Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विराटनगरमा ४ जना कोरोना संक्रमितको मृत्यु

१० मंसिर, विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण मंगलबार रातिदेखि बुधबार विहानसम्म ४ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा ३ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो । धनकुटा नगरपालिका– ४, धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा […]

सुनको भाउ तोलामा एक हजार रुपैयाँले सस्तियो

१० मंसिर, काठमाडौं । सुनको भाउ आरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार सुनको प्रतितोला मूल्य एक हजार रुपैयाँले सस्तिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगबार प्रतितोला एक हजार आठ सय रुपैयाँले सुनको भाउ घटेको थियो । महासंघले बुधबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ […]

आयकर नतिरेका पौने तीन लाख करदातालाई फागुनसम्मको मौका 

१० मंसिर, काठमाडौं । सरकारले विगत ६ वर्षयता स्थानीय लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई आर्थिक ऐन २०७७ ले दिएका छुट तथा सुविधा उपयोग गर्न पुनः सचेत गराएको छ । आर्थिक ऐन २०७७ अनुसार आर्थिक वर्ष २०७०-७१ यता स्थायी लेखा नम्बर लिएर पनि आय विवरण पेश नगर्ने, आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको […]

घाँटीमा ढुङ्गा अड्किएर १६ महिने बालकको मृत्यु

१० मंसिर, काठमाडौं । घाँटीमा ढुङ्गा अड्किएर कञ्चनपुरमा एकजना बालकको मृत्यु भएको छ । बेदकोटनगरपालिका-९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ। घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किको थियो । महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको थियो । उनको उपचारकै क्रममा मंगलबार […]

दिव्य युवा क्लबको भवन शिलान्यास

१० मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले एक क्लबको भवन शिलान्यास गर्दै सामाजिक संघ संस्थाले समाज विकासमा महत्वपूर्ण योगदान दिएको बताएका छन् । महिला सशक्तीकरण, दलित सीमान्तकृत, अल्पसंख्यक, विपन्न समुदायको उत्थान, सामाजिक सेचतनामा सामाजिक संस्थाहरुले उल्लेख्य योगदान पुर्‍याएको उनको भनाइ छ । वीरगञ्ज महानगरपालिका-१४ चिनीमिल पिपरामा दिव्य युवा क्लब पर्साको भवन शिलान्यास […]

शुरु नभई सकियो मनाङको शैक्षिक सत्र

१० मंसिर, मनाङ । हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ । हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अन्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ । गत […]

आधा घण्टामै ४० अंकले बढ्यो नेप्से परिसूचक

१० मंसिर, काठमाडौं । बुधबार सेयर बजारमा निकै उल्लास छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आधा घण्टामै करिब ४० अंकले धेरैले बढेको छ । बजार खुलेसँगै उकालो लाग्ने क्रम शुरु भएको बजारमा ११ बजेर २८ मिनेट जाँदा ४० दशमलव ७८ अंकले बजार उकालो लागेको थियो । यद्यपि, ११ बजेर ३० मिनेट जादा नेप्से […]

कोरोनाबाट हालसम्म ५ केन्द्रीय मन्त्री र ३० बढी संघीय सांसद प्रभावित

१० मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको संक्रमणलाई जितेका छन् । कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी संघीय सांसद तथा केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि […]

‘नेकपाको इञ्जिन सिज भयो, मेलमिलापको शुभकामना छ’

१० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र लामो समयदेखि जारी अन्तरकलहले जनता आजित बनिरहेका छन् । सरकारकै कार्यसञ्चालन प्रभावित भइरहेकाले यसमा सबैको चासो र चिन्ता छ । हालै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेट गरेपछि नयाँ तरंग उत्पन्न भएको छ । यसले ओली र देउवाबीच नयाँ सत्ता साझेदारीका लागि ढोका […]

महोत्तरीमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु

१० मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी […]

दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा ज्यान गयो

१० मंसिर, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित दाङकी ७७ वर्षीया एक महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ दाङ घर भएकी महिलाको गएराति सवा १२ बजे मृत्यु भएको हो । यही मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट अपराह्न चार बजेतिर कोरोना संक्रमण पुष्टि भएको थियो […]

कतारको दूतावासले भन्यो– पुलिसको छनौट प्रक्रियामा संलग्न छैनौं

१० मंसिर, काठमाडौं । कतार पुलिसको भर्ना प्रक्रियामा संलग्न नरहेको नेपालस्थित कतारको राजदूतावासले जनाएको छ । कतार दूतावासले विज्ञप्ति जारी गरी कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदूतावासको कुनै किसिमको संलग्नता नरहेको स्पष्ट पारेको हो । विज्ञप्तिमा लेखिएको छ, ‘नेपालबाट कतारमा आवश्यक पुलिसमा भर्ती गराउन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, […]

