Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अब दुई अध्यक्ष मिलेर मात्र समस्या हल हुँदैन : नेता नेपाल

१४ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्ष मिलेपछि भइगयो भन्ने बुझाइकै कारण पार्टीभित्र समस्या बढ्दै गएको बताएका छन् । उनले अहिलेको समस्यालाई दुई अध्यक्षबीचको मात्रै भनेर नबुझ्न समेत आग्रह गरेका छन् । शनिबारको सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) मिल्नुपर्ने […]

बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा वडाध्यक्ष पक्राउ

१४ मंसिर, कैलाली । बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा बैतडीमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाको सिगास गाउँपालिका-३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउदलाई पक्राउ गरेको हो । १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते […]

सिद्धबाबालाई थुनामा राख्न सर्वोच्चको आदेश

१४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनेर चिनिने कृष्‍णदास गिरीलाई थुनामा नै राख्न आदेश दिएको छ । एक अनुयायीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई २०७६ माघ ९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो […]

स्वयम्भु बचाऔं अभियानद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

१४ मंसिर, काठमाडौं । स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सडक विभागले कलंकी–चाबहिल सडक विस्तारको क्रममा विश्वसम्पदामा सूचिकृत संरचना भत्काउन लागेको भन्दै अभियानले दीप प्रज्वलन, मौन र्‍याली, हस्ताक्षर संकलन लगायतका कार्यक्रम सार्वजनिक गरेको हो । ‘विश्वसम्पदामा सूचीकृत स्ययम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने […]

आन्दोलनरत कर्मचारीले लगाए वीर अस्पताल पदाधिकारीको कार्यकक्षमा ताला

१४ मंसिर, काठमाडौं । ४२ दिनसम्म आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै वीर अस्पतालका आन्दोलनरत कर्मचारीहरुले अस्पताल पधाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका छन् । कोभिड १९ जोखिम भत्ता लगायत अन्य माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले यसअघि पधाधिकारीको बाटो छेक्ने काम गरेका थिए । ४२ दिनदेखि हरेक दिन दैनिक १ घण्टा आन्दोलन गर्दा मागको बारेमा सुनुवाई […]

म्याग्दीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच घाइते

१४ मंसिर, बेनी । म्याग्दीको मङ्गला गाउँपालिका-२ बावियाचौरको काफलचौरमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २-०३००१ च ०२५२ नम्बरको बोलेरो जिप आइतबार बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनमा परेर जिपमा सवार ११ वर्षीया बालिका करिस्मा […]

७५० मिटर सडक ७ वर्षमा पनि नबनेपछि स्थानीय आन्दोलित 

१४ मंसिर, बुटवल । ७५० मिटर सडक ७ वर्षमा पनि निर्माण सम्पन्न नभएपछि रुपन्देहीको बेलहिया गाउँका स्थानीय आन्दोलित भएका छन् । स्थानीयले बेलहियामा आइतबार बिहान चक्काजाम गरेर विरोध प्रदर्शन गरेका छन् । बेलहिया गाउँ समाजको अगुवाइमा आइतबार बिहान स्थानीयले चक्काजाम गरी विरोध प्रदर्शन गरेको स्थानीय अगुवा राम बस्नेतले बताए । इलाका प्रहरी कार्यालय बेलहिया कार्यालयदेखि बाइपास […]

चिनियाँ रक्षामन्त्रीलाई जंगीअड्डामा स्वागत

१४ मंसिर, काठमाडौं । नेपाल  भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् । भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो । रक्षामन्त्री फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च […]

नेकपामा बैंक खाता पनि मिलेन !

१४ मंसिर, काठमाडौं । गत ९ माघ २०७६ मा भएको निर्वाचनबाट राष्ट्रिय सभामा सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) का तर्फबाट १८ जना आए । संघीय संसद सचिवालयले नेकपाको एउटै खाता नभएका कारण पूर्व पार्टी (एमाले र पूर्वमाके) मध्ये कुन तर्फका हुन भन्ने आफैँ छुट्याएर तलब पठायो । लेवी पनि सोही अनुसार कटाएर पठायो । ‘तर, […]

लिगलिगकोटमा होमस्टे सञ्चालन

१४ मंसिर, गोरखा । पालुङटार नगरपालिका–२ स्थित ऐतिहासिक थलो लिगलिगकोट घुम्न आउने पर्यटलाई लक्षित गरेर होम स्टे सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय लिगलिगकोट घुम आउनेको संख्या बढेको तर खाने बस्ने समस्या रहेकाले होम स्टे राखेको लिगलिगकोट होम स्टे समितिकी अध्यक्ष प्रेमकुमारी थापाले बताइन् । होम स्टे सञ्चालनका लागि सात वटा घर निर्माण गरिएको छ […]

कञ्चनपुरमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

१४ मंसिर, कैलाली । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बेदकोट नगरपालिका-१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ भिमदत्त नगरपालिका अन्तर्गत रहेको झोलुङ्गे प्रहरी चौकीमा कार्यरत २४ वर्षीय राम बहादुर बिष्टको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार […]

