समाचार
१ असोज, पोखरा । दशैं आएसँगै ९ वर्षीय सरिफ अलीको मन चंगा छ । दशैंका लागि उनले नयाँ कपडा पाइसके । साबेरा अली ११ वर्षकी भइन् । दशैंलाई मन परेका पोसाक पाएपछि साबेराको पनि फरुंग छ । टोलमै हालिएको लिंगे पिङमा उनीहरुको दिन वित्छ । सरिफ, साबेराजस्तै पोखरा कुँडहर मुश्लिम बस्तीमा पनि दशैंको उत्सव चलिरहेको […]
२० असोज, पोखरा । पोखरा प्रकृति र तालको शहरमात्रै होइन । पोखरा हिमाललाई शीरमा राखेर बस्ने शहरमात्रै पनि होइन । पाटनै पाटनको शहर पनि हो । मालेपाटन, गैह्रापाटन, मियापाटन, मझेरीपाटन, फलेपाटन, घारीपाटन, छोरेपाटन । यस्ता दर्जनौं पाटनहरु पोखरामा छन् । तर अहिले नामको पाटनहरु त छन् तर, पाटनहरमखा खुला र फराकिलो चौरहरु भने छैनन् । […]
२० असोज, काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारलाई दुई हप्ते अल्टिमेटम दिएका छन् । र, उनको प्रमुख माग छ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोक्नुपर्छ । अहिले त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ, जसमध्ये एक डा. भगवान कोइराला पनि छन् । डा. केसी जस्तै […]
असनको मछिन्द्र बहाल केटोलमा ढाकाको पसल चलाईरहेका भक्तपुर दधिकोटका गोपाल बख्रेलले अहिले आवश्यकता असीमित हुन्छन् भन्ने दार्शनिक मान्यता सम्झन थालेका छन् । उनले १८ वर्ष अघि यही ठाउँमा पसल सुरु गर्दा दैनिक ४/५ हजार रुपैयाँको व्यापार हुन्थ्यो । त्यत्तिमा पनि उनी खुशी नै थिए । आज उनको सोही पसलबाट दैनिक २ लाखसम्मको कारोबार हुने गरेको […]
२० असोज, काठमाडौं । मुलुकभर दशैंको रौनक छाएका बेला निर्वतमान सभामुख कृष्णबहादुर महरा प्रहरीको हिरासतमा पुगे । बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेर उनलाई सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमा राखिएको छ । सिंहदरबार वृत्तमा दुई वटा हिरासत कक्ष छन् । एउटा कक्षमा पुरुष र अर्कोमा महिलाहरुलाई राखिन्छ । महरा पुरुष हिरासत कक्षमा अन्य अभियुक्तसँगै बसिरहेका छन् । […]
२० असोज, दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । वडादशैँ, शुभदीपावली तथा छठ पर्वका अवसरमा आज आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उहाँले आफूले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुटसमेत नहुने बताए । प्रधानमन्त्री ओलीले नियम र कानून […]
२० असोज, सप्तरी। सप्तरीको महदेवा गाउँपालिकामा पत्नी र छोराको कुटाइबाट एक व्यक्तिको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार पत्नी र छोराको कुटाइबाट घाइते भएका महदेवा गाउँपालिका ३ पकरी निवासी गफुर पमरियाको ज्यान गएको हो । ६३ बर्षीय पमरियालाई ५० वर्षीया पत्नी जुमली खातुन र २० वर्षीय कान्छो छोरा मोहम्मद रहिम पमरियाले कुटपिट […]
२० असोज, नवलपरासी । नवलपरासीको कावासोती–१५ मा रहेको बाण खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पर्वत जिल्ला रानीपानी घर भइ हाल कावासोती १५ मा मामा घर बस्दै आएका बर्ष १० का राजन भुसालको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । दिउँसो पौडी खेल्ने क्रममा […]
२० असोज, सप्तरी । मुलुक दशैंको रौनकमा डुबिरहेको बेला शनिबार सिन्धुलीको सुनकोसी गाउँपालिका १ स्थित बीपी राजमार्गमा मिनी बस दुर्घटना भयो । सो दुर्घटनामा तीन जनाले ज्यान गुमाए । मृत्यू भएका तीन जनामध्ये एक थिइन्, राजविराज ७ निवासी २३ बर्षीया लक्ष्मी देव । दसैंका यात्रु लिएर काठमाडौंबाट सिराहा जाँदै गरेको बा ३ ख २३५९ नम्बरको […]
यतिखेर म बर्मा देशको राजधानी याङ्गुनमा बनाइएको निजी अपार्टमेन्टको चौथो तल्लाबाट दशैं निहारिरहेको छु । योबेला आफूले गुमाइसकेका बा-आमाका ती पावन अनुहार सम्झनामा आइरहेका छन् । जसले यो मनलाई भावातिरेक बनाइरहेका छन् । नेपाल बाहिर संसारका कुना-कुनामा रहेका नेपालीहरु दशैं कसरी मनाउँछन् म जान्दिनँ । म्यान्माली नेपालीहरु भने दशैं र तिहारलाई खानपिन साथै नाचगान आदिका […]
