समाचार
१५ माघ, काठमाडौं । चौथो संस्करणको आबुधाबी टी-१० लिग क्रिकेट आजदेखि युएईमा सुरु हुँदैछ । यस पटक चार नेपाली खेलाडी टी-१० लिगमा रहेकाले नेपालमा पनि यसको चासो र चर्चा बढेको छ । नेपालका तीन खेलाडी पहिलो पटक टी-१० लिगमा छनोट भएका हुन् । यस्तै गत सिजन खेलेका पारस खड्का यस पटक मेन्टरको रुपमा छन् । […]
१५ माघ, काठमाडौं । काठमाडौंको एक कम्पनीमा कार्यरत जयनारायण थापा (नाम परिवर्तन)कोे गत कात्तिकमा निधन भयो । सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्दै आएका उनको परिवारले आश्रित परिवार योजनाअन्तर्गत महिनैपिच्छे निश्चित निवृत्तिभरण रकम पाउनुपर्ने हो । योगदानकर्ताको निधन भएको अवस्थामा उनको आधारभूत तलबको ६० प्रतिशत रकम इच्छाएको परिवारभित्रको आश्रित व्यक्तिले आफ्नो जीवनकालभरि पाउनुपर्ने नियम छ […]
१५ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा कम्पनीले सेयर ‘स्प्लीट’ गर्ने प्रस्ताव राख्ने भएको छ । नेपाली सेयर बजारका लागि यो विल्कुलै नयाँ अभ्यास हुनेछ । भएको सेयरलाई खण्डीकरण गरेर संख्या बढाउनु ‘स्टक स्प्लीट’ हो । नेपाल लाइफले १ कित्ता सेयरलाई २ कित्ता बनाउने […]
१५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक बी डिभिजन लिगका खेलाडीहरु क्लबको सम्पर्कबाहिर रहेको भन्दै अब हुने बाँकी खेलका लागि खेलाडीलाई क्लबसँग सम्पर्कमा रहन सूचना जारी गरेको छ । गत वर्ष भएको बी डिभिजन लिगका खेलहरु कोरोना महामारीका कारण बीचमै स्थगित भएको थियो । एन्फाको कार्यसमितिको बैठकले कोरोना महामारीको कारण […]
१५ माघ, रूपन्देही । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आज बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो । दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिका […]
१५ माघ, चितवन । चितवन जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कअनुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो । चालु आवको छ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा सबै मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले […]
१५ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला र सलाेनी तामाङकाे जाेडीले केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स डबल्समा लगातार दोस्रो जित हात पारेको छ । गर्ल्स डबल्समा भने प्रेरणा र सलोनीको जोडीले बुधबार भएकाे दोस्रो चरणकाे खेलमा फ्रान्सका लिए बाथेलिए र टिएनसोए साराह राकोतोमान्गाको जोडीलाई राेमाञ्चक खेलमा ६-२, ३-६, […]
१५ माघ, डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिक स्थल खप्तड घुम्नका लागि पाँचदिने ‘हेली टुर’ प्याकेज सुरु भएको छ । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ले आयोजना गरेको उक्त ‘हेली टुर’ प्याकेजको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् । खप्तडको प्रमुख प्रवेशद्वार झिंग्रानाबाट हेली टुर प्याकेजको शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले […]
१५ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा पुगेको छ । गत संस्करणमा सेमिफाइनलम व्यहोरेको हारको बदला लिँदै एपीएफ दोस्रो पटक प्रतियोगिताको फाइनल पुगेको हो । बुधबार भएको डर्बी भिडन्तमा एपीएफले पुलिसलाई ३० रनले हरायो । फाइनल पुग्दासम्म एपीएफ […]
१५ माघ, काठमाडौं । एक यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ । २९ जना गम्भीर घाइते भएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो । सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । देशको मध्य पश्चिमी क्षेत्रमा […]
१५ माघ, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको […]
१४ माघ, काठमाडौं । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई […]
१४ माघ, काठमाडौं । बुधबार विहानै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको प्रांगण ध्वजापताकाले सिंगारिएको थियो । मञ्च पनि तयार थियो । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप लगाउने तयारी भइरहँदा स्वास्थ्यकर्मी तथा अरु कर्मचारीको मुहारमा जिज्ञासा मिश्रित खुसी देखिन्थ्यो । मञ्चमा रहेका निर्देशक डा. सागर राजभण्डारी, डा. अनुप बास्तोला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक […]
एकजना विश्वप्रशिद्ध दार्शनिकले भनेका छन्– एकचोटि प्रौढ भइसकेको मान्छे फेरि केटाकेटी बन्न सक्दैन । तर, केटाकेटीपनको शिकारचाहिँ बार–बार भइरहन सक्छ ! प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी संसद भंग गरेर मध्यावधि चुनावमा जाने निर्णय लिए, यो उनको केटाकेटीपन हो वा परिपक्व राजनीतिक विश्लेषण ? संसद विघटनपश्चात दुईवटा अहम प्रश्न मुखरित भएका छन् : पहिलो – प्रधानमन्त्री […]
१४ माघ, काठमाडौं । नेकपाको दुवै समूहमा नगएर छुट्टै अभियान घोषणा गरेका वामदेव गौतमले पार्टी विभाजन हुनुमा गत वर्ष मंसिर ४ को निर्णय नै कारक भएको निष्कर्ष निकालेका छन् । अब आफूले प्रचण्ड र केपी ओलीलाई ‘एकैतिर फर्काइदिने’ गौतमको दाबी छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान’ घोषणा […]
१४ माघ, काठमाडौं । सरकारले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए । मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई […]
१४ माघ, काठमाडौं । सर्वोच्च अदालत, संवैधानिक इजालसले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्वाको सुनुवाइमा समयको चाप महसुस गरेको छ । पुस १० गतेदेखि इजलासमा संसद विघटनविरुद्ध परेका १३ वटा निवेदनहरुको सुनुवाइ संवैधानिक इजालसमा भइरहेको छ । सर्वोच्च अदालतमा बहस लम्बिएको भन्दै यदाकता सार्वजनिक रुपमा प्रश्न उठ्न थालेको छ । बुधबार प्रधानन्यायाधीश र अरु न्यायाधीशहरुले समयको चाप परेको […]
१४ माघ, वीरगञ्ज । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने दाबी गरे । प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो […]
१४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान शुरु गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुरुवात गर्ने मौका दिएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई विशेष धन्यवाद दिए । खोप उपलब्ध गराएकोमा भारतको प्रशंसा गदै ओलीले भने, ‘उहाँहरुले आफूले शुरुवात गरेको हप्ता दिनमै हामीले शुरु गर्न सक्ने गरी १० लाख डोज उपलब्ध गराउनुभएको छ, […]
१४ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ । लाइसेन्स वितरणमा घुस लेनदेन भएको सूचना पाएपछि आएको अख्तियारको टोलीले मंगलबार झण्डै ६ घण्टासम्म कार्यालय छापा मारेको थियो । कार्यालयमा केही कर्मचारी र एक जना बिचौलिया पनि फेला परे । त्योभन्दा […]
१४ माघ, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशसभाको अबको बैठकमा उक्त प्रस्ताव पारित हुने बताए । गत पुस १२ गते नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा […]
from समाचार – Online Khabar https://ift.tt/3t4MbDi
via IFTTT