पुर्खाको सम्झनामा राजन राईको ‘एउटा तक्मा’

१४ मंसिर, काठमाडौं । प्रदेश-१ का प्रदेशसभा सदस्य राजन राईले गोर्खा भर्ती जाने पुर्खाहरुको सम्झनामा लेखेको गीत ‘एउटा तक्मा’ सार्वजनिक भएको छ । डाक्टर किराँतको संगीत रहेको गीतमा कनकाइष्ट राईले स्वर दिएका छन् । राजनीतिसँगै गीत लेख्दै आएका राजन राईले एउटा तक्मामा गोर्खा भर्ती जाने पुर्खाहरुले पाएको कष्ट, दुख र विवशता समेटेका छन् । गीतमा […]

गृहमन्त्री थापाले कुहिनो जोडेर गरे चिनियाँ रक्षामन्त्रीलाई स्वागत

१४ मंसिर, काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा गृहमन्त्री रामबहादुर थापाले स्वागत गरे । यसअघि विदेशी पाहुनासँग हात मिलाएर स्वागत गर्ने प्रचलन रहे पनि आइतबार भने गृहमन्त्री थापा र चिनियाँ रक्षामन्त्री फेङ्हेले कुहिनो जोडेर शिष्टाचार आदान प्रदान गरे । कोरोना […]

नरैनापुरका विद्यालयमा पठनपाठन सुरु   

१४ मंसिर, राँझ । बाँकेको नरैनापुर गाउँपालिकामा आइतबारदेखि माध्यमिक तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । कोरोना महामारी संक्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार आइतबारदेखि विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनका अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर पहिलो […]

खुल्यो माउन्टेन फ्लाइट, बुद्ध र यतीमा एउटा टिकट किन्दा अर्को सित्तैमा

१४ मंसिर, काठमाडौं । चैतयता बन्द रहेको माउन्टेन फ्लाइट अब सञ्‍चालन हुने भएको छ । निजी क्षेत्रका दुई ठूला कम्पनी बुद्ध एयर र यति एयरले माउण्टेन उडानको मिति तय गरेका छन् । शनिबार बुद्धले लकडाउनयता परीक्षणका रुपमा पहिलो उडान गरेको छ । अब हरेक शनिबार नियमित माउन्टेन फ्लाइट हुने कम्पनीले जनाएको छ । बुद्ध एयरका […]

लिगलिग कोटमा होम स्टे

१४ मंसिर, गोरखा । पालुङटार नगरपालिका-२ स्थित ऐतिहासिक थलो लिगलिग कोट घुम्न आउने पर्यटकले स्थानीय परिकारको स्वाँद लिदै स्थानीय संस्कृति हेर्न पाउने भएका छन् । पर्यटकलाइ लक्षित गरी लिगलिगकोटको खोल्ली बजारमा ‘होम स्टे’ सञ्चालन भएको छ । ‘लिगलिग कोट घुम्न भनेर धेरै पर्यटकहरु आउनुहुन्छ तर खाने बस्ने ठाउँ छैन,’ लिगलिग कोट हामे स्टे समितिकी अध्यक्ष […]

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छु : मन्त्री वेइ 

१४ मंसिर, काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै […]

चिनियाँ रक्षामन्त्रीसँग पूर्वघोषित सैन्य सहयोगबारे छलफल हुने

१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहेको नेपाल भ्रमणका क्रममा पूर्वघोषित ३ सय मिलियन आरएमबी सैन्य सहयोग हस्तान्तरणको प्रगतिबारे छलफल हुने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले असार पहिलो साता गरेको चीन भ्रमणका क्रममा १५० आरएमबी सैन्य सहयोग गर्ने घोषणा भएको थियो । त्यसको तीन महिनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको […]

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

१४ मंसिर, विराटनगर । झापा, मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । आइतबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । को २१ प ५९९१ मोटरसाइकललाई समान दिशामा गइरहेको प्रदेश १–०१–००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान […]

गुल्मीको इस्मा गाउँपालिकामा सार्वजनिक विदा

१४ मंसिर, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । शुक्रवार गाउँपालिकाको वडा नम्बर–४ को हुल भन्ने स्थानमा भएको जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको शोकमा आज सार्बजनिक बिदा दिइएको हो । गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरु र शैक्षिक संस्थाहरुमा बिदा दिन निर्देशन दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत नारायण महतले जानकारी […]

कानुन बाझिएर स्थानीय तहलाई काम गर्न समस्या

१४ मंसिर, डोटी । ‘संविधानको अनुसूची–८ को ८ नं. बुँदामा आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भनिएको छ । सोही अनुसार हामीले शिक्षा ऐन बनाउन खाज्यौं । तर शिक्षक संघ–महासंघहरुले संघीय ऐन नआई बनाउन नपाइने भन्दै विरोध गरे, हामीले ऐन बनाउन सकेनौं ।’ डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका कानुन अधिकृत गोविन्दराज जोशीको भनाइ हो […]



from समाचार – Online Khabar https://ift.tt/2HMZxBc
via IFTTT
Powered by Blogger.