नेकपा महासचिव पौडेललाई बुटवलमा कालो झण्डा

१० मंसिर, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् । नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र (रुपन्देही–२) को सैनामैना मा.बि रानिबगिया […]

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१० मंसिर, धनगढी । कैलालीको गौरीगंगा नगरपालिका चौमालामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ना ३ ख ५९४२ नम्बरको ट्रकले सुदूरपश्चिम प्रदेशको ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका ४ का २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित सेती प्रादेशिक […]

बानेश्वर–शान्तिनगर खण्डमा बस, टिपर र कार ठोक्किए

१० मंसिर, काठमाडौं । काठमाडौंको नयाँबानेश्वर–शान्तिनगर खण्डमा बस, टिपर र कार आपसमा ठोक्किएका छन् । गएराति भएको यो दुर्घटनामा टिपर चालक गम्भीर घाइते भएका छन् । गएराति करिब साढे १० बजे बा ७ च ८८१७ नम्बरको कार र बा ३ ख ७१५७ नम्बरको मिनी ट्रक बिजुलीबजारतर्फबाट तिनकुनेतर्फ गइरहेका थिए । बानेश्वर चोकबाट करिब २ सय […]

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

१० मंसिर, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । सप्तरीको राजविराज–४ घर घएका ५० वर्षीय पुरुषको गएराति सवा १२ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । ती पुरुषमा पहिलेदेखि नै कलेजो सम्बन्धी  समस्या पनि रहेको अस्पतालको भनाइ छ । उनमा […]

हरिबोधनी एकादशी बुधबार र बिहीबार

१० मंसिर, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम मंसिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा […]

म्यानपावरमा छापा मार्दा प्रहरीमाथि हातपात

१० मंसिर, काठमाडौं । मंगलबार विहान वैदेशिक रोजगार विभागको टोली लाजिम्पाटस्थित होप इन्टरनेसनलमा पुग्यो । विभागलाई पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिइरहेको सूचना पुगेको थियो । टोली त्यहाँ पुग्नासाथ हतार-हतार अन्तरवार्ता बन्द गरियो । म्यानपावर सञ्चालक, कर्मचारी सहित अन्तरवार्तास्थलमा रहेका विदेशी नागरिक पनि हतार-हतार भवननभित्र छिरे । ढोका बन्द गरे । बाहिर […]

बर्दिवास घटना : न्यायप्रति आश मरेपछिको परिणाम

९ मंसिर, जनकपुरधाम । बर्दिवास नगरपालिका-१४, महोत्तरीका शहीद आलमकी ६ वर्षकी छोरी गुलाब आइतबार साँझदेखि हराइरहेकी थिइन् । चकलेट किन्न भनेर घरबाट गएकी उनको शव सोमबार राति १ बजेतिर हत्या गरेर बोरामा हालिएको अवस्थामा घर नजिकैको खेतमा भेटियो । बलिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने स्थानीयको आंशका छ । तर पोष्टमार्टम रिपोर्ट नआएसम्म यसबारे केही […]

प्रभावशाली १०० मा परेकी सपना : मर्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु रहेछ

९ मंसिर, काठमाडौं । सात महिनाअघि काठमाडौं छिर्दा सपना रोकालाई न बेवारिसे शवबारे थाहा थियो, न बेवारिसे शव कहाँ व्यवस्थापन गरिन्छ भन्ने नै हेक्का थियो । बाटो अल्मलिएकी सपनाको जब समाजसेवी दीपकजंग बस्नेतसँग भेट भयो, उनको बाटो मोडियो । कुनै समय आफैं बेवारिसे भएर हिँडेकी १९ वर्षीया सपनाले आज नयाँ बाटो फेला पारिन् – बेवारिसे […]

बंगलादेशबाट मल ल्याउने प्रक्रियामा मन्त्रिपरिषद्कै भाँजो 

९ मंसिर, काठमाडौं । कृषि बिकास मन्त्रालयको तयारी बिपरित मन्त्रिपरिषद्बाट निर्णय भएपछि बंगलादेशबाट मल नेपाल ल्याउने प्रक्रिया अन्तिममा आएर बिथोलिएको छ । अब मन्त्रालयले अगाडि बढाएको सबै प्रक्रिया रोकेर नयाँ थाल्नुपर्ने भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तर त्यसमा मन्त्रालय सहमत रहेको भन्दै एक अधिकारीले भने, ‘हालकै अवस्थामा बंगलादेशबाट मल ल्याउने अवस्था टर्‍यो ।’ मन्त्रालयले […]



from समाचार – Online Khabar https://ift.tt/2KFFi9N
via IFTTT
Powered by Blogger.