समाचार
१५ माघ, बुटवल । केपी ओली नेतृत्वको कामचलाऊ सरकारको नेतृत्वमा मन्त्री खाइरहेका पूर्वमाओवादीका नेताहरु पूर्वमाओवादी नेताको आक्रमणको तारो बनेका छन् । बुटवलमा विहीबार आयोजित जनसभामा उनीहरुलाई आफ्नै पूर्वसहकर्मीहरुले ‘गद्दार’ एवं ‘केपी ओलीका दास’ को संज्ञा दिए । पूर्वसभामुख ओनसरी घर्तीले गृहमन्त्री रामबहादुर थापा बादल र मन्त्रीहरु टोपबहादुर रायमाझी, मणि थापालाई गद्दार भएर जन्मिएको भन्दै जनताले […]
१५ माघ, काठमाडौं । भ्रष्टाचारको विरोध तथा पारदर्शिता, निष्ठा र जवाफदेहिताको पक्षमा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनलको करप्सन परसेप्सन इन्डेक्स (सीपीआई) मा नेपाल गतवर्ष भन्दा चार स्थान तल झरेको छ । अघिल्लो वर्ष १८० देशमध्ये ११३ औं स्थानमा रहेको नेपाल यो वर्ष भ्रष्टाचार व्याप्त मुलुकको ११७ औं स्थानमा पुगेको हो । यो वर्ष १०० पूर्णांकमा […]
१५ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई २४ घन्टाभित्र हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? त्यसको आधार कारणसहित बाटो म्यादबाहेक २४ घन्टाभित्र बन्दीसहित जवाफ पेश गर्न भनेको हो । अदालतले बाँस्तोलामाथि कुनै कसूरमा अनुसन्धान भइरहेको भए, त्यसको सक्कल […]
१५ माघ, काठमाडौं । काठमाडौंको एक कम्पनीमा कार्यरत जयनारायण थापा (नाम परिवर्तन)कोे गत कात्तिकमा निधन भयो । सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्दै आएका उनको परिवारले आश्रित परिवार योजनाअन्तर्गत महिनैपिच्छे निश्चित निवृत्तिभरण रकम पाउनुपर्ने हो । योगदानकर्ताको निधन भएको अवस्थामा उनको आधारभूत तलबको ६० प्रतिशत रकम इच्छाएको परिवारभित्रको आश्रित व्यक्तिले आफ्नो जीवनकालभरि पाउनुपर्ने नियम छ […]
१५ माघ, काठमाडौं । सरकारले दुई जना राष्ट्रिय व्यक्तित्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्ने निर्णयमा अनावश्यक उपाधि उल्लेख गरेको भन्दै आलोचना सुरु भएको छ । माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट जारी गर्ने निर्णयमा उनीहरुको नामको अघि ‘डा.’ उपाधि थपेर निर्णय […]
१५ माघ, काठमाडौं । ‘यी राजनीतिक दलले मेरा कुरा सुन्दैनन् । केपी ओली, माधव नेपाल, प्रचण्ड, झलनाथ, शेरबहादुरहरूले मेरो कुरा सुनेर के सप्रिन्छन् ? मेरो आस्थाचाहिँ युवाहरूमा हो । मैले नयाँ पुस्तालाई मात्र सुझाव दिन्छु । म नयाँ पुस्तामा भर गरेर बसेको छु ।’ नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेले विशालनगरस्थित निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै […]
१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन गर्ने छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च […]
१५ माघ, सुर्खेत । सुर्खेतमा गाइ मारेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत सुर्खेतले १० जनालाई कैद सजाय सुनाएको छ । गत भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ वटा गाईमध्ये ३७ वटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए । जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार मुलुकी अपराध संहिताको […]
१५ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लामा कुल २८ हजार ७३२ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएको जानकारी दिएका हुन् । प्रदेश १ […]
१५ माघ, चितवन । वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि चितवन राष्ट्रिय निकुञ्जले माडीमा पक्की पुल बनाउन अनुमति दिएको छ । हुलाकी सडकमा निर्माण भइरहेका ११ वटा पुलमध्ये आठ वटाको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी काम अघि बढाइएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाएपछि पुल निर्माण […]
१५ माघ, काठमाडौं । काठमाडौं उपत्यकाबाहिरबाट पनि वाणिज्य बैंकहरुले सुन बिक्री वितरणको व्यवस्था मिलाउने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीहरुबीच बिहीबार भएको छलफलमा यस्तो सहमति भएको हो । सुन बिक्री वितरणमा देखिएको समस्याहरु हल गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघ सहमत भएको सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न […]
