समाचार
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको उनको भनाइ छ । काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै नेता सिंहलेसुन्न चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गरे […]
१३ मंसिर, काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न मतदान भइरहेको छ । वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्र ढकाल र किशोर प्रधानलगायतका उम्मेदवारहरुले बढीभन्दा बढी मत आफूतिर तान्ने प्रयास जारी राखेका छन् । ढकाल एशोसिएट सदस्य भएकाले कार्की व्याङ्केटबाट र प्रधान बस्तुगत समूहको सदस्य भएकाले महासंघको केन्द्रीय कार्यालय […]
१२ मंसिर, मकवानपुर । उमेरले ७७ वर्ष पुगेका भिमफेदी गाउँपालिका–८ महभिरका देवानसिं गोले निकै खुसी देखिन्छन् । किनकि घर आँगनसम्मै गाडी गुडेको देख्ने उनको सपना पूरा भएको छ । ‘सडक नबन्दा गाउँबाट बजार आउने–जाने कल्पनासमेत हुँदैन थियो अहिले सडकले गाउँलाई छोएको छ,’ उनले आफ्नो खुसी साटे, ‘ढल्कदो उमेरमा गाउँसम्म सडक आयो, अब गाडीसँगै अन्य सुबिधा […]
१३ मंसिर, काठमाडौं । २०४४ को वैशाख महिना । काठमाडौं उपत्यकामा वसन्त ऋतुको बहार भए पनि राजनीतिक परिस्थिति बेहाल थियो । पञ्चायत विरोधि गतिविधि रोक्न प्रशासनले जनजीवन कडाइ गरेको थियो । सार्वजनिक गतिविधिमा सेन्सर गरिन्थ्यो । नेपाल राष्ट्र बैंकमा कार्यरत युवा रामप्रसाद पन्तलाई यहीबेला पत्रिका निकाल्ने हुटहुटी चल्यो । रामप्रसाद साहित्यमा रुचि राख्थे । तर, […]
१३ मंसिर, काठमाडौं । नेपालमा उच्चपदस्थ कर्मचारीदेखि व्यवसायीसमेतले आत्मसंस्मरण, जीवनी र साहित्यिक पुस्तक प्रकाशन गर्ने बाढी आइरहेको छ । उनीहरूले आफ्ना नाममा प्रकाशित गरेर चर्चित बनेका पुस्तकको पर्दापछाडि ‘घोस्ट राइटर’हरुको छायाँ देखिन्छ । आम पाठकलाई लाग्न सक्छ, साहित्य लेख्नेको निकै सानो जमात भएको देशमा हरेक दिन नयाँ-नयाँ पुस्तक प्रकाशन भइरहन सम्भव छ ? कसरी आइपुग्छन् […]
१३ मंसिर, गोरखा । कोरोना संक्रमणबाट गोरखा नगरपालिका–६ की ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ । उपचारको क्रममा शुक्रबार बेलुकी साढे आठ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ८ गते उनी अस्पताल भर्ना भएकी थिइन् । मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसियूमा राखेर उपचार गरिएको […]
१३ मंसिर, बुटवल । रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको शुक्रबार राति ११:२५ […]
१३ मंसिर, काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ ओरालो ट्रेण्डमा रह्यो । साताको पहिलो दिन ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताको अन्त्यमा तीन हजार रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा झर्यो । एक साता अवधिमा चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको गिरावट देखियो । घट्दो मूल्य र विवाहको […]
१३ मंसिर, काठमाडौं । निजगढ विमानस्थल निर्माणका लागि लगानी बोर्डबाट लगानी जुट्ने अवस्था नदेखिएपछि पर्यटन मन्त्रालयले लगानीको मोडालिटीबारे अर्थ मन्त्रालयसँग छलफल गर्ने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा शुक्रबार बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर निकाय समन्वय, सहजीकरण एवम् आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिले अर्थ मन्त्रालयसँग मोडालिटी […]
१३ मंसिर, काठमाडौं । बजारमा खासै नाम नचलेका र आफ्नो विशिष्ट परिचय नबनाइसकेका २० जना कथाकारको कथा संगालो ‘छकालै’ हालै पढ्ने मौका मिल्यो । छकालै शब्द आफ्नो बोलीचालीमा धेरै प्रयोग नगर्ने हुनाले यसको अर्थ के रहेछ भनेर नेपाली बृहत शब्दकोश पल्टाउँदा ३ वटा अर्थ भेटिए । एक– मध्यान्हको समय, मध्यान्हकाल । दुई– बिहानको समय, सखार […]
