]

बलात्कारमा मिलापत्र : पीडितलाई एक तोला सुन दिने कपाली तमसुक !

१० कात्तिक, कैलाली । बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र हुन थालेपछि सरकारले मिलापत्र गराउनेहरुलाई अपराध कानुनको दायरामा ल्याउन गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्बाट पास भएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । काठमाडौंमा यो अध्यादेशबारे बहस भइरहेका बेला सुदूरपश्चिममा भने पीडित युवतीलाई एक तोला सुन दिने कपाली तमसुक गरेर बलात्कारको घटना लुकाइएको खुलेको […]

नेपाली क्रिकेट टिमको प्रशिक्षक बन्ने दौडमा वाटमोर

१० मंसिर, काठमाडौं । जतिबेला डेभ वाटमोर श्रीलंकन राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भए, अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खर बामे सर्दै गरेको टोलीमा यति ठूलो रुपान्तरण ल्याउँछन् भन्ने धेरैलाई विश्वास थिएन । कप्तान अर्जुना रणतुङ्गासँग मिलेर उनले श्रीलंकाली टोलीको मुहार परिवर्तन गरेर एकदिवसीय क्रिकेटमा एक जबरजस्त शक्ति बनाए । ओपनरहरू सनथ जयसूर्या र रोमश कलुविथराणलाई उनले आक्रामक […]

हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास

१० मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास गरिएको छ । प्रदेश सरकारले ५ करोड रुपैयाँको लागतमा निर्माण सुरु गरेको सभाहलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । सभाहल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश राजधानीमा आधुनिक सभाहलको आवश्यकता भएका कारण सुविधा सम्पन्न सभाहल निर्माण गर्न लागिएको […]

दीपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ

१० मंसिर, काठमाडौं । प्रहरीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिन गएका बेला उनलाई पक्राउ गरिएको हो । मकवानपुरका एसपी सुशील सिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीले पठाएको फरार सूचीको पत्र अनुसार उनलाई पक्राउ गरिएको हो । ‘उहाँ अरु कुनै […]

राजतन्त्रको माग गर्दै पोखरामा प्रदर्शन

१० मंसिर, काठमाडौं । पोखरामा राजावादीहरुले प्रदर्शन गरेका छन् । ‘राजा आऊ, देश बचाऊ’ भन्दै बुधबार उनीहरुले प्रदर्शन गरेका हुन् । मोटरसाइकल र गाडीसहित र्‍यालीमा सहभागी भएका राजावादीहरुले नेपालमा राजतन्त्रको पुनर्स्थापना गर्न माग गरेका थिए । बुधबार नै जनकपुरमा पनि राजवादीहरुले प्रदर्शन गरेका थिए । यसअघि बुटवल, धनगढी, कोहलपुरलगायतका सहरमा पनि उनीहरुले प्रदर्शन गरेका छन् । […]

रौतहटमा जग्गा विवादमा दुई पक्षबीच झडप, एकजनाको मृत्यु

१० मंसिर , रौतहट । रौतहटको गरुडा नगरपालिका-७ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका-७ भिमडाबरका ५० वर्षीय फतिंगा ठाकुर रहेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार झडपका क्रममा ज्ञानी ठाकुर, ध्यानी ठाकुर र नागेन्द्र ठाकुरको समूहले चिरान काठले टाउकोमा प्रहार गर्दा फतिंगा […]

पाँचथरको फालोटमा सशस्त्रको बीओपी स्थापना   

१० मंसिर, पाँचथर । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सो बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख किशोरकुमार श्रेष्ठले बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बीओपीको उद्घाटन गर्दै सरकारले एकैसाथ धेरै स्थानमा बीओपी स्थापना […]

एक हजार रुपैयाँ कर संकलन गर्न ३ रुपैयाँ ६२ पैसा खर्च

१० मंसिर, काठमाडौं । सरकारले आन्तरिक राजस्व संकलन गर्न प्रतिहजार रुपैयाँका लागि साढे तीन रुपैयाँ खर्च गर्ने गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार आन्तरिक राजस्वतर्फ एक हजार रुपैयाँ संकलन गर्दा रु. ३.६३ पैसा लाग्ने गरेको हो । सरकारले विभागमार्फत गत आर्थिक वर्ष २०७६/७७ मा कुल ३ खर्ब ८४ अर्ब ५३ करोड राजस्व संकलन गरेको […]

