Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चर्चित फुटबलर म्याराडोनाको निधन

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा […]

मन्त्रिपरिषदको निर्णय : कतारको कार उपहारदेखि बुढीगण्डकीको मुआब्जासम्म

१० मंसिर, काठमाडौं । बुधबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूचीमा हेरफेर गर्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानीकर्तालाई सजिलो हुने गरी ऐनको अुनुसूचीमा हेरफेर गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो । यसैवीच, कतार सरकारले परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारलाई […]

‘भाइलाई जति कठोर सजाय दिए पनि फरक पर्दैन’

१० मंसिर, गौशाला । विधिशास्त्रको सिद्धान्तले भन्छ- कुनै व्यक्तिले फौजदारी अपराध गर्‍यो भने त्यसको भागिदार पारिवारका अन्य नातेदारले हुनुपर्दैन, जसले अपराध गरेको हो, ऊ मात्र दोषी ठहरिन्छ । तर, व्यवहारमा यो विधिशास्त्रले काम गर्दैन । परिवारको कुनै सदस्यले जघन्य अपराध गर्‍यो भने परिवारका अरु सदस्यहरुले समेत समाजमा लज्जित हुनुपर्ने र नाकै देखाउन नसकिने स्थिति आउँदोरहेछ […]

मध्यराति सम्पर्कविहीन भएका डीएसपीमाथि छानबिन

१० मंसिर, काठमाडौं । कैलाली सुरक्षाका दृष्टिकोणले संवेदनशील जिल्ला मानिन्छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका तत्कालीन इञ्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउद तस्कर समूहबाट मारिएपछि जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । यस्तो अवस्थाका बीच मंगलबार राति ९ बजेपछि इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज भरतराज चौधरी सम्पर्कविहीन भए । जिल्लाका अधिकारीलाई कुनै […]

सगरमाथाको उचाइ बढ्यो

१० मंसिर, काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको एक मन्त्रीले जानकारी दिए । बैठकमा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति माग्दै ठाडो प्रस्ताव […]

बलात्कारमा मिलापत्र : पीडितलाई एक तोला सुन दिने कपाली तमसुक !

१० कात्तिक, कैलाली । बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र हुन थालेपछि सरकारले मिलापत्र गराउनेहरुलाई अपराध कानुनको दायरामा ल्याउन गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्बाट पास भएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । काठमाडौंमा यो अध्यादेशबारे बहस भइरहेका बेला सुदूरपश्चिममा भने पीडित युवतीलाई एक तोला सुन दिने कपाली तमसुक गरेर बलात्कारको घटना लुकाइएको खुलेको […]

कोरोना भाइरस संक्रमणबाट थप ‍‍‍‍२१ जनाको मृत्यु

१० मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ । काभ्रेका ६, काठमाडौंका ३, भक्तपुर, ललितपुर र सुनसरीका २/२, धनकुटा, मोरङ, सप्तरी कास्की, नवलपरासी पूर्व र दाङका १/१ जना संक्रमतिको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जानकारी दिएका छन् । काभ्रेका ८३ वर्षीय पुरुषको मंसिर ३ मा […]

‘नेकपाको इञ्जिन सिज भयो, मेलमिलापको शुभकामना छ’

१० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र लामो समयदेखि जारी अन्तरकलहले जनता आजित बनिरहेका छन् । सरकारकै कार्यसञ्चालन प्रभावित भइरहेकाले यसमा सबैको चासो र चिन्ता छ । हालै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेट गरेपछि नयाँ तरंग उत्पन्न भएको छ । यसले ओली र देउवाबीच नयाँ सत्ता साझेदारीका लागि ढोका […]

चितवन पुगेका पूर्व युवराज पारसको स्वास्थ्यमा समस्या

१० मंसिर, चितवन । चितवनमा रहेका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या आएको छ । अहिले उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालेका छन् । मंगलबार साँझ नारायणगढ आएर एक होटलमा बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या भएको थियो । शाह बिरामी भएको खबर पाएपछि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको […]

वीरगञ्ज पुगेर नेता नेपालले भने : पार्टीमा कोही महामहिम छैन

१० मंसिर, वीरगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा कोही महामहिम नभएको टिप्पणी गरेका छन् । पार्टीमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र इतर पक्षबीच विवाद चर्किरहेका बेला वीरगञ्ज आएका नेता नेपालले व्यक्तिगत रुपमा कसैको नाम त लिएनन् । तर ओलीतर्फ संकेत गर्दै आक्रामक अभिव्यक्ति दिएका छन् । नेपाल […]

बर्दिबास तनाव : प्रहरीले राजमार्ग खुलायो, सर्वदलीय बैठकले गर्‍यो ४ बुँदे निर्णय

१० मंसिर, काठमाडौं । बालिकाको हत्यापछि उत्पन्न परिस्थितिका कारण तनावपूर्ण बनेको महोत्तरीको बर्दिबासमा बुधबार सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले बालिका हत्यामा संलग्नलाई कानुन बमोजिम कडा कारवाही गर्ने र पीडित परिवारलाई राहतका लागि सरकारसँग पहल गर्नेलगायतका ४ बुँदे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए […]

