Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पाँचथरको फालोटमा सशस्त्रको बीओपी स्थापना   

१० मंसिर, पाँचथर । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सो बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख किशोरकुमार श्रेष्ठले बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बीओपीको उद्घाटन गर्दै सरकारले एकैसाथ धेरै स्थानमा बीओपी स्थापना […]

एक हजार रुपैयाँ कर संकलन गर्न ३ रुपैयाँ ६२ पैसा खर्च

१० मंसिर, काठमाडौं । सरकारले आन्तरिक राजस्व संकलन गर्न प्रतिहजार रुपैयाँका लागि साढे तीन रुपैयाँ खर्च गर्ने गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार आन्तरिक राजस्वतर्फ एक हजार रुपैयाँ संकलन गर्दा रु. ३.६३ पैसा लाग्ने गरेको हो । सरकारले विभागमार्फत गत आर्थिक वर्ष २०७६/७७ मा कुल ३ खर्ब ८४ अर्ब ५३ करोड राजस्व संकलन गरेको […]

९ हजार २१० नमुना परीक्षण गर्दा १९४८ जनामा संक्रमण पुष्टि

१० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ […]

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

१० मङ्सिर, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ […]

शुक्रबार भारतीय विदेश सचिवले नेपाल–भारत सम्बन्धबारे प्रवचन दिने

१० मंसिर काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं ओर्लने भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले शुक्रबार नेपाल–भारत सम्बन्धमा एक विशेष प्रवचन दिने भएका छन् । एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) ले आयोजना गर्ने कार्यक्रममा भारतीय विदेश सचिवले दुईपक्षीय सम्बन्ध र साझेदारीको विषयमा बोल्ने छन् । एआईडीआईएका कार्यकारी अधिकृत सुनील केसीले […]

सबैभन्दा भ्रष्ट सांसद र कर्मचारी : सर्वेक्षण

१० मंसिर, काठमाडौं । एउटा सर्वेक्षणमा सहभागी नेपालीहरूले सांसद र सरकारी कर्मचारीलाई सबैभन्दा बढी भ्रष्ट भएको निश्कर्ष निकालेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले एसियाका १७ देशमा गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’ प्रतिवेदन अनुसार सांसद र कर्मचारीलाई भ्रष्टाचारी मान्ने उत्तरदाता समान ४३/४३ प्रतिशत छन् । त्यस्तै, ४० प्रतिशतले स्थानीय सरकारका अधिकारी र २८ प्रतिशतले प्रहरीलाई भ्रष्ट […]

तिनाउ-दानव नदीको दुवैतर्फ दुई लेन सडक बन्दै

१० मंसिर, बुटवल । रुपन्देहीको आर्थिक र पर्यटन विकासमा महत्वपूर्ण आयोजना मानिएको तिनाउ-दानव करिडोर (रिभर रुट) को शिलान्याश भएको छ । रिभर रुटले बुटवललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने छ । बुटवल बजारको बिच भएर बग्ने तिनाउ र दानव नदीको दुवैतर्फको किनारमा बन्ने बाइपास सडक निर्माणपछि भारतीय सिमासँग जोडिएको रुपन्देहीको मर्चवार […]

मानव अधिकार आयोगद्वारा बर्दिबास घटनाको अनुसन्धान सुरु

१० मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवासमा बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे अनुसन्धान सुरु गरेको छ । बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि पक्राउ परेका आरोपितलाई कानूनी कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो । आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरबाट […]

नेप्से परिसूचक ६४ अंकले बढ्यो, होटलबाहेक सबै हरियाली

१० मंसिर, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ६४ अंक भन्दा धेरैले बढेको छ । साताको चौथौं कारोबार दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८८ अंकमा पुगेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको छ । सेन्सेटिभ […]

बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

१० मंसिर, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरले सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौंको थापागाउँ बस्ने ३१ वर्षीय शशी थापालाई पक्राउ गरेको हो । गत असोज २९ गते सामान्य विवादका क्रममा सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार […]

सुदूरपश्चिममा पहिलो चौमासिकमा ६ प्रतिशत बजेट खर्च

१० मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको ६.२९ प्रतिशत हो । चालू आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक सम्मको बजेट खर्च र राजश्व सङ्कलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले गत […]

