समाचार
१४ माघ, काठमाडौं । सरकारले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए । मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई […]
१४ माघ, बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि ३४ वर्षीय युवकको हत्या भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् । गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्द्र यादवको जलाएर हत्या भएको थियो । घटनामा संलग्न ८ जनामध्ये आरोपित ६ जनालाई रुपन्देही प्रहरीले पत्रकार […]
१४ माघ, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । बोर्डले दिएको जानकारी अनुसार गत ८ गते नै आईपीओ जारी गर्न संस्थाले स्वीकृति पाएको हो । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ […]
१४ माघ, काठमाडौं । नेकपा विभाजन पछि बामदेव गौतमले छुट्टै अभियान घोषणा गरेका छन् । गौतमकै संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान घोषणा भएको हो । बुधबार ललितपुरमा भेला गर्दै गौतमले ६५१ सदस्यीय अभियान घोषणा गरेका हुन् । अभियानमा हरि पराजुली, माया ज्ञवाली, तुलसा थापा, हिरालाल महर्जनसहितको १७५ सदस्यीय कार्य सम्पादन समिति रहने […]
१४ माघ, वीरगञ्ज । बारामा भारतबाट अवैधरुपमा भित्र्याइएका तीन सय वटा लेयर्स कुखुरा नष्ट गरिएको छ । बाराको पथलैयाबाट बरामद गरिएको तीन सय वटा लेयर्स कुखुरा दुधौरा खोलाको किनारमा खाल्डो खनी पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । नष्ट गरिएको कुखुराको बजार मूल्य अन्दाजी २ लाख […]
१४ माघ, विराटनगर । राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा आफू नर्कमा जाने हो कि भन्ने भय रहेको टिप्पणी गरेका छन् । बुधबार प्रबुद्ध नागरिक अभियान प्रदेश १ ले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीमा नर्कको भय रहेको बताएका हुन् । ‘तपाईं पत्रकारहरुलाई उहाँले नर्कमा जान्छन् यिनीहरु […]
१४ माघ, काठमाडौं । सताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरिने भएको छ । ८ माघमा बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार छिट्टै राष्ट्रपतिले यो हुलाक टिकट सार्वजनिक गर्नेछन् ।
१४ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ३८२ नमुना परीक्षण गर्दा ११४ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । उनीहरुमध्ये २ लाख ६५ हजार ६९ […]
१४ माघ, काठमाडौं । कृषिमा विदेशी लगानी भित्र्याउने निर्णयविरुद्ध कृषिसँग सम्बन्धित झण्डै तीन दर्जन संघ संस्थाहरुले बानेश्वर चोकमा प्रर्दशन गरेका छन् । सरकारी निर्णय लगत्तै संगठित संयुक्त संघर्ष समितिको अगुवाइमा भएको आन्दोलनमा सहभागीले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे । बिरोध सभामा बोल्दै संघर्ष समितका संयोजक शिवराम केसीले कमिसनको खेलमा […]
१४ माघ, वीरगञ्ज । वीरगञ्जमा ०६७ चैत २९ गते तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भयो । प्रदेश २ मा भेटिएको कोरोना संक्रमणको पहिलो केस नै यही थियो । त्यसबखत कोरोना भनेपछि चिकित्सक स्वास्थ्यकर्मी स्वयं डराउँथे । शंकास्पद संक्रमितलाई आइसोलेसनमा राखिएपनि संक्रमितको उपचारको अनुभव कसैसँग थिएन । त्यो समयमा संक्रमितको उपचार गर्नुलाई जिम्मेवारी ठानेर नर्सिङ […]
१४ माघ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली बेइमान तानाशाह भएको बताएका छन् । नागरिक समाजको आन्दोलनमा सम्बोधन गर्दै उनले उनलाई सडकको भाषा सुन्ने बनाउने बताए । ‘सडककै भाषाले गर्दा अहिलेसम्मको परिवर्तन आए । तर, सडकको भाषा सुन्दैन भनेपछि उनी कतिसम्म तानाशाह होलान् त’ केसीले भने । केसीले […]
