समाचार
१४ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स सिंगल्सको दोस्रो चरणमा पराजित भएकी छिन् । नैरोबीमा मंगलबार भएको पहिलो चरणको खेलमा १४ औं बरियता प्राप्त नेपालकी प्रेरणा दोस्रो चरणमा ग्रेट ब्रिटेनकी इमोजेन हाडाडसँग ६-१, ६-३ ले पराजित भइन् । पहिलो चरणमा प्रेरणाले केन्याकी साइनथिया […]
१४ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा निर्धारित मितिमा सार्वजनिक गर्न सकेन । नतिजा आउन अझै केही दिन लाग्न सक्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । परीक्षार्थीको डाटा रुजुमा थप समय लागेकाले ढिलाई भएको अर्याल बताउँछन् । उनी भन्छन्, ‘आगामी आइतबारसम्म नतिजा सार्वजनिक गर्छौं ।’ परीक्षा बोर्डले यसअघि […]
१३ माघ, पोखरा । प्रतिनिधि सभा विघटन असवैधानिक भएको भन्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपाको प्रचण्ड–माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी संसद विघटन असंवैधानिक भन्दै आन्दोलनमा छन् भने निर्वाचन आयोग वैशाख १७ र २७ को मध्यावधि चुनावको तयारीमा छ । त्यसक्रममा जिल्ला निर्वाचन कार्यालय कास्कीले मंगलबार राजनीतिक दलसहित सरोकारकालालाई तयारीबारे जानकारी […]
१३ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार ३ जनाले बहस गरे । सुरुमा आफ्नो सोमबारकै बहसलाई निरन्तरता दिन आएका वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीले राजीनामा नदिएको अवस्थामा वैकल्पिक सरकार खोज्नुको अर्थ नहुने बताए । न्यायाधीशहरुले अर्को सरकार बन्न सक्ने विकल्प छ ? भनी सोधेको प्रश्नतर्फ इंगित गर्दै थापाले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म वैकल्पिक सरकार खोज्न […]
१३ माघ, विराटनगर । नेपाली कांग्रेस निकट तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् । प्रेमिकामाथि निर्घात कुटपिट गरेको आरोपमा उनी सोमबार पक्राउ परेका हुन् । विराटनगर महानगरपालिका– २ घर भएका ३९ वर्षीय रिजाल विरुद्ध पुस २२ गते किटानी जाहेरी परेको थियो । स्रोतका अनुसार जाहेरी परेपछि फरार रहेका रिजाल हिरासतको अवधि अस्पतालमा […]
१३ माघ, काठमाडौं । कोरोना महामारीकाबीच यसवर्ष निजी स्कुलबाट आएका ६०० विद्यार्थीले बुटवलको कान्ति माध्यमिक विद्यालयमा नयाँ भर्ना भए । विद्यालयले करिब ६०० विद्यार्थीलाई भर्ना लिन नसकेर फर्कायो । विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार कोरोनाकालमा आर्थिक स्थिति कमजोर भएर निजी विद्यालयमा पढ्न मुस्किल परेका विद्यार्थी सामुदायिकमा भर्ना हुन आएका हुन् । यो समस्याले आएका सबै […]
१३ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार विहान १० बजे सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौंका ११ वटा अस्पतालमा यो अभियान सुरु गर्नेछन् । काठमाडौंका ११ वटा अस्पतालका स्वास्थ्यकर्मीले एकैपटक खोप लगाउने स्वास्थ्य मन्त्रालयका कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनीले बताए । ‘आफ्ना […]
१२ माघ, काठमाडौं । ललितपुरको लुभुमा डेरा गरी बस्ने सप्तरीका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला अघिल्लो साताको सोमबार मृत भेटिए । बन्द कोठाभित्र लडिरहेको शव नजिकै ‘सल्फस’ विषादीको बट्टा बरामद भयो । दुवैजनाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । महानगरीय प्रहरी परिसर, ललितपुरले घटनामा सागर र निर्मलाको मृत्युबीच फरक […]
१३ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह संसद विघटनविरुद्ध आन्दोलनमा होमिएको एक महिना पुगेको छ । कामचलाउ प्रधानमन्त्री केपी ओलीले पुस ५ प्रतिनिधिसभा विघटन गरेपछि यो समूहले पुस १४ मा उपत्यकास्तरीय जनप्रदर्शन गरिसकेको छ । यो समूह अहिले तेस्रो चरणको आन्दोलनमा छ । मंगलबार सुरू भएको तेस्रो चरणको आन्दोलन माघ २८ मा टुंग्याउने तालिका सार्वजनिक […]
१३ माघ, काठमाडौं । काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपिछ भाइरल भएका कैलालीका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका-२ सानेपानी घर भएका अर्जुनलाई अपहरण तथा शरीर बन्धक गरी बालिका बलात्कार गरेको जाहेरीको आधारमा पक्राउ गरिएको कैलालीका एसपी अनुप जबराले बताए । प्रहरीका अनुसार विकले गत […]