९ हजार २१० नमुना परीक्षण गर्दा १९४८ जनामा संक्रमण पुष्टि

१० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ […]

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

१० मङ्सिर, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ […]

शुक्रबार भारतीय विदेश सचिवले नेपाल–भारत सम्बन्धबारे प्रवचन दिने

१० मंसिर काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं ओर्लने भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले शुक्रबार नेपाल–भारत सम्बन्धमा एक विशेष प्रवचन दिने भएका छन् । एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) ले आयोजना गर्ने कार्यक्रममा भारतीय विदेश सचिवले दुईपक्षीय सम्बन्ध र साझेदारीको विषयमा बोल्ने छन् । एआईडीआईएका कार्यकारी अधिकृत सुनील केसीले […]

सबैभन्दा भ्रष्ट सांसद र कर्मचारी : सर्वेक्षण

१० मंसिर, काठमाडौं । एउटा सर्वेक्षणमा सहभागी नेपालीहरूले सांसद र सरकारी कर्मचारीलाई सबैभन्दा बढी भ्रष्ट भएको मत व्यक्त गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले एसियाका १७ देशमा गरेको सर्वेक्षणका आधारित ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’ प्रतिवेदन अनुसार सांसद र कर्मचारीलाई भ्रष्टाचारी मान्ने उत्तरदाता समान ४३/४३ प्रतिशत छन् । त्यस्तै, ४० प्रतिशतले स्थानीय सरकारका अधिकारी र २८ […]

तिनाउ-दानव नदीको दुवैतर्फ दुई लेन सडक बन्दै

१० मंसिर, बुटवल । रुपन्देहीको आर्थिक र पर्यटन विकासमा महत्वपूर्ण आयोजना मानिएको तिनाउ-दानव करिडोर (रिभर रुट) को शिलान्याश भएको छ । रिभर रुटले बुटवललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने छ । बुटवल बजारको बिच भएर बग्ने तिनाउ र दानव नदीको दुवैतर्फको किनारमा बन्ने बाइपास सडक निर्माणपछि भारतीय सिमासँग जोडिएको रुपन्देहीको मर्चवार […]

मानव अधिकार आयोगद्वारा बर्दिबास घटनाको अनुसन्धान सुरु

१० मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवासमा बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे अनुसन्धान सुरु गरेको छ । बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि पक्राउ परेका आरोपितलाई कानूनी कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो । आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरबाट […]

नेप्से परिसूचक ६४ अंकले बढ्यो, होटलबाहेक सबै हरियाली

१० मंसिर, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ६४ अंक भन्दा धेरैले बढेको छ । साताको चौथौं कारोबार दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८८ अंकमा पुगेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको छ । सेन्सेटिभ […]

मेरो पक्षमा माहोल बनिसक्यो, चुनाव जित्छु : किशोर प्रधान

१० मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकालबीच प्रतिस्पर्धा हुँदैछ । महासंघको अधिवेशन शुक्रबार उदघाटन भएर शनिबार नेतृत्वका लागि मतदान हुँदैछ । अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाअनुरूप शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष हुँदैछन् । अब प्रधान र ढकालमध्ये जो वरिष्ठ उपाध्यक्षमा विजयी […]

निर्वाचनको परिणामबाटै जवाफ दिन्छौं : चन्द्र ढकाल

१० मंसिर, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक सं‌स्था नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष चयनका लागि मंसिर १३ गते निर्वाचन हुँदैछ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुँदैछन् भने वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय किशोर प्रधान र चन्द्र ढकाल आ–आफ्ना प्यानलसहित चुनावमा होमिएका छन् । सर्वसम्मत नेतृत्व चयनको विषय उठे पनि सहमतिको सम्भावना […]

बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

१० मंसिर, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरले सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौंको थापागाउँ बस्ने ३१ वर्षीय शशी थापालाई पक्राउ गरेको हो । गत असोज २९ गते सामान्य विवादका क्रममा सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार […]

सुदूरपश्चिममा पहिलो चौमासिकमा ६ प्रतिशत बजेट खर्च

१० मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको ६.२९ प्रतिशत हो । चालू आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक सम्मको बजेट खर्च र राजश्व सङ्कलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले गत […]



from समाचार – Online Khabar https://ift.tt/3fx0EBv
via IFTTT
Powered by Blogger.