Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अदालतको अवहेलना : प्रधानमन्त्री र पूर्वप्रधानन्यायाधीश को कति पानीमा ?

१६ माघ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफसहित आफैं उपस्थित हुन विहीबार आदेश दिएको छ । सर्वोच्चले एकै दिन आदेश दिएको भए पनि प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशहरू विरुद्ध फरक-फरक रिट दर्ता भएका थिए । रिट […]

जरुरी परे संसद बैठक बस्छौं : प्रचण्ड

१६ माघ, विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिएका छन् । शुक्रबार बिराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको उनले बताए । ‘केपी ओलीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन,’ उनले भने, ‘जरुरी पर्‍यो भने बैठक बस्छौं । […]

संवैधानिक इजलासमा प्रश्न : सक्कल फाइल कसको आदेशमा फिर्ता भयो ?

१६ माघ, काठमाडौं । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजालसमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस गर्दै कानुन व्यवसायीले सरकारले मन्त्रिपरिषदको निर्णयको सक्कल फाइल फिर्तौ लैजाँदा शंका उब्जिएको बताएका छन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सरकारले बुझाएको मन्त्रिपरिषदले गरेको संसद विघटनको निर्णयको सक्कल इजलासको आदेशविना कसरी फिर्ता भयो भनी प्रश्न उठाए । ‘अदालतले मगाएर आइसकेपछि इजलासको आदेशबिना […]

अदालतबारे बोल्दैनौं भन्नेहरु कायर हुन् : गगन थापा

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले रामशाहपथबाट परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्ने कांग्रेस कायर भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्ने पार्टीको निर्णय भएको बताए । ‘बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र […]

‘शुद्धीकरण थाल्दा म्यानपावर व्यवसायीको घेराबन्दीमा छु’

१६ माघ, काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा ठगीको महामारी छ । कोरोना महामारी साम्य हुँदै गर्दा विदेश जाने श्रमिक जति बढ्दैछन्, त्यतिकै श्रमिकमाथिको ठगी र शोषण बढ्दो छ । कतार प्रहरीमा अवैध नेपाली लैजान खोजिएकोदेखि भिजिट भिसामा श्रमिकलाई यूएई लैजानेसम्मका अवैध गतिविधि मौलाएपछि अनुगमन पनि बढाएको वैदेशिक रोजगार विभागको दाबी छ । विभागका अनुसार महामारीमा […]

चामल किलामै १० रुपैयाँ बढ्यो, धेरै तरकारीको भाउ यथावत

१६ माघ, काठमाडौं । दैनिक उपभोग्य खाद्य वस्तुहरुको मूल्यमा यो साता पनि उतारचढाव आयो । सर्वसाधारणको भान्सामा जरुरी चिनी, खाने तेल र चामलको मूल्य ब्यापारीहरुले यो साता पनि बढाएका छन् । साताभर हरियो मौसमी तरकारीमा काउलीको मूल्यमा दोब्बर बढेको छ भने गोलभेडा, बन्दालगायतका तरकारीको मूल्य स्थिर छ । माछा र खसीको मासुको मूल्य स्थिर रह्यो […]

चिकित्सकदेखि स्वास्थ्य सहयोगीसम्मलाई ‘कोभिड–१९ विशेष सम्मान’

१६ माघ, काठमाडौं । बारबरा फाउण्डेशनले कोभिड-१९ को अग्रपंक्तिमा रही काम गर्ने चार वटा विधाका उत्कृष्ट फ्रन्टलाइनरलाई ‘कोभिड-१९’ विशेष सम्मान’ प्रदान गरेको छ । शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी चिकित्सा, नर्सिङ, पत्रकारिता र स्वास्थ्य सहयोगी विधाका फ्रन्टलाइनरलाई पुरस्कृत गरेको हो । फाउण्डेशनले चिकित्सातर्फ त्रिवि शिक्षण अस्पतालका प्रा.डा. सुवास आचार्यलाई एकलाख एक रुपैयाँ राशीसहित […]

घुससहित विद्युत प्राधिकरणका चार कर्मचारी पक्राउ

१६ माघ, जनकपुरधाम । सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा धनुषाको मिथिला नगरपालिकाबाट शुक्रबार साँझ नेपाल विद्युत प्राधिकरणका चारजना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बर्दिबास कार्यालयबाट खटिएकाे टाेलीले उनीहरुलाई ५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र महेन्द्रनगर अन्तर्गत ढल्केबर फ्युज सेवामा कार्यरत […]

संसद विघटनविरुद्ध नेपाल नागरिक समाजको विरोध

१६ माघ, काठमाडौं । नेपाल नागरिक समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक ढंगले गरेको संसद विघटनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै नागरिक समाजका अध्यक्ष खेमराज रेग्मी र महासचिव डीपी अर्यालले आफ्नो असफलता र अकर्मण्यता लुकाउन प्रतिनिधि सभा विघटन गरेको भन्दै यसको विरोध गरेको हो । नेपाली जनताको लामो संघर्ष र बलिदानी […]

लागूऔषधसहित दुईजना पक्राउ

१६ माघ, वीरगञ्ज । पर्साबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–३ हरिहरपुर विर्ताका ३० वर्षीय प्रेम हजरा र मकवानपुरको हेटौंडा–१२ बस्ने २५ वर्षीय साजत थिङ रहेका छन् । हजरालाई लागूऔषध गाँजा र चरेससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । शंका लागि चेकजाँच गर्दा हजराको […]

खोप अभियानको तेस्रो दिन : ४६ हजारभन्दा बढीले लगाए खोप

१६ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको तेस्रो दिन शुक्रबारसम्म देशभर ४६ हजार भन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १६९ खोप केन्द्रबाट कुल ४६ हजार १७९ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरहरुले खोप लगाएको जानकारी दिएका हुन् […]

ओलीलाई प्रचण्डको प्रश्न : नि:सन्तान नहुनु मेरो दोष हो ?

