Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जिल्ला-नगरतर्फको केन्द्रीय सदस्यमा पनि प्रधान समूहको पल्ला भारी

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा जिल्लानगरतर्फको  मतगणना सकिएको छ ।  जिल्ला-नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा पनि प्रधान प्यानलको वर्चस्व छ । जिल्ला नगरतर्फको उपाध्यक्षमा  प्रधान समूहबाट दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देव कुमार श्रेष्ठ, […]

महासंघको जिल्ला-नगर उपाध्यक्षमा प्रधान समूहका श्रेष्ठ विजयी

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला-नगरतर्फको उपाध्यक्ष पदमा दिनेशलाल श्रेष्ठ  विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई ११ मतान्तरले हराए । वस्तुगततर्फको उपाध्यक्षमा  गुणनिधि तिवारी चन्द्र ढकाल समूहबाट र दिनेशलाल श्रष्ठ किशोर प्रधान समूहबाटभिडेका थिए । दिनेशले ५८ मत ल्याउँदा गुणनीधि  ४७ मतमा सीमित भए । श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य […]

महासंघको वस्तुगत उपाध्यक्षमा प्रधान समूहका अञ्जन श्रेष्ठ निर्वाचित

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी भएका छन् ।  उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई  २५ मतान्तरले हराए । वस्तुगततर्फको उपाध्यक्षमा चन्द्र ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट अन्जन श्रेष्ठ भिडेका थिए । अन्जनले ६२ मत ल्याउँदा उमेश ३७ मतमा सीमित भए । वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य […]

वस्तुगततर्फको केन्द्रीय सदस्यमा दुवै प्यानलका ७–७ जना निर्वाचित

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतगणना चलिरहेको छ । वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै प्यानलका ७–७ जना निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाल प्यानलबाट समान संख्यमा वस्तुगततर्फबाट सदस्य निर्वाचित भएका हुन् । वस्तुगततर्फको उपाध्यक्षमा ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र प्रधान समूहबाट अन्जन श्रेष्ठ […]

कवाडी र बोरा टक्टक्याएर उठेका राष्ट्रिय खेलाडी

१३ मंसिर, काठमाडौं । यदि राजुका बाबाले दलित (परियार) आमा बिहे गर्दैनथे भने ? आज ‘राजु अधिकारी’ हुँदैनथे, सायद । भैहालेको भए ? कम्तिमा सडकमा पुग्दैनथे । उसोभए कहाँ हुन्थे ? बा–आमाकै न्यानो काखमा हुन्थे कि ! तर, यी राजुको भने सम्झनाको कुनै कुनामा आफ्ना बा–आमाको ममतामयी काख याद बसेको छैन । बरु सडकका चिसो […]

रामप्रसादको संघर्ष : जागिर राष्ट्र बैंकमा, लगानी साहित्यिक पत्रिकामा !

१३ मंसिर, काठमाडौं । २०४४ को वैशाख महिना । काठमाडौं उपत्यकामा वसन्त ऋतुको बहार भए पनि राजनीतिक परिस्थिति बेहाल थियो । पञ्चायत विरोधि गतिविधि रोक्न प्रशासनले जनजीवन कडाइ गरेको थियो । सार्वजनिक गतिविधिमा सेन्सर गरिन्थ्यो । नेपाल राष्ट्र बैंकमा कार्यरत युवा रामप्रसाद पन्तलाई यहीबेला पत्रिका निकाल्ने हुटहुटी चल्यो । रामप्रसाद साहित्यमा रुचि राख्थे । तर, […]

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

१३ मंसिर, काठमाडौं । छिप्पिएको रातलाई चिरागको ज्वालाले उज्यालो छरिरहेको छ । सुनसान दरबार क्षेत्रलाई ब्युँझाउनका लागि खिँ, ता, झ्याली जस्ता बाजाको स्वर बिस्तारै चर्किँदैछ । दैत्य गुरु नाच, हिरण्यकश्यपु नाच र प्रल्हाद नाच सकिइसक्दा सबैको प्रतीक्षाको घडीले पनि छिटोछिटो कुद्न थाल्छ । पाँचवटा चिरागको आगो बिस्तारै कम हुँदैजाँदा संग्रहालयको द्वारबाट एउटा फरक आकृतिको स्वरुप […]

भारतीय विदेश सचिवको भ्रमण : सकारात्मक शुरुआत तर पूरै विश्वस्त हुने अवस्था छैन

१३ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको दुई दिने भ्रमणले लामो समयदेखि थाती रहेका द्विपक्षीय विषयहरुमा छलफल गर्न र उच्चस्तरको भ्रमण आदान–प्रदानको लागि सकारात्मक वातावरण बनाएको छ । एक वर्षदेखि चिसिएको सम्बन्ध, चरम आपसी अविश्वास र आरोप–प्रत्यारोपको पृष्ठभूमिमा भएको सो भ्रमणकै क्रममा विवादित विषयमा ठोस सहमतिको सम्भावना र अपेक्षा थिएन । भ्रमणले अगाडि […]

एफएनसीसीआई चुनावः ५ वटा प्रदेशको केन्द्रीय सदस्य पदको मतरिणाम सार्वजनिक

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतपरिणाम सार्वजनिक हुन थालेको छ । प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रदेश-२ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । उनले १२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै मत ल्याउन सकेनन् । गण्डकीबाट बाबुराम गिरी ९ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत […]

