Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१५ मङ्सिर, कैलाली । कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका-४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मङ्सिर ८ गते श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना भएको पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । उनको […]

तोलामा ७०० ले घट्यो सुनको भाउ

१५ मंसिर, काठमाडौं । सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कायम भएको हो । सोमबार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमरको कारोबारका लागि छापावाल सुनको भाउ ९० हजार […]

अनन्तले भने– युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार छन्, दुवै अध्यक्षले निर्णय गरुन्

१५ मंसिर, रोल्पा । ऊर्जामन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् । तर, नेकपाका दुवै अध्यक्षले सहमतिमा यो कुराको निर्णय गर्नुपर्ने उनले बताए । रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३/११ केभी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘दुवै […]

उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न आज मतदान हुँदै

१५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न आज मतदान हुने भएको छ । शेखर गोल्छाको नेतृत्वमा आइतबार आएको महासंघको नेतृत्वले कोषाध्यक्ष मनोनयन गर्न प्रस्ताव गरेको थियो । तर नवननिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरुले सहमतिबाट कोषाध्यक्ष चयन गर्नु पर्ने माग राखे । गोल्छा पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी सकुन्तला हिराचनलाई […]

पाँच दिनदेखि बेपत्ता युवकको शव झाडीमा भेटियो

१५ मंसिर, बिराटनगर । सुनसरीको दुहबीमा पाँच दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको शव भेटिएको छ । चौधरी १० मंसिरयता बेपत्ता […]

सांसदको नाममा किन बजेट दिएको होला भन्थें तर चाहिने रहेछ : भट्टराई

१५ मंसिर, पोखरा । रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको क्षेत्रबाट चुनाव जितेर उनकै पत्नी विद्या भट्टराई अहिले सांसद छिन् । तत्कालीन पर्यटन मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि गत उपनिर्वाचनमा नेकपाले भट्टराईलाई नै उम्मेदवारका रुपमा उभ्याएको थियो र कास्की क्षेत्र नम्बर २ का जनताले जिताएर प्रतिनिधिसभामा पठाए । विद्यार्थी राजनीति गरेकी विद्याले प्राज्ञिक क्षेत्रको कामलाई बिट […]

बिराटनगरमा एम्बुलेन्स दुर्घटना, एकजना बिरामीको मृत्यु

१५ मंसिर, बिराटनगर । बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना विरामीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । बिराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा गएराति करिब १ बजे एम्बुलेन्स ठोक्किँदा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो । एम्बुलेन्स ठोक्किँदा गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा […]

नेपाली पक्षसँग भएका कुराबारे यसो भन्छ चिनियाँ रक्षा मन्त्रालय

१५ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको बारेमा एकदमै कम जानकारी दिइएको छ । समाचार संकलनमा सरकारी सञ्चारमाध्यमलाई केही पहुँच दिइएको छ । भेटवार्तामा के–के विषयमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मित्रवत कुरा भएको र भेटघाट भएको भन्दा केही उल्लेख छैन । चिनियाँ रक्षामन्त्रीको भ्रमणमा के–के विषयमा कुराकानी भयो भन्ने विषयमा चाहिँ आइतबार साँझबाट […]

हुम्लाको नाम्खा गाउँपालिका कोरोना मुक्त

१५ मंसिर, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ । चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएसँगै याल्वाङ कोरोना सङ्क्रमण मुक्त बनेको हो । मङ्सिर ११ गते […]

शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती मनाइँदै

१५ मंसिर, काठमाडौं । शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका थिए । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उनैले गराएका थिए । त्यसैले प्रत्येक वर्ष […]

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

१५ मंसिर, काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर […]

नाइजेरियामा ११० जनाको घाँटी रेटेर हत्या

१५ मंसिर, काठमाडौं । नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जनाको क्रूर ढंगले हत्या गरेको छ । सो समूहले खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ । घटना गत शनिबारको हो […]

‘सामन्तवादको अवशेष बाँकी छ, मुख्य शत्रु छैन’

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा शनिबार प्रस्तुत गरिएको ३८ पृष्ठ लामो प्रतिवेदनमा अर्का अध्यक्ष प्रचण्डमाथि के-कस्ता आरोपहरु लगाइएको छ भन्नेबारे पार्टीभित्र र बाहिर व्यापक चर्चा भइरहेको छ । तर, प्रधानमन्त्रीको प्रतिवेदनमा नेकपाको राजनीतिक कार्यदिशासम्बन्धी गम्भीर विचारधारात्मक विषयसमेत उठाइएको छ, जसबारे सार्वजनिक रुपमा पर्याप्त बहस सुरु […]

