Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धनुषामा थप एकजना कोराना संक्रमितको मृत्यु

१४ मंसिर, जनकपुरधाम । धनुषामा थप एकजना कोराना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिका वडा नम्बर-१ भुतहीका ४६ वर्षीय पुरुष छन् । उनको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । एक्कासी बिरामी भएपछि ती पुरुषलाई गत मंसिर १२ गते अस्पताल भर्ना गरिएको थियो […]

बारामा राइस मिलमा आगलागी

१४ मंसिर, वीरगञ्ज । बाराको भरवलियास्थित एक राइस मिलमा आगलागी हुँदा करिब १ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । फेटा गाउँपालिका–१ भरवलिया टोल बस्ने सुधिर पटेलले सञ्चालन गरेको नितेश राइस मिलमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । खरले […]

खलंगा-बालुवासंग्रही सडक ३३ वर्षपछि कालोपत्रे गरिँदै

१४ मंसिर,सुर्खेत । सल्यानलाई प्रदेश राजधानी सुर्खेत जोड्ने खलंगा-बालुवासंग्रही सडकको स्तरोन्नतीसहित कालोपत्रे गर्न सुुरु गरिएको छ । सडकको ट्रयाक खोलेको तीन दशकपछि कालोपत्रे गर्न सुरु गरिएको हो । ३३ वर्ष पहिले तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले २०४५ सालमा सल्यान सदरमुकाम खलंगाबाट बनगाडक्षेत्र जोड्ने उक्त सडकको उद्घाटन गरेका थिए । अझै पनि यो सडकमा बाह्रै महिना सवारी […]

१२ लाख मूल्य बराबरको अलैंची बरामद

१४ मंसिर, वीरगञ्ज । प्रहरीले बाराबाट १२ लाख मूल्य बराबरको अलैंची बरामद गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा सवारी चेकजाँचको क्रममा सो मूल्य बराबरको अलैंची बरामद भएको हो । नारायणगढबाट काँकडभिट्टाका लागि छुटेको बसको छतमाथि कागज पत्र नभएको २६ बोरामा रहेको ६ सय किलो अलैंची बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी […]

उद्योग वाणिज्य महासंघको अध्यक्ष बने शेखर गोल्छा

१४ मंसिर, काठमाडौं । शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष बनेका छन् । कार्यकाल पुरा भएपछि अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने विधान अनुसार भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरेकी हुन् । निर्वाचन आइतबार विहान सम्पन्न भएको थियोे । प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरे ।  योसँगै आजबाट भवानी […]

बारामा अफिमसहित २ जना पक्राउ

१४ मंसिर, वीरगञ्ज । बारामा अवैध लागूऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–१६ बस्ने दुर्गाबहादुर मोक्तान र रवी बहादुर सिंजाली मगर पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जमा प्राप्त विशेष सूचनाको आधारमा प्रहरीले कोल्हबी नगरपालिका–६ प्रसौना बजारस्थित चोकबाट उनीहरुलाई पक्राउ गरेको थियो । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय […]

रोकिएका सैन्य सहयोग सुरु गर्ने चिनियाँ रक्षामन्त्रीको आश्वासन

१४ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोगका कार्यक्रम यथाशीघ्र सुरु गर्ने बताएका छन् । जंगीअड्डामा आइतबार रक्षामन्त्री फेङ्हेसहितको प्रतिनिधिमण्डल र नेपाली सेनाबीचको छलफलमा उनले उच्च स्तरीय भ्रमणलगायतका द्विपक्षीय सहयोगका कार्यक्रम यथाशीघ्र सुरु गर्ने आश्वासन दिएका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । […]

कर असुलीमा मुद्दा-मामिलाको चाङ, १ खर्ब ५० अर्ब बेरुजु-बक्यौता

१४ मंसिर, काठमाडौं । कर प्रशासनले निर्धारण गरेको कर रकममा चित्त नबुझाएर मुद्दा मामिलामा जाँदा राजस्व असुलीमा ठूलो रकम बक्यौता बस्न थालेको छ । यसले सरकारको वाषिर्क राजस्व संकलन लक्ष्य समेत प्रभावित बनेको छ । आन्तरिक राजस्व विभागका अनुसार अहिले मुद्दा-मामिलाका कारण बेरुजु र कर बक्यौता रकम १ खर्ब ४९ अर्ब अर्ब ९६ करोड पुगेको […]

भारतको प्रतिबन्धपछि चीनबाट प्याज आयात

१४ मंसिर,काठमाडौं । भारतले आफ्नो मुलुकबाट हुने प्याजको निर्यातमा रोक लगाएपछि चीनबाट प्याजको आयात हुन थालेको छ । पछिल्लो दुई महिनामा चीनबाट ६ लाख किलो प्याज नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । भारतले भदौ २९ गते देखि लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चीनबाट प्याज आयात सुरु भएको हो । चालु आर्थिक […]

चिनियाँ रक्षामन्त्री फेङ्हे शितल निवासमा

१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङहे राष्ट्रपति कार्यालय, शितल निवास पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आधा घन्टा औपचारिक भेटवार्ता गरेपछि उनी शितलनिवास पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले आधा घन्टा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको शितल निवास स्रोतले बतायो । भण्डारीसँगको भेटपछि फेङ्हे सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । […]

चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न खोज्दा फणीन्द्र नेपाल पक्राउ

