Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सभामुख महराको सचिवालय भन्छ– दुर्व्यवहारको आरोप निराधार

१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि एक महिला कर्मचारीले लगाएको दुर्व्यवहारको आरोप निराधार भएको उनको सचिवालयले दाबी गरेको छ । संसद् सचिवालयमा काजमा कार्यरत महिलाले आफ्नै कोठामा आएर सभामुख महराले आइतबार राति यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर, सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै महिलाले लगाएको आरोपको खण्डन गरेका […]

पशुपतिको भेटी बिदाको दिन पनि बैंकमा जम्मा गरिने

१४ असोज, काठमाडौं । पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको शुरुवात गरेका हुन् । कोषले वि.सं. २०६६ चैत २६ गतेदेखि […]

युनिटीले जस्तै भारतीय ओरियन्स कम्पनीले नेपालीलाई ठग्दै

१४ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा नेपाल खुला दिसामुक्त घोषणा र सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेको समाचार प्राथमिकताका साथ छापिएको छ । दशैंमा महंगीको मार र भारतीय ओरियन्स नेटवर्किङबाट नेपालीहरु ठगिँदै गरेको समाचार पनि आजका पत्रिकामा पढ्न पाइन्छ । नागरिक दैनिकमा ‘फेरि युनिटीजस्तै ठगीधन्दा’ शीर्षकको मुख्य समाचार छ । भारतीय ओरियन्स नामको कम्पनीले […]

भ्रमण वर्ष शुरु हुनै लाग्दा होटल मजदुर आन्दोलित

१४ असोज, काठमाडौं । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष शुरु हुनै लाग्दा होटल क्षेत्रमा काम गर्ने मजदुर आन्दोलित बनेका छन् । होटल, क्यासिनो तथा रेष्टुरेन्टमा काम गर्ने मजदुर श्रम ऐन अनुसार होटल सञ्चालकले न्यूनतम पारिश्रमिकसमेत नदिएको, होटल तथा रेस्टुरेन्ट क्षेत्रमा श्रमिकले कानूनी रुपमा पाउनुपर्ने १० प्रतिशत सेवा शुल्कको कार्यान्वयन हुनुपर्ने लगायतका माग राखेर […]

चार हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

१४ असोज, काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिए । भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र आफ्नो वा […]

दुबईमा सवारी दुर्घटना, ६ जना नेपालीको मृत्यु

१३ असोज, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।दुर्घटनामा […]

ओली सरकारको ‘एन्टीबडी’ र चिनियाँ झाँक्री !

दुई साताअघि ‘ओली शासनमा राजनीतिक प्रदूषण’ शीर्षकमा यस पंक्तिकारले अनलाइनखबरमा राजनीतिक टिप्पणी लेखेको थियो । सो टिप्पणीमाथि प्रश्न उठाउँदै नेकपाका एक नेताले भने, ‘राजनीतिक प्रदूषण बढ्दैछ भनेर मात्र पुगेन पत्रकारज्यू, सरकारमा बढिरहेको ‘ब्याक्टेरिया’ कसरी हटाउने भन्ने उपचारविधिको पनि विश्लेषण गर्नुपर्‍यो नि । समस्या मात्र देखाएर भएन, समाधान पनि बताउनुपर्‍यो । सत्तारुढ नेकपाका नेताको चिन्ता स्वाभाविकै […]

निष्कासित पत्रकारहरुको पुनर्वाहलीको माग राख्दै बानेश्वरमा धर्ना

१३ असोज, काठमाडौं । नेपाल पत्रकार महासंघले रेडियो नेपालबाट निष्कासन गरिएका पत्रकारहरुको पुनर्वाहली  तथा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन लगायत माग राखेर सोमबार काठमाडौंको नयाँ बानेश्वरमा एक घण्टा धर्ना दिएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा रेडियो नेपालबाट निष्कासन गरिएका पत्रकारहरुको तत्काल पुनर्वाहली गर्न सरकारसँग माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा धर्ना सुरु गरेको हो । […]

‘ज्ञानेन्द्र शाही घटना’ अनुसन्धान गर्न समिति गठन   

१३ असोज, चितवन ।  भ्रष्टाचार विरोधी अभियान चलाउँदै आउनुभएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि […]

स्थानीय तह : व्यवस्था फेरियो, वेथिति फेरिएन

१३ असोज, वीरगञ्ज । व्यवस्था फेरिए पनि स्थानीय निकायमा जस्तै स्थानीय सरकारमा बजेट विनियोजन तथा कार्यान्वयनमा वेथिति देखिएको सरोकारवालाले बताएका छन् । डेमोक्रेसी रिसोर्स सेन्टर र सानो पाइलाले वीरगञ्जमा आयोजना गरेको संघीय संरचनामा स्थानीय सरकारको बजेट विनियोजन तथा कार्यान्वयन विषयक अन्तर्क्रियामा उनीहरुले त्यस्तो बताएका हुन् । आफूलाई फाइदा हुने कुरामा जनप्रतिनिधि र कर्मचारी एक देखिएको […]

रोल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु   

१३ असोज, रोल्पा । सुलिचौर बजारमा बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुलिचौरबाट सिर्पतर्फ जाँदै गरेको आशीर्वाद सेवा प्रालिको उक्त बस सोमबार दुर्घटना भएको हो । सुनीलस्मृति गाउँपालिका–३ रुइनिवाङमा रहेको जीप पार्कबाट दुई सय मिटर तल लुंग्री खोलामा खसेको स्थानीयवासी अमृतबहादुर घर्तीले जानकारी दिए । दुर्घटनामा चालक लुंग्री गाउँपालिका–३ सीमगिठेका यामबहादुर […]