१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारलाई लिएर आफूलाई अपमानित गर्ने प्रयास गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोखेका छन् । नेकपा विभाजनपछि दुबै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् र, प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रचण्डमाथि छोरी, बुहारी र ज्वाइँलाई मात्र हेरेको आरोप लगाउँदै आएका छन् । शुक्रबार विराटनगरमा आयोजित […]

वैज्ञानिक वन व्यवस्थापनको खारेजी : सरकारले ठीक गर्‍यो कि बेठीक ?

१६ माघ, काठमाडौं । केपी शर्मा ओली सरकारले यहीसातादेखि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ । सरकारको यो निर्णय ठीक छ कि गलत भन्नेबारे बहस सुरु भएको छ । कतिपय काष्ठ व्यवसायी एवं वन मन्त्रालयका कर्मचारीहरुले सरकारी निर्णयको विरोध गरेका छन् । तर, सामुदायिक वन उपभोक्ता महासंघले भने सरकारको निर्णयको स्वागत गरेको छ । […]

बालक हत्याका अभियुक्त ४ वर्षपछि पक्राउ, बालयौन दुरुपयोग गरेको दावी

१६ माघ, वीरगञ्ज । ९ वर्षीय राजन पटेलको बहुदरमाई नगरपालिका– ८ घर भएपनि वीरगञ्जमा बस्दै आएका थिए । उनी ग्रेस इङलिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै थिए । २०७३ असोज १९ गते वीरगञ्जमै लागेको मेला हेर्न गएका उनी बेपत्ता भए । भोलिपल्ट बिहान ६ बजे वीरगञ्ज–१४ चिनिमिल आवास क्षेत्र भित्र शव भेटियो । घाँस […]

सरकारले नागरिकलाई धम्क्याउने काम गरेको छ : कोइराला

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले नागरिकहरूलाई डर देखाउने र धम्क्याउने गरेको बताएका छन् । नेपाल महिला संघद्वारा शुक्रबार सर्लाही–३ मा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘यो सरकारले साइबर सेना लगाएर अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने र नागरिकहरूलाई धम्क्याउने काम गरेको छ ।’ नेकपा ओली समूहले अपराधीहरूलाई पार्टीमा प्रवेश गराइरहेको […]

ओलीलाई खनालले भने– नेकपा हेर्न सडकमा आउनुहोला

१६ माघ, विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वास्तविक नेकपा हेर्नका लागि सडकमा आउन आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले वास्तविक नेकपा हेर्न सडकमा आउन आग्रह गरेका हुन् । ‘टीभीमा फुकेर हुँदैन । नेकपा हेर्न सडकमा आउनुहोला’ उनले भने ‘सडकको यो […]

सम्पत्तिका लागि फुपाजुको योजनामा अकलेशको हत्या

१६ माघ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरीका २१ वर्षीय अकलेश राउत अहिर मंसिर ३० गते बेपत्ता भए । त्यसको भोलिपल्ट पसागढी नगरपालिका–९ चैनपुरमा झुण्डिएको अवस्थामा उनको शव फेला पर्‍यो । गलबन्दीले पासो लगाएर आत्महत्या गरेको भन्ने खबर फैलियो । प्रहरीले पनि घटनालाई आत्महत्याकै रुपमा लियो । चैनपुरस्थित खेतको आलीमा रहेको पकडीको रुखमा झुन्डिएको अवस्थामा […]

कलंकीमा पनि खुल्यो कृषि बजार

१६ माघ, काठमाडौं । कृषकको प्रत्यक्ष स्टल रहनेगरी कलंकीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । स्थानिय कृषक र विदेशीबाट फर्किएका युवालाई समावेश गरिएको उक्त बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार उद्घाटन गरिन् । बजारमा हाल ११५ वटा स्टल रहेका छन् । कलंकी तरकारी बजारका सन्चालक बिजय केसीकाअनुसार कुलमध्ये ६० प्रतिशत […]

ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता गरेका रहेछन् : नारायणकाजी श्रेष्ठ

१६ माघ, गोरखा । नेकपा प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पद जोगाउनका लागि केपी शर्मा ओलीले पार्टीमाथि आक्रमण गरेको बताएका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार गोरखाको सिरानचोक गाउँपालिका चित्रेपोखरीमा आयोजित सभामा श्रेष्ठले प्रधानमन्त्री पदकै लागि ओलीले विगतमा पार्टी एकता गरेको बताए । ‘संविधान र लोकतन्त्रको आधारमा देशलाई सामाजिक र आर्थिक रुपान्तरण गर्छाै […]

‘भ्रष्टाचार हुँदैन भनेर जप्ने होइन, व्यवहारमा देखिनुपर्‍यो’

१६ माघ, काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा सरकार चुकेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद दीनानाथ शर्माले मुलुकमा भ्रष्टाचार धेरै नै बढ्दा समेत सरकारले केही गर्न नसकेको बताए । भ्रष्टाचारमात्रै नभएर पछिल्लो […]

स्वास्थ्य स्वयंसेविकालाई तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता   

१६ माघ, काठमाडौँ । नागार्जुन नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि खटिनुपर्ने भएकाले उनीहरुको कामको उच्च मूल्यांकन गर्दै अझ बढी काम गर्ने हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका दश वटै वडाका ९७ स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता दिइएको हो । सरकारले […]



from समाचार – Online Khabar https://ift.tt/3j29Cs0
via IFTTT
Powered by Blogger.