समाचार
१२ मंसिर, काठमाडौं । इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज सम्पर्कबिहीन भएको प्रकरणपछि उनको ठाउँमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) पठाइएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले डीएसपी प्रेमबहादुर शाहीलाई त्यहाँ काज सरुवा गरेको हो । उनी लागूऔषध नियन्त्रण ब्युरो, बबरममहलमा कार्यरत थिए । मालाखेतीका डीएसपी भरतराज चौधरी मंगलबार राति ९ बजेपछि सम्पर्कविहीन भएका थिए । […]
१२ मंसिर, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई थप एक हप्ता हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीमाथि अनुसन्धानका लागि एक हप्ता थुनामा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको हो । उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको सीआईबीका निर्देशक […]
१२ मंसिर, काठमाडौं । सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो । आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा […]
१२ मंसिर, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवालविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा जैसवालले निर्माणाधिन सो प्रसारण लाइन भित्रपर्ने रुखहरु […]
१२ मंसिर, वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय राजेन्द्र उप्रेती, ३९ वर्षकै दिपक भट्टराई, वडा नं ९ बस्ने ३७ वर्षीय प्रल्हाद दुलाल, वडा नं ७ ४८ वर्षीय राजेश गिरी, ४५ वर्षीय श्याम सिंह, वडा नं १ बस्ने ४२ वर्षीय रोबिन दहाल, बाराको निजगढ […]
१२ मंसिर, काठमाडौं । मकवानपुरमा ३ लाख ३२ हजार ८९२ रुपैयाँ नगदसहित बिहीबार राति ९ बजे १४ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौंडा उपमहानगरपालिका-४ पारिजात पथस्थित दिलबहादुर मोक्तानको घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुबाट नगदसहित १२ बुक तास र ३१ वटा कौडासमेत […]
१२ मङ्सिर, भीमेश्वर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् । हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको […]
१२ मंसिर, काठमाडौं । कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–७ की ७६ वर्षीया वृद्धाको शुक्रबार बिहान ७ः३० बजे मृत्यु भएको हो । उनीमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार […]
१२ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले आफ्ना प्रतिस्पर्धी चन्द्र ढकाललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । महासंघको ५४ औं साधारणसभाको बन्द शत्रमा बोल्दै उनले प्रधानले यसपटक आफूलाई छाडिदिन र अर्को पटक नेतृत्व लिनका लागि ढकालसँग आग्रह गरे । ‘तपाईंलाई असल र सरल व्यक्तिको रुपमा मैले पाएको छु, […]
१२ मंसिर, काठमाडौं । संसदीय सुनुवाई समितिको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । समितिको शुक्रबार बसेको बैठकबाट श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन भएको हो । संसदीय अनुमोदनसँगै श्रेष्ठको चार वर्षका लागि परिषद् सदस्य बन्ने बाटो खुलेको छ । संसदीय समितिमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । सांसदहरूले […]
१२ मंसिर, काठमाडौं । कास्कीको पोखरामा थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना महिला र चरक मेमोरियल अस्पतालमा एकजना पुरूषको मृत्यु भएको हो । प्रतिष्ठानमा पोखरा महानगरपालिका–३२ का ६६ वर्षीया महिलाको शुक्रबार मृत्यु […]
१२ मंसिर, कैलाली । कञ्चनपुरमा दुई दिनको अवधिमा दुई जनाको शव फेला परेको छ । शुक्रबार बिहान भीमदत्त नगरपालिका – ४ स्थित महेन्द्रनगर बजारमा बेदकोट नगरपालिका ४ का २४ वर्षीय कमल दमाई मृत फेला परेका छन् । टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । […]
१२ मंसिर, काठमाडौं । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–१७ का ५१ वर्षीय पुरूषको बिहीबार राति ८ः२७ बजे मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार राति उपचारका लागि ल्याइए पनि मेडिकल कलेज आइपुग्नु पूर्व नै उनको मृत्यु भइसकेको पाइएको मेडिकल कलेजका निर्देशक प्रा. […]
१२ मंसिर, बुटवल । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिलाको भिम अस्पताल भैरहवामा मत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार उनी बिहीबार राति १२ बजे अस्पताल भर्ना भएकी थिइन् । उपचारको क्रममा बिहीबार राति १२ः४० बजे उनको मृत्यु भएको पोख्रेलले बताए । […]
१२ मंसिर, पोखरा । श्वासप्रश्वासमा समस्या आएपछि चार वटा अस्पताल पुर्याउँदा पनि काठमाडौं घर भइ अन्नपूर्ण गाउँपालिका–३, कास्कीमा बस्दै आएका राजेश कार्कीको ज्यान बचेन । तीन वटा अस्पतालले भर्ना नलिइएपछि मणिपाल पुर्याइएका कार्कीको समयमा उपचार नपाएरै ज्यान गुम्यो । मेट्रोसिटी अस्पताल, लेकसेटी, फिस्टेल अस्पताल लगायतले आईसीयू र भेन्टिलेटर नभएको भन्दै पठाएपछि कार्कीले पनि स्याङ्जाकी धनमाया […]
१२ मंसिर, काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाले आगामी आइतबारदेखि शैक्षिक संस्था खोल्ने भएको छ । सरोकारवालासँग छलफल गरेर भौतिक उपस्थितिमै पढाइ सञ्चालन गर्ने निर्णय भएको बेनीका नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा अनुसार शैक्षिक संस्था खोल्न लागेको श्रेष्ठ बताउँछन् […]
१२ मंसिर, काठमाडौं । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रि्रय विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्न तयारी थालिएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको हो । शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा […]
१२ मंसिर, वीरगञ्ज । मुकेश चौरसिया मृत्यु प्रकरणमा पूर्वसभासद राजकुमार गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ । प्रहरी अनुसन्धानबाट घटनामा उनीहरुको संलग्नता नदेखिएकाले मुद्दा नचलाउने निर्णय गरिएको जिल्ला सरकारी वकिलको कार्यालय पर्साले जनाएको छ । यससँगै घटनापछि फरार रहेका गुप्ता वीरगञ्ज फर्किएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विन्दवासिनी गाउँ कमिटीको सपथ ग्रहण […]
१२ मंसिर, चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उनका अनुसार बिहीबार साँझ ५:३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । […]
१२ मंसिर, जलेश्वर । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गएराति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते […]
१२ मंसिर, काठमाडौं । सुनको मूल्य ओरालो लाग्नेक्रम शुक्रबार पनि जारी छ । अघिल्लो कारबार दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजकालागि सुनको छापावल प्रतितोला भाउ ९१ हजार तीन सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ भने ९० हजार ८ […]
from समाचार – Online Khabar https://ift.tt/2V8evFa
via IFTTT