मुगुमा प्रशासकीय अधिकृतमाथि आक्रमण

१३ असोज, काठमाडौं । मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि अज्ञात समूहले सोमबार दिउँसो आक्रमण गरेको छ । ५/६ जनाको नकावधारी समूहले गमगढीबाट कार्यालय जानेक्रममा अन्दाजी १ बजेको समयमा सोरु गाउँपालिका-७ सिप गाउँमा उपाध्यायमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक लालबाबु ऐरले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका उपाध्यायलाई गमगढीस्थित […]

सभामुखमाथि लाग्यो गम्भीर आरोप, महरा भन्छन्– कर्मचारीले समायोजनको रीस पोखिन्

१३ असोज, काठमाडौं । शालीन एवं भद्र स्वभावका सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोपमा लागेको छ । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन् । सभामुख महरामाथिको गुनासो नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने परेको छैन । अनलाइनखबरको सम्पर्कमा आएकी संसदकी कर्मचारीले आइतबार साँझ सभामुख महराले आफूमाथि असामान्य […]

‘खुला दिसा बाई बाई, पूर्ण सरसफाइ हाई हाई’

१३ असोज, काठमाडौं । सोमबार नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा कार्यक्रमको अन्त्यतिर मञ्चको अगाडि एक हुल बिद्यार्थी देखिए । उनीहरुले नारा लगाए, ‘खुला दिसा बाई बाई, पूर्ण सरसफाइ हाई हाई ।’ अर्थात, नेपाल खुला दिसामुक्त भएको र अब पूर्ण सरसफाइतिर अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको थियो । कार्यक्रममा अधिकांश वक्ताहरुले नेपाललाई खुला दिसामुक्त बनाउन […]

सुरक्षित गर्भपतन कहाँ गर्ने ? ५२ प्रतिशत महिलालाई थाहै छैन

काठमाडौं । नेपालमा ५२ प्रतिशत महिलालाई सुरक्षित गर्भपतनको सेवा कहाँ पाइन्छ भन्नेसमेत जानकारी नरहेको पाइएको छ । राजधानीमा आइतबार र सोमबार दुई दिन आयोजित स्वास्थ्य सम्बन्धी एक छलफलम यस्तो तथ्यांक पेश भएको हो । युथ एक्सन नेपालको आयोजनामा भएको छलफल कार्यक्रममा आइतबार ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने सोमबार ५० भन्दा बढी संघसंस्था, […]

दशैंलगत्तै राष्ट्रपति म्यानमार र जापान भ्रमणमा निस्कदै

१३ असोज,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक म्यानमार र जापानको भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार म्यानमारको औपचारिक भ्रमणपछि राष्ट्रपति जापान जाने गरी भ्रमण तालिका बन्दैछ । म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी अक्टोबर तेस्रो साताअघिनै औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति […]

ओली सरकार शाहीकालको मण्डले जस्तो : खाँड

१३ असोज, जनकपुरधाम । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले वर्तमान सरकार निरंकुशताको पराकाष्ठा नाघ्दै गएको बताएका छन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्वराजाहरुभन्दा पनि ठूलो निरंकुश बनिसकेको बताए । राजाहरुको शाषण र अहिलेको नेकपाको शाषणमा कुनै फरक छैन्’ नेता खाँडले सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा भने, “चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमण र […]

प्रदेश ५ सरकारद्वारा अस्थायी कर्मचारी दरबन्दी स्वीकृत

१३ असोज, बुटवल । प्रदेश ५ सरकारले प्रदेश योजना आयोगको सचिवालयका लागि अस्थायी संगठन संरचना तथा दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले आयोगको सचिवालयका लागि ९औं र १०औं तहका कर्मचारीसहित १० जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो । प्रदेश ५ को सोमबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका डिभिजन […]

लालबाबुले भने – रेडियो मेकानिकले पनि अनलाइन चलाए

१३ असोज, विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पत्रकारिताकोे विश्वसनीयतामा कमी आएको बताएका छन् । स्व. जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न सोमबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले रेडियो मेकानिकले पनि अनलाइन चलाएका कारण विश्वसनीयता कमी आएको बताएका हुन् । भेडा च्याङ्ग्रा भनेर नेपाली र विदेशी नेताको फोटो छापिएको […]

१५ हजार घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

१३ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १५ हजार घुससहित एक जना प्रहरी नायव निरीक्षकलाई रुपन्देहीबाट सोमबार नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मंगलापुर रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बुटवलबाट खटेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । बिमा रकमका लागि सिफारिस […]

डाक्टरहरुले भने – अस्पतालमा हुलहुज्जत गर्नेलाई कारबाही होस्

१३ असोज, काठमाडौं । काठमाडौंको ओम अस्पतालका चिकित्सक प्रा.डा. भोलाराज जोशीमाति सांघातिक आक्रमणको धम्की दिएको प्रति चिकित्सा क्षेत्रका विभिन्न संघ संस्थाले विरोध जनाएका छन् । उक्त घटनाचले समस्त चिकित्सा जगतलाई नै दुरुत्साहित बनाएको उनीहरुले बताएका छन् । नेपाल चिकित्सक संघ, नेपाल दन्त चिकित्सक संघ, युवा चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, डक्टर्स सोसाइटी अफ नेपाल, महाराज […]



from समाचार – Online Khabar https://ift.tt/2oFS6ll
via IFTTT
Powered by Blogger.