सन्दीप लामिछाने अस्पताल भर्ना

१४ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।

चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा दुई घण्टा बिताउनुको अर्थ

१४ मंसिर काठमाडौं । एक दिने ‘वर्किङ भ्रमण’ का लागि नेपाल आएका चिनियाँ रक्षामन्त्री वेई फेङहेले सैनिक मुख्यालय भद्रकालीमा झण्डै दुई घण्टा बिताए । नेपाली सेनाबाट ‘गार्ड अफ अर्नर’ लिएर प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गर्दासम्म उनले जंगी अड्डामा लामै समय बिताए । यसबाहेक उनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छोटो भेट गरे […]

रक्षामन्त्रीको नेपाल भ्रमणमा अन्तरराष्ट्रिय र क्षेत्रिय विषयमा कुराकानी : चीन

१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलरको वेई फेङहेको नेपाल भ्रमण सैन्य भ्रमण/सहयोग आदान प्रदान,आर्थिक सहकार्य र कोभिड- १९ सँग सम्बन्धीत सहकार्यमा विषयमा केन्द्रित रहेको चीनले जानकारी दिएको छ । चिनियाँ रक्षा मन्त्रालयले नेपाली नेता र अधिकारीहरुसँगको कुराकानीमा यि विषयमा कुराकानी गरेको संक्षिप्त जानकारी दिएको छ । चिनियाँ रक्षामन्त्री एक दिने भ्रमण सकेर […]

महामारी नियन्त्रणमा नेपाललाई सहयोग गर्ने चिनियाँ रक्षामन्त्रीको बचन

१४ मंसिर, काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेई फेङ्हेले नेपाली सेनालाई थप सहयोग गर्ने बचन दिएका छन् । कोभिड-१९ भाइरसको महामारी नियन्त्रणको सन्दर्भमा नेपाली सेनामार्फत नेपाललाई सहयोग गर्न तयार रहेको फेङ्हेले बताएका हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगीअड्डामा दुईपक्षीय भेटवार्ता गर्दै फेङ्हेले भनेका छन्, ‘कोरोना महामारीविरुद्धको प्रतिकार्यमा चीन नेपाललाई थप सहयोग गर्न […]

सांसदहरुको फेरि निःशुल्क कोरोना परीक्षण !

१४ मंसिर, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनको तयारी पूरा गरेको संसद सचिवालयले सांसदहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने योजना बनाएको छ । सबै सांसदको निःशुल्क कोरोना परीक्षण गर्ने तयारी छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘सांसदहरुको पुनः एक पटक कोरोना परीक्षण निशुल्क गर्ने विषयमा संसद सचिवालय, स्वास्थ्य मन्त्रालय र शुक्रराज ट्रपिकल तथा […]

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अस्वीकार्य : सरकार

१४ मंसिर, काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० अस्वीकार्य भएको बताएको छ । यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको सरकारको दाबी छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको उल्लेख गरिएको छ । तर सरकारले भने ट्रान्सपरेन्सीको यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट […]

डिजेल र पेट्रोलमा मिसावट छैन भनेर कसरी पत्याउने ?

१४ मंसिर, काठमाडौं । भारतको बरौनीबाट पेट्रोल लिएर दुईवटा ट्यांकर ३ मंसिरमा नेपाल आयल निगमको थानकोट डिपो आइपुगे । वीर बेताल आर्शिवाद कम्पनीको ना ७ ख ३९९६ र ना७ख २९९५ नम्बरको ती ट्यांकरले सधैंझैं निगमको भण्डारण केन्द्रमा पेट्रोल खन्याए । बरौनीबाट नेपालका जुनकुनै डिपोमा आउने ट्यांकरले २० हजार लिटर पेट्रोल बोक्छन् । यसमा केही नोक्सानी […]

हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण

१४ मंसिर, काठमडौं । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ । बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए । हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको जानकारी आएको लामाले बताए । […]



from समाचार – Online Khabar https://ift.tt/37hekNn
via IFTTT
Powered by Blogger.