१३ मंसिर, काठमाडौं । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीर भएको गोली हानाहानमा मृत्यु भएको छ । पाकिस्तानतर्फबाट चलेको गोली लागेर नायक प्रेमबहादुर खत्री र राइफल्यान सुखवीर सिंहको शुक्रबार मृत्यु भएको भारतीय सेनाले जनाएको छ । रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा मृत्यु भएका खत्री दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी हुन् । १३ वर्षदेखि भारतीय सेनामा कार्यरत […]
१३ मंसिर, काठमाडौं । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने औपचारिक जानकारी दिएको छ । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् । उनी […]
१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३१ का नेपाली कांग्रेस इकाइ सभापति उज्ज्वल कोइरालाको निधन भएको छ । पुरानो बानेश्वर निवासी कोइराला सुगर सम्बन्धी समस्याबाट पीडित थिए । उनको शनिबार बिहान सिभिल अस्पतालमा निधन भएको हो । कोइरालालाई कोरोना संक्रमण पनि भएको थियो । तर उनी कोरोना संक्रमणमुक्त भएको तीन साताभन्दा बढी भइसकेको […]
१३ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि […]
१३ मंसिर, काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित […]
१२ मंसिर, विराटनगर । भोजपुरको हतुवागडी–४ कि शान्ति राईका बुबालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर आएका उनलाई ८ मंसिर मा कोरोना पुष्टि भयो । चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्ने सुझाव दिएपछि उनले सुरुमा सरकारी अस्पतालमै सोधीखोजी गरिन्। तर कतै खाली नभएको पाएपछि बुबालाई नोबेल मेडिकल कलेजमा लगिन् । तर अस्पतालले भर्ना […]
१२ मंसिर, काठमाडौं । केही घण्टाका लागि मंसिर ५ मा धुम्बाराही जानुबाहेक दश दिनयता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमै बिताए । निवासमै भेट्न आउनेहरुसँग कुराकानी त गरे, तर कुनै औपचारिक/अनौपचारिक कार्यक्रम वा भेटवार्ताका लागि बाहिर निस्किएनन् । प्रधानमन्त्रीनिवास बालुवाटार त जाँदै गएनन् । नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री […]
१२ मंसिर, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताले सुनसरीको इटहरीमा भेला गरेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का आफू निकट नेताको भर्चुअल भेला गरेको केही दिनपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताले सुटुक्क भेला गरेका हुन् । ‘इटहरी ब्याङ्केट’मा […]
१२ मंसिर, चितवन । भरतपुर कारागारको पर्खालको उचाइ करीव १५ फिट अग्लो छ । तर, यही पर्खाल नाघेर जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका एक कैदी बिहीबार साँझ भागे । कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ कारागारबाट भागेपछि उनको खोजी भइरहेको छ । जिल्ला कारागार प्रमुख कमलप्रसाद काफ्लेले बिहीबार साँझ संख्या गन्ने बेलामा […]
१२ मंसिर, काठमाडौं । कतारमा नयाँ श्रमिक पठाउन बाटो खुलेको छ । कतारस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेपछि अब विदेशबाट म्यानपाव कम्पनीरले श्रमिकको नयाँ डिमान्ड ल्याउन सक्ने भएका छन् । कतारमा मागपत्र प्रमाणीकरण सुरु नहुँदै काठमाडौंमा म्यानपावर कम्पनीले अन्तरवार्ता लिन थालेको भेटिएको थियो । यही बेला नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको हो । […]
१२ मंसिर, काठमाडौं । सरकारले एक वर्षको अवधिमा ३ अर्ब ८० करोड रुपैयाँ कर फिर्ता गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा कुल ६ अर्ब ६८ करोड रुपैयाँ कर फिर्ताको माग दाबी परेको थियो । त्यसबाट आन्तरिक राजस्व विभागले ३ अर्ब ८० करोड रुपैयाँ कर फिर्तायोग्य रकम ठहर गरेको हो । यसमध्ये कूटनीतिक नियोग, कुटनीतिज्ञ […]
from समाचार – Online Khabar https://ift.tt/3ljL39v
via IFTTT