Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पिठोमा लुकाएर लागूऔषध ओसारपसार, दुईजना पक्राउ

१६ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट ६ सय एम्पुल लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २८ वर्षीय जलन्धर दास र २० वर्षीय जयप्रकाश मेहतालाई प्रहरीले पक्राउ गरेको हो । जलन्धर अटोका चालक हुन भने जयप्रकाश अटोमा सवार थिए । इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ना १ ह ४६४४ नम्बरको अटो […]

बसको ठक्करबाट एकजनाको मृत्यु

१६ माघ, धनुषा । धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका-३ का ५० वर्षीय दिपचन्द्र यादव रहेका छन् । लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ना.४ ख १०६९ नम्बरको बसले शुक्रबार बिहान उनी सवार साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल […]

गगनलाई विद्यासुन्दरको पत्र-तपाईंले कमलपोखरीमा गरेका कामको विवरण पठाउनुस्

१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातत्व विभाग र काठमाडौं क्षेत्र नम्बर ४का पूर्वसांसद गगन थापालाई जवाफी पत्र पठाएको छ । महानगरपालिकाले पुरातत्व विभागलाई कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको आरोप लगाएको छ । थापासँग भने कमलपोखरीमा उनका पहलमा भएका कामहरूको विवरण पठाउन पत्रमा भनिएको छ । काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पत्र नै […]

गणित विषयको विवाद सकियो, गणित र सामाजिक मध्ये एक पढ्नै पर्ने

१६ माघ, काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन् । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो । परिषद्को […]

अनलाइनखबरकर्मी बुढाथोकीसहित तीन पत्रकारलाई बारबरा फाउण्डेसन कोभिड–१९ विशिष्ट सम्मान

१६ माघ, काठमाडौं । अनलाइनखबरकर्मी सागर बुढाथोकीसहित तीन पत्रकार बारबरा फाउण्डेसन कोभिड–१९ विशिष्ट सम्मानबाट सम्मानित भएका छन् । फाउण्डेसनले कोरोना महामारीका क्रममा उत्कृष्ट सेवा प्रदान गरेका चिकित्सक, नर्स, पत्रकार र स्वास्थ्य सहयोगीलाई यो सम्मान प्रदान गरेको हो । पत्रिकारिता विधिमा बुढाथोकीसँगै कान्तिपुरकी फातिमा बानु र देशसञ्चारकी वर्षा शाह सम्मानित भएका हुन् । यो पुरस्कारको राशी २ […]

संवैधानिक इजलासमा सांसद विडारीको प्रश्न : प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान ?

१६ माघ, काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले संसद विघटन मुद्दामा फैसला गर्दा अदालतसमक्ष प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान हेर्ने भन्ने प्रश्न उठेको बताएका छन् । संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्तासमेत रहेका विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना हुँदैन भन्दै हिँडेको तर संविधानमा संसद विघटनको प्रावधान नरहेको बताए । वरिष्ठ […]

जसपाले संसद विघटनको विरोधमा वडा तहसम्म विरोध गर्ने

१६ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ […]

संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन हो : भानुभक्त ढकाल

१६ माघ, काठमाडौं । नेकपा ओली समूहका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री ढकालले ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगमन भएको बताए । ‘अफ्ठ्यारो परिस्थितिबाट ताजा जनादेशमा जानु अग्रगमन हो,’ उनले भने, ‘संसद पुनर्स्थापनाको माग राख्नु चाहिँ […]

कोरोना खोप लगाएर आए नेपालमा क्वारेन्टिन बस्न नपर्ने !

१६ माघ, काठमाडौं । विदेशबाट कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने नियम ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी छ । खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टिन बस्न नपर्ने नियम ल्याउन लागिएको मन्त्री ढकालले बताए । नेपालमा […]

शहीदप्रति श्रद्धाञ्जली (फोटो फिचर)

१६ माघ, काठमाडौं । आज शहीद दिवस । विभिन्न न्यायपूर्ण आन्दोलनमा ज्‍यान गुमाएका ज्ञात अज्ञात शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । शहीद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि शहीदहरुप्रति सम्मान अर्पण गर्न लैनचौर पुगेका थिए । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, […]

संसद विघटनको मुद्दामा बहस गर्न वरिष्ठ अधिवक्ता श्रेष्ठले मागे ५ घण्टा समय

१६ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न वरिष्‍ठ अधिवक्ता रमण श्रेष्ठले ५ घण्टा समय मागेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले  भने बढी १ घण्टा भन्दा दिन नसकिने बताए । शुक्रबार संवैधानिक इजलासमा बहस गर्न आएका श्रेष्ठले सुरुमै आफूलाई ५ घण्टा समय दिन माग गरेका हुन् । श्रेष्ठ नेकपा संसदीय दलका प्रमुख सचेतक […]

प्रधानन्यायाधीश जबरा विपक्षी रहेको रिटमाथिको सुनुवाइ फेरि स्थगित

१६ माघ, काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि डेढ महिना हुँदा पनि सुनुवाइ हुन सकेको छैन । सर्वोच्च अदालतमा शुक्रबारका लागि पेस चढेको यो रिटमाथिको सुनुवाइ पुनः स्थगनमा परेको हो । यो रिटमा संवैधानिक परिषद् सदस्यका रुपमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पनि विपक्षी बनाइएको छ । अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश जबरा […]

दल दर्ता प्रक्रिया अगाडि बढाउन ओली समूहको आग्रह

१६ माघ, काठमाडौं । नेकपा ओली समूहका नेताहरूले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको थियो । तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्वय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित […]

गंगालालको आँखामा मृत्युको भय थिएन !

