समाचार
१९ पुस, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर स्थानीय सरकारमा समेत देखिएको छ । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, पार्टीको दुई समूहमा लागेका छन् र, अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्ष मनिला विष्टको राजीनामा स्वीकृत भएको जानकारी दिएका छन् । उपाध्यक्ष विष्टले राजीनामा दिएको दाबी गर्दै शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले राजीनामा स्वीकृत […]
१९ पुस, काठमाडौं । मोरङको विरटानगरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहागरपालिका-२ बरगाछीका ३२ वर्षीय अमित लिम्बु र सोही ठाउँ बस्ने २७ वर्षीय हेमराज बस्नेत रहेका छन् । उनीहरुको साथबाट नाइट्रोभेट १० लेखिएको २४ ट्याब्लेट र स्पास्मो प्रोक्सिभन ८ चक्की फेला परेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए […]
१९ पुस, वीरगञ्ज । पर्साको बिन्दबासिनीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । शिविरमा ३०० जनाको आँखाको परीक्षण गराउँदा १०८ जनामा मोतिया बिन्दु फेला परेको गाउँपालिका स्वास्थ्य सहसंयोजक रामेश्वर चौरसियाले बताए । मोतिया बिन्दुको समस्या देखिएका बिरामीको आगामी पुस २५ देखि २७ सम्म निःशुल्क रुपमा वीरगञ्जमा शल्यक्रिया हुने चौरसियाले वताए । बिन्दबासिनी गाउँपालिकाको आर्थिक सहायोग, […]
१९ पुस, पशुपतिनगर । नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को नै लाग्ने गर्छ । इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्ट्रेलियाको बसाई छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल भएकी छन् । घरपरिवारसँगै बसेर परम्परागत पेशा […]
१९ पुस, दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ ।आइतबार भएको फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो । प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रन […]
१९ पुस, सुर्खेत । फागुन अन्तिम सातादेखि ‘कर्णाली उत्सव’को दोश्रो संस्करण सञ्चालन हुने भएको छ । फागुन २७, २८ र २९ गते तीन दिनसम्म कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा आयोजना हुने उत्सवमामा ‘कुडा कर्नालीका’ गरिने छ । उत्सवमा देशभरबाट ५० बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरुको सहभागितामा कर्णालीको इतिहास, राजनीतिक, आर्थिक, सामाजिक, […]
१९ पुस, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल सङ्ख्या (२० देशका ) ३१५ पुगेको छ । संघको स्वास्थ्य समितिका संयोजक […]
१९ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ । संसद विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनका क्रममा अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको हो । गत मंगलबार नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा बालुवाटारले पनि चासो देखाएको […]
१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा केहीबेर अगाडि बैठक सुरु भएको हो । पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ । […]
१९ पुस, काठमाडौं । पश्चिमी वायुमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण आइतबार देशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारदेखि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम […]
१९ पुस, काठमाडौं । नेकपा ओली समूहका अनेरास्ववियूले राजधानीमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नाराजुलुससहित प्रदर्शन गरेका हुन् । मण्डलाबाट कार्की ब्याङ्क्वेटसम्म सडक प्रदर्शन भएको थियो । प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाइएको छ । कार्की ब्याङ्क्वेटमा अनेरास्ववियूको भेला सुरु भएको छ । भेला भेलालाई अध्यक्ष एवम् […]
१९ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै विभिन्न राजनीत दलहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)लगायत २३ दलीय मोर्चाको आयोजनामा प्रदर्शन भएको छ । मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्दै नयाँ बानेश्वर पुगेका छन् । उनीहरुले संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ भनेको […]
लामो समय कोरोना भाइरस (कोभिड–१९) को महामारी भोगिरहेका हामीलाई अहिले महामारीको अवस्था के छ र हामी कुन चरणमा छौं भनेर थाहा छैन जस्तो लाग्छ । आम जनतालाई महामारीको अवस्था थाहा दिन विज्ञहरुले विश्लेषण गर्नुपर्छ भन्ने लाग्दछ । त्यही विश्लेषणका आधारमा हामीले बनाएको सोच ठिक छ की छैन भनेर मूल्याकंन गर्नुपर्छ । तर यतिखेर हामी विज्ञहरुसँगै […]
१९ पुस, काठमाडौं । नेपाल आयल निगमको प्रादेशिक कार्यालय भलवारीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य सुरु भएको छ । नयाँ प्रविधि जडानपछि ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने प्रादेशिक कार्यालयले जनाएको छ । नयाँ प्रविधि जडानपछि डिपोको क्षमता तीन गुणाले बढेको डिपो प्रमुख प्रलयांकर आचार्यले […]
१९ पुस, काठमाडौं । वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ । सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो । समितिमा डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, रत्ननगर नगरपालिका, राष्ट्रिय प्रकृति संरक्षण […]
१९ पुस, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको […]
१९ पुस, वीरगञ्ज । संसद विघटनपछि आन्दोलन र प्रदर्शन भइरहने वीरगञ्जको घण्टाघरमा आइतबार बेग्लै दृश्य देखियो । नेपाली सेनाका जवानहरु हातमा राष्ट्रिय झण्डा लिएर बसेका थिए भने १५ जना साइकल यात्रीहरु सेतो गञ्जी लगाएर उभिएका थिए । सेतो गञ्जीको पछाडि लेखिएको थियो – वि.स. १८७१ को ‘ऐतिहासिक युद्ध स्थल’ पर्सागढी विजय महोत्सव २०६औं वर्ष । […]
नयाँ वर्ष २०२१ को आगमनसँगै विश्वभर एउटा आशाको किरण छाएको छ । किनकी कोरोना भाइरस महामारीविरुद्धका ३ वटा खोपले सम्बन्धित देशबाट प्रयोगका लागि अनुमति पाएका छन् । फ्रन्टलाइनमा काम गर्ने चिकित्सक भएको कारण मैले डिसेम्बर १५, २०२० मा कोभिड–१९ विरुद्ध फाइजरको खोप लगाएँ । अबका केही महिनामा नेपालमा पनि खोप अवश्य आउँछ । खोपका बारेमा […]
१९ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट भारतमा अहिलेसम्म एक करोडभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् भने एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । यो महामारी नियन्त्रणको लागि अहिले विश्वका धेरै मुलुकहरुमा कोरोना खोप कार्यक्रम सुरु पनि भइसकेको छ । यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि महामारी नियन्त्रणको लागि ‘दबाइ भि, कडाइ […]
१९ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै अखिल नेपाल महिला संघ (अनेमसंघ) ले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेहरुविरुद्ध कानुनी कारबाहीको माग गरेको हो । नभए आफूहरु कानुनी […]
१९ पुस, गुल्मी । गुल्मी सदरमुकाम तम्घासको बगाले खोलामा झोलुंगे पुल निर्माण हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-७ र वडानम्बर-९ जोडने नमूना झोलुंगे पुल निर्माण हुने भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर-७ भुजलखर्क र वडानम्बर-९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिँडनु पर्ने भएपछि झोलुंगे पुल निर्माण गर्न […]
from समाचार – Online Khabar https://ift.tt/3pOuuFD
via IFTTT






















