Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मानव अधिकार आयोगद्वारा बर्दिबास घटनाको अनुसन्धान सुरु

१० मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवासमा बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे अनुसन्धान सुरु गरेको छ । बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि पक्राउ परेका आरोपितलाई कानूनी कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो । आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरबाट […]

बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

१० मंसिर, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरले सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौंको थापागाउँ बस्ने ३१ वर्षीय शशी थापालाई पक्राउ गरेको हो । गत असोज २९ गते सामान्य विवादका क्रममा सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार […]

सुदूरपश्चिममा पहिलो चौमासिकमा ६ प्रतिशत बजेट खर्च

१० मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको ६.२९ प्रतिशत हो । चालू आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक सम्मको बजेट खर्च र राजश्व सङ्कलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले गत […]

सिकार खेल्न गएका राउटे किशोरको मृत्यु 

१० मंसिर, कर्णाली । बाँदरको सिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मंगलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मंगलबार साँझै गाडिसकेको बताए । आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे […]

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु

१० मंसिर, काठमाडौं । कास्कीको पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूषको बुधबार बिहान ४ः४० बजे मृत्यु भएको हो । उनीमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो […]

दुर्घटनामा परी अस्पतालमा भर्ना भएका एक व्यक्तिको कोरोनाबाट मृत्यु

१० मंसिर, काठमाडौं । सडक दुर्घटनामा परी चितवन मेडिकल कलेज भरतपुरमा भर्ना भएका नवलपुरका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका निर्देशक प्रा।डा। दयाराम लम्सालका अनुसार नवलपुर जिल्लाको गैंडाकोटा नगरपालिका–८ का ६० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान ३ः३० बजे मृत्यु भएको हो । डा. लम्सालका अनुसार कत्तिक २९ गते सडक दुर्घटनामा परी […]

कोरोना बीमाको रकमबाट पर्यटनमन्त्रीले गरे ३ सय विपन्न नागरिकको कोरोना बीमा

१० मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका छन् । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार पर्यटन मन्त्री कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै उनले बीमावापतको एक लाख रुपैयाँ प्राप्त गरेका हुन् । […]

वीरेन्द्रनगरमा कर्णाली सरकारको एकीकृत विकास परियोजना, एक अर्व बजेट

१० मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरको एकीकृत विकासका लागि केही ‘डि्रम’ परियोजना अघि सारेको छ । प्रदेश सरकारले वीरेन्द्रनगरको एकीकृत विकासका लागि संघ र वीरेन्द्रगर नगरपालिकासँग हालेमालो गर्दै नयाँ परियोजना अघि बढाएको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला संयोजक रहेको ‘प्रदेश राजधानी वीरेन्द्रनगरको एकीकृत विकास समिति’ले राजधानीका तत्कालीन […]

महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

१० मंसिर, काठमाडौं । महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगाहा नगरपालिका–९ पथलैया बस्ने ४१ वर्षीय रामनारायण साह रहेका छन् । प्रहरीका अनुसार मंगलबार राति भंगाहा नगरपालिका–४ कोबीबारीस्थित काउली खेतमा लगाएको विद्युतीय तारको घेरामा पर्न जाँदा उनलाई करेन्ट लागेको थियो । सोही स्थान भएर हिँड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका […]

पलासे दुर्घटना : ठक्कर दिने जिपका चालक पक्राउ

१० मंसिर, काठमाडौं । प्रहरीले सडक दुर्घटनाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा गोलबजार बस्ने २४ वर्षीय अर्जुन विक रहेका छन् । बनेपाबाट काठमाडौं आउने क्रममा विकले चलाएको जिपले गत मंसिर ५ गते ठक्कर दिँदा भक्तपुर नगरपालिका–९ पलासेका ६५ वर्षीया ललितकुमारी कार्कीको मृत्यु भएको थियो । बाटो क्रस गर्ने क्रममा जिपले […]

विराटनगरमा ४ जना कोरोना संक्रमितको मृत्यु

१० मंसिर, विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण मंगलबार रातिदेखि बुधबार विहानसम्म ४ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा ३ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो । धनकुटा नगरपालिका– ४, धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा […]

सुनको भाउ तोलामा एक हजार रुपैयाँले सस्तियो

१० मंसिर, काठमाडौं । सुनको भाउ आरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार सुनको प्रतितोला मूल्य एक हजार रुपैयाँले सस्तिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगबार प्रतितोला एक हजार आठ सय रुपैयाँले सुनको भाउ घटेको थियो । महासंघले बुधबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ […]