२० असोज, बुटवल । अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मत्यु भएको छ । ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अबस्था गम्भीर छ । कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप सन्धिखर्क नगरपालिका वडा नम्बर–६ नरपानी नजिकै सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । […]
२० असोज, काठमाडौं । केही वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य हुन् करण केसी । उनलाई फास्ट बलरको रुपमा टिममा राख्ने गरिएको छ । तर, उनको बलिङको स्तरमा अहिलेसम्म पनि प्रश्न उठ्ने गर्छ । हुन पनि धेरै म्याचहरुमा उनी खर्चिला र विकेटविहिन हुने गरेका छन् । बरु करणले आफ्नो ब्याटबाट नेपाललाई अहिलेसम्मकै महत्वपूर्ण जित […]
२० असोज, स्टकहोम (एपी) । शरीर विज्ञान र चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो । उनीहरुले गरेको अन्वेषणले एनेमिया, क्यान्सर र अन्य रोगहरुविरुद्ध नयाँ […]
सम्पदा संरक्षणमा अगिसारेका हाम्रो एजेन्डाले अब संसदीय समितिमा प्रवेश पायो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल गर्न बोलायो गणपति, सञ्जय र मलाई । हामीले निरन्तर उठाएका विषयमा संसदीय समितिमा छलफलका लागि बोलाइएको पहिलो पटक थियो यो । सम्पदामा चासो बढ्दै छ भन्ने एउटा सूचक पनि हो यो । तीन वर्षअगि मैले लेख्न सुरू गर्दा सम्पदामा […]
मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै छन् । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उनको भ्रमणका लागि नेपाल सरकारले व्यापक तयारीसमेत गरिरहेको छ । यसै सन्दर्भमा चीनले अघि सारेको बिआरआई (एक क्षेत्र एक मार्ग) परियोजना सम्झौतामा तत्कालीन परराष्ट्रमन्त्रीका हैसियतले हस्ताक्षरकर्तासमेत रहेका प्रमुख प्रतिपक्षी दल […]
२० असोज, बिराटनगर । यस वर्षको दशैं हाम्रो घर–आँगनमा भित्रिसकेको छ । यतिबेलासम्म पूर्वदेखि पश्चिमसम्मका नेपालीहरु दशैंको माहोलमा रमाइरहेका छन् । आफन्तजन भेटघाट गरी आशिर्वाद लिनु दशैंको मुल मर्म हो । तर, पछिल्लो समयमा दशैं मनाउने तौरतरिकामा परिवर्तन पनि आउन थालेको छ । खासगरी दशैंमा परिवार वा जोडीसहित देश–विदेश घुम्ने चलन बाक्लो हुँदैछ । यस्तो […]
२० असोज, काठमाडौं । करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स ४ विकेटले स्तब्ध बनेको हो । टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई एक सय ३३ रनमा समेटेको थियो । १ सय ३४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई निकै संघर्ष गर्नुपर्यो । […]
२० असोज, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क–६ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् । मृत्यु हुने र घाइतेको सनाखत भएको छैन । कृष्णनगरबाट सन्धीखर्कतर्फ आएको लु १ ज ४३२९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ । दुर्घटनापछि प्रहरीसँग बयानका […]
१९ असोज, काठमाडौं । दशैंका लागि किनमेलको चटारोमा हुनुहुन्छ होला । लत्ता–कपडादेखि मरमसलासम्मको जोहो गर्नुपर्ने भएकाले खासगरी गृहणी यतिबेला तनावमै हुन्छन् । धेरै परिवारमा यतिबेलासम्म लत्ता कपडाको त जोहो भइसक्यो । अहिले चाहिँ खानपिनका लागि आवश्यक सामग्रीहरु खरिद गर्ने चटारो बेसी हुन्छ । यति नै बेला हो, व्यापारीहरुले कालोबजारी गरेर उपभोक्ता ठग्ने । पसलहरुमा भिडभाड […]
२० असोज, बनेपा । फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “एक राउण्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको […]
२० असोज, काठमाडौं । पाँच देशको टी–२० श्रृंखलामा नेदरल्याण्ड्सले नेपाललाई १३४ रनको लक्ष्य दिएको छ । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले । […]
from समाचार – Online Khabar https://ift.tt/30QgqhS
via IFTTT





