आधिकारिक ट्रेड युनियनको निर्वाचन फेरि स्थगित   

१० मंसिर, काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मंसिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो । “निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ”, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं […]

उद्योग वाणिज्य महासंघको साधारणसभा प्रधानमन्त्रीले भर्चुअल विधिबाट उद्घाटन गर्ने

१० मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको उद्घाटन भर्चुअल माध्यमबाट हुने भएको छ । मंसिर ११ गते विहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले साधारणसभाको उद्घाटन गर्ने भएका छन् । कोरोना महामारीका कारण महासंघको साधारणसभा उद्घाटन भर्चुअल माध्यमबाट हुने भएको हो । महासंघले सहभागी हुनका लागि बुधबार जुम एप्लिकेसनको […]

सुदूरपश्चिमको फास्ट ट्रयाकमा अझै १० किलोमिटर ट्रयाक खोल्न बाँकी

१० मङ्सिर, कैलाली । चुरे गाउँपालिका–४ का लक्ष्मण साउदले धनगढी–खुटिया–दिपायल–चैनपुर हुँदै उरै भन्ज्याङ पुग्ने फास्ट ट्रयाक सडक निर्माणको चर्चा सुन्न थालेको बर्षाै भइसक्यो । फास्ट ट्रयाकका रूपमा सङ्घीय सरकारले अघि बढाएको सडकको काम भने निकै सुस्त गतिमा भइरहेको छ । ४ वर्षसम्म सडकको ट्रयाक खोल्ने काम पनि पूरा भएको छैन । खोलिएको ट्र्याकमा ठूला–ठूला ढुङ्गा […]

बागमती प्रदेश सभाको भवन ३ वर्षपछि शिलान्यास

१० मंसिर, हेटौंडा । बागमती प्रदेशको प्रदेश सभा सचिवालयको भवन बुधबार शिलान्यास भएको छ । तत्कालीन मध्यामाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा २ वर्ष १० महिनादेखि अस्थायी रुपमा बसिरहेको संसद भवन र प्रदेश सभा सचिवालयले बल्ल नयाँ भवन निर्माण सुरु गरेको हो । लामो समयसम्म प्रदेशको स्थायी राजधानी नटुङ्िगएकोले प्रदेश सभा भवन बन्न सकेको थिएन । बागमती […]

नागढुङ्गा–कलङ्की सडकखण्डमा सीसी क्यामरा जडान   

१० मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सीसी क्यामरा जडान गरेको छ । काठमाडौँ उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामरा जडान गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको रु एक करोड लागतमा अत्याधुनिक प्रविधिको […]

हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास

१० मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास गरिएको छ । प्रदेश सरकारले ५ करोड रुपैयाँको लागतमा निर्माण सुरु गरेको सभाहलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । सभाहल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश राजधानीमा आधुनिक सभाहलको आवश्यकता भएका कारण सुविधा सम्पन्न सभाहल निर्माण गर्न लागिएको […]

दीपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ

१० मंसिर, काठमाडौं । प्रहरीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिन गएका बेला उनलाई पक्राउ गरिएको हो । मकवानपुरका एसपी सुशील सिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीले पठाएको फरार सूचीको पत्र अनुसार उनलाई पक्राउ गरिएको हो । ‘उहाँ अरु कुनै […]

पोखरामा राजासंस्थाको पक्षमा प्रदर्शन : धेरै राजा पाल्नुपर्‍यो, नेताले चेतेनन् !

१० मंसिर, पोखरा । केही महिनाअघि केही युवाले पोखरा मानवअधिकार चोकमा प्रदर्शन गर्दै भनें, ‘देश संकटमा पर्‍यो । केपी ओली हटाउन पाइँदैन् ।’ कोरोना कहरकैबीच असार १९ गते नेकपाको चरम विवादका कारण पार्टी र सरकार नै संकटमा परेको भन्दै प्रधानमन्त्री शर्मा केपी ओली सरकारको समर्थनमा प्रदर्शन भएको थियो । पहिले धेरै कार्यक्रम भइरहने त्यही मानवअधिकार […]

रौतहटमा जग्गा विवादमा दुई पक्षबीच झडप, एकजनाको मृत्यु

१० मंसिर , रौतहट । रौतहटको गरुडा नगरपालिका-७ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका-७ भिमडाबरका ५० वर्षीय फतिंगा ठाकुर रहेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार झडपका क्रममा ज्ञानी ठाकुर, ध्यानी ठाकुर र नागेन्द्र ठाकुरको समूहले चिरान काठले टाउकोमा प्रहार गर्दा फतिंगा […]

पाँचथरको फालोटमा सशस्त्रको बीओपी स्थापना   

१० मंसिर, पाँचथर । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सो बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख किशोरकुमार श्रेष्ठले बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बीओपीको उद्घाटन गर्दै सरकारले एकैसाथ धेरै स्थानमा बीओपी स्थापना […]



from समाचार – Online Khabar https://ift.tt/3l33b7L
via IFTTT
Powered by Blogger.