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिना थपेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ११ वटा भ्रातृ संघको म्याद थप गरेको हो । जसअनुसार नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती […]
१३ माघ, काठमाडौं । ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदरको अनुमानसहित बजेट कार्यान्वयन भइरहेको चालु आर्थिक वर्षमा बहुपक्षीय दाता र सरकारको प्रक्षेपणबीच ठूलो अन्तर देखिएको छ । यस्तै अन्तरसहितको प्रक्षेपण संयुक्त राष्ट्रसंघले पनि गरेको छ । विश्वको आर्थिक अवस्थाबारे पछिल्लो रिर्पोट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्ममक हुने अनुमान गरेको हो […]
१३ माघ, काठमाडौं । बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा स्थापना हुने २५० मेगावट क्षमताको सौर्य उर्जा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने जिम्मा सिंगापुरको कम्पनी कम्पराइजेन इनर्जी सिंगापुर जेभीले पाएको छ । नेपालको हालसम्मकै ठूलो सौर्य उर्जा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी पत्रमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट कम्पनीका दक्षिण […]
१३ माघ, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासँग बदला लिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । तिलोत्तमाको ड्राइभरटोलमा मंगलबार आयोजित अन्तरक्रियामा नेता भुसालले प्रधानमन्त्रीले विधायिकाको हत्या गर्न खोजेकाले अदालतले त्यसलाई रोक्नु पर्ने बताए । ‘संसद विघटन सदर भयो भने यो व्यवस्था प्यारालाइज हुन्छ र […]
१३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपाबारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयको स्वागत गरेका छन् । ओली समूहनिकट प्रेस संगठन नेपालले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बैठकका नाममा गरिएका कथित निर्णयलाई खारेज गरेको बताएका हुन । ‘निर्वाचन आयोगको पछिल्लो निर्णयको विषयमा यहाँहरूले रंङ्गीबिरङ्गी प्रतिक्रियाहरू […]
१३ माघ, झापा । प्रहरीले ठूलो परिणाममा ओरियन्स कम्पनीका खाद्य सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–६ का जितेन्द्र शाह छन् । इलाका प्रहरी कार्यालय, दमकले दमक–६ स्थित पदम गुरुङको घरमा रहेको गोदाममा छापा हानेर शाहलाई पक्राउ गरेको झापाका एसपी सानुराम भट्टराईले अनलाइनखबरलाई बताए । उनका अनुसार अनुसन्धानका क्रममा शाहसहितका व्यक्तिले […]
१३ माघ, काठमाडौं । संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत नागरिक आन्दोलनले गरेको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले विरोध जनाएको छ । सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै नागरिक समाजले काठमाडौंमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले क्रुरतापूर्वक हमला गर्नु निन्दनीय र खेदजनक भनेका छन् । शान्तिपूर्ण […]
१३ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार काठमाडौंमा नागरिक अधिकारकर्मीमाथि भएको दमनप्रति विरोध जनाएको छ । नागरिकबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अधिक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएको आयोगले बताएको छ । सोमबार काठमाडौंको बालुवाटारमा नागरिक आन्दोलनका सहभागीहरुमाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गर्दा १२ जना […]
१३ माघ, वीरगञ्ज । चितवनमा मूल्य सूची नराख्ने ९ वटा पसललाई कारबाही गरिएको छ । बजार अनुगमन टोलीले नारायणगढ बजारको अनुगमन गर्ने क्रममा नियम अनुसार मूल्य सूची नराखेका ९ वटा पसललाई कारबाही गरिएको हो । मूल्य सूची नराख्ने ९ वटा पसललाई ३ लाख ९० हजार जरिबाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले जनाएको छ […]
१३ माघ, काठमाडौं । चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक सोलुखुम्बु टापटिङ-५ बस्ने २४ वर्षीय अनिल मगर र मोटरसाइकल पछाडि बसेका सुनसरीको धरान-९ का २० वर्षीय गौरव राई रहेका छन् । रत्ननगर नगरपालिका-१० हरिहर मन्दिर अगाडि सडकमा बा.२ ख ५६७४ नम्बरको सनराइज बोर्डिङ स्कुलको बसले बा.९२ […]
१३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा १३० जना महिला र १७३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६४ […]
from समाचार – Online Khabar https://ift.tt/3aaZRno
via IFTTT






