सिकार खेल्न गएका राउटे किशोरको मृत्यु 

१० मंसिर, कर्णाली । बाँदरको सिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मंगलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मंगलबार साँझै गाडिसकेको बताए । आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे […]

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु

१० मंसिर, काठमाडौं । कास्कीको पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूषको बुधबार बिहान ४ः४० बजे मृत्यु भएको हो । उनीमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो […]

दुर्घटनामा परी अस्पतालमा भर्ना भएका एक व्यक्तिको कोरोनाबाट मृत्यु

१० मंसिर, काठमाडौं । सडक दुर्घटनामा परी चितवन मेडिकल कलेज भरतपुरमा भर्ना भएका नवलपुरका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका निर्देशक प्रा।डा। दयाराम लम्सालका अनुसार नवलपुर जिल्लाको गैंडाकोटा नगरपालिका–८ का ६० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान ३ः३० बजे मृत्यु भएको हो । डा. लम्सालका अनुसार कत्तिक २९ गते सडक दुर्घटनामा परी […]

कोरोना बीमाको रकमबाट पर्यटनमन्त्रीले गरे ३ सय विपन्न नागरिकको कोरोना बीमा

१० मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका छन् । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार पर्यटन मन्त्री कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै उनले बीमावापतको एक लाख रुपैयाँ प्राप्त गरेका हुन् । […]

वीरेन्द्रनगरमा कर्णाली सरकारको एकीकृत विकास परियोजना, एक अर्व बजेट

१० मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरको एकीकृत विकासका लागि केही ‘डि्रम’ परियोजना अघि सारेको छ । प्रदेश सरकारले वीरेन्द्रनगरको एकीकृत विकासका लागि संघ र वीरेन्द्रगर नगरपालिकासँग हालेमालो गर्दै नयाँ परियोजना अघि बढाएको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला संयोजक रहेको ‘प्रदेश राजधानी वीरेन्द्रनगरको एकीकृत विकास समिति’ले राजधानीका तत्कालीन […]

महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

१० मंसिर, काठमाडौं । महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगाहा नगरपालिका–९ पथलैया बस्ने ४१ वर्षीय रामनारायण साह रहेका छन् । प्रहरीका अनुसार मंगलबार राति भंगाहा नगरपालिका–४ कोबीबारीस्थित काउली खेतमा लगाएको विद्युतीय तारको घेरामा पर्न जाँदा उनलाई करेन्ट लागेको थियो । सोही स्थान भएर हिँड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका […]

पलासे दुर्घटना : ठक्कर दिने जिपका चालक पक्राउ

१० मंसिर, काठमाडौं । प्रहरीले सडक दुर्घटनाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा गोलबजार बस्ने २४ वर्षीय अर्जुन विक रहेका छन् । बनेपाबाट काठमाडौं आउने क्रममा विकले चलाएको जिपले गत मंसिर ५ गते ठक्कर दिँदा भक्तपुर नगरपालिका–९ पलासेका ६५ वर्षीया ललितकुमारी कार्कीको मृत्यु भएको थियो । बाटो क्रस गर्ने क्रममा जिपले […]

विराटनगरमा ४ जना कोरोना संक्रमितको मृत्यु

१० मंसिर, विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण मंगलबार रातिदेखि बुधबार विहानसम्म ४ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा ३ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो । धनकुटा नगरपालिका– ४, धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा […]

सुनको भाउ तोलामा एक हजार रुपैयाँले सस्तियो

१० मंसिर, काठमाडौं । सुनको भाउ आरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार सुनको प्रतितोला मूल्य एक हजार रुपैयाँले सस्तिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगबार प्रतितोला एक हजार आठ सय रुपैयाँले सुनको भाउ घटेको थियो । महासंघले बुधबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ […]

आयकर नतिरेका पौने तीन लाख करदातालाई फागुनसम्मको मौका 

१० मंसिर, काठमाडौं । सरकारले विगत ६ वर्षयता स्थानीय लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई आर्थिक ऐन २०७७ ले दिएका छुट तथा सुविधा उपयोग गर्न पुनः सचेत गराएको छ । आर्थिक ऐन २०७७ अनुसार आर्थिक वर्ष २०७०-७१ यता स्थायी लेखा नम्बर लिएर पनि आय विवरण पेश नगर्ने, आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको […]



from समाचार – Online Khabar https://ift.tt/3mb2cnq
via IFTTT
Powered by Blogger.