समाचार
१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा केहीबेर अगाडि बैठक सुरु भएको हो । पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ । […]
१९ पुस, काठमाडौं । पश्चिमी वायुमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण आइतबार देशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारदेखि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम […]
१९ पुस, काठमाडौं । नेकपा ओली समूहका अनेरास्ववियूले राजधानीमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नाराजुलुससहित प्रदर्शन गरेका हुन् । मण्डलाबाट कार्की ब्याङ्क्वेटसम्म सडक प्रदर्शन भएको थियो । प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाइएको छ । कार्की ब्याङ्क्वेटमा अनेरास्ववियूको भेला सुरु भएको छ । भेला भेलालाई अध्यक्ष एवम् […]
१९ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै विभिन्न राजनीत दलहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)लगायत २३ दलीय मोर्चाको आयोजनामा प्रदर्शन भएको छ । मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्दै नयाँ बानेश्वर पुगेका छन् । उनीहरुले संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ भनेको […]
१९ पुस, काठमाडौं । नेपाल आयल निगमको प्रादेशिक कार्यालय भलवारीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य सुरु भएको छ । नयाँ प्रविधि जडानपछि ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने प्रादेशिक कार्यालयले जनाएको छ । नयाँ प्रविधि जडानपछि डिपोको क्षमता तीन गुणाले बढेको डिपो प्रमुख प्रलयांकर आचार्यले […]
१९ पुस, काठमाडौं । वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ । सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो । समितिमा डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, रत्ननगर नगरपालिका, राष्ट्रिय प्रकृति संरक्षण […]
१९ पुस, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको […]
१९ पुस, वीरगञ्ज । संसद विघटनपछि आन्दोलन र प्रदर्शन भइरहने वीरगञ्जको घण्टाघरमा आइतबार बेग्लै दृश्य देखियो । नेपाली सेनाका जवानहरु हातमा राष्ट्रिय झण्डा लिएर बसेका थिए भने १५ जना साइकल यात्रीहरु सेतो गञ्जी लगाएर उभिएका थिए । सेतो गञ्जीको पछाडि लेखिएको थियो – वि.स. १८७१ को ‘ऐतिहासिक युद्ध स्थल’ पर्सागढी विजय महोत्सव २०६औं वर्ष । […]
नयाँ वर्ष २०२१ को आगमनसँगै विश्वभर एउटा आशाको किरण छाएको छ । किनकी कोरोना भाइरस महामारीविरुद्धका ३ वटा खोपले सम्बन्धित देशबाट प्रयोगका लागि अनुमति पाएका छन् । फ्रन्टलाइनमा काम गर्ने चिकित्सक भएको कारण मैले डिसेम्बर १५, २०२० मा कोभिड–१९ विरुद्ध फाइजरको खोप लगाएँ । अबका केही महिनामा नेपालमा पनि खोप अवश्य आउँछ । खोपका बारेमा […]
१९ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट भारतमा अहिलेसम्म एक करोडभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् भने एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । यो महामारी नियन्त्रणको लागि अहिले विश्वका धेरै मुलुकहरुमा कोरोना खोप कार्यक्रम सुरु पनि भइसकेको छ । यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि महामारी नियन्त्रणको लागि ‘दबाइ भि, कडाइ […]
१९ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै अखिल नेपाल महिला संघ (अनेमसंघ) ले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेहरुविरुद्ध कानुनी कारबाहीको माग गरेको हो । नभए आफूहरु कानुनी […]
१९ पुस, गुल्मी । गुल्मी सदरमुकाम तम्घासको बगाले खोलामा झोलुंगे पुल निर्माण हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-७ र वडानम्बर-९ जोडने नमूना झोलुंगे पुल निर्माण हुने भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर-७ भुजलखर्क र वडानम्बर-९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिँडनु पर्ने भएपछि झोलुंगे पुल निर्माण गर्न […]
१९ पुस, काठमाडों । बिमा समितिका वर्तमान अध्यक्ष चिरञ्जीवि चापागाईं आइतबारदेखि विदामा बसेका छन् । आफ्नो कार्यकाल सकिनुभन्दा एक हप्ता अघिबाट विदा बसेका हुन् । चापागाईंको कार्यकाल आगामी २७ गते सकिँदैछ । यो सँगै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिको अध्यक्ष बन्न आकांक्षीहरुले कसरत बढाएका छन् । कार्यकाल सकिन एक साता अघिमात्रै बाँकी भएपछि आकांक्षीहरु […]
१९ पुस, काठमाडौं । कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, […]
१९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज मध्याह्न काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ । अनेरास्ववियूले आयोजना गरेको भेलालाई अध्यक्ष ओलीलगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे कार्यक्रम सुरु हुनेछ ।
१९ पुस, काठमाडौं । आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखियो । पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गर्यो । पेस्तोल धनी को हुन् भन्ने खुलेन । बरु सिन्धुलीको तिनपाटन गाउँपालिका घर भएका २५ […]
१९ पुस, काठमाडौं । राष्ट्रपति कार्यालयले संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै छ । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आज पुस १९ गतेसम्मको समयसीमा दिएको थियो। राष्ट्रपति कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हाम्रो संवैधानिक कानुनी परामर्श […]
१९ पुस, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत प्राप्त गर्ने उनी निकट मन्त्री रामेश्वर फुँयालले बताएका छन् । केपी शर्मा ओली निकट पौडेलविरुद्ध यही पुस १० गते नेकपा प्रचण्ड-माधव समूहका ४५ प्रदेशसभा सांसदहरुले विश्वासको प्रस्ताव दर्ता गरेका थिए । शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर […]
१९ पुस, काठमाडौं । दाङकी एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । लमही नगरपालिका-८ कि ६५ वर्षीय महिलाको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा शनिबार राति १: ३८ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि […]
१९ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ३० जना सांसद छन् । यस्तै ओलीको पक्षमा ६ जना सांसद मात्र छन् । सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन […]
१९ पुस, काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । तर, अधिवेशन सुरु हुन नपाई अन्त्य गर्ने हतारो सरकार र राष्ट्रिय सभा अध्यक्ष दुवैलाई छ । सरकारको नियत त चाँडो अन्त्य गर्ने नै भयो, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वयं पनि सकेसम्म छिटो अधिवेशन अन्त्य गर्ने मुडमा छन् । सातौं […]
from समाचार – Online Khabar https://ift.tt/3pJ8sDZ
via IFTTT