१५ माघ, पोखरा । साउदी अरबमा ११ वर्ष सेल्सम्यानको काम गरेर फर्किएका स्याङ्जाका मोतीबहादुर पोखरेल कामको खोजीमा थिए । एक दिन दीपक कार्की नाम गरेका व्यक्ति उनको सम्पर्कमा आए । कार्कीले आफू क्यानडा जान लागेको र पोखरेललाई पनि जान सुझाए । साउदी अरबको ड्राइभिङ लाइसेन्स भएकाले पोखरेलले त्यही भिसामा क्यानडा जाने सपना देखे । पोखरेलले […]
१५ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैँक बीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता भएको निगमले जनाएको छ । सम्झौतामा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैँकका प्रमुख कार्यकारी अधिकृत किरण […]
१५ माघ, चितवन । चितवन नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने काम सुरू भएको छ । ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडक अन्तर्गतको एक खण्डका रूपमा पुल्चोक-गोन्द्राङ सडकखण्डलाई पनि विस्तार गर्न लागिएको हो । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकोले […]
१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदम विरुद्धमा आगामी शनिबार पोखरामा पनि बृहत नागरिक आन्दोलन हुने भएको छ । साहित्यकार गनेस पौडेल, तीर्थ गुरुङ, उपेन्द्र पौडेल, राजेन्द्र पौडेल सुनिल सिग्देललगायत १० जनाले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै ‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’ कार्यक्रमको घोषणा गरेका हुन् । ओलीको कदमले देशलाई अधिनायकवादतिर धकेल्दै लगेको […]
१५ माघ, चितवन । चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको मनरा सिसुवा नगरपालिका-९ बस्ने ३२ वर्षीय आनन्द झा रहेका छन् । पूर्वीचितवनको राप्ती नगरपालिका-१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश न.०२-०२-००१ प ५१०४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आइरहेको ना ६ ख ६२८६ नम्बरको ट्रकले बिहीबार दिउँसो ठक्कर दिँदा […]
१५ माघ, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले म्याद तामेल भएपछि सर्वोच्च अदालतले माग गरेको लिखित जवाफ दिने बताएका छन् । अदालतको अवहेलनासम्बन्धी रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एक इजलासले बुधबार आफैं लिखित जवाफ पेश गर्न आदेश दिएलगत्तै पूर्वसभामुख ढुंगानाले अनलाइनखबरलाई यस्तो प्रतिक्रिया दिएका हुन् । ‘कानून बुझेको व्यक्तिको नाताले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको […]
१५ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ७९१ नमुना परीक्षण गर्दा ८८ महिला र १२५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६५ हजार ३६५ जना […]
१५ माघ, काठमाडौं । अन्ततः नेपाली सेनाका फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेपछि स्वेच्छिक अवकाश लिएर निवृत्तभरण पाउने भएका छन् । पटकपटक जंगीअड्डाले यस सम्बन्धमा पठाउने गरेको प्रस्ताव अर्थ मन्त्रालयबाट अस्वीकृत हुने गरेको थियो । तर, केही प्रावधान फेरबदलसहित हालै पठाइएको प्रस्तावलाई अर्थ र सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएपछि २९ पुसमा बसेको […]
१५ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी असफल हुने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहले बुटवलमा गरेको विरोध सभामा नेता नेपालले २०६२/६३ सालको आन्दोलन चलिरहँदा ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भनेर गरेको […]
१५ माघ, इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताएका छन् । इलाम सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गरे । पूर्वमन्त्री भट्टराईले जनताको बहुदलीय जनमत (जबज)को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानुन […]
from समाचार – Online Khabar https://ift.tt/3oqoVvJ
via IFTTT