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’

१३ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंमा चलेको सभामुख र उपसभामुखहरूको भेलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने निष्कर्ष निकालेको छ । राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरिरहेका बेला दुई दिने भेलाले यस्तो निचोड निकालेको हो । ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो । लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन,’ भेलाको निश्कर्ष सुनाउँदै संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ […]

प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण

१३ मंसिर, विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अधिकारीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमूना परिक्षण गराउँदा ७२ वषर्ीय प्रमुख अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ । प्रमुख अधिकारीसँगै ६४ वर्षीया श्रीमती जानुका अधिकारी […]

मानव बेचविखन आरोपमा होटल सञ्चालक पक्राउ

१३ मंसिर, काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले एक होेटल सञ्चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ९, जाल्पारोडमा खाजा घर सञ्चालन गरिरहेका केशव भुजेललाई पक्राउ गरेको हो । पाँचखाल-३, काभ्रे घर भएका भुजेलले आफ्नै खाजा घरमा कार्यरत युवतीलाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्य होटलमा […]

प्रधानमन्त्री ओलीको प्रस्ताव : प्रचण्डको प्रस्ताव खारेज गरौं, भदौ २६ मा फर्कौं

१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज गर्ने र भदौ २६ को स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्कन प्रस्ताव गरेका छन् । शनिबार बसेको पार्टी सचिवालयको बैठकमा ३७ पेज लामो प्रस्ताव पेश गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले आफूमाथि अर्का अध्यक्षले लगाएको आरोप खारेज […]

१३८० कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

१३ मंसिर, काठमाडौं । गत २४ घण्टामा एक हजार ३८० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् भने ५१५ जना डिस्चार्ज भएका छन्। देशैभर ९ हजार ३६८ नमुना परीक्षण भएकोमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार काठमाडौं उपत्यकामा मात्रै ३६० पुरुष […]

कांग्रेस सरकारमा जान्न, मध्यावधि निर्वाचनको माग गर्छ : बलायर

१३ मंसिर, डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर अहिलेको अवस्थामा नेपाली कांग्रेस सरकारमा नजाने बताएका छन् । नेपाल प्रेस युनियन डोटीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य बलायरले अहिले नेकपाको जुटाइ वा फुटाइसँग कांग्रेसको कुनै संलग्नता नरहेको बताउँदै कसैले निम्तो पठाउँदैमा कांग्रेस सरकारमा सहभागी नहुने बताए । ‘दुईतिहाई बहुमत हुँदाहुँदै कांग्रेसलाई […]

नेकपाको सचिवालयमा ओलीको जवाफी प्रस्ताव पेस (पूर्ण पाठसहित)

१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा […]

महासंघको निर्वाचनमा जिल्ला तथा नगरतर्फ शतप्रतिशत मतदान

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको मतदान सकिएको छ । शनिबार महासंघको वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । महासंघमा देशभरका १०५ वटा जिल्ला/नगर उद्योग वाणिज्य संघहरु सदस्य छन् । जिल्लानगरतर्फ शतप्रतिशत मतदान भएको छ । महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुन्छ । महासंघको वरिष्ठ उपाध्यक्षमा  […]

मकवानपुरमा २२ किलो गाँजाको धुलो बरामद

१३ मंसिर, काठमाडौं । मकवानपुरमा प्रहरीले २२ किलो गाँजाको धुलो बरामद गरेको छ । मकवानपुरको राक्सीराङ गाउँपालिका-३ औलेडाँडा स्थित प्रहरी चौकीबाट खटिएको टोलीले चरेश बनाउनका लागि तयार गरिएको गाँजाको धुलो बरामद गरेको हो । दुईजना व्यक्तिले प्रहरीलाई देखेपछि झोला छोडेर जङ्गलतिर भागेपछि झोला खोल्दा गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । […]

पोखरा पर्यटन परिषदको अधयक्षमा भट्टराई निर्वाचित

१३ मंसिर, पोखरा । पोखरा पर्यटन परिषदले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको ११ औं अधिवेशनले गोपी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काˆले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी […]

भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपामा विवाद : लेखा समिति सभापति शाह

१३ मंसिर, बुटवल । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले भ्रष्टाचारमा भागबण्डा नमिल्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको आरोप लगाएका छन् । सैद्धान्तिक र राजनीतिक नभएर भ्रष्टाचारमा एकलौटी हुँदा नेकपाभित्र विवाद उत्पन्न भएको शाहको टिप्पणी छ । शनिबार बुटवलमा पत्रकारहरुसँगको साक्षात्कारमा नेता शाहले भ्रष्टाचार र सत्तारुढ दलभित्रको झगडाले देश बर्बाद हुने […]

नेकपा विवादमा घिउ नथपौं : परराष्ट्रमन्त्री ज्ञवाली

१३ मंसिर, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको बिवादमा घिउ नथप्न आग्रह गरेका छन् । नेकपाका नेता बोमबहादुर खड्काको शोक सभालाई शनिबार गुल्मीको नयाँगाउँमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सके विवादमा पानी राख्न र नसके घिउ नराख्न आग्रह गरे । उनले नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा गुट–उपगुट बनाएर अनावश्यक रुपमा फेसबुक र […]



from समाचार – Online Khabar https://ift.tt/3lj9fc6
via IFTTT
Powered by Blogger.