१४ माघ, काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले दिएको रिटमा बहस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समय तोकेका छन् । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतको रिटमा सर्वोच्चमा सोमबारदेखि बहस भइरहेको छ । बुधबार सोही रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले यस रिटमा बोल्न एक जना कानुन व्यवसायीलाई १० देखि १५ मिनेट मात्र […]
१४ माघ, सुर्खेत । जुम्लाको तिला गाउँपालिका-७, पोखरीस्थित गोठीगाउँमा मंगलबार बेलुकी भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् । आगलागीबाट ३२ घर जल्नुका साथै १७ गाई, २३ गोरु र ३० बाख्राको मुत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । स्थानीय […]
१४ माघ, विराटनगर । प्रदेश १ मा पहिलो पटक कोसी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देलले खोप लगाएका छन् । देशभर अभियान सुरु भएसँगै उनीहरुले खोप लगाए । खोप लगाएपछि डाक्टर दीपक सिग्देलले सर्वसाधारणमा देखिएको नकारात्मकता कम गर्नका लागि खोप लगाइएको बताए । ‘खोपका विषयमा समाजमा अनेकखालका आशंकाहरु […]
१४ माघ, काठमाडौं । विश्वका ८५ भन्दा धेरै गरिब मुलुकमा सन् २०२३ अघि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सर्वसुलभ नहुने एक अध्ययनले देखाएको छ । इकोनोमिस्ट ग्रुपको शोध शाखा इकोनोमिक इन्टेलिजेन्स युनिटले गरेको अध्ययनमा गरिब मुलुकमा छिटोमा सन् २०२३ अघि कोरोना खोप सर्वसुलभ हुन नसक्ने देखिएको हो । बुधबार सार्वजनिक गरिएको अध्ययनको नतिजाअनुसार चीन र […]
१४ माघ, रौतहट । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप रौतहटका स्वास्थ्यकर्मीहरुले पनि लगाएका छन् । बुधबार देशै भरीबाट सुरु भएको भएकोे पहिलो चरणको खोप कार्यक्रममा रौतहटका स्वास्थ्यकर्मीहरु सहभागी भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गौरमा पहिलो खोप कार्यालय सहयोगी उमेश मण्डलले लगाएका थिए । महिला स्वास्थ्य स्वमंसेविका, सरसफाइकर्मी तथा स्वास्थ्यकर्मीहरुले खोप लिएको जिल्ला अस्पताल […]
१४ माघ, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अंकमा पुगेको छ । नेप्से परिसूचक बढे पनि ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर […]
१४ माघ, सुर्खेत । कर्णाली प्रदेशमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । कर्णाली प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. डम्मर खड्कालगायत तीनजना डाक्टरहरुले खोप लगाएर अभियान सुरु भएको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्का, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र कोभिड–१९ खोप व्यवस्थापनका संयोजक एंव बाल रोग विशेषज्ञ डाक्टर […]
१४ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा भइरहेको बहसका क्रममा न्यायाधीशले मुद्दा लम्बिएकामा चिन्ता व्यक्त गरेका छन् । बुधबार वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेपछि न्यायाधीश सपना प्रधान मल्लले मुद्दा लम्बिएको भन्दै चिन्ता जनाएका हुन् । ‘एउटा निवेदनमा डेढ सय वकिलहरु हुनुहुन्छ, बाहिर अदालतले मुद्दा लम्ब्यायो भन्ने छ, समय कसरी म्यानेज गर्नुहुन्छ ?’ रिट निवेदक […]
१४ माघ, सप्तरी । सप्तरी प्रहरीले लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग छन् । राजगढ गाउँपालिका-२ बनैनियाँबाट मंगलबार साँझ उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स १ प ९८७८ नम्बरको मोटरसाइकलमा सवार भएका दुवैको साथबाट नाइट्राभेट–१० ट्याब्लेट […]
१४ माघ, जनकपुरधाम । सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् । बुधबारदेखि सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा फ्रन्टलाइनलाई खोप दिने सरकारी मापदण्ड छ । त्यसअनुसार अधिकांश ठाउँमा फ्रन्टलाइनरले खोप लगाए । तर प्रदेश २ को राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा पहिलो खोप फ्रन्टलाइनको […]
from समाचार – Online Khabar https://ift.tt/3r0l36D
via IFTTT