समाचार
१३ मंसिर, काठमाडौं । यदि राजुका बाबाले दलित (परियार) आमा बिहे गर्दैनथे भने ? आज ‘राजु अधिकारी’ हुँदैनथे, सायद । भैहालेको भए ? कम्तिमा सडकमा पुग्दैनथे । उसोभए कहाँ हुन्थे ? बा–आमाकै न्यानो काखमा हुन्थे कि ! तर, यी राजुको भने सम्झनाको कुनै कुनामा आफ्ना बा–आमाको ममतामयी काख याद बसेको छैन । बरु सडकका चिसो […]
१३ मंसिर, काठमाडौं । छिप्पिएको रातलाई चिरागको ज्वालाले उज्यालो छरिरहेको छ । सुनसान दरबार क्षेत्रलाई ब्युँझाउनका लागि खिँ, ता, झ्याली जस्ता बाजाको स्वर बिस्तारै चर्किँदैछ । दैत्य गुरु नाच, हिरण्यकश्यपु नाच र प्रल्हाद नाच सकिइसक्दा सबैको प्रतीक्षाको घडीले पनि छिटोछिटो कुद्न थाल्छ । पाँचवटा चिरागको आगो बिस्तारै कम हुँदैजाँदा संग्रहालयको द्वारबाट एउटा फरक आकृतिको स्वरुप […]
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतपरिणाम सार्वजनिक हुन थालेको छ । प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रदेश-२ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । उनले १२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै मत ल्याउन सकेनन् । गण्डकीबाट बाबुराम गिरी ९ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत […]
१३ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंमा चलेको सभामुख र उपसभामुखहरूको भेलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने निष्कर्ष निकालेको छ । राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरिरहेका बेला दुई दिने भेलाले यस्तो निचोड निकालेको हो । ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो । लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन,’ भेलाको निश्कर्ष सुनाउँदै संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ […]
१३ मंसिर, विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अधिकारीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमूना परिक्षण गराउँदा ७२ वषर्ीय प्रमुख अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ । प्रमुख अधिकारीसँगै ६४ वर्षीया श्रीमती जानुका अधिकारी […]
१३ मंसिर, काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले एक होेटल सञ्चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ९, जाल्पारोडमा खाजा घर सञ्चालन गरिरहेका केशव भुजेललाई पक्राउ गरेको हो । पाँचखाल-३, काभ्रे घर भएका भुजेलले आफ्नै खाजा घरमा कार्यरत युवतीलाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्य होटलमा […]
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलले जितको खाता खोलेको छ । ढकाल समूहका तर्फबाट उम्मेदवार रहेका संस्थापक संघ तर्फका दामु अधिकारी सदस्यमा विजयी भएका छन् । दामुले ७ मत ल्याएर जिते भने उनका निकटतम् प्रतिद्वन्द्वी उत्तमलाल चुकेले ५ मत ल्याए । निर्वाचन […]
१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज गर्ने र भदौ २६ को स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्कन प्रस्ताव गरेका छन् । शनिबार बसेको पार्टी सचिवालयको बैठकमा ३७ पेज लामो प्रस्ताव पेश गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले आफूमाथि अर्का अध्यक्षले लगाएको आरोप खारेज […]
१३ मंसिर, काठमाडौं । गत २४ घण्टामा एक हजार ३८० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् भने ५१५ जना डिस्चार्ज भएका छन्। देशैभर ९ हजार ३६८ नमुना परीक्षण भएकोमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार काठमाडौं उपत्यकामा मात्रै ३६० पुरुष […]
१३ मंसिर, डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर अहिलेको अवस्थामा नेपाली कांग्रेस सरकारमा नजाने बताएका छन् । नेपाल प्रेस युनियन डोटीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य बलायरले अहिले नेकपाको जुटाइ वा फुटाइसँग कांग्रेसको कुनै संलग्नता नरहेको बताउँदै कसैले निम्तो पठाउँदैमा कांग्रेस सरकारमा सहभागी नहुने बताए । ‘दुईतिहाई बहुमत हुँदाहुँदै कांग्रेसलाई […]
१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा […]