१४ मंसिर, काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई स्वागत गर्न भन्दै त्रिभुवन विमानस्थलतर्फ जाँदै गर्दा विमानस्थलको गेटबाट पक्राउ परे । स्वागत ब्यानरसमेत बोकेर पुगेका नेपाललाई विमानस्थलको मुलगेटमा उत्रिनासाथ प्रहरीले पक्राउ गरेर भ्यानमा हाल्यो । पक्राउपछि महानगरीय प्रहरी वृत्त गौशालामा पुर्‍याइएका उनलाई तीन घन्टापछि छाडियो । रिहा भएपछि नेपालले आफूलाई चिनेरै […]

अस्पतालबाट डिस्चार्ज भए कांग्रेस नेता मीन विश्वकर्मा

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा ३६ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कारोना संक्रमणका कारण पछिल्लो समय ग्राण्डी इन्टरनेस्नलमा उपचाररत विश्वकर्मालाई आइतबार अपराहान्न अस्पतालले डिस्चार्ज गरेको हो । कोरोना संक्रमणका कारण ६ दिन अचेत भएका विश्वकर्मालाई सात दिन भेन्टिलेटर र २१ दिन आईसीयूमा राखिएको थियो । […]

प्रधानमन्त्री ओलीसँग चिनियाँ रक्षामन्त्रीको भेट

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ । आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन् । प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा […]

अर्थतन्त्रमा कोभिडको प्रभाव न्यूनीकरणबारे संयुक्त संयन्त्र बनाउने तयारी

१४ मंसिर, काठमाडौं । कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभावको न्यूनीकरणमा संयुक्त प्रयास गर्ने उद्देश्यले संयुक्त संयन्त्र बनाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् । अर्थमन्त्रीले पछिल्लो समय निजी क्षेत्रका प्रतिनिधिसँग भेट बाक्लो पारेका छन् । यस क्रममा सरकार र निजी क्षेत्रका प्रतिनिधि सम्मिलित एक संयुक्त संयन्त्र निर्माण गरी सोही संयन्त्र […]

अर्थमन्त्रीको निर्वाचन क्षेत्रको बजेट स्वास्थ्यमा लगाइने

१४ मंसिर, काठमाडौं । अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं. २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रमा लगाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम -सञ्चालन कार्यविधि ) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठक निर्वाचन क्षेत्र नं. २, रुपन्देहीका संयोजक अर्थमन्त्री […]

डिजेल र पेट्रोलमा मिसावट छैन भनेर कसरी पत्याउने ?

१४ मंसिर, काठमाडौं । भारतको बरौनीबाट पेट्रोल लिएर दुईवटा ट्यांकर ३ मंसिरमा नेपाल आयल निगमको थानकोट डिपो आइपुगे । वीर बेताल आर्शिवाद कम्पनीको ना ७ ख ३९९६ र ना७ख २९९५ नम्बरको ती ट्यांकरले सधैंझैं निगमको भण्डारण केन्द्रमा पेट्रोल खन्याए । बरौनीबाट नेपालका जुनकुनै डिपोमा आउने ट्यांकरले २० हजार लिटर पेट्रोल बोक्छन् । यसमा केही नोक्सानी […]

८ हजार नमुना परीक्षण गर्दा १२५५ जनामा संक्रमण पुष्टि

१४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । उनीहरुमध्ये २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् […]

वीरगञ्जमा नाका खोल्न माग गर्दै धर्ना

१४ मंसिर, वीरगञ्ज । वीरगञ्जका अरमान आलमको सीमावर्ती भारतीय बजार रक्सौलमा किराना पसल छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि वीरगञ्ज–रक्सौल नाका बन्द हुनुअघि उनलाई आउजाउ गर्न कुनै समस्या थिएन । अहिले नाकाबाट आउजाउ गर्न नपाउँदा समस्या भएको अरमान सुनाउँछन् । उनी भन्छन्, ‘रक्सौलमा पसल बन्द गरेर आउँदा रातिको ८–९ बज्छ, साइडमा खेतको […]

सुर्खेत सिटी बसपार्क भोलिदेखि सञ्चालनमा आउने

१४ मंसिर, सुर्खेत । वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क निर्माण कार्य थालिएको ९ वर्षपछि सञ्चालनमा आउने भएको छ । अदालतसम्म पुगेको विवाद सुल्झिएपछि मंसिर १५ (सोमबार)देखि बसपार्क सञ्चालनमा आउने भएको हो । २०६८ सालदेखि निर्माण कार्य थालिएको सिटी बसपार्क दुई वर्षमै सम्पन्न हुनेगरी सम्झौता भएको थियो । तर बसपार्क निर्माणको जिम्मा पाएको कम्पनीले राम्रोसँग काम गर्न […]

अब दुई अध्यक्ष मिलेर मात्र समस्या हल हुँदैन : नेता नेपाल

१४ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्ष मिलेपछि भइगयो भन्ने बुझाइकै कारण पार्टीभित्र समस्या बढ्दै गएको बताएका छन् । उनले अहिलेको समस्यालाई दुई अध्यक्षबीचको मात्रै भनेर नबुझ्न समेत आग्रह गरेका छन् । शनिबारको सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) मिल्नुपर्ने […]

बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा वडाध्यक्ष पक्राउ

१४ मंसिर, कैलाली । बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा बैतडीमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाको सिगास गाउँपालिका-३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउदलाई पक्राउ गरेको हो । १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते […]



from समाचार – Online Khabar https://ift.tt/3ljU7v2
via IFTTT
Powered by Blogger.