राणा शासनको प्रशासनतन्त्रमा जागिरे डिल्लीबजारका भक्तलाल श्रेष्ठका दुई श्रीमतीबाट जम्मा १६ सन्तान भए । भक्तलाल श्रेष्ठकी जेठी श्रीमती तुलसीमायाका आठ सन्तानमध्ये जेठा छोरा हुन्, गंगालाल । सरकारी कर्मचारी भएका कारण भक्तलालको सरुवा भइरहन्थ्यो । त्यसै क्रममा जेठो सन्तान गंगालालको जन्म वि.सं. १९७५ मा रामेछापको मन्थलीमा भएको हो । बालक गंगालालको शिक्षा सुरुमा परिवारभित्रै तथा पछि […]

बाँकेमा स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

१६ माघ, नेपालगञ्ज । बाँकेस्थित बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया उनको निधन भएको हो । भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत हुन् । गिरिलाई भने संक्रमण […]

प्रचण्ड-माधव समूहले निर्वाचन आयोगसँग माग्यो केही दिन समय

१६ माघ, काठमाडौं । प्रचण्ड-माधव समूहले नेकपाको दुबै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुबै पक्षलाई बोलाएको थियो । तर अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड माघ १८ गतेसम्म […]

एनएमबीको क्यूआर कोडबाट बल्खु तरकारी बजारमा कारोबार, गभर्नरले गरे उद्घाटन

१६ माघ, काठमाडौं । बल्खु तरकारी बजारमा पनि डिजिटल कारोबार (क्यूआर पेमेन्ट) को शुरुवात भएको छ । एनएमबि बैंकको क्यूआर कोडबाट शुक्रबार बल्खु तरकारी बजारमा क्यूआर पेमेन्टको शुरुवात गरिएको हो । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किनेर क्यूआर पेमेन्टबाट भुक्तानी दिएर शुभारम्भ गरे । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित […]

१६ वर्षे समीक्षाले ‘बालापन’ मै कमाएको ख्याति

‘फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’ मा भाका हाल्दै गर्दा समीक्षा अधिकारीको बालापन सकिएकै थिएन । ‘नाइँ नभन्नु ल–५’ को शीर्ष गीत गाउँदै गर्दा उनको उमेर कति नै थियो र ? पुगनपुग १३ वर्ष । तर, बालापनमै समीक्षाले जसरी आफूलाई ‘पार्श्व गायिका’का रूपमा पेस गरिन्, त्यसअनुरूप उनको चिनारी बनेन। गीत खुब चल्यो, उनी […]

साझाले सञ्चालनमा ल्यायोे इन्धन बोक्ने ५ वटा ट्यांकर

१६ माघ, काठमाडौं । साझा पसल सेवा (सहकारी संस्था) ले इन्धन बोक्ने पाँच वटा ट्यांकर शुक्रबार देखि सञ्चालनमा ल्याएको छ । संस्थाको बल्खुस्थित कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका लागि ट्यांकर सञ्चालनको उद्घाटन गरे । यस अघि पेट्रोल पम्पहरुमा लगानी गरेको संस्थाले पहिलो पटक डिजेल र पेट्रोल ढुवानीका लागि प्रयोग […]

धेरै नोटमा हस्ताक्षर गर्ने चाहना छैनः गभर्नर

१६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट धेरै छाप्नु नपरोस् भन्ने चाहना व्यक्त गरेका छन् । शुक्रबार कुलेश्वर फलफूल बजारमा डिजिटल कारोबारको शुभारम्भ गर्दै उनले सकेसम्म नोटहरू बजारमा नदेखिऊन् भन्ने  चाहना आफ्नो रहेको बताए । डिजिटल कारोबारले नगद कारोबारलाई निरुत्साहित गरोस् भन्ने आफूले चाहेको उनको भनाइ छ । […]

‘मेहनत गरेको छु, राष्ट्रिय टिममा पुनरागमन सेलेक्टरको हातमा छ’

१६ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीलाई फाइनल पुर्‍याउन राजेश पुलामी मगरले अर्धशतकीय इनिङ्स खेले । बागमतीलाई ९४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुग्दा राजेशले सर्वाधिक ६५ रन बनाए । १०६ रन हुँदा ६ विकेट गुमाएको अवस्थामा राजेशले विक्रम सोबसँग मिलेर सातौं विकेटका लागि ९२ रनको साझेदरी गरे । राजेश […]



from समाचार – Online Khabar https://ift.tt/2McmKPm
via IFTTT
Powered by Blogger.