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको मतदान सकिएको छ । शनिबार महासंघको वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । महासंघमा देशभरका १०५ वटा जिल्ला/नगर उद्योग वाणिज्य संघहरु सदस्य छन् । जिल्लानगरतर्फ शतप्रतिशत मतदान भएको छ । महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुन्छ । महासंघको वरिष्ठ उपाध्यक्षमा […]
१३ मंसिर, काठमाडौं । मकवानपुरमा प्रहरीले २२ किलो गाँजाको धुलो बरामद गरेको छ । मकवानपुरको राक्सीराङ गाउँपालिका-३ औलेडाँडा स्थित प्रहरी चौकीबाट खटिएको टोलीले चरेश बनाउनका लागि तयार गरिएको गाँजाको धुलो बरामद गरेको हो । दुईजना व्यक्तिले प्रहरीलाई देखेपछि झोला छोडेर जङ्गलतिर भागेपछि झोला खोल्दा गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । […]
१३ मंसिर, काठमाडौं । २०४४ को वैशाख महिना । काठमाडौं उपत्यकामा वसन्त ऋतुको बहार भए पनि राजनीतिक परिस्थिति बेहाल थियो । पञ्चायत विरोधि गतिविधि रोक्न प्रशासनले जनजीवन कडाइ गरेको थियो । सार्वजनिक गतिविधिमा सेन्सर गरिन्थ्यो । नेपाल राष्ट्र बैंकमा कार्यरत युवा रामप्रसाद पन्तलाई यहीबेला पत्रिका निकाल्ने हुटहुटी चल्यो । रामप्रसाद साहित्यमा रुचि राख्थे । तर, […]
१३ मंसिर, पोखरा । पोखरा पर्यटन परिषदले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको ११ औं अधिवेशनले गोपी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काˆले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी […]
१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । दश दिनपछि सचिवालय बैठक बालुवाटारमा बसेको हो । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ प्रस्ताव पेस गर्दैछन् । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए । प्रचण्डको प्रस्तावमा उठाइएको प्रश्नहरुको […]
१३ मंसिर, बुटवल । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले भ्रष्टाचारमा भागबण्डा नमिल्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको आरोप लगाएका छन् । सैद्धान्तिक र राजनीतिक नभएर भ्रष्टाचारमा एकलौटी हुँदा नेकपाभित्र विवाद उत्पन्न भएको शाहको टिप्पणी छ । शनिबार बुटवलमा पत्रकारहरुसँगको साक्षात्कारमा नेता शाहले भ्रष्टाचार र सत्तारुढ दलभित्रको झगडाले देश बर्बाद हुने […]
१३ मंसिर, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको बिवादमा घिउ नथप्न आग्रह गरेका छन् । नेकपाका नेता बोमबहादुर खड्काको शोक सभालाई शनिबार गुल्मीको नयाँगाउँमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सके विवादमा पानी राख्न र नसके घिउ नराख्न आग्रह गरे । उनले नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा गुट–उपगुट बनाएर अनावश्यक रुपमा फेसबुक र […]
१३ मंसिर, कैलाली । कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–२ महुलियामा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा भीमदत्त नगरपालिका–१८ बस्ने ४० वर्षीय घुमन डगौरा र बेलौरी घर भइ भीमदत्त नगरपालिका–४ बस्ने ३५ वर्षीय गणेश रानाको मृत्यु भएको हो । सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा शुक्रबार राति निसासियर […]
१३ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको दुई दिने भ्रमणले लामो समयदेखि थाती रहेका द्विपक्षीय विषयहरुमा छलफल गर्न र उच्चस्तरको भ्रमण आदान–प्रदानको लागि सकारात्मक वातावरण बनाएको छ । एक वर्षदेखि चिसिएको सम्बन्ध, चरम आपसी अविश्वास र आरोप–प्रत्यारोपको पृष्ठभूमिमा भएको सो भ्रमणकै क्रममा विवादित विषयमा ठोस सहमतिको सम्भावना र अपेक्षा थिएन । भ्रमणले अगाडि […]
१३ मंसिर, वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित जगदम्बा स्टिल प्रा.लि.को फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर छ । सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव गम्भिर घाइते भएका हुन् । उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा भारत मोतिहारी जिल्ला बस्ने […]
from समाचार – Online Khabar https://ift.tt/36g4JXS
via IFTTT