आयकर नतिरेका पौने तीन लाख करदातालाई फागुनसम्मको मौका 

१० मंसिर, काठमाडौं । सरकारले विगत ६ वर्षयता स्थानीय लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई आर्थिक ऐन २०७७ ले दिएका छुट तथा सुविधा उपयोग गर्न पुनः सचेत गराएको छ । आर्थिक ऐन २०७७ अनुसार आर्थिक वर्ष २०७०-७१ यता स्थायी लेखा नम्बर लिएर पनि आय विवरण पेश नगर्ने, आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको […]

घाँटीमा ढुङ्गा अड्किएर १६ महिने बालकको मृत्यु

१० मंसिर, काठमाडौं । घाँटीमा ढुङ्गा अड्किएर कञ्चनपुरमा एकजना बालकको मृत्यु भएको छ । बेदकोटनगरपालिका-९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ। घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किको थियो । महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको थियो । उनको उपचारकै क्रममा मंगलबार […]

दिव्य युवा क्लबको भवन शिलान्यास

१० मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले एक क्लबको भवन शिलान्यास गर्दै सामाजिक संघ संस्थाले समाज विकासमा महत्वपूर्ण योगदान दिएको बताएका छन् । महिला सशक्तीकरण, दलित सीमान्तकृत, अल्पसंख्यक, विपन्न समुदायको उत्थान, सामाजिक सेचतनामा सामाजिक संस्थाहरुले उल्लेख्य योगदान पुर्‍याएको उनको भनाइ छ । वीरगञ्ज महानगरपालिका-१४ चिनीमिल पिपरामा दिव्य युवा क्लब पर्साको भवन शिलान्यास […]

शुरु नभई सकियो मनाङको शैक्षिक सत्र

१० मंसिर, मनाङ । हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ । हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अन्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ । गत […]

मौलाकालिका मन्दिरबाट देवघाट नियाल्दा (फोटो फिचर)

१० मंसिर, काठमाडौं । गर्मीयामको प्रचण्ड उष्णतालाई चिरेर शितलताको आभाष दिलाउने मौलाकालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण चुचुरो हो । गैंडाकोट, नारायणगढ, भरतपुर आदि उष्ण क्षेत्रमा पुगेका पर्यटकहरू चिसो बतास र हरिया जंगली क्षेत्रको आस्वादन गर्दै उत्तरतर्फ लाग्दा मौलाकालिकाको मनोरम क्षेत्रमा पुग्न सक्छन् । दक्षिणतिर देवघाटधामको सुन्दर एवं पवित्र बस्ती, उत्तरतर्फ १२ महिना नै टिलिक्क टल्किने हिमालको […]

आधा घण्टामै ४० अंकले बढ्यो नेप्से परिसूचक

१० मंसिर, काठमाडौं । बुधबार सेयर बजारमा निकै उल्लास छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आधा घण्टामै करिब ४० अंकले धेरैले बढेको छ । बजार खुलेसँगै उकालो लाग्ने क्रम शुरु भएको बजारमा ११ बजेर २८ मिनेट जाँदा ४० दशमलव ७८ अंकले बजार उकालो लागेको थियो । यद्यपि, ११ बजेर ३० मिनेट जादा नेप्से […]

कोरोनाबाट हालसम्म ५ केन्द्रीय मन्त्री र ३० बढी संघीय सांसद प्रभावित

१० मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको संक्रमणलाई जितेका छन् । कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी संघीय सांसद तथा केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि […]

‘जिल्ला–नगरलाई सबल बनाउछौं’

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा प्यानलसहित उम्मेदवारी दिएका किशोर प्रधान वर्तमान जिल्ला–नगर तर्फका उपाध्यक्ष हुन् । उनको प्यानलबाटै जिल्ला–नगर तर्फको उपाध्यक्ष पदमा दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । हाल महासंघको वाग्मती प्रदेश अध्यक्ष रहेका श्रेष्ठले महासंघको लुम्बिनी प्रदेश अध्यक्ष गुणनिधि तिवारीसँग चुनावी प्रतिष्पर्धा गर्नुपर्ने भएको छ । ढकाल पक्षबाट उम्मेदवारी दिएका तिवारी र […]

‘जिल्ला-नगरको ५० प्रतिशत अधिकार स्थापित गराउँछौं’

आगामी १३ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षका लागि चन्द्र ढकाल समूहबाट गुणनिधि तिवारीले उम्मेदवारी दिएका छन् । हाल उनी महासंघकै लुम्बिनी प्रदेश कमिटी अध्यक्ष छन् । उता किशोर प्रधान समूहबाट जिल्ला नगर उपाध्यक्ष पदका लागि दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । श्रेष्ठ वाग्मती प्रदेश महासंघको अध्यक्ष हुन् । अर्थात् यस पदका […]



from समाचार – Online Khabar https://ift.tt/2UX1w92
via IFTTT
Powered by Blogger.